शनिबार
७ मङ्सिर
२०७६

कुटाई खाने डर मान्दै भारतले सिमा मिचेको विषयमा बोले डा. सुरेन्द्र केसी (भिडियो)

बिहीबार कार्तिक २१, २०७६/ Thursday 11-07-19

भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित नेपाली भूभागलाई समेटेर नक्सा सार्वजनिक गरेसँगै यसले नेपालमा तरङ्ग ल्याएको छ । यहि विषयमा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राखेका छन् ।

कार्यक्रममा बोल्दै डा. केसीले भने: "यो विषयमा मलाई बोल्न मन थिएन तर बोल्नै पर्यो । भारतले सिमा मिच्नुमा हाम्रो नेताहरुको गल्ति हो । हामी चुप लाग्ने गरेकाले सिमा मिचेको हो । ठुला ठुला देश भक्ति कुरा मात्र गरेर हुदैन भारतसंग सिमाको विषयमा अडिग हुनपर्छ जुन हाम्रो देशमा देखिदैन । सिमा मिच्दा हाम्रो नेताहरु नबोल्दा भारतले फाइदा लिदै गयो र हाम्रो सिमाना र जमिन भारतले ओगट्दै गयो । अब दोष कसलाई दिने ? आफै विचार गर्नुहोस । म धेरै बोल्दिन नत्र समय खराब छ कुटाई खान सकिन्छ ।