• Jan 28 2021 | २०७७, माघ १५गते

२०७७, माघ १५गते

हिन्दी सिरियलमै व्यस्त हुन थालिन् नेपाली अभिनेत्री निरिषा बस्नेत, 'अलादिन'मा अनुबन्ध

क्यानाडानेपाल पौष २८ २०७७
  • 1.3K
    SHARES
  • हिन्दी सिरियलमै व्यस्त हुन थालिन् नेपाली अभिनेत्री निरिषा बस्नेत, 'अलादिन'मा अनुबन्ध

    काठमाडौं - नेपाली चलचित्र 'जानी नजानी' मा मुख्य अभिनेत्रीको भूमिका निभाएकी निरिषा बस्नेत अहिले भारतको मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी छिन् । 

    मुम्बइमा रहेर सिरियलमा काम गर्दा गर्दै नेपाली चलचित्रमा प्रवेश गरेकी उनले चलचित्र जानी नजानी बाट डेब्यु गरेकी हुन् । उनले भारतीय सिरियल 'चन्द्र नन्दिनी' मा पनि काम गरि सकेकी छिन् । 

     केही समयअघि  हिन्दी सिरियल ‘तेनाली रामा’ मा केमियो भूमिका निभाएकी उनी अहिले अर्को सिरियलमा खेल्न लागेकी छिन् । उनी अब सिरियल 'अलादिन : नाम तो सुना होगा' मा अभिनय गर्ने भएकी छिन् । यो सिरियल सोनी सब टिभीबाट प्रशारण हुनेछ । 

    अहिले यस सिरियलको छायांकन भइरहेको बताइएको छ । सिरियलमा उनले नेगेटिभ रोलमा अभिनय गरेको बतायएको छ । यस सिरियलमा सिद्धार्थ निगम, आशी सिंह, स्मिता बन्सललगायतको अभिनय रहेको छ । 

    nirisa.jpeg


    पौष २८, २०७७ मंगलवार २०:२१:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निरिषा बस्नेत

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    हलिउड फिल्ममा अभिनय गर्दै नेपालकी अञ्जली लामा

    क्यानाडानेपाल

    माघ १४

  • 380
    SHARES
  • हलिउड फिल्ममा अभिनय गर्दै नेपालकी अञ्जली लामा

    काठमाडौं - नेपाली मोडल अञ्जली लामाले हलिउड फिल्ममा अभिनय गर्ने भएकी छिन् । भारतमा मोडलिङ गरिरहेकी ट्रान्सजेन्डर अन्जलीले हलिउड फिल्म ‘सेयरिङ अ राइड’मा अभिनय गर्ने भएकी हुन् । 

    उनले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग अभिनय गर्ने बताइएको छ । महिलाको विषयवस्तुमा बन्न लागेको यस फिल्मलाई लीना यादवले निर्देशन गर्न लागेकी छिन् । 

    महिला कलाकार मात्र हुने यस फिल्ममार्फत ज्याकलिनले पनि डेब्यु गर्दैछिन् । ६ हिस्सामा बाँडिएको फिल्मको निर्देशन विश्वका अलग निर्देशकले निर्देशन गर्ने बताइएको छ । 

    फिल्मको छयांकन इटली, भारत र अमेरिकामा हुनेछ । सन् २०१७ देखि अन्तर्राष्ट्रिय मोडलको रुपमा स्थापित भएकी अञ्जली मुम्बईमै रहेर मोडलिङ गरिरहेकी छिन् । 

     
     


    माघ १४, २०७७ बुधवार २०:१५:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अञ्जली लामा

  • क्यानाडानेपाल डेस्क

    बर्षाले किन छोडिन् 'सुदुर' ?

    क्यानाडानेपाल

    माघ १४

  • 336
    SHARES
  • बर्षाले किन छोडिन् 'सुदुर' ?

