• Jan 28 2021 | २०७७, माघ १५गते

२०७७, माघ १५गते

पूर्वराजा ज्ञानेन्द्रको तराई बसाई : निम्तो आएपछि समर्थकका घरमा खाना

क्यानाडानेपाल पौष २७ २०७७
  • 6.5K
    SHARES
  • पूर्वराजा ज्ञानेन्द्रको तराई बसाई : निम्तो आएपछि समर्थकका घरमा खाना

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जाडो छल्न अहिले परिवार सहित तराईमा बसेका छन् । दमक स्थित हिमालयन टि गार्डेनमा करिब डेढ महिना सम्म बस्ने तयारीका साथ शाहका परिवार तराई पुगेका हुन् । तराई बसाईको क्रममा दैनिक जस्तो विभिन्न जिल्ला भ्रमण गर्ने गरेका छन् ।

    नयाँ वर्ष झापा मै मनाउने गरि तराई झरेका शाहका परिवारले नयाँ खुलेको पाँचतारे होटल मेची क्राउनमा गएर समर्थकहरु संग मनाएका थिए । रानी कोमल शाह, पूर्वयुवराज्ञी हिमानी शाह र नाती हृदयेन्द्र सहित झापामा रहेका शाह विभिन्न समाज सेवा कार्यक्रममा समेत सहभागी भएका छन् । नाती हृदयेन्द्र शाह समेत केहि कार्यक्रममा सहभागी भएका तस्बिरहरु बाहिरिएका छन् ।

    hridendragyanendrahimani.jpg

    ज्ञानेन्द्र शाह भने झापाका विभिन्न जिल्लामा समर्थकहरुको निम्तो मान्दै घर घर सम्म पुग्ने गरेका छन् भने विशेष समर्थकहरुको होटलमा गएर खाना समेत खाने गरेका छन् । उनी बिराटनगरसम्म पुगेर समर्थकहरुको कुरा सुनेको श्रोतले बताएको छ । शाह पूर्वमा बस्न थाले पश्चात राजा समर्थकहरुले विशाल मोटरसाइकल जुलुस निकालेर माहोल तत्ताउन थालेका छन् ।

    ज्ञानेन्द्र शाह अघिल्ला पल्ट झैं यसपाली पनि तराईबाट भारतका केही प्रान्तसम्म पुग्ने सम्भावना रहेको श्रोतको दाबी छ । कुनै योजना बाहिरिएको छैन तर यदि निम्तो आएमा र अनुकुल मिले सम्म जानसक्ने जनाईएको छ । केही वर्ष अघि मुख्यमन्त्री योगी आदित्यनाथको निम्तोमा नेपालगञ्जबाट उत्तर प्रदेश भ्रमण गर्न शाह पुगेका थिए ।


    पौष २७, २०७७ सोमवार १२:३७:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र शाह

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    कोरोना खोप तीन महिनामा सबै नेपालीलाई उपलब्ध गराउन कति सम्भव ?

    क्यानाडानेपाल

    माघ १५

  • 54
    SHARES
  • कोरोना खोप तीन महिनामा सबै नेपालीलाई उपलब्ध गराउन कति सम्भव ?

    काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सरकारले सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने बताए पनि सरकारद्वारा गठित विज्ञ समूहका संयोजकले नेपालीहरूलाई कोरोनाभाइरसको खोप दिन कम्तीमा एक वर्षको समय चाहिने बताएका छन्।

    चरणबद्ध रूपमा खोपहरू प्राप्त हुने भएकाले नियमित रूपमा खोप अभियान चलाउँदा पनि अहिले भनिएको नेपालको जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप दिन एक वर्षभन्दा बढी समय लाग्ने उनको भनाइ छ। गत साता भारतबाट १० लाख खोप अनुदानमा पाएपछि नेपालले बुधवारबाट कोभिड-१९ विरुद्धको खोप अभियान आरम्भ गरेको हो।

