• Jan 28 2021 | २०७७, माघ १५गते

२०७७, माघ १५गते

गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल पौष २८ गते मंगलबारको राशिफल

क्यानाडानेपाल पौष २८ २०७७
  • 412
    SHARES
  • गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल पौष २८ गते मंगलबारको राशिफल

    मेष राशि - मनोरञ्जनमुलक यात्रा को सम्भाबना रहेकोछ । कार्य कुसलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । भौतिक शुःख साधन प्राप्त हुने योग रहेकोछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । भोगबिलासीताका साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । वाणिमा मधुरता छाउनेछ ।

    बृष राशि - कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तीका निम्ती सामान्य प्रतिक्क्षा गर्नु पर्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाम्पत्य सम्बन्ध बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थका क्षेत्रमा ध्यान दिएको बेश हूनेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।

    मीथुन राशि - खुशिको खवरको श्रवणले मन प्रशन्न रहला ।स्तान्तरण को योग रहको छ । पारीवारीक सम्बन्ध सुमधुर रहनेछ । ब्यापार ब्यबसायका निम्ती समय उत्तम रहेको छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहकोछ ।

    कर्कट राशि - समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनह? टाढिन सक्छन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

    सिंह राशि - लगनसिलता अनुरुप फल प्राप्ती नहुनाले मनमा खिन्नता बोध हुनेछ । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । मानसिक चन्चताले बिद्या असफल रहला । मित्र जनको सहयोग बाट मन प्रशन्न रहला । नयाँ कामको थालनि हुन सक्छ । बोलिको कारण साथि भाई टाढिन सक्छन ।

    कन्या राशि - पारीवारीक शुख प्राप्त रहनेछ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । भोगबिलासीताका क्षेत्रमा मन जानेछ । हतासमा गरीएका निर्णयले असफल बनाउन सक्नेछ । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ ।

    तुला राशि - समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ । कामको क्षेत्रमा सामान्य ढिलाई रहन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । बल तथा पराक्रम बृद्धि हुने छ । आम्दानि क्षेत्र उत्तम रहने योग रहेको छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला ।

    बृश्चिक राशि - दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । भोगबिलासमा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गोप्यताको आवश्यक रहनेछ । मालसामान हराउन सक्ला । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ ।

    धनु राशि - मान्यजनको साथ सहयोग प्राप्त होला । दाम्पत्य जिवन शुखमय बित्नेछ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । कार्यक्षेत्रमा लगाईएको लगन शिलताको कदर हुनाले सामान्य मान सम्मान प्राप्तीको योग रहेकोछ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

    मकर राशि - अनावश्यक क्षेत्रमा सन्चित रकम खर्चको योग रहेको छ । मालसामान हराउन सक्ला । नयाँ कामको थालनि नगरे कै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत साधनको प्रयोगका क्षेत्रमा समय ब्यतित रहनेछ ।

    कुम्भ राशि - आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा प्रयोग गरीएको समयले साथ दिनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ ।

    मिन राशि - बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न सकिने छ । सामान्य बादबिवादमा फस्न सकिनेछ । सामाजिक कार्यका क्षेत्रमा हाल नहालेकै बेश रहनेछ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।ज्यो.प.सरोज घिमिरे


    पौष २८, २०७७ मंगलवार ०७:३६:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    आजदेखि श्री स्वस्थानी व्रत कथा सुरु

    क्यानाडानेपाल

    माघ १५

  • 136
    SHARES
  • आजदेखि श्री स्वस्थानी व्रत कथा सुरु

    काठमाडौं - प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ ।पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

    एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवं मित छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।

    सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थानअर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

    सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गोतमले जानकारी दिनुभयो । “स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ”, उहाँले भन्नुभयो ।

    यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत नेपाली समुदायमा प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।

    गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिनुभयो ।

    शालिनदीमा ४९ वर्तालु, एउटै घरमा एक महिना वास
    यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल नहुने भएको छ ।

    “माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखाली पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्”, इतिहासकार श्रेष्ठले भन्नुभयो । यस वर्ष कोरोना महामारीका कारण माधनारायण मेला नगरी व्रतमात्र गर्ने गरी तयारी गरिएको छ । व्रतालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । समितिका अध्यक्ष मीजेन्दकाजी श्रेष्ठले यस वर्ष माघ १५ गतेदेखि फागुन १५ गतेसम्म मेला लाग्ने बताउनुभयो ।

