• Sep 21 2020 | २०७७, आश्विन ५गते

२०७७, आश्विन ५गते

यो साता चर्चामा:

इरानमा ५ दशमलव ९ रेक्टर शक्तिशाली भूकम्प, पाँचको निधन, तीन सयभन्दा बढी घाइते

कार्तिक २२ २०७६
  • 394
    SHARES
  • इरानमा ५ दशमलव ९ रेक्टर शक्तिशाली भूकम्प, पाँचको निधन, तीन सयभन्दा बढी घाइते

    एजेन्सी । इरानमा शुक्रबार बिहान ५ दशमलव ९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी पाँचजनाको मृत्यु भएको छ भने तीन सयजनाभन्दा बढी घाइते भएका छन् ।  

    स्थानीय समयअनुसार शुक्रबार बिहान २ः१७ बजेमा इरानको पूर्वी अजरबैजन प्रेदशमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

    आपतकालिन चिकित्सा सेवाका अधिकारीहरुले इरानको सरकारी टेलिभिजनलाई दिएको जानकारी अनुसार भूकम्पका कारण अजरबैजन पहाड चिराचिरा परेका छन् ।  त्यस गाउँका ३० भन्दा धेरै घर नष्ट भएका छन् । एपी


    कार्तिक २२, २०७६ शुक्रवार ०५:१५:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    क्यानाडाका पूर्व प्रधानमन्त्री जोन टर्नरको निधन, ७९ दिन सरकार प्रमुख बनेका थिए

    क्यानाडाका पूर्व प्रधानमन्त्री जोन टर्नरको निधन, ७९ दिन सरकार प्रमुख बनेका थिए

    काठमाडौँ। क्यानाडाका पूर्व प्रधानमन्त्री जोन टर्नरको निधन भएको छ। ९१ वर्षीय जोन टर्नरको निधन टोरोन्टोमा भएको थियो। क्यानाडाको स्थानीय टेलिभिजनका अनुसार टर्नरले शुक्रवार राति टोरन्टो स्थित आफ्नै निवासमा अन्तिम सास फेरेका हुन्।

    उनले सन् १९८४ मा क्यानाडाको १७ औं प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए। टर्नरको जन्म सन् १९२९ मा इङल्याण्डमा भएको थियो। बाल्यकालमा क्यानाडा बसाइसराइ गरेका टर्नरले सन् १९६२मा लिभरल पार्टीबाट क्यानाडाको राजनीतिमा प्रवेश गरेका थिए ।

    उनले सन् १९६८ देखि १९७५ सम्ममा तत्कालीन प्रधानमन्त्री पियरे ट्रूडोको नेतृत्वमा न्याय तथा वित्त मन्त्रीको रुपमा काम गरेका थिए। सन् १९७५ मा अचानक पद छोडेपछि उनी १९८४ सम्म राजनीतिबाट अलग भए। टर्नरले ७९ दिनका लागि मात्र प्रधानमन्त्रीको पद ग्रहण गरेका थिए, जुन क्यानाडाको इतिहासमा दोस्रो छोटो अवधि हो।


    आश्विन ५, २०७७ सोमवार १५:५८:०९ बजे : प्रकाशित

    २४ घण्टामा कोरोना परीक्षणको रिपोर्ट नपाउनु अमेरिकी नागरिकको अपमान हो : बिल गेट्स

    २४ घण्टामा कोरोना परीक्षणको रिपोर्ट नपाउनु अमेरिकी नागरिकको अपमान हो : बिल गेट्स

    काठमाडौँ। विश्वको धनाड्य व्यक्तिहरुको सूचीको अग्रपंक्तिमा रहने बिल गेट्सले २४ घण्टामा पनि कोरोनाभाइरस परीक्षणको रिपोर्ट पाउन नसक्नु अमेरिकी नागरिकको अपमान भएको टिप्पणी गरेका छन् ।