    एक व्यक्तिले दुई मात्रा लगाउनुपर्ने अक्सफर्ड-एस्ट्राजेनेकाको भारतमा उत्पादित कोभिशील्ड खोप पहिलो खेपमा चार लाख ३० हजार जनालाई दिइने अधिकारीहरूले बताइसकेका छन्।

    चुनौतीपूर्ण

    तर प्रधानमन्त्री ओलीले भने जस्तै तीन महिनामा बाँकी जनसङ्ख्याका लागि पनि खोप उपलब्ध गराउनु चुनौतीपूर्ण हुनसक्ने देखिन्छ। स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञ तथा अधिकारीहरू खोप प्राप्तिको विषय विश्वको सबैभन्दा ठूलो खोप उत्पादक देश भारतसँग भइरहेका कूटनीतिक छलफलले निर्धारण गर्ने धारणा व्यक्त गर्छन्।

    विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेती भन्छन्, “अहिले सम्म सरकारले भारतबाटै खरिद गर्ने लक्ष्य लिइरहेको छ। तर यदि त्यो तत्कालै सम्भव भएन भने हामीले कोभिड-१९ विरुद्धको खोपसम्बन्धी अभियान कोभ्याक्सबाट हाम्रो जनसङ्ख्याको २० प्रतिशतका लागि खोप कुर्नुपर्छ। मार्च-एप्रिल महिनासम्म त्यो खोप आउने उनीहरूले भनेका छन्।”

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यसै महिना नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन दिल्ली जानुअघि नै नेपालले भारतलाई पत्र लेख्दै नेपालको जनसङ्ख्याको २० प्रतिशतलाई आवश्यक खोप खरिद गर्न सहयोग गर्न अनुरोध गरेको थियो।

    उक्त खोप खरिदको सम्झौता हुने या नहुने यकिन नभएपनि प्रयास भइरहेको आफूले बुझेको डा. उप्रेतीले जानकारी दिए। “प्रधानमन्त्रीको कुराबाट पनि त्यस्तै बुझिन्छ। 'भारतबाटै किन्छौँ, हामी ल्याउँछौँ' भनेपछि केही त भएको होला।” 

    अक्सफर्ड-एस्ट्राजेनेकाले विकास गरेको खोप विश्वकै सर्वाधिक ठूलो खोप निर्माता कम्पनी सीरम इन्स्टिट्यूटले भारतमा उत्पादन गरिरहेको छ। केही समय पहिले त्यसका अधिकारीसँग दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले छलफल गरेका विवरण आएका थिए।

    कोभ्याक्सबाट खोप आउने आशा

    गरिब तथा मध्यम आय भएका देशमा खोपको सहज पहुँच पुर्‍याउने प्रयास गरिरहेको कोभ्याक्सले सीरम इन्स्टिट्यूटसँगको सम्झौताअनुसार १० करोड खोपको मात्रा प्राप्त गर्ने सम्झौतालाई कार्यान्वयन गर्न लागिएको पनि उल्लेख गरेको छ।

    गत साता कोभ्याक्स अभियानले डब्ल्यूएचओले अक्सफर्ड/एस्ट्राजेनेकाको खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिए सन् २०२१ को पहिलो चौमासिकमा आफ्नो अभियानमा आबद्ध कतिपय देशलाई खोप उपलब्ध गराउन थालिने जनाएको थियो।

    सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता एवम् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. बुद्ध बस्न्यात झन्डै तीन करोड नेपालीलाई खोप उपलब्ध गराउन सरकार सफल भए त्यो ठूलो कूटनीतिक सफलता हुने बताउँछन्। 

    नले भने, “भारतबाट १० लाख खोप प्राप्त हुनु सकारात्मक हो। सरकार त्यसमा रमाएको देखिन्छ। प्रधानमन्त्रीले भने जस्तै खोप ल्याउन पनि सम्भव हुन पनि सक्छ। तर त्यो हाम्रो खोप कूटनीतिमा निर्भर रहन्छ। त्यस्तो गर्न सरकारले सक्यो भने त्यो कूटनीतिक चमत्कार हुन्छ। मेरो विचारमा गरेर देखाउनु महत्त्वपूर्ण छ।”

