• Jan 28 2021 | २०७७, माघ १५गते

२०७७, माघ १५गते

मल खरीदमा नेपाली कम्पनी अयोग्य, कुन कम्पनीलाई कतिको ठेक्का ?

क्यानाडानेपाल पौष २८ २०७७
  • 350
    SHARES
  • मल खरीदमा नेपाली कम्पनी अयोग्य, कुन कम्पनीलाई कतिको ठेक्का ?

    काठमाडौं - कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारवाही गरेको छ । रासायनिक मल खरीदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याएको भन्दै दुवै कम्पनीलाई कारवाही गरिएको हो । 

    कृषि सामग्री कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले दुवै कम्पनीको धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय भएको कम्पनीका प्रबन्ध सञ्चालक नेन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्झौता अवधि सकिँदासम्म मल खरीदको कुनै आधार तथा प्रमाणमा विश्वासयोग्य नभएपछि कारवाही गरिएको हो । 

    पच्चीस हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल गरी ४५ हजार मेट्रिक टन रासायनिक मल खरीदको जिम्मा पाएको मुक्तिनाथ कम्पनीकोे गत मङ्सिरमा सम्झौता अवधि सकिएको थियो । सम्झौता अवधि सकिएपछि कृषि कम्पनीले मुक्तिनाथलाई ५४ दिनको अवधि थप गरेको थियो तर थपिएको अवधिमा समेत मल खरीदको प्रक्रिया शुरु नगरेपछि कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । 

    कृषि सामग्री कम्पनी लिमिटेडले मुक्तिनाथसँग रासायनिक मल खरीद गर्न गत साउन १८ गते दुवै ठेक्कामा सम्झौता गरेको थियो । नियमानुसार सम्झौता गरेको १०७ दिनभित्र तोकिएको परिमाणमा रासायनिक मल खरीद गरिसक्नुपर्ने हुन्छ । मुक्तिनाथ कम्पनीले धरौटी राखेको रु नौ करोड ३१ लाख ३२ हजार रकम जफत गर्दै कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको हो । 

    यसअघि दुई वटा ठेक्कामा कारवाही गरिएको शैलुङलाई पुनः तेस्रो ठेक्कामा समेत कारवाही गरिएको छ । कृषि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीका अनुसार पुस पहिलो साता २५ हजार मेट्रिक टन युरिया मल खरीद गर्न गत साउनमा सम्झौता भएको थियो । सो कम्पनीले समेत सम्झौता अवधिमा मल खरीद गर्न नसकेपछि धरौटी राखेको रु चार करोड ९२ लाख जफत गरेर कालोसूचीमा राख्न सिफारिस गरिएको हो । 

    एक लाख मेट्रिक टन रासायनिक मल खरीद गर्न विभिन्न समयमा आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार तीन वटा कम्पनी छनोट गरिएको थियो । तीन वटा कम्पनी छ वटा ठेक्कामार्फत रासायनिक मल खरीदमा संलग्न भए पनि कुनै पनि कम्पनी मल खरीदमा सफल हुन सकेनन् । मल खरीदमा तीन वटा ठेक्का पाएको (सबैभन्दा धेरै) शैलुङले ८० हजार मेट्रिक टन, होलीको मल्टिपल कम्पनीले २५ हजार र मुक्तिनाथ कृषि कम्पनीले ४५ हजार मेट्रिक टन गरी रु छ अर्ब बढीको ठेक्का पाएका थिए । 

    कुन कम्पनीलाई कतिको ठेक्का 
    कृषि सामग्री कम्पनीका अनुसार शैलुङले पहिलोपटक गत साउनमा २५ हजार मेट्रिक टन युरिया ल्याउन रु ९३ करोड ४८ लाख ८० हजार, दोस्रो पटक गत कात्तिकमा ३० हजार टन युरिया ल्याउन रु एक अर्ब नौ करोड २० लाख ५६ हजार ७०० र तेस्रो पटकमा २५ हजार मेट्रिक टन युरिया ल्याउन रु ९४ करोड छ लाख ९३ हजार ७०० गरी रु दुई अर्ब ९६ करोड ७६ लाख बढीको ठेक्का पाएको थियो । 

