• Sep 21 2020 | २०७७, आश्विन ५गते

२०७७, आश्विन ५गते

बलिउड तथा साउथ चलचित्रका चर्चित नायक कमल हसनको आज ६५औँ  जन्माेत्सव परिवारसंग मनाउदै (तस्बिर सहित)

Deeps कार्तिक २२ २०७६
  • 476
    SHARES
  • बलिउड तथा साउथ चलचित्रका चर्चित नायक कमल हसनको आज ६५औँ  जन्माेत्सव परिवारसंग मनाउदै (तस्बिर सहित)

    एजेन्सी - बलिउडका तथा साउथ चलचित्र चर्चित नायक कमल हसनको आज ६५औँ जन्मदिन परेको छ। हसन तामिलनाडुको रमानाथपुरम जिल्लाको परमाकुडी सहरमातमिल आयंगर परिवारमा जन्मेका थिए । उनले पहिलो चोटी १९६० मा तमिल भाषाको फिल्म कलाथुर कन्नम्मामा बाल कलाकारको रूपमा देखिएका थिए, जसको लागि उनले राष्ट्रपतिबाट पदक समेत पाएका थिए।  उनि एक भर्साटाइल नायक हुन् र उनले हिन्दी लगायत  तेलगु, मलयालम, कन्नडा र बंगाली फिल्महरूमा पनि काम गरिसकेका छन्। उनको बलिउडमा चर्चित चलचित्रहरु चाची ४२०,  सनम तेरी कसम, मुम्बई एक्सप्रेस, एक दूजे के लिए विश्वरूप -१ र विश्वरूप -२ रहेका छन्।  पछिल्लो समय उनि राजनीतिमा पनि सक्रिय भएका छन्।

    \"\"\"\"\"\"\"\" 
     


    कार्तिक २२, २०७६ शुक्रवार ०६:४०:०० बजे : प्रकाशित


    Deeps

    This is Test

    अर्कोसमाचार

    गायिका रिमा गुरुङको नयाँ गीत 'कहाँ थिए' मा भाईरल अर्जुन बिकको अभिनय (भिडियो)

    गायिका रिमा गुरुङको नयाँ गीत 'कहाँ थिए' मा भाईरल अर्जुन बिकको अभिनय (भिडियो)

    काठमाडौं - गायिका रिमा गुरुङ होडाको नयाँ गीत बजारमा आएको छ । गायिका रिमा गुरुङ होडाको सुमधुर स्वरमा 'कहाँ थिए' बोलको गितको भिडियो एक साता अघि युट्युबमा सार्वजनिक भएको हो । 

    गीतमा गौतम डंगोलको शब्द र भिजन निरौलाको लय रहेको छ । भिडियोमा भाइरल अर्जुन बिक, सुजिना गोले र बिपना भुजेलको अभिनय रहेको छ । 

    गितको भिडियोमा अर्जुन बिकको जिबनमा घटेको केही यथार्थ घटनालाई समेट्न खोजिएको छ ।भिडियोलाई प्रकाश खडकाले छायांकन, देबेन्द्र कुँवरको निर्देशन र बिनोद वमको सम्पादन रहेको छ । 


     
     


    आश्विन ५, २०७७ सोमवार १३:०४:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रिमा गुरुङ
  • # अर्जुन बिक

  • क्यानाडानेपाल डेस्क

    गायिका मिना कार्कीले लिएर आईन नेपालको पहिलो नर्सिङ्ग गित “हामी नर्स”

    गायिका मिना कार्कीले लिएर आईन नेपालको पहिलो नर्सिङ्ग गित “हामी नर्स”

    काठमाडौं - सदिक्षा एल्बमबाट चर्चामा आएकी गायिका मिना कार्कीले नेपाली साङ्गीतिक इतिहासकै पहिलो नर्सिङ गीत हामी नर्स को भिडियो सार्वजनिक गरेकी छिन् । गायिका कार्कीले आफ्नै युट्युब च्यानल Mina Karki Official मार्फत आफ्नो भिडियो सार्वजनिक गरेकी हुन् ।लोकप्रिय गीतकार तथा सङ्गीतकार राजकुमार बगरको शब्द र सङ्गीत रहेको यस गीतमा कमल सौरागको म्युजिक एरेञ्ज रहेको छ । 