    उनले भारतबाट प्राप्त सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै चीनले अनुमति दिएको भनिएको खोपको अनुसन्धानको विस्तृत विवरण सार्वजनिक नगरिएकाले उक्त खोप हासिल गर्ने दिशामा तत्कालै नेपाल अघि बढ्न सक्ने अवस्था नदेखिएको उल्लेख गरे।

    प्रधानमन्त्रीले के भनेका थिए

    कोभिड- १९ विरुद्धको खोप प्राप्त गर्न गरिब देशहरूलाई सकस परिरहेको विवरणहरू आइरहेका बेला खोप अभियानको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले आगामी तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्ने बताएका थिए।

    “मेरो विचारमा तीन महिना लाग्न सक्छ जस्तो लाग्छ। कोही पनि नेपाली नागरिक वा नेपालमा बसोबास गर्ने व्यक्तिले निःशुल्क यो खोप प्राप्त गर्नेछ। चाहे हामी अनुदानको रूपमा यो खोप प्राप्त गरौँ जस्तो यसपल्ट हामीले प्राप्त गरेका छौँ, अथवा हामीले किन्न परोस् - हामी हाम्रा देशवासीहरूलाई निःशुल्क, बिनाभेदभाव, प्राथमिकताका आधारमा यो खोप उपलब्ध गराउनेछौँ,” उनले भनेका थिए।

    उक्त कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी दिनमा खोपको उपलब्धताका आधारमा बाँकी लक्षित समूहलाई क्रमश: खोप सेवा प्रदान गरिने बताएका थिए। धनी देशहरूले खोप थुपार्ने चुनौती अलग्गै समस्या
    विज्ञ समूहका संयोजक डा. उप्रेतीले चरणबद्ध रूपमा खोप प्राप्त हुने भएकाले नेपालले तय गरेको ७२ प्रतिशत जनसङ्ख्यालाई कोभिड-१९ विरुद्ध खोप उपलब्ध गराउन कम्तीमा एक वर्ष लाग्ने बताए।

    उनी भन्छन्, “जोखिममा रहेका २० प्रतिशत जनसङ्ख्यालाई खोप प्राप्त भएको दुईदेखि तीन महिनाभित्र हामी भ्याउन सक्छौँ। तर सबैलाई गर्दा मेरो विचारमा एक वर्ष नै लाग्छ।” पचास लाखभन्दा बढी खोप टेकुमा मात्रै भण्डारण गर्न सकिने भन्दै उनले अक्सफर्ड-एस्ट्राजेनेकाको खोप भण्डारणका लागि समस्या नरहेको बताए।

    नेपालले खरिद गर्ने इच्छा देखाएको खोप प्राप्तिमा भारत सरकारबाट सहयोग भए र कोभ्याक्स अभियानअन्तर्गत समयमै खोप आए नेपालले ठूलो अप्ठेरो भोग्नु नपर्ने डाक्टर उप्रेतीको विश्वास छ। डेढ साता अघि विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले तीन करोड ९० लाखभन्दा बढी खोप उच्च आय भएका कम्तीमा ४९ देशमा दिइसकिएको तर कम आय भएका एउटा देशमा जम्मा २५ वटा मात्रै खोप दिइएको जनाएका थिए।

    डब्ल्यूएचओको कार्यकारी बोर्ड बैठकमा उनले खोपमा समान पहुँच नभएकाले विश्व भीषण नैतिक विफलताको सँघारमा रहेको धारणा राखेका थिए। खोप भण्डारण गर्ने धनी राष्ट्रको प्रवृत्ति र हासिल गर्ने प्रतिस्पर्धाले नेपालजस्ता देशलाई आफ्ना नागरिकसम्म कोभिड-१९ को खोप पुर्‍याउन थप जटिलता थप्ने विज्ञहरूको बुझाइ छ। बीबीसी 


