• Sep 21 2020 | २०७७, आश्विन ५गते

२०७७, आश्विन ५गते

यो साता चर्चामा:

श्रीमान् गुमाएका महिलामाथि नेकपाबाटै पक्षपात, विद्या र विमलाले टिकट पाउँदा धरानमा इन्दुलाई दिइएन, स्वतन्त्र उम्मेदवारी दिने

कार्तिक २२ २०७६
  • 552
    SHARES
  • श्रीमान् गुमाएका महिलामाथि नेकपाबाटै पक्षपात, विद्या र विमलाले टिकट पाउँदा धरानमा इन्दुलाई दिइएन, स्वतन्त्र उम्मेदवारी दिने

    काठमाडौं । धरान उपमहानगरपालिकाको रिक्त रहेको मेयर पदमा स्वर्गिय तारा सुब्बाको पत्नीले दाबी गरेकी छन् । यसअघि मेयर रहेका स्वर्गीय तारा सुब्बाको निधनका कारण मंसिर १४ गते हुन गइरहेको मेयर पदको उपनिर्वाचनमा उनकी श्रीमती इन्दु सुब्बा राईले दाबी गरेकी हुन् ।

    कात्तिक २५ गते गाउँपालिका र नगरपालिकामा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । यदि नेकपाले आफूलाई टिकट नदिने स्वतन्त्र उम्मेदवारी दिने इन्दुले जनाएकी छन् ।

    तारा सुब्बाका दाजु घनेन्द्र सुब्बाका अनुसार नेकपाले उम्मेदवारको नाम चयन गर्नुअघि तारा सुब्बाकी श्रीमती इन्दुले पनि मेयर पदमा उम्मेदवार बन्ने इच्छा प्रकट गरेको जानकारी पार्टीलाई दिइएको थियो । तर, पार्टीले उम्मेदवारको नाम सिफारिस गर्दा उनको नाम काटिएको छ ।

    घनेन्द्र सुब्बाले कात्तिक १५ गते नेकपा धरान उपमहानगर कमिटीलाई बुहारी इन्दुले स्वतन्त्र उम्मेदवारी दिने बारेमा लेखेको निवेदन सामाजिक सञ्जालमा राखेका छन् । पार्टी अध्यक्ष नारायण सुवेदीकै हातमा उक्त निवेदन दिएको बताउँदै सुब्बाले भने, ‘निवेदनउपर सुनवाइका लागि छलफल समेत गरिएन, पार्टी अध्यक्षज्यूले पत्र लिनु भो र पछि फाल्नु भयो ।’ उनले पार्टीले स्वर्गीय मेयरकी श्रीमती र परिवारजनलाई तिरस्कार गरेको आरोप लगाए ।
    नेकपाले कास्की २ मा स्व.रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई र दाङ २ (ख) प्रदेशमा स्व.उत्तम ओलीकी पत्नी विमला ओलीलाई टिकट दिएको छ ।


    यस्तो छ निवेदन

    श्रीमान् अध्यक्षज्यू
    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
    धरान उपमहानगरपालिका कमिटी
    ‘म घनेन्द्र सुब्बा धरान उपमहानगरपालिकाको स्वर्गीय मेयर तारा सुब्बाको साइला दाजु भन्ने कुरा तपाई र पार्टीलाई थाहा भएकै कुरा हो । तत्कालीन नेकपा एमालेको विभिन्न तह तथा कमिटीमा काम गर्दै लामो समय पार्टीलाई सफल नेतृत्व गरेर र २०७४ सालको स्थानीय तह निर्वाचनमा आफूसहित पार्टीलाई बहुमतका साथ जिताउन मेरो भाइ स्वर्गीय तारा सुब्बा सफल भएको पनि सर्व्विदितै छ । उहाँको निधन पश्चात् हाल रिक्त रहेको मेयर पदमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुन लागेको र उम्मेदवारको नाम सिफारिस गर्दा एक जना महिला अनिवार्य सिफारिश गर्नुपर्ने मापदण्ड पनि भएको हुनाले उक्त उपनिर्वाचनमा मेयर पदमा स्वर्गीय मेयर तारा सुब्बाकी पत्नी इन्दु सुब्बा राईको नाम पनि उम्मेदवारको रुपमा सिफारिस गरिदिनु हुनेछ र मेरो भाइ स्वर्गीय तारा सुब्बाले पार्टीको नेतृत्वमा रहँदा र जनप्रतिनिधिरुपमा रहँदा उहाँले समाज र देशलाई पु¥याउनु भएको योगदानको उचित मूल्यांकन, सम्मान गरिदिनु हुनेछ भन्ने सपरिवारको अपेक्षासहित यो निवेदन पेश गरको छु ।’

