• Jan 25 2021 | २०७७, माघ १२गते

२०७७, माघ १२गते

काठमाडौं पल्सर स्पोर्टस् अवार्ड : गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी

क्यानाडानेपाल पौष २९ २०७७
  • 330
    SHARES
  • काठमाडौं पल्सर स्पोर्टस् अवार्ड : गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी

    काठमाडौं - पौडीकी गौरीका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले नेपाल खेलकूद पत्रकार मञ्चले आयोजनाको गरेको ‘एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड’मा वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीको अवार्ड जित्नुभएको छ । विसं २०७६ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दुवै जना उत्कृष्ट खेलाडीका रूपमा घोषित हुनुभएको हो ।

    गौरीकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उत्कृष्ट खेलाडीको अवार्ड जित्नुभएको हो । गौरीकाले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक गरी नौ पदक जित्नुभएको थियो । उहाँले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गर्नुभएको थियो । गौरीकाले आठौँ राष्ट्रिय खेलकूदमा १२ स्वर्ण पदक जित्नुभएको थियो । गौरीकाले कम उमेरमा ओलम्पिक खेल्ने कीर्तिमानसमेत बनाउनुभएको थियो । उहाँले जापानको टोकियो ओलम्पिक खेल्ने पक्का भइसकेको छ ।

    मण्डेकाजीले गल्फका सुवास तामाङ, तेक्वान्दोका कमल श्रेष्ठ, एनलेटिक्सका गोपीचन्द्र पार्की तथा फुटबलका विकेश कुथुलाई उछिन्दै उक्त अवार्ड जित्नुभएको हो । यी सबै खेलाडीले गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्ण पदक जित्नुभएको थियो । उक्त प्रतियोगितामा मण्डेकाजीले करातेतर्फ टिम काता र एकल गरी दुई स्वर्ण पदक जित्नुभएको थियो । उहाँले आठौँ राष्ट्रिय खेलकूदमा एकल कातामा स्वर्ण तथा टिम कातामा रजत जित्नुभएको थियो ।

    महिला भलिबल टोली वर्षको उत्कृष्ट घोषित
    नेपाली राष्ट्रिय महिला भलिबल टोली वर्ष २०७६ को उत्कृष्ट टोली घोषित भएको छ । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा महिला भलिबल टोलीले टिम अफ दि इयरको अवार्ड जित्न सफल भएको हो ।

    गत वर्ष महिला भलिबलमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको थियो । बङ्गलादेशमा आयोजना भएको प्रथम एभिसी महिला सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो । उक्त टोलीको प्रशिक्षक जगदीशप्रसाद भट्ट रहनुभएको थियो । सो प्रतियोगितामा नेपालले खेलेका सबै छ खेलमा विजयी भएको थियो । यस्तै गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ऐतिहासिक रजत पदक प्राप्त गरेको थियो । महिला भलिबल टोली फाइनलमा भारतसँग पराजित भएको थियो । नेपाली महिला टोलीले सागमा पहिलोपटक रजत पदक प्राप्त गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल भारसँग ३–२ सेटले हार व्योहोर्न पुगेको थियो । 

    पिपल्स च्वाइसको अवार्ड भलिबलकी अरुणालाई 
    भोटिङका आधारमा भएको पिपल्स च्वाइस अवार्डको उपाधि भलिबलकी कप्तान अरुणा शाहीले जित्नुभयो । उहाँले सर्वाधिक मत प्राप्त गर्दै उक्त अवार्ड जित्नुभएको हो । अरुणाले कूल ३७ दशमलव ५२ प्रतिशत प्राप्त गर्नुभयो । उक्त विधातर्फ दोस्रो स्थानमा सागमा करातेमा दोहरो स्वर्ण पदक जित्नुभएका मण्डेकाजी श्रेष्ठ रहनुभयो । उहाँले २८ दशमलव ४५ प्रतिशत मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा बास्केटबलकी कप्तान सदिना श्रेष्ठ रहनुभयो । उहाँले १३ दशमलव १३ प्रतिशत मत प्राप्त गर्नुभयो । चौथो स्थानमा रहनुभएकी पौडीकी गौरीका सिंहले १३ दशमलव तीन प्रतिशत तथा पाँचौँ स्थानमा रहनुभएकी महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले सात दशमलव दुई प्रतिशत मत प्राप्त गर्नुभयो । अरुणालाई उक्त अवार्ड जिताउनका लागि पोखरामा अभियान नै शुरु गरिएको थियो ।