    भिडियोमा निर्मला श्रेष्ठ लगायत बिभिन्न कलाकारहरुलाई फ़िचरिङ गरिएको छ भने  वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, राम सिंह भाटको छायाङ्कन र निर्देशक वीरेन्द्र भाट ‘विपिन’ कै सम्पादनमा भिडियो तयार भएको हो । लगभग ४ दर्जन डाक्टर / नर्सहरुको अभिनय रहेको यो भिडियो वर्ल्ड कभर मिडिया प्रा. लि. को पोष्ट प्रोडक्सनमा निर्माण भएको हो ।
     
    वास्तबमा यो गित बिश्व नर्सिङ्ग दिवश (मे १२) को दिन औपचारिक कार्यक्रमको बिचमा रिलिज गर्ने कार्यक्रम थियो तर बिश्व भरि नै फैलिएको कोरोना महामारी को कारण ले समयमा हुन् सकेन।  यो गीतमा नर्सिङ्ग पेशा मा लागे पछि गर्नु पर्ने काम  कर्तब्य लगायत दुख, पिडा, र खुसि लाई राम्रो संग समाबेस  गरिएको छ भन्ने कुरा गायिका ले बताउछिन् । किनकी गायिका स्वयम् एक नर्स हुन्।

     


    आश्विन ४, २०७७ आइतवार १३:२९:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हामी नर्स

  • क्यानाडानेपाल डेस्क

    सिताराम कट्टेल (धुर्मुस) को आज जन्मदिन, माग्नेबुढाले दिए शुभकामना

    सिताराम कट्टेल (धुर्मुस) को आज जन्मदिन, माग्नेबुढाले दिए शुभकामना

    काठमाडौं - चर्चित हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) को आज जन्मदिन परेको  छ । सोलुखुम्बुको नेचाबेतघारीमा जन्मिएका धुर्मुस आजबाट धुर्मुस ३७ वर्षमा लागेका छन् । 

    जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ । हाँस्यशृखला मेरी बास्सै बाट धुर्मुस नामले चिनिएका उनी अहिले सामाजिक कार्यमा धेरै न अघि छन् । 

    चलचित्रमा पनि अभिनय गरिसकेका उनले भूकम्प पिडितहरुलाई बस्ती बसाईदिने र विभिन्न सामाजिक अभियानमा समेत सक्रिय रहने कार्य गरे । 

    कलाकरितासँगै समाज सेवामा समेत सकृय रहेका उनी अहिले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काममा जुटिरहेका छन् । 

    यस्तै आज जन्मदिनको अवसरमा उनलाई केदा घिमिरे (माग्नेबुढा)ले पनि शुभकामना दिएका छन् ।

    उनले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिदै भनेका छन् - 'कलाकार/लेखक/ निर्देशक /समाजसेवी मित्र सिताराम जीलाई जन्मदिनको 3 टडक् शुभकामना। साथै रंगशाला निर्माणको सम्पन्नताको लागि अग्रिम शुभकामना। जय जन्म।'
     


    आश्विन ४, २०७७ आइतवार ११:४०:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जन्मदिन
  • # धुर्मुस
  • # माग्नेबुढा

  • क्यानाडानेपाल डेस्क

    राजेश हमालले गरे ११३ जना प्राविधिकलाई आर्थिक सहयोग

    राजेश हमालले गरे ११३ जना प्राविधिकलाई आर्थिक सहयोग

    काठमाडौँ । नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा दैनिक गुजारा गर्ने मानिसहरु प्रभावित भएका छन् । कोरोनाकै कारण काम गुमाउदा मानिसहरुलाई जीवनयापन गर्न समस्या परिरहेको छ । 

    यसैबीच महानायक राजेश हमालले पनि कोरोनाका कारण समस्यामा परेका फिल्म प्राविधिकहरूलाई सहयोग गरेका छन् ।  उनले समस्यामा परेका फिल्म प्राविधिकलाई आज नै रकम हस्तान्तरण गरेका छन् । 

