शनिबार
७ मङ्सिर
२०७६

दक्षिणकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७६ कात्तिक २२ गते शुक्रबारको राशिफल

शुक्रबार कार्तिक २२, २०७६/ Friday 11-08-19

मेष
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

वृष
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

मिथुन
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

कर्कट
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

सिंह
मनमा दुविधा उत्पन्न हुनेछ । आत्मबलमा कमी आउनेछ र निर्णयपनि कार्यान्वयन हुन सक्दैनन् । शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ ।

कन्या
कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयमेग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

तुला
सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

वृश्चिक
पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । दैनिक कार्यमा प्रगती हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

धनु
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । प्रेममा मनमुटाव आउनेछ । लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

मकर
वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

कुम्भ
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । पढाइमा प्रगति हुनेछ ।

मीन
नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
ज्यो.पं. नारायणप्रसाद दुलाल