शनिबार
७ मङ्सिर
२०७६

भक्तपुरको राधेराधे नजिकको भाटभटेनी सुपरमार्केटमा खुल्यो क्युएफएक्स सिनेमा हल, ‘घामड शेरे’ हेर्न श्रीमतीसहित पुगे माग्नेबुढा

शुक्रबार कार्तिक २२, २०७६/ Friday 11-08-19

काठमाडौं । बहुप्रतीक्षित चलचित्र ‘घामड शेरे’ शुक्रबार (आज) देखि देशभर प्रदर्शनमा आएको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर चलचित्रको बिहीबार साँझ भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केटमा खुलेको नयाँ क्युएफएक्स सिनेमा भवनमा प्रिमियर गरियो ।

‘घामड शेरे’ हेर्न चलचित्र युनिटसँग सम्बन्धित तथा केही कलाकार हलमा पुगेका थिए । हास्यकलाकार केदार घिमिरे माग्नेबुढा श्रीमतीसहित चलचित्र हेर्ने पुगेका थिए । उनले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । ‘घामड शेरे’ मा निश्चल बस्नेत भिनाजु र स्वस्तिमाले सालीको भूमिका निभाएका छन् ।

दुवैको अभिनय निकै राम्रो छ । समाजमा रहेको वैदेशिक रोजगारी र भूमाफियाको जगजगीलाई चलचित्रको मुख्य विषयवस्तु बनाइएको छ । चलचित्रमा निश्चलले खोलालाई पनि मुद्दा हाल्छु भनेको संवाद लोकप्रिय छ । चलचित्रको निर्देशन हेमराज बिसीले गरेका हुन् ।