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री वर्षा सिवाकोटीले फिल्म 'सुदुर' छाडेकी छिन् । 

    रमेश बुढाथोकीको निर्देशनमा बन्ने यस फिल्ममा वर्षा सिवाकोटीको मूख्य अभिनय रहने बताइएको थियो । तर बर्षाल यस फिल्ममा अभिनय नगर्ने भएकी छिन् । 

    Barsha-Siwakoti-4.jpg

    फिल्मको छायांकन पटक पटक सारिएपछि बर्षाले फिल्म छाडेको बताइएको छ । उनले डेढ बर्ष अघि यस फिल्ममा साइन गरेकी थिइन् । 

    फिल्म छायांकन हुनेमा शंका उत्पन्न भएपछि बर्षाले फिल्ममा अभिनय नगर्ने भएकी हुन् ।  फिल्मको छायांकन जुम्लामा गर्ने तयारी रहेको छ । अब बर्षा फिल्म परदेशी २ मा प्रकाश सपुतसँग देखिदैछिन् । 

     


    माघ १४, २०७७ बुधवार १३:४०:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वर्षा सिवाकोटी

  • क्यानाडानेपाल डेस्क

    अब चुप बस्दैनौ भन्दै यसरी आक्रोश पोखे रेखा र मनिषाले, कार्यक्रममै चल्यो रुवाबासी (भिडियो)

    क्यानाडानेपाल

    माघ १३

  • 1.9K
    SHARES
  • अब चुप बस्दैनौ भन्दै यसरी आक्रोश पोखे रेखा र मनिषाले, कार्यक्रममै चल्यो रुवाबासी (भिडियो)

    काठमाडौं - बलिउड अभिनेत्री मनिषा कोइराला र नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री रेखा थापा पछिल्लो समय सामाजिक कार्यमा पनि सक्रिय छन् । 

    सामाजिक सञ्जालमार्फत पनि आवाज उठाउदै आइरहेका यी अभिनेत्री राष्ट्रिय एकता परिषद् मार्फत सामाजिक कामहरु गरिरहेका छन् । मंगलबार राष्ट्रिय एकता परिषद्ले आयोजना गरेको महिला अधिकार सम्बन्धी कार्यक्रममा  मनिषा र रेखा दुवै सहभागी भएका थिए । 

    उक्त कार्यक्रममा दुवै अभिनेत्रीले महिला अधिकार सम्बन्धी आआफ्ना धारणाहरु राखेका छन् । भिडियोमा देखाए जस्तै सहभागीले सुनाएका समस्या र पीडा सुनेर मनिषा र रेखाले आशुँ थाम्न सकेनन् । कार्यक्रममा नै उनीहरु निकै भावुक बने । 

    बालविवाह अन्त्यको अभियानमा पनि सहभागी रेखाले कार्यक्रममा मेची देखी महाकालीसम्म पुग्दा अनौठा उदाहरण देखेको बताइन् । उनले योगमायालाई अहिलेको अवस्थाको सिर्जना गर्नुमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरिन् ।


    माघ १३, २०७७ मंगलवार २२:०६:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रेखा थापा
  • # मनिषा कोइराला

  • क्यानाडानेपाल डेस्क

    गीता ढुंगानाले पुष्पलाई भन्दैछिन् 'दिइसके यो जिवन '

    क्यानाडानेपाल

    माघ १३

  • 320
    SHARES
  • गीता ढुंगानाले पुष्पलाई भन्दैछिन् 'दिइसके यो जिवन '

    काठमाडौँ । नायक तथा मोडल पुष्प खड्का र  गीता ढुंगानाको अभिनय रहेको 'दिइसके यो जिवन' बोलको गीतको भिडियो रिलिज गरिएको छ । 

    गायक एच. बी.  सुनार र मन्जु उपासनाको स्वरमा रहेको गीतका शब्द शान्त गोविन्द महर्जनको शब्द र एच. बी. सुनारकोनै संगीत रहेको डान्सिङ शैलीको यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ । 

