• Jan 25 2021 | २०७७, माघ १२गते

२०७७, माघ १२गते

सनराइज बैंकले सञ्चालनमा ल्यायो ५ नयाँ शाखारहित बैंकिङ्ग सेवा, कहाँ कहाँ ?

क्यानाडानेपाल पौष २८ २०७७
  • 324
    SHARES
  • सनराइज बैंकले सञ्चालनमा ल्यायो ५ नयाँ शाखारहित बैंकिङ्ग सेवा, कहाँ कहाँ ?

    काठमाडौं । आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्न सनराइज बैंक लिमिटेडले नयाँ  शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

    यस बैकले देशका विभिन्न ५ स्थानमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । 

    बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा तनहुँ, नवलपरासी, सुनसरी र गुल्मीमा रहेका छन् । त्यस्तै मोरङको बेलबारीमा पनि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

    बैंकले तनहुँको व्यास नगरपालिका –१४ केशवटार, नवलपरासीको सुनवल नगरपालिका–७ अस्नैया, सुनसरीको गढी गाउँपालिका –२ भमरीबजार, गुल्मीको धुर्कोट गाउँपालिका –३ हाडहाडे र गुल्मीकै धुर्कोट गाउँपालिका– ७ ड्वानेटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । 

    बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित बैंकले विभिन्न स्थानमा शाखाहरु विस्तार गरिरहेको छ । 

    थप स्थानमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै अब बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६३ पुगेको छ । 


    पौष २८, २०७७ मंगलवार १२:४३:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सनराइज बैंक

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    सानिमा बैंकले सञ्चालनमा ल्यायो ललितपुरको कुपन्डोलमा नयाँ शाखा

    क्यानाडानेपाल

    माघ १२

  • 116
    SHARES
  • सानिमा बैंकले सञ्चालनमा ल्यायो ललितपुरको कुपन्डोलमा नयाँ शाखा

    काठमाडौं । आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्न सानिमा बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

    यस बैकले ललितपुरको कुपन्डोलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको उद्घाटन सोमबार ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् । 

    बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित बैंकले विभिन्न स्थानमा शाखाहरु विस्तार गरिरहेको छ ।

     


    माघ १२, २०७७ सोमवार २०:३६:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सानिमा बैंक

  • क्यानाडानेपाल डेस्क

    धितोपत्र बजार : नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

    क्यानाडानेपाल

    माघ १२

  • 130
    SHARES
  • धितोपत्र बजार : नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

    काठमाडौँ - हरेक दिन नयाँ–नयाँ रकर्ड कायम गर्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार माापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा १६.०४ बिन्दुले उकालो लागेर दुई हजार ४४०.९७ मा पुगेको छ । नेप्से उकालो लागे पनि ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ओरालो लागेको छ । कुल ०.२४ बिन्दुले ओरालो लागेर सेन्सेटिभ परिसूचक ४५१.८२ मा सिमित भएको छ ।

    नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उभार आएको छ । कुल २०८ कम्पनीका एक करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर रु आठ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ मूल्यमा खरिदबिक्री भए । नेप्से र कारोवार रकम उकालो लाग्दा बजार पूँजीकरणसमेत नयाँ उचाइमा पुगेको छ । आजको कारोबारपछि कुल रु ३२ खर्ब ८७ अर्ब ८२ करोड ३२ लाख ३० हजार बराबरको बजार पूँजीकरण पुगेको छ ।

    आज कारोबार भएका कुल १२ उपसमूहमध्ये सात उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ २४.२२, व्यापार ९०.७७, निर्जीवन बीमा ७९.३४, अन्य ३१.६, सामूहिक लगानी कोष ०.०५ ले उकालो लाग्दा होटल २४.०७, विकास बैंक २०.७७, जलविद्युत् ३.५६, वित्त ६.७८, उत्पादन ४९.६ र जीवन बीमा ८८.५८ बिन्दुले ओरालो लागेको छ ।

    कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६० करोड ३७ लाख ४० हजार ७१९ बराबरको कारोबार भयो । यसैगरी नबिल बैंक रु ३३ करोड १७ लाख तीन हजार ५७९, एनसीसि बैंक रु ३१ करोड ३५ लाख ६१ हजार ९७१, एनआइसी एशिया बैंक रु २९ करोड ७६ लाख ४१ हजार ५३३, नेपाल बैंक लिमिटेड रु २८ करोड ६० लाख ८९ हजार ७४६, नेपाल पुनरबीमा कम्पनी रु २३ करोड सात लाख ५० हजार २८५, कुमारी बैंक रु २२ करोड ४३ लाख ९१ हजार ५४, शिखर इन्स्योरेन्स कम्पनी रु १९ करोड ४२ लाख ५४ हजार ७३१ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको रु १७ करोड ५५ लाख तीन हजार ६७३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

    कारोबार भएका कम्पनीमध्ये ६२ कम्पनीको शेयर उकालो लाग्दा १०७ कम्पनीको ओरालो लाग्यो भने पाँच कम्पनीको कुनै परिवर्तन भएन । कारोबारका आधारमा आज नागरिक लगानी कोषको शेयरमा सकारात्मक सर्किट लाग्यो । सो कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाए । गुराँस लघुवित्त ९.९५, प्रभु लाइफ इन्स्योरेन्स ९.८७, माउण्टेन इनर्जी ९.८१, नेशनल हाइड्रो पावर ९.४०, हिमालयन पावर पार्टनर ९.३८, गुर्खाज फाइनान्स ८.९६, राष्ट्रिय बीमा कम्पनी ७.८१ र एनआरएन इन्फास्चरका लगानीकर्ताले ७.५९ प्रतिशतले कमाए ।