    विगत वर्षमा करिब ४०० ले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष ४९ लाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितार्थ राखिने जनाइएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ यसपटक व्रतमा सहभागी भई परम्परादेखि संस्कृति संरक्षण गर्नेछन् । विगत वर्षमा जस्तो मेला भने यसपटक नलाग्ने समितिले जनाएको छ । व्रतालु आज बेलुकीदेखि नै साँखुमा वास बस्न आउँछन् । बेलुकी मामधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि शुरु हुन्छ । कोरोनाका कारण यस वर्ष वर्तालुलाई एउटै घरमा राख्ने व्यवस्था गरिएको पनि समितिले जनाएको छ ।

    सबै वर्तालुको कोरोना एण्टिजेन परीक्षण गरिएकामा सबैको नेगेटिभ रिपोर्ट आएको छ । निमोनियाको एक्स रे गरिएकामा त्यसको समेत रिपोर्ट नेगेटिभ आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।रासस


    माघ १५, २०७७ बिहिवार ०७:४३:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वस्थानी

  • क्यानाडानेपाल डेस्क

    भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् माघ १५ गते बिहिबारको राशिफल

    क्यानाडानेपाल

    माघ १५

  • 142
    SHARES
  • भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् माघ १५ गते बिहिबारको राशिफल

    मेष राशि - पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । गरीरहेको कार्यमा अधिक समय ब्यतित हुनाले मनमा खिन्नता बोध हुनेछ । तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन । सभा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ ।

    बृष राशि - यात्रा झन्झट पुर्ण रहन सक्छ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । अरुले गरेको गलत कामको आरोप तपाईले भोग्नु पर्ला । मित्रजन हरुको प्रशन्नताका निम्ती सामान्य खर्च हुने योग रहेको छ ।

    मीथुन राशि - आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । खानपानमा बिशेष ध्यान दिनु होला । तपाईको बोलिको कारण आफन्तजन हरु रुष्ट रहन सक्छन । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ ।

    कर्कट राशि - भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ ।

    सिंह राशि - बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रु सबल रहनेछन । नयाँ लगानीको क्षेत्रमा बिशेष होस पुर्याउनु होला । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ । निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ ।

    कन्या राशि - आफु निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानिले सामान्य झन्भट आईपर्ला । स्वास्थमा गडबढि रहनसक्छ । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

    तुला राशि - सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ । तपाईको कार्य क्षेत्रमा सामान्य त्रुटिका कारण मानसम्मानमा ठेस पुग्नेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा ज्यादा समय ब्यतित रहने योग रहेकोछ ।

    बृश्चिक राशि - सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । मित्र तथा दाजु भाई हरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ ।

    धनु राशि - सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

    मकर राशि - दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनि गर्नका निम्ती उत्तम समय रहेकोछ ।

    कुम्भ राशि - सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । नेत्र सम्बन्धि समस्याले सताउन सक्छ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ ।

    मिन राशि - यात्रा आम्दानि मुलक रहन सक्छ । कुलकुटुम्बको साथ सहयोगले नयाँ कार्यको थालनिहुन सक्ने सम्भाबना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ । गरीरहेको कार्य क्षेत्रबाटँ आक्समिक धनलाभ हुने योग रहेको छ । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहनेछ ।ज्यो.प.सरोज घिमिरे


    माघ १५, २०७७ बिहिवार ०७:२४:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    बिक्रमबाबाले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् माघ १४ गते बुधबारको राशिफल

    क्यानाडानेपाल

    माघ १४

  • 338
    SHARES
  • बिक्रमबाबाले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् माघ १४ गते बुधबारको राशिफल

    मेष राशि - अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

    बृष राशि -  निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

    मीथुन राशि - अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

    कर्कट राशि - टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

    सिंह राशि - खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

    कन्या राशि - मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।

    तुला राशि - धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

    बृश्चिक राशि - मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

    धनु राशि - प्रतिश्पर्दि हरु कमजोर रहनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

    मकर राशि - सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

    कुम्भ राशि - पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

    मिन राशि - प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न समस्याका कारण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।ज्यो.प.सरोज घिमिरे


    माघ १४, २०७७ बुधवार ०७:२३:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल माघ १३ गते मंगलबारको राशिफल