     


    कार्तिक २२, २०७६ शुक्रवार ०५:४२:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    कांग्रेस केन्द्रीय कार्य समितिको बैठक असोज १९ गते बस्ने, महाधिवेशनको तयारी बिषयमा छलफल

    कांग्रेस केन्द्रीय कार्य समितिको बैठक असोज १९ गते बस्ने,  महाधिवेशनको तयारी बिषयमा छलफल

    काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक यही असोज १९ गते बस्ने भएको छ । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी गर्ने बिषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा असोज १९ गते सोमबार दिउँसो २ बजे बस्ने नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ती जारी गर्दै जानकारी गराए । 

    कांग्रेसको महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म गरिने भनिए पनि हुनेमा शंका गरिएकाे छ । नेताहरुले पनि सो समयमा महाधिवेशन हुनेमा शंका व्यक्त गर्न थालेका छन् ।

    नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ती यस्तो छ - 

    असोज ५, २०७७

    प्रेस विज्ञप्ति

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको
    छ । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।

    पुनश्च ः
    कोभिड–१९ को महामारीका कारण बैठक अगाडि एऋच् त्भकत को व्यवस्था पार्टी केन्द्रीय कार्यालयले गरेको हुँदा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुले अनिवार्य रुपमा असोज १५ गते विहान ११ः०० देखि ३ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई एऋच् त्भकत गराउनु हुन यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ ।

    कृष्णप्रसाद पौडेल
    मुख्य सचिव  

    119734200_1846082785544271_8120784021818710575_o.jpg


    आश्विन ५, २०७७ सोमवार १८:५९:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • क्यानाडानेपाल डेस्क

    मन्त्री बन्न संविधान बाधक देखिएपछि वामदेव गौतमको ‘एक्सन’ 

  • 298
    SHARES
  • मन्त्री बन्न संविधान बाधक देखिएपछि वामदेव गौतमको ‘एक्सन’ 

    काठमाडौं ।  निकै रस्साकस्सीपछि राष्ट्रिय सभा सदस्य बनेका नेकपा उपाध्यक्ष वामदेव गौतमको मन्त्री बन्ने चाहना अपूरो हुने देखिएको छ । उनलाई मन्त्री बनाउन लागिएको तयारी सार्वजनिक भएपछि सोमबार गौतमलाई मन्त्री नबनाउन माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको छ । 

    सर्वाेच्च अदालतमा रिट परेपछि गौतमले संवैधानिकविद्हरुसँग छलफलको तयारी थालेका छन् । गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दिया १ बाट पराजित भएका गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत कार्य पनि विवादमै परेको थियो । 

    राष्ट्रिय सभामा पुगेसँगै गौतमलाई मन्त्री बनाउन लागिएको चर्चा चलिरहेको छ । तर, नेपालको संविधान धारा ७८ को उपधारा ४ ले गौतमलाई मन्त्री हुन रोक्ने तर्क गरिँदैछ । उनी बर्दिया १ बाट पराजित प्रतिनिधि सभाको कार्यकाल बाँकी रहेकाले गौतमलाई मन्त्री बन्न बाधक देखिएको हो । 

    संविधानको धारा ७८ को उपधारा ४ मा लेखिएको छ, ‘ उपधारा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन ।’ उनी बर्दिया १ बाट पराजित उम्मेदवरा हुन् । यसर्थ उक्त धाराले गौतमलाई मन्त्री बन्न बाधा गरेको हो । 

    मन्त्री बन्न संवैधानिक वाधा देखिएपछि गौतमले संवैधानिकविद्हरुसँगको परामर्श गर्न थालेका हुन् । 


    आश्विन ५, २०७७ सोमवार १८:४७:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वामदेव गौतम

  • क्यानाडानेपाल

    स्थिर प्रधानमन्त्री ओलीको अस्थिर मन्त्रिपरिषद्, साढे दुई वर्षमा १२औँपटक पुनर्गठनको तयारी

  • 260
    SHARES
  • स्थिर प्रधानमन्त्री ओलीको अस्थिर मन्त्रिपरिषद्, साढे दुई वर्षमा १२औँपटक पुनर्गठनको तयारी