    आज पनि अमेरिकन नागरिकले २४ घण्टामा आफ्नो कोरोना परीक्षणको नतिजा प्राप्त गर्दैनन्, जुन अपमानजनक छ, विश्वका दोस्रो अर्बपति गेट्सले आइतवार फक्स न्यूजसँग भने ।

    यसबारे थप उनले भने, ‘जब परीक्षणको पछाडिको प्रविधिको कुरा आउँछ, यसमा कुनै दुई मत छैन कि अमेरिकामा यस्ता प्रविधिहरु अन्य देशहरुको तुलनामा भन्दा ठुलो मात्रामा छ। त्यहिभएर परीक्षणमा ढिला सुस्तीमा कुनै बहानाले पनि काम गर्दैन।’

    त्यसैगरी अमेरिकाले समग्र महामारीलाई नियन्त्रण गर्न हामीले अत्यन्त नराम्रो काम गर्यौं जुन संख्याबाट स्पष्ट हुन्छ, गेट्सले बताए।

    बिल र मेलिंडा गेट्स फाउन्डेशन कोरोनाभाइरस विरुद्धको खोपको विकास गर्न एक जर्मन बायोटेक कम्पनीलाई समर्थन गर्दै आएको छ। क्युरेभ्याक नामक उक्त खोपलाई जर्मनी र बेल्जियमको सरकारले स्वीकृति पनि दिइसकेको छ। र यसको क्लिनिकल परीक्षण सुरू चाडैं हुने समाचार माध्यम सिएनएनले जनाएको छ।


    आश्विन ५, २०७७ सोमवार १५:३८:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिल गेट्स
  • # कोरोना परीक्षणको रिपोर्ट

  • क्यानाडानेपाल डेस्क

    ब्रिटेनको सबैभन्दा ठूलो ब्याङ्क अवैध धन सार्नमा सङ्लग्न भएको खुलासा

    ब्रिटेनको सबैभन्दा ठूलो ब्याङ्क अवैध धन सार्नमा सङ्लग्न भएको खुलासा

    बीबीसी। पछिल्लो एउटा खुलासा अनुसार एचएसबीसी ब्याङ्कले घोटालाबारे थाहा पाए पनि ती कार्यमा सङ्लग्न रहेकाहरूलाई विश्वभर लाखौँ डलर पठाउन दिएको उल्लेख गरिएको छ। ब्रिटेनको सबैभन्दा ठूलो ब्याङ्कले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङ्‍कङस्थित खातामा रकम सारेको थियो।

    एचएसबीसीको ८ करोड अमेरिकी डलर बराबरको घोटालाको विस्तृत विवरण ब्याङ्कहरूको "सस्पिसियस एक्टीभीटी रिपोर्टस" अर्थात् सन्दिग्ध गतिविधिबारे दस्ताबेजमा उल्लेख छ। सार्वजनिक भएको उक्त गोप्य दस्तावेजलाई फीनसेन फाइल्स भनिएको छ। एचएसबीसीले भने त्यस्ता गतिविधि बारे जानकारी गराउने विषयमा सधैँ आफ्नो कर्तव्य पुरा गरेको बताएको छ।

    अमेरिकामा सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा ब्याङ्कलाई १.९ अर्व अमेरिकी डलर जरिवाना गरिए लगत्तै पछिल्लो घोटालासम्बन्धी गतिविधि सुरु भएको बताइएको छ। ब्याङ्कले यस्ता अभ्यासहरूलाई रोक्ने प्रतिज्ञा गरेको थियो। घोटालामा ठगिएकाहरूका वकिलहरूले त्यस्ता खाता बन्द गर्न ब्याङ्कले समयमै पहल गर्नुपर्ने थियो भनेका छन्।

    फिनसेन फाइल्स के हुन?