    पोखरामा पुरुष भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको थियो । सागमा नेपालले रजत पदक जित्दा शाहीले उत्कृष्ट कप्तानीको भूमिका निर्वाह गर्नुभएको थियो । यस्तै बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जित्दा पनि उहाँले नै कप्तानी गर्नुभएको थियो ।

    यसैगरी उत्कृष्ट युवा खेलाडीको अवार्ड गल्फका सुवास तामाङले जित्नुभयो । उहाँले सागमा दुई स्वर्ण पदक जित्नुभएको थियो । सुवासले तेक्वान्दोका भूपेन श्रेष्ठ र सिना मादेन लिम्बू, भारत्तोलनकी सञ्जु चौधरी तथा जुडोकी पुनम श्रेष्ठलाई पछि पार्नुभएको हो ।

    यसैगरी एउटै खेलबाट सर्वाधिक १२ स्वर्ण पदक दिलाउने तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । उहाँले करातेका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती, उसुका अमरकुमार थिङ, बक्सिङका प्रकाश थापामगर र पौडीका शङ्कर कार्कीलाई उछिन्दै उक्त अवार्ड जित्नुभएको हो ।

    टेवलटेनिसका ऐतिहासिक पदक विजेताद्वय गीता क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । दुवै  जना सन् १९९१ मा आयोजित पाँचौँ दक्षिण एशियाली खेलकूदका स्वर्ण विजेता हुन् । नेपाली महिला खेलाडीले सागमा जितेको त्यो नै पहिलो स्वर्ण पदक थियो ।

    यस वर्षको स्पेसल अवार्ड एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा तेक्वान्दोकी आयशा शाक्यले संयुक्तरूपमा प्राप्त गर्नुभयो । दुवै जना १३औँ सागका स्वर्ण विजेता हुन् । उनीहरु आ–आफ्नो खेलका लागि विशेष पदक जित्ने कीर्तिमानी खेलाडी पनि हुन् । सन्तोषीले सागमा महिला १० हजार मिटर दौडमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाउनुभएको थियो । यस्तै आयशाले १३औँ सागमा दुई स्वर्ण पदक जित्नुभएको थियो । उहाँले तेक्वान्दोको पुम्सेतर्फ एकल तथा टिम स्पर्धामा स्वर्ण जित्नुभएको हो ।

    पारा एथ्लिट अवार्डबाट यस वर्ष ह्वीलचियर बास्केटबल तथा क्रिकेट खेलाडी दिगमसिंह चेम्जोङलाई सम्मान गरिएको छ । हरेक वर्षको विश्व खेलकूद पत्रकार दिवस, जुलाइ २ मा आयोजना गरिँदै आएको अवार्ड कोरोना महामारीका कारण यस वर्ष छ महिनापछि धकेलिएको हो । हंशराज हुलासचन्द एण्ड कम्पनीको मुख्य प्रायोजन रहेको अवार्डका वर्ष खेलाडी पुरुष, महिला, युवा खेलाडी तथा वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गर्नुभएको छ । अन्य विधाका विजेताले भने जनही रु ५० हजार  पुरस्कार प्राप्त गर्नुभएको छ ।

    दश विधामा अवार्ड प्रदान गरिएको हो । वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल, लाइफटाइम अचिभमेन्ट, पिपुल्स च्वाइस, प्यारा एथलिट सम्मान, टिम अफ द इयर तथा अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता अवार्ड समावेश गरिएको थियो । ललितपुरको सातदोबोटोस्थित कराते हलमा कोरोना भाइरसको महामारीका कारण उक्त कार्यक्रम सेमी भर्चुअलका रूपमा आयोजना गरिएको थियो । 


    पौष २९, २०७७ बुधवार ०८:१७:३४ बजे : प्रकाशित

    अर्कोसमाचार

    सन्दीप लामिछानेको दुई विकेटको मद्दतमा होबार्ट विजयी

    क्यानाडानेपाल

    माघ १२

  • 172
    SHARES
  • सन्दीप लामिछानेको दुई विकेटको मद्दतमा होबार्ट विजयी

    काठमाडौँ - नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । 

    टस जितेर सिड्नी सिक्सर्सले फिल्डिङ रोजेपछि होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १८८ रन बनायो । सिड्नीले २० ओभरमा आठ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो ।