    यसैगरी मुक्तिनाथ कृषि कम्पनीले २५ हजार मेट्रिक टन युरिया ल्याउन रु एक अर्ब दश करोड ४८ लाख २३ हजार र २० हजार मेट्रिक टन डिएपी ल्याउन रु ७५ करोड २५ लाख ५५ हजार गरी रु एक अर्ब ७५ करोड ७३ लाख बढीको ठेक्का पाएको थियो । होनिको मल्टिपलले २५ हजार टन युरिया मल ल्याउन रु ९३ करोड २५ लाख रुपैयाँको ठेक्का हात पारेको थियो ।रासस


    पौष २८, २०७७ मंगलवार १९:१५:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मल

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    आज कुन तरकारीको मूल्य कति ? हेर्नुहोस्

    क्यानाडानेपाल

    माघ १५

  • 118
    SHARES
  • आज कुन तरकारीको मूल्य कति ? हेर्नुहोस्

    काठमाडौँ - बिहिबार नेपाली बजारमा केही तरकारीको मूल्यमा घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार अहिले प्याजको थोक मूल्य किलोको ६०  देखि ६५ रुपैया रहेको छ ।

    त्यस्तै आज गोलभेडाको मूल्य किलोको ४० देखि ५० रुपैया, आलु किलोको २५ देखि ३० रुपैया, गाजर किलोको ६० देखि ६५, बन्दा किलोको २० देखि २५ रुपैया,  बन्दा किलोको १५ देखि २० र काउली किलोको १८ देखि २२ रुपैयामा किनबेच भइरहेको छ ।

    त्यस्तै घिउ सिमि किलोको ७० देखि ८०, भिण्डी किलोको ९० देखि १००, फर्सी किलोको २० देखि ४०, मुला किलोको १५ देखि २०, भेण्टा किलोको ४० देखि ५०, लौका किलोको ४० देखि ५०, बरेला किलोको ३० देखि ४० र  रायोको साग ३० देखि ३५ मा किनबेच भइरहेको छ ।

    q.png

    2.png

    3.png

     

     


    माघ १५, २०७७ बिहिवार ०८:४०:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तरकारीको मूल्य

  • क्यानाडानेपाल डेस्क

    बढ्यो युके पाउण्डसहित केहि देशको विनिमयदर, हेर्नुहोस् कुनको कति ?

    क्यानाडानेपाल

    माघ १५

  • 172
    SHARES
  • बढ्यो युके पाउण्डसहित केहि देशको विनिमयदर, हेर्नुहोस् कुनको कति ?

    काठमाडौं - बिहिबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युके पाउण्डसहित अन्य केही देशको विनिमयदर बढेको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ९८ तोकिएको छ ।

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ४३ पैसा तोकिएको छ । 

    त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ३१ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९२ पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ६५पैसा तोकिएको छ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५८ पैसा तोकिएको छ ।  

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १२ पैसा तोकिएको छ ।

    1611798331-E4RCJ.jpg


    माघ १५, २०७७ बिहिवार ०८:१०:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडानेपाल डेस्क

    ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ्ग सेवा

    क्यानाडानेपाल

    माघ १४

  • 252
    SHARES
  • ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ्ग सेवा

    काठमाडौं । आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंकले नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । 

    यस बैकले पाल्पाको रम्भा गाउँपालिका वडा नं। ४, हुमिनमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

    बैंकको यस शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिमा बिष्णुबहादुर बोम्रेल नियुक्त भएका छन् । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन रम्भा गाउँपालिका–४ का वडाअध्यक्ष भोजबहादुर बिकले गरेका थिए । 

    बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित बैंकले विभिन्न स्थानमा शाखाहरु विस्तार गरिरहेको छ । 

    कञ्चनपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै अब बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४५ पुगेको छ। यस्तै बैंकको शाखा संख्या २६४ वटा रहेका छन् भने २४० वटा एटिएम रहेका छन् । 
     


    माघ १४, २०७७ बुधवार १२:४६:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ग्लोबल आइएमई बैंक

  • क्यानाडानेपाल डेस्क

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

    क्यानाडानेपाल

    माघ १४

  • 254
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

    काठमाडौं - बुधबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य केही देशको विनिमयदर घटबढ भएको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ तोकिएको छ ।

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ २६ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९० पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ७१ पैसा तोकिएको छ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५८ पैसा तोकिएको छ ।  

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १३ पैसा तोकिएको छ ।


    माघ १४, २०७७ बुधवार ११:५८:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडानेपाल डेस्क

    घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?  

    क्यानाडानेपाल

    माघ १४

  • 404
    SHARES
  • घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?  

    काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार ४ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ७ सय रूपैयाँले घटेको हो । 

    मंगलबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९२ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छ । 

    त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाले घटेर तोलाको १२ सय ५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । 
     


    माघ १४, २०७७ बुधवार ११:४२:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता

    क्यानाडानेपाल

    माघ १३

  • 276
    SHARES
  • चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता

    बेइजिङ – चीन र न्यूजील्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी नयाँ सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । सम्झौताले दुबै मुलुकका नागरिकलाई अझ बढी लाभ पु¥याउने बताइएको छ । 

    चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्ताओ र उहाँका न्यूजील्यान्ड समकक्षीले सम्झौतामा भिडियो लिंक मार्फत हस्ताक्षर गर्नु भएको थियो । 

    सन् २००८ मा चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार क्षेत्रमा सम्झौता भएको थियो । चीनले कुनै विकसित मुलुकसँग यस्तो सम्झौता गरेको यो पहिलो पटक थियो । 

    नयाँ सम्झौताका लागि विगत तीन वर्षदेखि दुबै मुलुकका अधिकारीहरुबीच वार्ता भइरहेको थियो । 

    क्षेत्रीय विस्तृत आर्थिक साझेदारीका आधारमा चीनले आफ्नो मुलुकमा हवाई उड्डयन, शिक्षा, वित्त, वृद्धवृद्धाको हेरचाह र पारवहन समेतका सेवा क्षेत्रलाई न्यूजील्यान्डका लागि थप खुला गर्नेछ । 

    साथै वस्तुको व्यापार तर्फ अद्यावधिक गरिएको सम्झौताले दुबै मुलुकबीच काठ र कागजका उत्पादनको व्यापारलाई थप खुला गर्ने तथा वस्तुको उत्पत्तिको नियममा पनि सरलीकरण गर्नेछ, चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ । 

    न्यूजील्यान्डले चिनियाँ लगानीको सीमालाई पनि पुनः मूल्याँकन गर्ने सम्झौतामा उल्लेख छ । साथै दुबै देशबीच ई–कमर्श, प्रतिस्पर्धा नीति, सरकारी खरिद, वातावरण र व्यापारका क्षेत्रको आपसी सहयोगलाई थप सुदृढ गर्न सहमति भएको छ । 

    साथै दुबै मुलुकले स्वतन्त्र व्यापार सम्झौताको कार्यान्वयनलाई सहज तुल्याउन देशभित्रका कानुनी र अन्य नीति नियममा तत्काल सुधार गर्न लागेको पनि वाणिज्य मन्त्री वाङले जानकारी दिनुभएको छ । सिन्ह्वा
     


    माघ १३, २०७७ मंगलवार १९:४१:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # व्यापार सम्झौता
  • # चीन र न्यूजील्यान्ड

  • क्यानाडानेपाल डेस्क