    काठमाडौं । सत्तारुढ नेकपाभित्र मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिएको छ । राजनीतिक स्थायित्वका लागि भन्दै जनताबाट दुई तिहाइ नजिक बहुमत ल्याएर नेकपाले सरकार चलाइरहेको छ । तर, आन्तरिक किचलो र आफ्ना नेताहरुलाई सत्ताको स्वाद चखाउन भने मन्त्रिपरिषद् पुनर्गगन गरिँदै आएको छ । 

    यसअघि सरकार ढाल्ने र नयाँ बनाउने खेल हुन्थ्यो भने अहिले प्रधानमन्त्रीबाहेकलाई हटाउने खेल भइरहेको छ । आफू कुनै पनि बेला बाहिरिनुपर्ने त्रासमा अहिलेका मन्त्रीहरु रहेका छन् ।

    मौजुदा प्रतिनिधि सभाको चुनाव अघि प्रधानमन्त्रीले सत्ता टिकाउन भूमिका खेल्ने विश्वास गर्थे मन्त्रीहरु । तर, अहिले प्रधानमन्त्री र पार्टी अध्यक्षहरु मिलेर कतिखेर हटाउँछन् भन्ने त्रासमा मन्त्रीहरु देखिन्छन् । 

    आफ्नो राजीनामा मागेकाहरुलाई थुमथुमाएर पार्टीको आन्तरिक किचलो मथ्थर पारेका अध्यक्ष ओलीले बाँकी पूरै कार्यकाल आफू प्रधानमन्त्री भइरहने गरी विवाद समाधान गरेका छन् । तर, उनीहरुको विवाद समाधानले कुन कुन मन्त्रीलाई हटाउने हुन् यो केही दिनमै देखिने भएको छ । 

    प्रधानमन्त्री नफेरिने भएका छन् । तर, मन्त्रीहरु पटक पटक फेरेर मन्त्रिपरिषद्लाई अस्थिर बनाइएको छ । जसले कुनै पनि बेला बाहिरिनु पर्ने त्रासमा रहेर मन्त्रीहरुले काम गर्नुपरेको देखिन्छ । ओलीको नेतृत्वमा सरकार बनेको साढे दुई वर्ष भएको छ । तर, १२औंपटक मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिएको छ । 

    ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते पहिलोपटक मन्त्रिपरिषद् गठन भएदेखि साढे दुई वर्ष समय पार गरिरहँदा १२औँपटक मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिएको छ । 

    दोस्रोपटक २०७४ फागुन १४ गते, तेस्रोपटक चैत २, चौथोपटक २०७५ जेठ ३ गते, पाँचौँपटक साउन १८, छैटौँपटक फागुन १६ गते, सातौँपटक २०७६  साउन १५, आठौँपटक मंसिर ४, नवौँपटक फागुन ८, दशौँपटक फागुन ११ र एघारौँपटक फागुन २१ गते मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो । अब १२औंपटक मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिएको हो । 


    आश्विन ५, २०७७ सोमवार १७:०६:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् पुनर्गठन

  • क्यानाडानेपाल

    मन्त्री हेरफेर गर्न बालुवाटारमा ओली र प्रचण्डको छलफल 

  • 160
    SHARES
  • मन्त्री हेरफेर गर्न बालुवाटारमा ओली र प्रचण्डको छलफल 

    काठमाडौं ।  सत्तारुढ नेकपा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफलमा केन्द्रित भएको छ । आइतबार बसेको सचिवालय बैठकबाट मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा औपचारिक रुपमा छलफल थालिएको हो । 

    पार्टीभित्र सामूहिक छलफलसँगै अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पनि आसपमा छलफल भएको छ ।

    मंगलबारका लागि सचिवालय बैठक डाकिएका बेला सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल भएको हो । 

    विभिन्न तीन विकल्पमा छलफल भएको नेकपाभित्र यसबारे सहमति जुटाइसकेको छैन । सचिवालय बैठकको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएको ओली र प्रचण्ड छुट्टै छलफलमा पनि जुटेका हुन्  ।

    सोमबार भएको छलफलमा उनीहरूबीच सचिवालय बैठकले मापदण्ड बनाएर मन्त्रिपरिषद् पुनर्गठन सहमति भएको हो । 


    आश्विन ५, २०७७ सोमवार १५:२८:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् पुनर्गठन

  • क्यानाडानेपाल

    रामचन्द्र पौडेलले भने - 'नेतृत्वको नियत हेर्दा अधिवेशननै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष देखियो'

    रामचन्द्र पौडेलले भने - 'नेतृत्वको नियत हेर्दा अधिवेशननै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष देखियो'

