शुक्रबार
२९ कार्तिक
२०७६

सुनको मूल्यमा तीव्र उतारचढाव, सुन प्रतितोला ७० हजारभन्दा तल

शुक्रबार कार्तिक २२, २०७६/ Friday 11-08-19

काठमाडौं । यो साता सुनको मूल्यमा तीव्र उतारचढाव भइरहेको छ । एक दिन मूल्य स्थिरबाहेक कहिले घट्ने कहिले बढ्ने भइरहेको छ ।

बिहीबार ६ सयले बढेको सुन शुक्रबार सात सय र चाँदी १५ रुपैयाँले घटेको छ । बिहीबार ७० हजार ६ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार सात सयले घटेर ६९ हजार नौ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।