    होबार्टका लागि लामिछानेले चार ओभरमा २४ रन खर्चिए । उनले यसक्रममा तीन चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए । लामिछानेले सिड्नीका ब्याट्सम्यान मोइसेस हेनरिकलाई ४३ रनमा तथा डेनियल क्रिस्टियनलाई रन नै बनाउन नदिइकन पेभेलियन फर्काउए । यसअघिको खेलमा समेत उनले दुई विकेट लिएका थिए ।

    sandip hurb.jpg

    उनले बिग बासमा हालसम्म सात खेलमा आठ विकेट लिइसकेका छन् । लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २७ अङ्क जोड्दै लिगको पाँचौँ स्थानमा रहेको छ । होबार्टले अब मङ्गलबार मेलबर्न रेनेगेड्ससँग खेल्ने छ । उक्त खेलमा विजयी भएमा होबार्ट अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै रहने छ।रासस 


    माघ १२, २०७७ सोमवार ०९:३६:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने

  • क्यानाडानेपाल डेस्क

    एफए कप : म्यानचेस्टरसँग लिभरपुल पराजित

    क्यानाडानेपाल

    माघ १२

  • 206
    SHARES
  • एफए कप : म्यानचेस्टरसँग लिभरपुल पराजित

    काठमाडौं - गए राति एफए कप अन्तर्गत भएको खेलमा लिभरपुल पराजित भएको छ । 

    निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई ३-२ गोलले पराजित गरेको हो । उक्त खेलको १८औं मिनेटमा  लिभरपुलका मोहम्मद सलाहले गोल गरी अग्रता दिलाए । 

    त्यसपछि खेलको २६औं मिनेटमा म्यानचेस्टर युनाइटेडका मासन ग्रीनवुडले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि खेलको ४८औं मिनेटमा युनाइटेडका मार्कुस रासफोर्डले गोल गरे । 

    त्यसपछि खेलको ५८औं मिनेटमा सलाहले गोल गरे । त्यसपछि ७८औं मिनेटमा युनाइटेडका सब्सिच्युट ब्रुनो फर्नान्डेसले गोल गरे । 

     
     


    माघ १२, २०७७ सोमवार ०९:०६:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एफए कप
  • # लिभरपुल

  • क्यानाडानेपाल डेस्क

    एफए कप : ट्याम्मीको ह्याट्रिकमा चेल्सीको जित, प्रि–क्वाटरफाइनलमा प्रबेश

    क्यानाडानेपाल

    माघ १२

  • 164
    SHARES
  • एफए कप : ट्याम्मीको ह्याट्रिकमा चेल्सीको जित, प्रि–क्वाटरफाइनलमा प्रबेश

    काठमाडौं - गए राति एफए कप अन्तर्गत भएको खेलमा प्रिमियर लिग क्लब चेल्सीले सानदार जित निकालेको छ । 

    निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा चेल्सीले च्याम्पियनसिप क्लब लुटोन टाउनलाई ३-१ गोलले पराजित गर्दै एफए कपको प्रि–क्वाटरफाइनलमा प्रबेश गरेको हो । उक्त खेलमा चेल्सीलाई जित दिलाउन ट्याम्मी अब्राहमले ह्याट्रिक गरे । 

    उक्त खेलको ११औं मिनेटमा ट्याम्मी अब्राहमले गोल गरी चेल्सीलाई अग्रता दिलाए । त्यसपछि खेलको १७औं मिनेटमा ट्याम्मीले नै अर्को गोल गरी चेल्सीलाई अग्रता दोब्बर बनाए । 

    त्यसपछि खेलको ३०औं मिनेटमा टाउनका जोर्डन क्लार्कले गोल गरे । त्यसपछि खेलका ७४औं मिनेटमा ट्याम्मीले गोल गरी ह्याट्रिक पुरा गरे। जितसँगै चेल्सी प्रि–क्वाटरफाइनलमा पुगेका छ । 


    माघ १२, २०७७ सोमवार ०८:२३:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चेल्सी
  • # एफए कप