    उनले आज समस्यामा परेका ११३ जना फिल्म प्राविधिक प्रतिव्यक्ति ५ हजारको दरले आर्थिक सहयोग गरेका हुन् । कोरोनाका कारण प्राविधिकहरुलाई ठूलो प्रभाव परेकोले आफुले सहयोग गरेको हमालले बताएका छन् । 

    अभिनेता हमालले गरेको सहयोगले ठूलो राहत मिलेको प्राविधिकहरुले पनि बताएका छन् । 
     


    आश्विन ३, २०७७ शनिवार २०:५८:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राजेश हमाल

  • क्यानाडानेपाल डेस्क

    हाँस्यकलाकार देवीराम पराजुली 'भोकलाग्यो' कोरोना मुक्त    

    हाँस्यकलाकार देवीराम पराजुली 'भोकलाग्यो' कोरोना मुक्त    

    काठमाडौँ । हाँस्यकलाकार देवीराम पराजुली 'भोकलाग्यो' कोरोनाभाइरस मुक्त भएका छन्।

    आफुलाई कोरोनाभाइरस मुक्त भएको बारे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । दुई साता अघि कोरोना संक्रमण हुँदा पनि उनले सञ्जाल फेसबुकमार्फत जानकारी गराएका थिए । 

    हाँस्यटेलिसिरियल जिरे खुर्सानीबाट भोकलाग्यो नामले चिनिएका पराजुलीले फेसबुकमा लेखेका छन् मलाई फेसबुक, टेलिफोन, पत्रपत्रिका, प्रत्यक्ष वा परोक्ष्य रुपमा सुस्वास्थ्यको कामना गर्नु हुने तपाई तमाम आमा, बुबा, दाजु, भाइ, दिदी बहिनी, साथी, संगी, इष्टमित्र, पत्रकार, कलाकार सम्पूर्ण महानुभावप्रति हार्दिक आभार ब्यक्त गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछु । आइ एम वेल नाउ अर्थात म अहिले ठिक छु ।’

    जिरे खुर्सानीमा भोक लाग्यो भूमिकामा निभाएका उनी धेरैका मनपर्ने कलाकार हुन् । 


    आश्विन ३, २०७७ शनिवार १६:०४:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # देवीराम पराजुली

  • क्यानाडानेपाल डेस्क

    अभिनेत्री गरिमा पन्तको आज जन्मदिन

    अभिनेत्री गरिमा पन्तको आज जन्मदिन

    काठमाडौँ – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री गरिमा पन्तको आज जन्मदिन परेको छ।  उनी १९८८ सेप्टेरम्बर १९ तारिखमा लमजुङमा जन्मेकी हुन् । यस आधारमा आज उनी आफ्नो ३३औं जन्मदिन मनाउँदैछिन् । 

    जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागि रहेको छ ।

    म्यूजिक भिडियो हुँदै ठूलो पर्दामा डेब्यू गरेकी गरिमाले चलचित्रमा राम्रो पकड बनाइरहेका बेला विबाह गरिन् । विवाहपछि भने उनी चलचित्र क्षेत्रबाट टाढा रहिन् । उनी बिहेपछि अस्ट्रेलिया बस्दै आएकी छन् । 

    ‘झोला’, ‘तीन घुम्ती’ चलचित्रमा गरेको उत्कृष्ट अभिनयका कारण गरिमा लोकप्रिय छिन् ।

    प्रीतिको फूल, ठूली, सम्झना, अर्जुन देव, जीवन मृत्यु, मनले मनलाई मान्छ, सुन्दर मेरो नाम, फूल, भइहाल्छ नि, रंगबैजनीलगायतका चलचित्रमा गरिमाले आफ्नो अभिनय क्षमता देखाएकी छन् ।

     


    आश्विन ३, २०७७ शनिवार ०९:४९:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जन्मदिन
  • # गरिमा पन्त

  • क्यानाडानेपाल डेस्क