    यसैगरी श्री इन्भेस्टमेन्ट फाइनान्स ६.९८, सिन्धु विकास बैंक ५.४७, प्रागेसिभ फाइनान्स ५.४१, गरिमा विकास बैंक ५.०४, नेपाल फाइनान्स ४.८१, सामुदायिक लघुवित्त ४.५५, सपोर्ट माइक्रोफाइनान्स ४.४३, सबैको लघुवित्त ४.३९ र वेस्ट फाइनान्सका लगानीकर्ताले ३.८९ प्रतिशतले गमुाए ।रासस


    माघ १२, २०७७ सोमवार १८:५०:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क

    फेरि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?  

    क्यानाडानेपाल

    माघ १२

  • 266
    SHARES
  • फेरि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?  

    काठमाडौं - सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  

    आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९२ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज  तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छ । 

    त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य १२ सय ६० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । 
     
     


    माघ १२, २०७७ सोमवार १३:०९:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    क्यानाडानेपाल

    माघ १२

  • 182
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं - सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य केही देशको विनिमयदर घटबढ भएको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ८७ पैसा तोकिएको छ । 

    त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ०३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ५२ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९६ पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ २३ पैसा तोकिएको छ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५९ पैसा तोकिएको छ ।  

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २१ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १५ पैसा तोकिएको छ । 


    माघ १२, २०७७ सोमवार १२:३१:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडानेपाल डेस्क

    धितोपत्र बजार : नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब ६६ अर्ब

    क्यानाडानेपाल

    माघ ११

  • 222
    SHARES
  • धितोपत्र बजार : नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब ६६ अर्ब

    काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि हुँदा बजार पूँजीकरणसमेत नयाँ उचाइमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ५०.२० अङ्कको वृद्धि भई दुई हजार ४२४.८४ मा पुगेको छ ।

    यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४७ ले वृद्धि भई ४५२.०६ मा पुगेको छ । कूल २०७ कम्पनीको एक करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर रु नौ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० मा कारोबार भयो । 

    आजको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब ६६ अर्ब २३ करोड १७ लाख ५० हजार पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । नेप्से र बजार पूँजीकरण हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

    कारोबार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लाग्यो । सो उपसमूहको शेयर ७३.३५ ले ओरालो लाग्दा बैंकिङ २१.३६, होटल २४.५१, विकास बैंक २०.८१, जलविद्युत् ५१.१३, वित्त १४.१५, निर्जीवन बीमा २२१.६१, उत्पादन ५१.५६, अन्य १०४.७५, लघुवित्त १०२.५३, जीवन बीमा १६५.६८ र सामूूहिक लगानी कोष ०.०५ बिन्दुले उकालो लागेको छ । 

    कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६६ करोड ८२ लाख ७३ हजार १९५ बराबरको कारोबार भयो । यस्तै, नेपाल पुनरबीमा कम्पनी र ३४ करोड ७९ लाख ५१ हजार ४९२, नेपाल दूरसञ्चार कम्पनी रु ३१ करोड ८९ लाख ४१ हजार ७२०, नेशनल लाइफ इन्स्योरेन्स रु २४ करोड २८ लाख १७ हजार २१९, प्राइम बैंक रु २३ करोड पाँच लाख ९७ हजार १३६, नेको इन्स्योरेन्स रु २२ करोड १४ लाख ९४ हजार ८५१, एनआइसि एशिया बैंक रु २० करोड ८२ लाख छ हजार ३२३ र प्रभु बैंक रु २० करोड ६८ लाख २० हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।
     
    कारोबार भएका कूल कम्पनी मध्ये ११९ कम्पनीको शेयर उकालो लागेको छ भने ४६ कम्पनीका शेयर मूल्य ओरालो लागेको छ । यस्तै, १० कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन । नेप्सेका अनुसार गरिमा विकास लघुवित्त १०, मिथिला लघुवित्त १०, पोखरा फाइनान्स १०, गुराँस लाइफ इन्स्योरेन्स १०, गुराँस लघुवित्त ९.९९, नागरिक लगानी कोष ९.९८,  एनसिसी बैंक ९.९७, सर्पोट माइक्रोफाइनान्स ९.९५, रिडी हाइड्रोपावर ९.९४ र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाए । 

    नारायणी डेभलपमेन्ट बैंक ९.९१, एनआइबिएल प्रगति फण्ड ४.९९, सामुदायिक लघुवित्त ३.७९, सप्तकोशी डेभलपमेन्ट बैंक ३.६५, प्रिमियर इन्स्योरेन्स ३.४२, जानकी फाइनान्स ३.०१, एनआइसि एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले २.९९ प्रतिशतले गुमाए । रासस
     


    माघ ११, २०७७ आइतवार १८:३६:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क

    घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?        

    क्यानाडानेपाल

    माघ ११

  • 692
    SHARES
  • घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?        


     काठमाडौं - आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  

    शुक्रबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९२ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज  तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ । 

    त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य १२ सय ६० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । 
     


    माघ ११, २०७७ आइतवार १०:५९:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क