  • क्यानाडानेपाल डेस्क

    युभेन्टसको सानदार जित, रोनाल्डोको सहयोगमा अर्थरको गोल

    क्यानाडानेपाल

    माघ १२

  • 162
    SHARES
  • युभेन्टसको सानदार जित, रोनाल्डोको सहयोगमा अर्थरको गोल

    काठमाडौं - गए राति इटालियन सिरी ए अन्तर्गत भएको खेलमा साबिक विजेता युभेन्टसले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले बोलोग्नालाई २–० गोलले पराजित गरेको हो । 

    उक्त खेलको १५ औँ मिनेटमा युभेन्टसका अर्थर मेलोले गोल गरी टिमलाई अग्रता दिलाए । उनले क्रिष्टियानो रोनाल्डोको सहयोगमा गोल गरेका हुन् । 

    त्यसपछि खेलको ७१ औँ मिनेटमा युभेन्टसका वेस्टन म्याकेनिइले गोल गरी टिमलाई जित दिलाए। जितसँगै युभेन्टस १८ खेलबाट ३६ अंक जोड्दै चौथो स्थानमा रहेको छ ।  


    माघ १२, २०७७ सोमवार ०८:०१:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इटालियन सिरी ‘ए
  • # क्रिस्टियानो रोनाल्डो

  • क्यानाडानेपाल डेस्क

    स्पेनिस ला लिगा : सानदार जित निकाल्दै बार्सिलोना तेस्रो स्थानमा 

    क्यानाडानेपाल

    माघ १२

  • 166
    SHARES
  • स्पेनिस ला लिगा : सानदार जित निकाल्दै बार्सिलोना तेस्रो स्थानमा 

    काठमाडौँ - आइतबार राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ। 

    निकै रोमान्चक बनेको उक्त खेलमा बार्सिलोनाले एल्चेलाई २-० गोलले पराजित गरेको हो । उक्त खेलमा बार्सिलोनाका लागि फ्रेन्की डी जोंग र रिक्वी पुइगले एक एक गोल गरेका थिए । 

    bar.jpg

    खेलको ३९ औँ मिनेटमा डी जोंगले गोल गरी बार्सिलोनालाई अग्रता दिलाए । त्यसपछि खेलको ८९औँ मिनेटमा पुइगले गोल गरी बार्सिलोनालाई जित दिलाए । 

    जितसँगै बार्सिलोना १९ खेलमा ३७ अंक जोड्दै ला लिगामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै पराजित भएको एल्चे १८ खेलमा १७ अंकमा रहदै १९ औं स्थानमा रहेको छ । 
     


    माघ १२, २०७७ सोमवार ०७:५७:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • # बार्सिलोना

  • क्यानाडानेपाल डेस्क

    राष्ट्रिय महिला लिग : सावित्राको ह्याट्रिकमा एपीएफको जित

    क्यानाडानेपाल

    माघ ११

  • 230
    SHARES
  • राष्ट्रिय महिला लिग : सावित्राको ह्याट्रिकमा एपीएफको जित

    काठमाडौं । आइतबार राष्ट्रिय महिला लिग अन्तर्गत भएको खेलमा एपीएफ क्लबले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा एपीएफ क्लबले विराटनगर महानगरपालिकालाई ७-० गोलले पराजित गरेको हो । 

    उक्त खेलमा एपीएफकी सावित्रा भण्डारीले ह्याट्रिक गरी ४ गोल गरिन् । त्यस्तै अनिता केसीले २ गोल र सरु लिम्बुले एक गोल गरिन् । 

    उक्त खेलको नवौं मिनेटमा अनिता केसीले गोल गरी एपीएफलाई अग्रता दिलाइन् । त्यसपछि खेलको २५औं, ४२औं र ७४औं मिनेटमा सावित्राले गोल गरी ह्याट्रिक पूरा गरिन्। 

    त्यसपछि खेलको ७२औं मिनेटमा सरू लिम्बूले गोल गरिन् । त्यसपछि खेलको ८०औं मिनेटमा अनिताले गोल गरिन् । 

    त्यसपछि खेलको ८४औं मिनेटमा सावित्राले गोल गरिन् । जितसँगै एपीएफले २ खेलमा ६ अंक जोडेको छ ।

     
      


    माघ ११, २०७७ आइतवार २०:०३:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय महिला लिग
  • # सावित्रा भण्डारी

  • क्यानाडानेपाल डेस्क