    फिन्सेन फाइल्स २,६५७ दस्तावेजबारे खुलासा हो जसमा २,१०० शङ्कास्पद गतिविधि वा 'सस्पिसियस एक्टीभीटी रिपोर्टस' उल्लेख छ। 'सस्पिसियस एक्टीभीटी रिपोर्टस' आफैमा गलत कार्यको प्रमाण भने होइन। ब्याङ्कहरूले आफ्ना ग्राहकबारे शङ्का गरेको खण्डमा ती दस्तावेज नियमनकारी निकायहरूलाई पठाउने गर्छन्।

    कानुन अनुसार उनीहरूले आफ्ना ग्राहक को हुन भन्ने विषयमा जानकार हुनुपर्छ। ब्याङ्कहरूले 'सस्पिसियस एक्टीभीटी रिपोर्टस' पेस गरे भन्दैमा ग्राहकहरूबाट कालो धन लिन भने पाउँदैनन्।

    उनीहरूसँग आपराधिक गतिविधिबारे प्रमाण भए रकम कारोबारमा रोक लगाउनुपर्ने हुन्छ। उक्त खुलासाले विश्वका सबैभन्दा ठूला केही ब्याङ्कहरूबाट कसरी सम्पत्ति शुद्धीकरण गरिएको थियो र अपराधीहरूले रकम लुकाउन कसरी गुमनाम ब्रिटिस कम्पनीहरूको प्रयोग गरेका थिए भन्ने कुरा देखाएको छ।

    ती दस्ताबेज बजफीड् वेबसाइटलाई दिइएको थियो। त्यस्तै खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल 'इन्टरन्याशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे)सँग पनि 'सस्पिसियस एक्टीभीटी रिपोर्टस' बाँढिएको थियो।


    आश्विन ५, २०७७ सोमवार १३:४६:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ब्रिटेन
  • # ब्याङ्क

  • क्यानाडानेपाल डेस्क

    भिडिओ बनाउँदै गर्दा कारबाट एक महिला व्यस्त सडकमा खसेपछि...

    भिडिओ बनाउँदै गर्दा कारबाट एक महिला व्यस्त सडकमा खसेपछि...

    काठमाडौँ। स्नयापच्याटमा भिडिओ बनाउँदै गर्दा एक महिला व्यस्त सडकमा आफ्नो कारबाट खसेकी छिन्। बेलायतको व्यस्त सडकमा आफ्नो कारको झ्यालबाट निक्लेर स्नयापच्याटमा भिडिओ बनाउँदै गर्दा महिला सडकमा खसेकी त्यहाँको प्रहरीले जनाएको छ। लन्डनको दक्षिण मोटरवेमा उक्त महिला सडकमा खसेकी सर्रे प्रहरीले जनाएको छ।

    सामाजिक संजाल ट्वीटर मार्फत सर्रे प्रहरीले उक्त घटनाको जानकारी दिएको हो। प्रहरीले महिलाको नाम भने गोप्य राखेको छ। प्रहरीले ट्वीटरमा लेखेको छ, ’ भाग्यवस ति महिलालाई केहि भएन । यस्तो व्यस्त सडकमा उनी लडेर पनि घाइते नहुनमा उनको दिन बलियो रहेछ। ।’

    सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिँदा विश्वव्यापी करिब २५९ जनाको मृत्यु भएको जर्नल अफ फ्यामिली मेडिसिन एण्ड प्राइमरी केयरमा प्रकाशित एक अध्ययनले देखाएको छ।

    अन्वेषकहरूका अनुसार सबैभन्दा बढी सेल्फी लिँदा मृत्यु हुनेमा भारतमा रहेको छ भने रसिया, अमेरिका र पाकिस्तान क्रमशः दोश्रो, तेस्रो र चौथो स्थानमा छन् । सेल्फी लिँदा मृत्यु हुनेमा ३० वर्ष भन्दा कम उमेर भएका ७२ प्रतिशत पुरुषहरू रहेका छन्।


    आश्विन ५, २०७७ सोमवार १३:३१:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भिडिओ बनाउँदै गर्दा
  • # महिला
  • # सडकमा खसेपछि

