• Sep 21 2020 | २०७७, आश्विन ५गते

२०७७, आश्विन ५गते

यो साता चर्चामा:

अन्तर्राष्ट्रिस्तरको मापदण्ड नपुगेको भन्दै दशरथ रंगशालामा नेपाल र कुवेतको फुटबल खेल नहुने

कार्तिक २२ २०७६
  • 294
    SHARES
  • अन्तर्राष्ट्रिस्तरको मापदण्ड नपुगेको भन्दै दशरथ रंगशालामा नेपाल र कुवेतको फुटबल खेल नहुने

    काठमाडौं । नेपाल र कुवेतबीच दशरथ रंगशालामा हुने भनिएको विश्वकप छनोटको फुटबल खेल स्थगित भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले विहीबार विज्ञप्ति जारी गर्दै कुवेतसितको खेल दशरथ रंगशालामा नहुने जनाएको हो ।

    एसियाली फुटबल महासंघ ९एएफसी०का प्रतियोगिता समितिका प्रतिनिधि देङ सिओ लोङले रंगशालाको निरीक्षण गरी बुझाएको प्रतिवेदनपछि फिफा र एएफसीले रंगशालालाई अयोग्य ठहर गर्दै एन्फालाई खेलस्थल परिवर्तन गर्न निर्देशन दिएको हो ।
    एन्फा प्रवक्ता किरण राईले पूर्वाधारको मापदन्ड नपुगेको भन्दै खेल सार्न निर्देशन आएको बताए । उनले फिफा र एएफसीको निर्देशनअनुसार तटस्थस्थल भुटानको रंगशालाका लागि प्रस्ताव गरिएको पनि जानकारी दिए ।

    विश्वकप छनोटको सो खेल आउँदो मंसिर ३ गते दशरथ रंगशालामा हुने तय थियो । मैदानकै अभावमा नेपालले विश्वकप छनोटका अवे खेलहरु खेलिसकेको छ भने होम खेल रंगशालामा खेल्नुपर्नेमा भुटान जानुपर्ने भएको हो ।

     


    कार्तिक २२, २०७६ शुक्रवार ०३:२७:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    माने चम्किँदा लिभरपुलले चेल्सीलाई हरायो

    माने चम्किँदा लिभरपुलले चेल्सीलाई हरायो

    काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा लिभरपुलले चेल्सीलाई २-० गोलले पराजित गरेको हो । 

    उक्त खेलको पहिलो हाफमा दुवै टिमले कुनै गोल हुन सकेन । दोस्रो हाफमा खेलको ५०औं मिनेटमा लिभरपुलका फरवार्ड साडियो मानेले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि उक्त गोल गरेको २ मिनेटमै मानेले नै अर्को गोल गरे । चेल्सीले खेलमा गोल गर्ने मौका पाएको थियो । तर गोल गर्न सकेन । 
       


    आश्विन ५, २०७७ सोमवार ०९:२६:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चेल्सी
  • # लिभरपुल

  • क्यानाडानेपाल डेस्क

    स्पेनिस ला लिगा : रियल मड्रिड सोसिडाडसँग बराबरीमा रोकियो

    स्पेनिस ला लिगा : रियल मड्रिड सोसिडाडसँग बराबरीमा रोकियो

    एजेन्सी । गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड सोसिडाडसँग बराबरीमा रोकिएको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा दुवै मिबाट कुनै गोल हुन सकेन । 

    रियल सोसिडाडको घरेलु मैदान भएको उक्त खेलमा दुवै टिमले गोल गर्ने मौका पाउदा पनि गोल गर्न सकेनन् । गोल हुन नसकेपछि  दुबै टोलीले अंक बाढे । 

    ला लिगाको नयाँ सिजनमा दोस्रो खेल खेलेको रियल सोसिडाडले दुई खेलबाट दुई अंक जोड्दै तालिकाको नवौं स्थानमा रहेको छ । त्यस्तै रियल मड्रिडले भने  पहिलो खेलमा तालिकामा एक अंक जोड्दै १० औं स्थानमा रहेको छ । 


    आश्विन ५, २०७७ सोमवार ०८:३०:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा

  • क्यानाडानेपाल डेस्क

    रोनाल्डोको गोलमा युभेन्टसको जित

    रोनाल्डोको गोलमा युभेन्टसको जित

    एजेन्सी । आइतबार राति इटालियन सिरी ए अन्तर्गत भएको खेलमा युभेन्टसले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले साम्पडोरियालाई ३–० गोलले पराजित गरेको हो ।

    खेलमा युभेन्टसका लागि डेजान कुलुसेवस्की, लिओनार्दो बोनुची र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । 

    ronaldo.png

    खेलको १३ औं मिनेटमा युभेन्टसका कुलुसेवस्कीले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा खेलको ७८ औं मिनेटमा युभेन्टसका डिफेन्डर लिओनार्दोले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । 