    माघ १५, २०७७ बिहिवार ११:०२:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना खोप
  • # तीन महिना

  • क्यानाडानेपाल डेस्क

    आफ्नै घरमा पालेको राँगाले हान्दा वासुलालको ज्यान गयो

    क्यानाडानेपाल

    माघ १५

  • 160
    SHARES
  • आफ्नै घरमा पालेको राँगाले हान्दा वासुलालको ज्यान गयो

    महेन्द्रनगर - कञ्चनपुरमा राँगाले हान्दा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा पुनर्वास नगरपालिका–२ मोतीबस्तीका ७२ वर्षीय वासुलाल चौधरी रहेका छन् । उनलाई गए राति आफ्नै घरमा पालेको राँगाले हानेको हो । 

    पराल हाल्ने क्रममा राँगाले हान्दा चौधरीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

     राँगाले हान्दा गम्भीर घाइते भएका चौधरीको तत्कालै घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।  


    माघ १५, २०७७ बिहिवार ०९:०२:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राँगाले हान्दा

  • क्यानाडानेपाल डेस्क

    काठमाडौंको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस, आज दिनभरको मौसम कस्तो रहला ?

    क्यानाडानेपाल

    माघ १५

  • 164
    SHARES
  • काठमाडौंको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस, आज दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं । अहिले देशभर चिसो भइरहेको छ। बुधबार देशका पहाडी भू-भागका केही स्थामा आंशिक बदली र बाँकी भू-भागको मौसम सामान्यतय सफा रहेको छ । तराई भू-भागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ  ।

    आज बिहानै काठमाडौंको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा कुनै उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन ।

    आज दिउँसो देशकाप्रदेश न १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने  बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  

    त्यस्तै आज देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

     
     


    माघ १५, २०७७ बिहिवार ०७:३२:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडानेपाल डेस्क

    प्रधानमन्त्री ओलीद्वारा इस्टोनियाका नवनियुक्त प्रधानमन्त्री काल्लासलाई बधाई

    क्यानाडानेपाल

    माघ १४

  • 302
    SHARES
  • प्रधानमन्त्री ओलीद्वारा इस्टोनियाका नवनियुक्त प्रधानमन्त्री काल्लासलाई बधाई

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र इस्टोनियाको प्रधानमन्त्रीमा काजा काल्लास नियुक्त भएकोमा बधाई दिएका छन् । 

    बुधबार प्रधानमन्त्री ओलीले नवनियुक्त प्रधानमन्त्री काल्लासलाई  बधाई सन्देश पठाएका हुन् । उनले बधाई सन्देशमा इस्टोनियाली जनतामा निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

    सन्देशमा प्रधानमन्त्री ओलीले पारस्परिक हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चका साथै युरोपेली सङ्घको संयन्त्रमार्फत इस्टोनियासँग निकट सम्पर्कमा रहेर काम गर्ने नेपालको चाहना व्यक्त गरेका छन् । 


    माघ १४, २०७७ बुधवार २१:१९:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • क्यानाडानेपाल डेस्क

    गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी भरतपुर महानगरले दियो थप चार करोड

    क्यानाडानेपाल

    माघ १४

  • 230
    SHARES
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी भरतपुर महानगरले दियो थप चार करोड

    चितवन - गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी भरतपुर महानगरले थप चार करोड रुपैयाँ सहयोग गरेको छ । 

    बुधबार महानगर कार्यालयमा मेयर रेनु दाहालले  धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चार करोड रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।

    धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका १५ मा निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालका लागी महानगरले उक्त रकम दिएको हो । 

    चेक हस्तान्तरणको क्रममा भरतपुर महानगर प्रमुख दाहालसँगै उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो । 

