• Sep 29 2021 | २०७८, आश्विन १३गते

२०७८, आश्विन १३गते

पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

पौष २४ २०७७
  • 2.0K
    SHARES
  • पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

    पोर्चुगल - बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् ।

    images

    पोर्चुगलाई कर्मथलो बनाउँदै आउनुभएका कँुवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा  ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हाम फाल्दा घटनास्थलमै मृत्यु भएको हो ।

    एउटै होस्टेल कोठामा बसेका साथी र परिवारका सदस्यलाई आफ्नो आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सा कोठामा गएको मौका छोपी हामफालेको कुरा पोर्चुगाली प्रहरीले बताएको छ । 

    त्यसैगरी कोरोनाका कारण सोलुखुम्बू घर भई विगत एक वर्षदेखि पोर्चुगल रहनुभएकी तारादेवी परियारको निधन भएको छ । आफ्नै घरमा ग्यास पड्केपछि घाइते हुनुभएकी परियारलाई उपचारका क्रममा कोरोना पोजिटिभ देखिएको थियो । अङ्ग्रेजी वर्ष २०२१ को आगमनसँगै पोर्चुगलमा ज्यान गुमाउने नेपाली सङ्ख्या तीन पुगेको छ ।रासस


    पौष २४, २०७७ शुक्रवार १०:२०:४६ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # पोर्चुगल
  • अर्कोसमाचार

    न्यूयोर्कमा बाढीका कारण एकै परिवारका ३ नेपालीको निधन  

  • 640
    SHARES
  • न्यूयोर्कमा बाढीका कारण एकै परिवारका ३ नेपालीको निधन  

    काठमाडौं - अमेरिकामा आइडा नामक आँधी र भीषण बर्षासँगै आएको बाढीका कारण हालसम्म ४० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । बाढीले अमेरिकाको न्यूयोर्क र न्यु जर्सीमा बढी प्रभाव पारेको छ । 

    images

    यस्तै उक्त बाढीमा परेर एकै परिवारका तीन जना नेपालीको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका–२ जुनवेशी घर भइ हाल न्युयोर्कमा बस्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन् । 

    उनीहरुको बाढीमा परेर मृत्यु भएको युनाइटेड शेर्पा एसोसिएशन (यूएसए) ले जनाएको छ । न्युयोर्कको उडसाइडस्थित एउटा घरको वेसमेन्टमा बस्दै आएका उनीहरु सुतेको समयमा बाढी पसेको बतायएको छ । 

    sa.JPG


     


    भाद्र १८, २०७८ शुक्रवार ११:५२:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # न्यूयोर्क

  • क्यानाडा नेपाल

    मलेसियाबाट २० नेपालीको शव र अस्तु नेपाल ल्याइयो

  • 530
    SHARES
  • मलेसियाबाट २० नेपालीको शव र अस्तु नेपाल ल्याइयो

    काठमाडौं - मलेसियामा ज्यान गुमाएका २० नेपालीको शव र अस्तु काठमाडौँ ल्याइएको छ । मलेसियाका विभिन्न स्थानमा ज्यान गुमाएका २० नेपालीको शव र अस्तु शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो । 

    images

    जसमा ८ जनाको नेपालीको शव रहेको छ भने १२ जनाको अस्तु रहेको छ ।  नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियाबाट ल्याइएको शवमध्ये ८ शव मृतकको घरसम्म पठाइएको छ । 

    कोरोनाभाइरसपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकै पटक सङ्कलन गरेर ल्याउने गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। कोरोनाका कारण मृत्यु हुनेको अस्तु मात्रै ल्याइएको  बताइएको छ । 


    भाद्र २०, २०७८ आइतवार १४:१४:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मलेसिया

  • क्यानाडा नेपाल

    विवाह गरेर अमेरिका गएका २६ बर्षीय सुमनको निधन

  • 1.3K
    SHARES
  • विवाह गरेर अमेरिका गएका २६ बर्षीय सुमनको निधन

    काठमाडौ - अमेरिकामा एक नेपाली युवकको निधन भएको छ । निधन हुनेमा २६ बर्षीय सुमन पोख्रेल रहेका छन् । 

    images

    विगत ४ बर्ष देखि क्यालिफोर्नियामा बस्दै आएका सुमनको शनिवार अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

    उनको अस्पतालमा भर्ना भएकै दिन निधन भएको हो । उनी गएको बर्ष नेपाल आएर विवाह गरी फर्किएका थिए । 