    त्यसपछि खेलको अन्तिम समयमा रोनाल्डोले गोल गरी टिमलाई जित दिलाए । जितसँगै नयाँ सिजनको घरेलु लिगमा युभेन्टसले अंक तालिकामा एक खेलबाट तीन अंक जोडेको छ ।
     


    आश्विन ५, २०७७ सोमवार ०८:०३:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # क्रिस्टियानो रोनाल्डो

  • क्यानाडानेपाल डेस्क

    आइपीएल : सन्दीप आवद्ध दिल्लीको विजयी सुरुवात

    आइपीएल : सन्दीप आवद्ध दिल्लीको विजयी सुरुवात

    काठमाडौं - नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध रहेको दिल्ली क्यापिटल्सले आइतबार राति भएको इन्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गतको खेलमा जित निकालेको छ ।  यूएईमा सम्पन्न उक्त खेलमा सुपरओभरबाट दिल्ली क्यापिटल्सले पञ्जाबलाई पराजित गरेको हो । 

    खेलमा दुवै टिमको रन बराबरीमा टुङ्गिएपछि सुपरओभरबाट विजेताको टुङ्गो लागेको हो । खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले सात विकेट गुमाएर १५७ रन बनाएको थियो । १ सय ५८ रनको लक्ष्य पक्ष्याएकोे पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलियो ।

    पञ्जाबका लागि मयंक अग्रवालले ८९ रन, ओपनर केएल राहुलले २१, कृष्णाप्पा गौथमले २० र सर्फराज खानले १३ रन बनाएका थिए ।

    सुपर ओभरमा दिल्लीका लागि कागीसो रबाडाले बलिङ गर्दा लोकेश राहुल र निकोलस पुरण ब्याटिङ गरेका थिए। जसमा राहुलले पहिलो बलमा २ रन जोडे । तर दोस्रो बलमा भने आउट भए। 

    त्यस्तै अर्को बलमा कागीसो रबाडाले निकोलस पुरणलाई बोल्ड गरे। त्यसपछि दिल्लीको तर्फबाट ऋषभ पन्त र श्रेयस ऐरले ब्याटिङ गरे ।  मोहम्मद शमीले एक वाइड फ्याँके र त्यसपछि ऋषभ पन्तले दुई रन दौडेर टिमलाई जित दिलाए ।
     


    आश्विन ५, २०७७ सोमवार ०७:३१:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आइपीएल

  • क्यानाडानेपाल डेस्क

    एम्बाप्पेको गोलमा पीएसजीको जित

    एम्बाप्पेको गोलमा पीएसजीको जित

    काठमाडौं - आइतबार साँझ फ्रोन्स लिग वान अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा पीएसजीले नाइसलाई ३–० गोलले पराजित गरेको हो । 

    उक्त खेलको ३८ औं मिनेटमा पीएसजीका केलियन एम्बाप्पे गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको पहिलो हाफको अन्तिम समयमा पीएसजीका एन्जल डि मारियाले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । 

    त्यसपछि खेलको ६६ औं मिनेटमा पीएसजीका माक्र्युनियोसले गोल गरे । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेन । जितसँगै पीएसजीले चार खेलबाट ६ अंक जोडेको छ । यसअघि सुरुवात दुई खेल गुमाएको पीएसजीलेपछिल्लो २ खेलमा भने जित निकालेको छ । 


    आश्विन ४, २०७७ आइतवार १९:१०:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पीएसजी

  • क्यानाडानेपाल डेस्क

    प्रिमियर लिग : आर्सनलको जित, म्यान्चेस्टर युनाइटेड पराजित 

    प्रिमियर लिग : आर्सनलको जित, म्यान्चेस्टर युनाइटेड पराजित 

    काठमाडौं - शनिवार राति इङलिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा आर्सनलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा आर्सनलले वेष्ट ह्याम युनाइटेडलाई २–१ गोलले पराजित गर्यो । 

    उक्त खेलमा आर्सनलका लागि अलेक्जेण्डर लाकाजेट् र एन्केतियाले एक एक गोल गरे भने वेष्ट ह्यामका लागि मिचेल एन्टोनियोले एक गोल गरे । 

    g.jpg

    त्यस्तै अर्को खेलमा म्यान्चेस्टर युनाइटेड क्रिष्टल प्यालेससँग पराजित भएको छ । उक्त खेलमा क्रिष्टल प्यालेसले म्यान्चेस्टर युनाईटेडलाई ३–१ गोलले पराजित गर्न सफल भयो ।

    खेलमा क्रिष्टल प्यालेसका लागि विल्फ्रेड जाहाले दुई र एन्ड्रोस टाउन्सेन्डले एक गोल गरे भने म्यान्चेस्टरका लागि डोनी भान डे विकले एक गोल गरे । यस खेलमा म्यान्चेस्टर युनाईटेडले मौका पाउदा पनि गोल गर्न सकेन । 

     


    आश्विन ४, २०७७ आइतवार ०९:२६:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रिमियर लिग

  • क्यानाडानेपाल डेस्क