    रकम प्राप्त भएको बारे धुर्मुस सुन्तली फाउण्डेसनले सामाजिक सञ्जलामार्फत पनि जानकारी गराएको छ । -

    जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि भरतपुर महानगरपालिकाको तर्फबाट आ.ब २०७७ / ७८ मा बिनियोजित बजेट मध्य यस अघि ४ करोड रकम अनुदान स्वरुप धुर्मुस सुन्तली फाउण्डेशन लाई प्राप्त भैसकेको छ भने आज मिति २०७७ माघ १४ गते अनुदान स्वरुप थप ४ करोड रुपैयाँ प्राप्त भएको छ ।

    यो रकम सहित अभियान को लागि हाल सम्म सहयोगिमन , विभिन्न संघ सँस्था , प्रदेश सरकार , तथा विभिन्न स्थानीय निकायहरु मार्फत रु. ३१ करोड ४७ लाख ३० हजार ९ सय ७७ रुपैयाँ ८७ पैसा सहयोग स्वरूप प्राप्त भएको छ भने आज मिति २०७७ माघ १४ गते सम्म बिल भर्पाइ पेश भएको आधारमा खर्च तर्फ रु . ३९ करोड ३ लाख ४ सय ९९ .११ पैसा खर्च पेश भैसकेको छ साथै काम सम्पन्न भइ बिल भर्पाइ पेश हुन बाँकी करिब रु . १ करोड ७५ लाख रुपैयाँ गरि एकमुष्ट करिब रु .९ करोड ३३ लाख रकम बजारमा तिर्नुपर्ने रहेको छ ।

    अभियानको लागि घोषित रकमहरु पनि पुर्ण तया आउन सकिरहेका छैनन् भने धनधान्यान्चल मुल समारोह समितिको आयोजनामा मिति २०७६ साल माघ १९ गते देखि २७ गते सम्म सम्पन्न भएको धनधान्यान्चल महायज्ञ मा बोलकबोल भएको ६९ करोड रकम मध्य फाउण्डेशन लाई आजको मिति सम्म ८ करोड ८४ लाख ९८ हजार ४ सय ४७ रुपैयाँ मात्र प्राप्त भएको छ ।

    बाँकी रकम यथासक्य उपलब्ध हुन सकेमा परियोजना तोकिएकै समयमा सम्पन्न गर्न सकिनेछ । अत : यो संकटकालिन अवस्थामा घोषणा तथा बोलकबोल गर्नुहुने ब्यक्ति तथा संघ सँस्थाहरु लाई हार्दिकता का साथ अपिल गर्दछौं ।

    साथै हाल सम्म ८ करोड रुपैयाँ बिनियोजन गरि रंगशाला निर्माण अभियानको लागी अनुदान स्वरुप उपलब्ध गराइदिनु भएकोमा भरतपुर महानगरपालिका , महानगरपालिका प्रमुख रेणु दाहाल ज्यु , उप - प्रमुख पार्वती शाह ठकुरी ज्यु र प्रशासकीय अधिकृत प्रेमराज जोशी ज्यु लगायत सिङ्गो भरतपुर महानगरपालिका परिवार प्रति हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।
     


    माघ १४, २०७७ बुधवार २०:३४:२२ बजे : प्रकाशित

    ठमेलबाट कटुवा पेस्तोलसहित कृष्ण समातिए

    क्यानाडानेपाल

    माघ १४

  • 278
    SHARES
  • ठमेलबाट कटुवा पेस्तोलसहित कृष्ण समातिए

    काठमाडौँ । काठमाडौँमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेचौर ३ घर भएका हाल पेप्सीकोला टाउनिङमा बस्दै आएका २८ वर्षीय कृष्ण चौँलागाई रहेका छन् । 

    उनलाई प्रहरीले ठमेलको गल्कोपाखाबाट कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । उनको साथबाट एक थान पेस्तोल र एक राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । 

     


    माघ १४, २०७७ बुधवार १९:५२:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • क्यानाडानेपाल डेस्क