    उनको दाह संस्कार गर्नको लागि दि ह्वाइट जोन क्यालिफोर्निया नामक गैर मुनाफा सामाजिक संस्थाले फण्ड मीमा खाता खोलेको छ ।
     


    भाद्र २०, २०७८ आइतवार २०:३८:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • क्यानाडा नेपाल

    कुवेतमा बालुवाको ढिस्कोले पुरिएर दुई नेपालीको निधन

  • 558
    SHARES
  • कुवेतमा बालुवाको ढिस्कोले पुरिएर दुई नेपालीको निधन

    काठमाडौं । कुवेतमा दुई नेपालीको निधन भएको छ । कुवेतको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने क्रममा ढिस्कोले पुरिएर २ जना नेपालीका निधन भएको हो । 

    images

    निधन हुनेमा झापाको गोलधाप–१ र चकचकी–६ का यम बहादुर कटुवाल र सुकलाल राजवंशी रहेका छन् । उनीहरुको गहिरो खाल्डोमा भूमिगत पाइप मर्मत गर्ने क्रममा माथिबाट बालुवाको ढिस्को खस्दा घटनास्थलमै निधन भएको हो । 

    उक्त घटनामा रोल्पाका सर्वजित महरा घाइते भएका छन् । झापाका दुई नेपालीको गएको बुधबार भएको घटनामा निधन भएको हो । 
     


    भाद्र २५, २०७८ शुक्रवार १३:२४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुवेत

  • क्यानाडा नेपाल

    एनआरएनएको महाधिवेशनमा कुल आचार्यको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

  • 298
    SHARES
  • एनआरएनएको महाधिवेशनमा कुल आचार्यको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आगामी महाधिवेशनमा अध्यक्षमा कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

    images

    आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आचार्यले नागरिकता र सम्पतीको अधिकार स्थापित गर्ने प्रतिवद्धता सहित उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा आचार्यले ‘संस्थामा अनियमितता र दुरुपयोगका गुनासो बढ्दै गएको भन्दै यसलाई सुधार गर्ने बताए ।

    उनले संस्थाभित्र आर्थिक अनियमितता र दुरुपयोग राक्ने धारणा राखेका छन् । कोभिड–१९ का कारण ठूलो सङ्ख्यामा नेपालीले रोजगारी गुमाएर स्वदेश फर्कनुपरेको भन्दै उनले स्वदेश फर्केका नेपालीका लागि रोजगार सिर्जना गर्न सघाउन ‘एक एनआरएन एक रोजगार’ भन्ने अवधारणा अगाडि सारेको जानकारी दिएका छन् । उनले एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने भावना स्वीकार गरे पनि नागरिकतासम्बन्धी ऐन नबन्दा अधिकार उपयोग गर्न नपाएको भन्दै यसलाई प्राथमिकताका साथ उठाउने बताए ।

    एनआरएनएको दशौं विश्वसम्मेलन आगामी अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा हुँदैछ । यसअघिको निर्वाचनमा आचार्य कुमार पन्तसँग १४७ मतान्तरले पराजित भएका थिए । 


    आश्विन १०, २०७८ आइतवार १७:३८:५३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    मलेसियामा ड्युटी गर्नेक्रममा बेहोस भएका एक नेपालीको निधन

  • 316
    SHARES
  • मलेसियामा ड्युटी गर्नेक्रममा बेहोस भएका एक नेपालीको निधन

    काठमाडौं - मलेसियामा एक नेपालीको निधन भएको छ । निधन हुनेमा लामोसमयदेखि रोजगारीको सिलसिलामा मलेसियामा रहेका काभ्रेपलान्चोक महादेवटार (८ का टेक बहादुर तामाङ रहेका छन् । 

    images

    उनले मलेसियाको सिन याङ प्लाइवुड एसडिएन बिएचडी नामक कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका थिए । केही महिनादेखि प्रेसरका बिरामी रहेका उनी ड्युटी गर्नेक्रममा बेहोस भएर ढलेका थिए । 

    उनी ढलेपछि अस्पताल लैजानेक्रममा निधन भएको नेपाली दूतावास स्रोतले जनाएको छ । उनको शवलाई नेपाल ल्याउने तयारी गरिएको छ । 
     


    आश्विन १२, २०७८ मंगलवार १२:३०:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मलेसिया

  • क्यानाडा नेपाल