    क्यानाडानेपाल

    माघ १३

  • 298
    SHARES
  • गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल माघ १३ गते मंगलबारको राशिफल

    मेष राशि - बल तथा प्रराक्रममा बृद्धि हुनेयोग रहेकोछ । मित्रजनहरु सगँको सम्बन्धमा प्रगाढता छाउनेछ । स्वास्थमा सामान्य सुधारको योग रहनेछ । आम्दानिको क्षेत्र मध्यम रहनेछ । धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोले सजग भइ यात्रा गर्नुहोला ।

    बृष राशि - स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग बन्नेछ । स्वास्थमा सामान्य तनाबको योग बन्नेछ । आम्दानिको क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य सम्पादनमा गोपनियताको आवश्यकता रहनेछ । मित्रजनहरु सगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    मिथुन राशि - नयाँ कार्य थालनिको निम्ती उत्तम समय रहेकोछ । मनमा सामन्य चिन्ता ले सताउने छ । साजेदारी काममा हात नहाले कै बेस रहने छ । शारिरिक आलस्यता ले सताउने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला ।

    कर्कट राशि - मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।

    सिंह राशि - हरकोहिको पुर्ण बिश्वास नगर्नु होला धोका हुन सक्छ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।

    कन्या राशि - मान्यजनको साथ सहयोग प्राप्त नहुनाले मनमा चन्चलताको बास रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्राको कारणले शारिरिक आलस्यता ले सताउला । पठनपाठनको क्षेत्र भने त्यति राम्रो नरहला । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

    तुला राशि - यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन ।

    बृश्चिक राशि - शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक परिश्रम खर्चीनुपर्नेछ ।

    धनु राशि - प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय को क्षेत्रमा मध्यम दिन रहेको छ । तपाईले कसैमाथी गरेको बिश्वासमा बिश्वसघात हुन सक्छ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछन । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

    मकर राशि - तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ ।

    कुम्भ राशि - पारीवारिक झोर झमेलाले सताउन सक्छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आँट र शाहासको बृद्यि हुनेछ पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त रहनेछन ।

    मिन राशि - परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । प्रतिस्ठीत ब्यक्तिहरुको सहयोग प्राप्त हुनाले मन प्रशन्न रहेतापनि अरुको अनुशरण गर्दा प्रिय ब्यक्तिहरु टाढीन सक्ने सम्भाबना रहेको छ । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ ।ज्यो.प.सरोज घिमिरे


    माघ १३, २०७७ मंगलवार ०७:१४:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    कालिञ्चोक भगवतीले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् आज २०७७ माघ १२ गते सोमबारको राशिफल

    क्यानाडानेपाल

    माघ १२

  • 420
    SHARES
  • कालिञ्चोक भगवतीले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् आज २०७७ माघ १२ गते सोमबारको राशिफल

    मेष राशि - भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्य थालनिका निम्ति आटँ र साहशको कमि आउनेछ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

    बृष राशि - बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    मिथुन राशि - मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । परीवारका सदस्यहरु बाट टाढाँ भएको महसुस रहनेछ । सामान्य आर्थीक अभाबको सामना हुन सक्नेछ ।

    कर्कट राशि - सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहला ।

    सिंह राशि - गैर बिश्वस्निय ब्यत्तिहरु सगँको संगतले अपजसको सामना गर्नु पर्ला । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सवारि साधनको प्रयोगमा साबधान रहनु होला ।

    कन्या राशि - ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन । सामान्य यात्राकारक दिन रहनेछ ।

    तुला राशि - भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि मध्यम रहनेछ ।

    बृश्चिक राशि - सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    धनु राशि - सामान्य चुनौति पश्चात आम्दानि उत्तम रहनेछ । अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    मकर राशि - सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ ।

    कुम्भ राशि - मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको क्षेत्रबाट आम्दानि उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ ।

    मीन राशि - अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । बाणीमा मधुरता छाउनेछ । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । परीश्रमको राम्रो प्रतिफल प्राप्त होला । बल तथा पराक्रममा बृद्धि हुनेछ । मिनजनहरुको साथ सहयोमा जटिल कार्यहरु सम्पादित रहनेछन ।ज्यो.प.सरोज घिमिरे


    माघ १२, २०७७ सोमवार ०७:२७:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    स्वस्थानी व्रतकथा बिहीबारदेखि शुरु हुँदै, यस्तो छ स्वस्थानीको महिमा

