काठमाडौं । आइतबार राष्ट्रिय महिला लिग अन्तर्गत भएको खेलमा एपीएफ क्लबले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा एपीएफ क्लबले विराटनगर महानगरपालिकालाई ७-० गोलले पराजित गरेको हो ।
उक्त खेलमा एपीएफकी सावित्रा भण्डारीले ह्याट्रिक गरी ४ गोल गरिन् । त्यस्तै अनिता केसीले २ गोल र सरु लिम्बुले एक गोल गरिन् ।
उक्त खेलको नवौं मिनेटमा अनिता केसीले गोल गरी एपीएफलाई अग्रता दिलाइन् । त्यसपछि खेलको २५औं, ४२औं र ७४औं मिनेटमा सावित्राले गोल गरी ह्याट्रिक पूरा गरिन्।
त्यसपछि खेलको ७२औं मिनेटमा सरू लिम्बूले गोल गरिन् । त्यसपछि खेलको ८०औं मिनेटमा अनिताले गोल गरिन् ।
त्यसपछि खेलको ८४औं मिनेटमा सावित्राले गोल गरिन् । जितसँगै एपीएफले २ खेलमा ६ अंक जोडेको छ ।
माघ ११, २०७७ आइतवार
२०:०३:२२ बजे : प्रकाशित