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडेलले पार्टीको अहिलेको नेतृत्वको नियत हेर्दा अधिवेशननै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष गरेको देखिएको बताएका छन् ।

    उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महाधिवेशन टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष गरिहउको आरोप लगाएका हुन् । 

    एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बित्दा पनि नगराइएको बताउदै उनले भने - 'वर्तमान नेतृत्वको नियत हेर्दा अधिवेशननै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष देखिन्छ। किनभने एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्न गराईएको छैन ।'

    ५ महिनालाई सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गरौं  भन्दै उनले भने - ' त्यो पनि नगरेर अधिबेशननै टार्ने , नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी वचाउन सकिन्छ भन्ने मेरो आशय हो ।'

     फेसबुकमा उनको भनाई यस्तो छ - महाधिवेशन र विशेष महाधिवेशन बारे मेरो भनाइ भनेर बङ्याएर जुन प्रचार गरिएको पाइएको छ ।

    त्यसमा मेरो भनाइ यो छ :- मैले गत महासमितिको वैठक देखीनै  पार्टीमा अधिवेशनको कार्यतालिका वनाएर “सुनौलो भविष्यका लागि समयबद्ध काम गरौं” भन्दै आएको छु ।  

    नेपाली कांग्रेसको वर्तमान बिधान अनुसार पार्टीका सबैतहका पदाधिकारी तथा सदस्यहरुको पदावधि ४ वर्ष तोकिएको छ। असाधारण परिस्थिति परेको खण्डमा केन्द्रिय कार्यसमितिले वढिमा एक वर्षसम्म अवधि वढाउन सक्नेछ भनिएको छ । जस अनुसार विधानतः आउदो फागुन उता यो कार्यसमिति कायम रहन सक्ने आधार समाप्त हुदैछ । 

    वर्तमान नेतृत्वको नियत हेर्दा अधिबेशननै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष देखिन्छ। किनभने एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्न गराईएको छैन । 

    समायोजन नै नभएपछि कृयाशील नवीकरण र वितरण त्यसै रोकिएर बस्ने भयो र अधिबेशननै अन्योलमा पर्ने स्थिती पैदा भयो । त्यसै भएर बाँकी रहेको ५ महिना सिङ्गैको अबधिलाई सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गरौं भन्ने हो ।

    त्यो पनि नगरेर अधिबेशननै टार्ने , नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी वचाउन सकिन्छ भन्ने मेरो आशय हो ।जय नेपाल !

     


    आश्विन ५, २०७७ सोमवार १४:२९:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल

  • क्यानाडानेपाल डेस्क

    महाधिवेशनबारे रामचन्द्र पौडेलले दिए यस्तो प्रस्टीकरण

  • 236
    SHARES
  • महाधिवेशनबारे रामचन्द्र पौडेलले दिए यस्तो प्रस्टीकरण

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले महाधिवेशन र विशेष महाधिवेशनबारे आफूले भन्दै नभनेको विषयमा समाचार आएको भन्दै आपत्ति जनाएका छन् । पुरानै महाधिवेशन प्रतिनिधिलाई कायम गरेर भए पनि आगामी फागुनमै १४औं महाधिवेशन गर्नुपर्छ भनी आइतबार पौडेलले बोलेको समाचार आएको थियो । 

    तर, सोमबार उनले सामाजिक सञ्जालमार्फत महाधिवेशन र विशेष महाधिवेशनबारे प्रस्टीकरण दिएका छन् । उनले लेखेका छन्, ‘महाधिवेशन र विशेष महाधिवेशन बारे मेरो भनाइ भनेर बङ्याएर जुन प्रचार गरिएको पाइएको छ ।

    त्यसमा मेरो भनाइ यो छ– मैले गत महासमितिको वैठकदेखि नै पार्टीमा अधिवेशनको कार्यतालिका वनाएर ‘सुनौलो भविष्यका लागि समयबद्ध काम गरौं’ भन्दै आएको छु ।

    नेपाली कांग्रेसको वर्तमान बिधानअनुसार पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि चार वर्ष तोकिएको छ।

    असाधारण परिस्थिति परेको खण्डमा केन्द्रिय कार्यसमितिले बढिमा एक वर्षसम्म अवधि वढाउन सक्नेछ भनिएको छ। जसअनुसार विधानतः आउँदो फागुनउता यो समिति कायम रहने आधार समाप्त हुँदैछ।’


    आश्विन ५, २०७७ सोमवार १२:३५:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल

  • क्यानाडानेपाल