  • क्यानाडानेपाल डेस्क

    अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध षडयन्त्र, विषाक्त रसायनिक भएको खाम पठाइयो

    अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध षडयन्त्र, विषाक्त रसायनिक भएको खाम पठाइयो

     काठमाडौँ। अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको ठेगानामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध षडयन्त्र गर्न विषाक्त रसायनिकयुक्त खाम पठाइएको छ। अमेरिकी अनुसन्धान एजेन्सीकाअनुसार केहि दिन यता ह्वाइट हाउस र केही विभागहरुमा रिसिन भनिने खतरनाक विषाक्त रसायन भएको खाम पाठाइएको छ।

    यस षड्यन्त्रलाई पुरा गर्न स्थानीय हुलाक प्रणाली प्रयोग भएको ह्वाइट हाउस एक अधिकारीले बताए। न्युयोर्क टाइम्सका अनुसार अनुसन्धान एजेन्सीले उक्त खामहरु क्यानाडाबाट आएको हुनुपर्ने अनुमान गरेका छन्। यसैबीच, यस घटनाको अनुसन्धान गर्दै जाँदा एक महिलालाई प्रहरीले हिरासतमा लिएको छ। यद्यपि, महिलाको नाम भने सार्वजनिक गरिएको छैन।

    सबै खामहरू राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पठाइएको थियो। खामलाई टेक्सासको अन्वेषणको क्रममा पत्ता लागेका हो। ह्वाइट हाउसमा सबै आगमन हुने पत्रहरुलाई राम्ररी जाँच गरि मात्र ह्वाइट हाउसमा पठाइने न्युयोर्क टाइम्सले जनाएको छ।

    यस विषयमा अनुसन्धानगर्न जोइन्ट टेरोरिजम टास्क फोर्सलाई खटाइएको छ। न्यूयोर्क पुलिसको विशेष इकाईले अनुसन्धान एजेन्सीलाई सहयोग पु¥याउने न्युयोर्क टाइम्स जनाएको छ । यद्यपि, रिसिन सहितका खामहरू कुनै आतंकवादी संगठनसँग नजोडिएको न्यूयोर्क पुलिसका एक अधिकारीले बताए।


    आश्विन ५, २०७७ सोमवार १२:२८:४८ बजे : प्रकाशित

    आजबाट खुल्यो ताजमहल

  • 178
    SHARES
  • आजबाट खुल्यो ताजमहल

    काठमाडौं । कोरोनाभाइरस संक्रमणपछि बन्द रहेको भारतको ताजमहल सोमबारदेखि खुलेको छ । गत मार्च १७ देखि बन्द रहेको आगरास्थित ताजमहल सोबारबाट खुलेको हो ।

    विश्वकै आकर्षणको केन्द्र रहेको ताजमहलमा हरेक दिन ७० हजारभन्दा बढी मानिस पुग्ने गर्छन् । तर, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ताजमहल खुला गर्न दिइएको हो । 

    उत्तर प्रदेश राज्यको आगरास्थित ताजमहल इतिहासमै तेस्रो पटक बन्द गरिएको थियो । ताजमहल पहिलो पटक सन् १९७१ मा भारत–पाकिस्तान युद्धका क्रममा करिब दुई साता बन्द गरिएको थियो ।

    यस्तै, १९७८ मा बाढीका कारण ताजमहल एक साता बन्द गरिएको थियो भने अहिले कोरोनाभाइरस संक्रमणको महामारीका कारण बन्द गरिएको थियो । 

    सोमबारबाट खुला गरिएको ताजमहलमा दैनिक पाँच हजार पर्यटकलाई प्रवेश गर्न अनुमति दिइएको छ  । दिउँसो २ बजेअघि दुई सय ५० जना र त्यसपछि दुई सय ५० जनालाई ताजमहल अवलोकन गर्न दिइने भएको छ ।


    आश्विन ५, २०७७ सोमवार ११:५१:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ताजमहल

  • क्यानाडानेपाल