शुक्रबार
२९ कार्तिक
२०७६

बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

बिहीबार कार्तिक २१, २०७६/ Thursday 11-07-19

काठमाडौं । सुनचाँदीको मूल्य फेरि बढेको छ । दुई दिन लगातार घटेको सुनचाँदीको मूल्य बिहीबार बढेको हो । आज सुन प्रतितोला ४ सय र चाँदी ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाला सुन बिहीबार ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भइरहेको जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।