• Jan 25 2021 | २०७७, माघ १२गते

२०७७, माघ १२गते

विराट कोहलीको यो पोष्टले पायो २४ मिनेटमा १० लाख लाइक

क्यानाडानेपाल पौष २८ २०७७
  • 380
    SHARES
  • विराट कोहलीको यो पोष्टले पायो २४ मिनेटमा १० लाख लाइक

    काठमाडौँ। सोमबार बलिउड अभिनेत्री अनुष्का शर्माले छोरीलाई जन्म दिइन्। भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले आफु बुबा बनेको बारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । 

    birat anuska.jpg

    पत्नि अनुष्काले छोरीलाई जन्म दिएको भन्दै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गरे । उनले पोष्ट गरेको उक्त स्टाटस २४ मिनेटमा १० लाख जनाले लाइक गरे । विराट कोहलीको स्टाटसमा २४ मिनेटमा १० लाख लाइक आएको समाचार बीबीसी नेपालीले पनि लेखेको छ । 

    अहिले विराटको यो स्टाटस भाइरल बनिरहेको छ । उनलाई धेरैले बधाई दिइरहेका छन् । 

    birat.jpg

    उनले स्टाटसमा छोरी जन्मदा आफुहरु दुवै जना खुशी भएको बताएका छन् । उनले अनुष्का र छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको बताउदै माया र शुभकामना दिने सबैलाई धन्यवाद भनेका छन् ।  

    अनुष्काले मुम्बईको ब्रीच क्यान्डि अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।  अभिनेत्री अनुष्काले २०१७ डिसेम्बरमा क्रिकेटर कोहलीसँग विवाह गरेकी थिइन् । उनीहरुको यो पहिलो सन्तान हो । 

     
     
     
     
     
    View this post on Instagram
     
     
     
     
     
     
     
     
     
     
     

    A post shared by Virat Kohli (@virat.kohli)


    पौष २८, २०७७ मंगलवार १४:१६:२५ बजे : प्रकाशित

    अर्कोसमाचार

    सन्दीप लामिछानेको दुई विकेटको मद्दतमा होबार्ट विजयी

    क्यानाडानेपाल

    माघ १२

  • 180
    SHARES
  • सन्दीप लामिछानेको दुई विकेटको मद्दतमा होबार्ट विजयी

    काठमाडौँ - नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । 

    टस जितेर सिड्नी सिक्सर्सले फिल्डिङ रोजेपछि होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १८८ रन बनायो । सिड्नीले २० ओभरमा आठ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो ।

    होबार्टका लागि लामिछानेले चार ओभरमा २४ रन खर्चिए । उनले यसक्रममा तीन चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए । लामिछानेले सिड्नीका ब्याट्सम्यान मोइसेस हेनरिकलाई ४३ रनमा तथा डेनियल क्रिस्टियनलाई रन नै बनाउन नदिइकन पेभेलियन फर्काउए । यसअघिको खेलमा समेत उनले दुई विकेट लिएका थिए ।

    sandip hurb.jpg

    उनले बिग बासमा हालसम्म सात खेलमा आठ विकेट लिइसकेका छन् । लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २७ अङ्क जोड्दै लिगको पाँचौँ स्थानमा रहेको छ । होबार्टले अब मङ्गलबार मेलबर्न रेनेगेड्ससँग खेल्ने छ । उक्त खेलमा विजयी भएमा होबार्ट अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै रहने छ।रासस 


    माघ १२, २०७७ सोमवार ०९:३६:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने

  • क्यानाडानेपाल डेस्क

    एफए कप : म्यानचेस्टरसँग लिभरपुल पराजित

    क्यानाडानेपाल

    माघ १२

  • 212
    SHARES
  • एफए कप : म्यानचेस्टरसँग लिभरपुल पराजित

    काठमाडौं - गए राति एफए कप अन्तर्गत भएको खेलमा लिभरपुल पराजित भएको छ । 

    निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई ३-२ गोलले पराजित गरेको हो । उक्त खेलको १८औं मिनेटमा  लिभरपुलका मोहम्मद सलाहले गोल गरी अग्रता दिलाए । 

    त्यसपछि खेलको २६औं मिनेटमा म्यानचेस्टर युनाइटेडका मासन ग्रीनवुडले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि खेलको ४८औं मिनेटमा युनाइटेडका मार्कुस रासफोर्डले गोल गरे । 

    त्यसपछि खेलको ५८औं मिनेटमा सलाहले गोल गरे । त्यसपछि ७८औं मिनेटमा युनाइटेडका सब्सिच्युट ब्रुनो फर्नान्डेसले गोल गरे । 

     
     


    माघ १२, २०७७ सोमवार ०९:०६:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एफए कप
  • # लिभरपुल

  • क्यानाडानेपाल डेस्क

    एफए कप : ट्याम्मीको ह्याट्रिकमा चेल्सीको जित, प्रि–क्वाटरफाइनलमा प्रबेश

    क्यानाडानेपाल

    माघ १२

  • 168
    SHARES
  • एफए कप : ट्याम्मीको ह्याट्रिकमा चेल्सीको जित, प्रि–क्वाटरफाइनलमा प्रबेश

    काठमाडौं - गए राति एफए कप अन्तर्गत भएको खेलमा प्रिमियर लिग क्लब चेल्सीले सानदार जित निकालेको छ । 

    निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा चेल्सीले च्याम्पियनसिप क्लब लुटोन टाउनलाई ३-१ गोलले पराजित गर्दै एफए कपको प्रि–क्वाटरफाइनलमा प्रबेश गरेको हो । उक्त खेलमा चेल्सीलाई जित दिलाउन ट्याम्मी अब्राहमले ह्याट्रिक गरे । 

    उक्त खेलको ११औं मिनेटमा ट्याम्मी अब्राहमले गोल गरी चेल्सीलाई अग्रता दिलाए । त्यसपछि खेलको १७औं मिनेटमा ट्याम्मीले नै अर्को गोल गरी चेल्सीलाई अग्रता दोब्बर बनाए । 

    त्यसपछि खेलको ३०औं मिनेटमा टाउनका जोर्डन क्लार्कले गोल गरे । त्यसपछि खेलका ७४औं मिनेटमा ट्याम्मीले गोल गरी ह्याट्रिक पुरा गरे। जितसँगै चेल्सी प्रि–क्वाटरफाइनलमा पुगेका छ । 


    माघ १२, २०७७ सोमवार ०८:२३:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चेल्सी
  • # एफए कप

  • क्यानाडानेपाल डेस्क

    युभेन्टसको सानदार जित, रोनाल्डोको सहयोगमा अर्थरको गोल

    क्यानाडानेपाल

    माघ १२

  • 170
    SHARES
  • युभेन्टसको सानदार जित, रोनाल्डोको सहयोगमा अर्थरको गोल

    काठमाडौं - गए राति इटालियन सिरी ए अन्तर्गत भएको खेलमा साबिक विजेता युभेन्टसले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले बोलोग्नालाई २–० गोलले पराजित गरेको हो । 

    उक्त खेलको १५ औँ मिनेटमा युभेन्टसका अर्थर मेलोले गोल गरी टिमलाई अग्रता दिलाए । उनले क्रिष्टियानो रोनाल्डोको सहयोगमा गोल गरेका हुन् । 

    त्यसपछि खेलको ७१ औँ मिनेटमा युभेन्टसका वेस्टन म्याकेनिइले गोल गरी टिमलाई जित दिलाए। जितसँगै युभेन्टस १८ खेलबाट ३६ अंक जोड्दै चौथो स्थानमा रहेको छ ।  


    माघ १२, २०७७ सोमवार ०८:०१:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इटालियन सिरी ‘ए
  • # क्रिस्टियानो रोनाल्डो

  • क्यानाडानेपाल डेस्क

    स्पेनिस ला लिगा : सानदार जित निकाल्दै बार्सिलोना तेस्रो स्थानमा 

    क्यानाडानेपाल

    माघ १२

  • 166
    SHARES
  • स्पेनिस ला लिगा : सानदार जित निकाल्दै बार्सिलोना तेस्रो स्थानमा 

    काठमाडौँ - आइतबार राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ। 

    निकै रोमान्चक बनेको उक्त खेलमा बार्सिलोनाले एल्चेलाई २-० गोलले पराजित गरेको हो । उक्त खेलमा बार्सिलोनाका लागि फ्रेन्की डी जोंग र रिक्वी पुइगले एक एक गोल गरेका थिए । 

    bar.jpg

    खेलको ३९ औँ मिनेटमा डी जोंगले गोल गरी बार्सिलोनालाई अग्रता दिलाए । त्यसपछि खेलको ८९औँ मिनेटमा पुइगले गोल गरी बार्सिलोनालाई जित दिलाए । 

    जितसँगै बार्सिलोना १९ खेलमा ३७ अंक जोड्दै ला लिगामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै पराजित भएको एल्चे १८ खेलमा १७ अंकमा रहदै १९ औं स्थानमा रहेको छ । 
     


    माघ १२, २०७७ सोमवार ०७:५७:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • # बार्सिलोना

  • क्यानाडानेपाल डेस्क

    राष्ट्रिय महिला लिग : सावित्राको ह्याट्रिकमा एपीएफको जित

    क्यानाडानेपाल

    माघ ११

  • 230
    SHARES
  • राष्ट्रिय महिला लिग : सावित्राको ह्याट्रिकमा एपीएफको जित

    काठमाडौं । आइतबार राष्ट्रिय महिला लिग अन्तर्गत भएको खेलमा एपीएफ क्लबले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा एपीएफ क्लबले विराटनगर महानगरपालिकालाई ७-० गोलले पराजित गरेको हो । 

    उक्त खेलमा एपीएफकी सावित्रा भण्डारीले ह्याट्रिक गरी ४ गोल गरिन् । त्यस्तै अनिता केसीले २ गोल र सरु लिम्बुले एक गोल गरिन् । 

    उक्त खेलको नवौं मिनेटमा अनिता केसीले गोल गरी एपीएफलाई अग्रता दिलाइन् । त्यसपछि खेलको २५औं, ४२औं र ७४औं मिनेटमा सावित्राले गोल गरी ह्याट्रिक पूरा गरिन्। 

    त्यसपछि खेलको ७२औं मिनेटमा सरू लिम्बूले गोल गरिन् । त्यसपछि खेलको ८०औं मिनेटमा अनिताले गोल गरिन् । 

    त्यसपछि खेलको ८४औं मिनेटमा सावित्राले गोल गरिन् । जितसँगै एपीएफले २ खेलमा ६ अंक जोडेको छ ।

     
      


    माघ ११, २०७७ आइतवार २०:०३:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय महिला लिग
  • # सावित्रा भण्डारी

  • क्यानाडानेपाल डेस्क