शनिबार
७ मङ्सिर
२०७६

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिस्ट्रार नभएपछि प्रतिष्ठानको सिनेट बैठक स्थगित

शुक्रबार कार्तिक २२, २०७६/ Friday 11-08-19

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आजको लागि तय भएको सिनेट बैठक अन्तमा आएर स्थगित भएको छ । 

 सहकुलपतिको उपस्थितिमा शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बस्ने भनिएको सिनेट प्रतिष्ठानमा रजिष्ट्रार नहुँदा स्थगित भएको थियो ।

नियमावलीमा रजिष्ट्रार बिना सिनेटको बैठक बस्न नसक्ने देखिएपछि सिनेट स्थगित गरिएको उपकुलपतिले जानकारी दिए ।

धेरै पुरानो नियमावली छ त्यसमा बिना रजिष्ट्रार बस्न सक्ने जस्तो नदेखेर स्थगित गरिएको उपकुलपति गुरु अनालले बताए  आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दा समेत प्रतिष्ठानको सिनेट बस्न नसक्दा अझै बजेटसमेत पास नभएको बताए । उपकुलपति खनालका अनुसार चार महिना हुनलाग्दा समेत बजेट पास नहुँदा पुँजीगत कामहरु रोकिएका छ । 

सिनेटले बजेट स्वीकृत गरेपछि मात्र कार्यान्वयनमा जाने भएकाले बैठक बोलाइएपनि नियमावली विपरित भएपछि बैठक रोकिएको हो ।  अघिल्ला रजिष्ट्रार तुल बहादुर श्रेष्ठको गत भदौमा पदावधि सकिएसँगै प्रतिष्ठानमा रजिष्ट्रार पद रिक्त छ । प्रतिष्ठानको उपकुलपतिले सिफारिस गरेका तीनजना मध्येबाट सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीले एकजनलाई नियुक्त गर्ने व्यवस्था छ ।