    क्यानाडानेपाल

    माघ ११

  • 706
    SHARES
  • स्वस्थानी व्रतकथा बिहीबारदेखि शुरु हुँदै, यस्तो छ स्वस्थानीको महिमा

    साँखु - पौष शुक्ल पूर्णिमाका दिन (यही माघ १५गते) हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आरम्भ गर्दैछन् । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी व्रत बसे तथा कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

    माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले नयाँ नियमसहित मेला व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिएको छ । कोभिड– १९ को महामारीका कारण यही माघ १५ गतेदेखि एक महिनासम्म चल्ने शालीनदी मेलाका लागि समितिले ५० व्रतालु राख्ने गरी पूजा सञ्चालन गर्ने कार्यविधि बनाएको समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “मेलामा जम्मा ५० जना व्रतालुलाई समावेश गरिनेछ, व्रत बस्न इच्छुक हुनेले भोलि (सोमबार) सम्म आवेदन दिनुपर्नेछ, व्रत बस्नका लागि २० देखि ५० वर्ष उमेर समूहका लागि मात्र समावेश गरिने नियम बनाएका छौँ ।” समितिले उनीहरुको पिसिआर, एक्स–रे रिपोर्ट आएपछि मात्रै व्रतका लागि योग्य मान्ने श्रेष्ठले बताउनुभयो । गत वर्ष व्रतालुकोे सङ्ख्या ३०० भन्दा धेरै थियो । यस वर्ष कोभिड–१९ को महामारीका कारण समितिले ५० जनाको सङ्ख्या तोकेको हो ।

    व्रतालुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दर्शन गर्न दूर दर्शनको व्यवस्था मिलाइएको छ भने व्रतालु र भक्तजनबीच दूरी कायम गराउनका लागि व्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको छ । साथै मेलामा आउने भक्तजनका लागि मास्क अनिवार्य गर्दै दूरी कायम हुने गरी सम्पूर्ण सुरक्षा र स्वास्थ्यलगायतका विषयमा तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

    मेलामा केही भक्तजन शालिनदीमा नुहाउन आउने हुँदा उनीहरुको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर ठाउँ ठाउँमा साबुन पानी, स्यानिटाइजर र मास्क वितरण गर्ने तथा होडिङ बोर्ड राख्ने प्रबन्ध मिलाइसकिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । मेला सञ्चालनमा भीडभाड नहुने गरी व्यवस्थापन गर्ने र माधवनारायण व्रतालु नुहाउने पोखरीमा यस वर्ष प्रतिबन्ध लगाउने गरी कार्यविधि अपनाउनसमेत जिल्ला प्रशासन कार्यालय काठमाडौँले आदेश दिएको समितिले जनाएको छ ।

    गत वर्ष २२ लाख दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेका जनाउँदै समितिले यस वर्ष भने भक्तालुको सङ्ख्यामा कमि आउने बताएको छ ।

    यस्तो छ स्वस्थानीको महिमा
    यस अवसरमा राजधानीदेखि १७ किलोमिटर उत्तरपूर्वको प्राचीन नगर शङ्खरापुर साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ । मणिशैल किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन् । पार्वतीले श्री स्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ ।

    सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीहरूको उद्धार गर्नुभएको कथाका रुपमा नेपाली समाजमा प्रचलित छ ।

    यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । एकतीस अध्याय रहेको यस श्रीस्वस्थानी व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने तथा मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

    राजधानीमा श्रीस्वस्थानी परमेश्वरीको मन्दिर मखनटोलस्थित तारिणीबहालभित्रसमेत छ । शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल संवत् ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।

    स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । व्रतकथामा सधैँ सत्यको जित र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यहरूको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ ।

    शालीनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णमिादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनामात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन रहेको स्थानीय दिलीप श्रेष्ठले बताउनुभयो । स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ ।

    “मेला अवधिभर साँखुका कुनै पनि घरमा स्वस्थानी र माधवनारायणबाहेक कुनै पनि धार्मिक अनुष्ठान विवाह, व्रतबन्धलगायत गर्ने चलन छैन, यो पहिलेदेखिकै यहाँको मौलिक पहिचान हो”, उहाँले भन्नुभयो ।रासस


    माघ ११, २०७७ आइतवार १३:२२:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वस्थानी

  • क्यानाडानेपाल डेस्क