    ज्ञानेद्र शर्माको सिनेमाटोग्राफी,सुबोल थापाको कोरियोग्राफी ,रहेको भिडियोमा अमृत चापागाईको सम्पादन र शिशिर श्रेष्ठको निर्देशन रहेको छ । 

    प्रेम रोमान्सले भरिएको भिडियोमा निर्माण यूनिटले निकै मेहेनत गरेको देखिन्छ । हेर्नुहोस् भिडियो


     


    माघ १३, २०७७ मंगलवार २१:२७:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गीता ढुंगाना
  • # पुष्प खड्का

  • क्यानाडानेपाल डेस्क

    पहिलेकी मोटी रेखा अहिले भइन् स्लिम, नयाँ फिल्मका लागि घटाइन् २० किलो तौल

    क्यानाडानेपाल

    माघ १३

  • 1.3K
    SHARES
  • पहिलेकी मोटी रेखा अहिले भइन् स्लिम, नयाँ फिल्मका लागि घटाइन् २० किलो तौल

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा अब नयाँ फिल्मको तयारीमा लागेकी छिन् ।

    केही महिनादेखी आफ्नो मोटो शरिर स्लिम बनाउनमा लागेकी रेखाले फिल्मकै लागि तौल घटाएकी छिन् । उनले केही महिनामै २० किलो आफ्नो तौल घटाएकी छिन् । 

    rekha.jpg

    पहिलेकी मोटी रेखा अहिले स्लिम भएकी छिन् । निर्देशक तथा निमात्री समेत रहेकी रेखाले अब नयाँ फिल्म बनाउदैछिन् ।

    उनले आउँदो बैशाखदेखि होमप्रोडक्सनमा निर्माण हुने फिल्मलाई छायांकनमा लैजाने बताएकी छन् । 

    rekha.jpg

    रेखाले आफ्नै निदैशनमा फिल्म निर्माण गर्दैछिन् । उनले एक्सनवाला फिल्म निर्माण गर्ने बताइएको छ । उनले अहिले आफ्नो नयाँ फिल्मका लागि आफुलाई मेन्टेन गरिरहेकी छिन् । 

    rekha.jpg

    कोरोना संक्रमणको बेलामा जिम जान जोखिम हुने हुनाले उनले घरमै दैनिक व्यायम गर्दै आइरहेकी छिन् । केही समयदेखी ट्रेनर विज्जु पार्कीसँग अभ्यास गरेका तस्बिरहरु  सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।  


    माघ १३, २०७७ मंगलवार २०:२९:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रेखा थापा

  • क्यानाडानेपाल डेस्क

    २६ वर्षको उमेरमा ज्यान गुमाइन् दक्षिण कोरियाकी अभिनेत्री सोङ्ग यू जङ्गले

    क्यानाडानेपाल

    माघ १३

  • 348
    SHARES
  • २६ वर्षको उमेरमा ज्यान गुमाइन् दक्षिण कोरियाकी अभिनेत्री सोङ्ग यू जङ्गले

    काठमाडौं - दक्षिण कोरियाकी चर्चित अभिनेत्री तथा मोडल सोङ्ग यू जङ्ग को मृत्यु भएको छ । उनको शनिवार २६ वर्षको उमेरमा मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । 

    उनको शनिवार नै परिवारका सदस्यहरुको उपस्थितीमा अन्तिम संस्कार गरिएको जनाइएको छ । सन् २०१३ मा ‘गोल्डन रेन्बो’ बाट अभिनय यात्रा शुरु गरेकी उनको के कारणले मृत्यु भयो भन्ने बारे खुलाइएको छैन । 

    song-yoo-jung.jpg

    उनले धेरै टिभी सिरिज, म्युजिक भिडियो र विज्ञापनमा काम गरेकी थिइन् । उनी दक्षिण कोरियाकै चर्चित मोडलमा गनिएकी थिइन् । 
     


    माघ १३, २०७७ मंगलवार १४:४०:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सोङ्ग यू जङ्ग

  • क्यानाडानेपाल डेस्क