• Jan 28 2021 | २०७७, माघ १५गते

२०७७, माघ १५गते

हेर्नुहोस् यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमयदर 

क्यानाडानेपाल पौष २९ २०७७
  • 514
    SHARES
  • हेर्नुहोस् यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमयदर 

    काठमाडौं - बुधबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटेको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

    त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९६ पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ८४ पैसा तोकिएको छ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७१ पैसा तोकिएको छ ।  

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २७ पैसा तोकिएको छ । 

    m.jpg


    पौष २९, २०७७ बुधवार ०९:५०:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    आज कुन तरकारीको मूल्य कति ? हेर्नुहोस्

    क्यानाडानेपाल

    माघ १५

  • 112
    SHARES
  • आज कुन तरकारीको मूल्य कति ? हेर्नुहोस्

    काठमाडौँ - बिहिबार नेपाली बजारमा केही तरकारीको मूल्यमा घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार अहिले प्याजको थोक मूल्य किलोको ६०  देखि ६५ रुपैया रहेको छ ।

    त्यस्तै आज गोलभेडाको मूल्य किलोको ४० देखि ५० रुपैया, आलु किलोको २५ देखि ३० रुपैया, गाजर किलोको ६० देखि ६५, बन्दा किलोको २० देखि २५ रुपैया,  बन्दा किलोको १५ देखि २० र काउली किलोको १८ देखि २२ रुपैयामा किनबेच भइरहेको छ ।

    त्यस्तै घिउ सिमि किलोको ७० देखि ८०, भिण्डी किलोको ९० देखि १००, फर्सी किलोको २० देखि ४०, मुला किलोको १५ देखि २०, भेण्टा किलोको ४० देखि ५०, लौका किलोको ४० देखि ५०, बरेला किलोको ३० देखि ४० र  रायोको साग ३० देखि ३५ मा किनबेच भइरहेको छ ।

    q.png

    2.png

    3.png

     

     


    माघ १५, २०७७ बिहिवार ०८:४०:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तरकारीको मूल्य

  • क्यानाडानेपाल डेस्क

    बढ्यो युके पाउण्डसहित केहि देशको विनिमयदर, हेर्नुहोस् कुनको कति ?

    क्यानाडानेपाल

    माघ १५

  • 170
    SHARES
  • बढ्यो युके पाउण्डसहित केहि देशको विनिमयदर, हेर्नुहोस् कुनको कति ?

    काठमाडौं - बिहिबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युके पाउण्डसहित अन्य केही देशको विनिमयदर बढेको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ९८ तोकिएको छ ।

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ४३ पैसा तोकिएको छ । 

    त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ३१ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९२ पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ६५पैसा तोकिएको छ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५८ पैसा तोकिएको छ ।  

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १२ पैसा तोकिएको छ ।

    1611798331-E4RCJ.jpg


    माघ १५, २०७७ बिहिवार ०८:१०:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडानेपाल डेस्क

    ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ्ग सेवा

    क्यानाडानेपाल

    माघ १४

  • 252
    SHARES
  • ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ्ग सेवा

    काठमाडौं । आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंकले नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । 

    यस बैकले पाल्पाको रम्भा गाउँपालिका वडा नं। ४, हुमिनमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

    बैंकको यस शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिमा बिष्णुबहादुर बोम्रेल नियुक्त भएका छन् । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन रम्भा गाउँपालिका–४ का वडाअध्यक्ष भोजबहादुर बिकले गरेका थिए । 

    बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित बैंकले विभिन्न स्थानमा शाखाहरु विस्तार गरिरहेको छ । 

    कञ्चनपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै अब बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४५ पुगेको छ। यस्तै बैंकको शाखा संख्या २६४ वटा रहेका छन् भने २४० वटा एटिएम रहेका छन् । 
     


    माघ १४, २०७७ बुधवार १२:४६:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ग्लोबल आइएमई बैंक

  • क्यानाडानेपाल डेस्क

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

    क्यानाडानेपाल

    माघ १४

  • 254
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

    काठमाडौं - बुधबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य केही देशको विनिमयदर घटबढ भएको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ तोकिएको छ ।

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ २६ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९० पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ७१ पैसा तोकिएको छ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५८ पैसा तोकिएको छ ।  

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १३ पैसा तोकिएको छ ।


    माघ १४, २०७७ बुधवार ११:५८:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडानेपाल डेस्क

    घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?  

    क्यानाडानेपाल

    माघ १४

  • 396
    SHARES
  • घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?  

    काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार ४ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ७ सय रूपैयाँले घटेको हो । 

    मंगलबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९२ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छ । 

    त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाले घटेर तोलाको १२ सय ५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । 
     


    माघ १४, २०७७ बुधवार ११:४२:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता

    क्यानाडानेपाल

    माघ १३

  • 276
    SHARES
  • चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता

    बेइजिङ – चीन र न्यूजील्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी नयाँ सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । सम्झौताले दुबै मुलुकका नागरिकलाई अझ बढी लाभ पु¥याउने बताइएको छ । 

    चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्ताओ र उहाँका न्यूजील्यान्ड समकक्षीले सम्झौतामा भिडियो लिंक मार्फत हस्ताक्षर गर्नु भएको थियो । 

    सन् २००८ मा चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार क्षेत्रमा सम्झौता भएको थियो । चीनले कुनै विकसित मुलुकसँग यस्तो सम्झौता गरेको यो पहिलो पटक थियो । 

    नयाँ सम्झौताका लागि विगत तीन वर्षदेखि दुबै मुलुकका अधिकारीहरुबीच वार्ता भइरहेको थियो । 

    क्षेत्रीय विस्तृत आर्थिक साझेदारीका आधारमा चीनले आफ्नो मुलुकमा हवाई उड्डयन, शिक्षा, वित्त, वृद्धवृद्धाको हेरचाह र पारवहन समेतका सेवा क्षेत्रलाई न्यूजील्यान्डका लागि थप खुला गर्नेछ । 

    साथै वस्तुको व्यापार तर्फ अद्यावधिक गरिएको सम्झौताले दुबै मुलुकबीच काठ र कागजका उत्पादनको व्यापारलाई थप खुला गर्ने तथा वस्तुको उत्पत्तिको नियममा पनि सरलीकरण गर्नेछ, चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ । 

    न्यूजील्यान्डले चिनियाँ लगानीको सीमालाई पनि पुनः मूल्याँकन गर्ने सम्झौतामा उल्लेख छ । साथै दुबै देशबीच ई–कमर्श, प्रतिस्पर्धा नीति, सरकारी खरिद, वातावरण र व्यापारका क्षेत्रको आपसी सहयोगलाई थप सुदृढ गर्न सहमति भएको छ । 

    साथै दुबै मुलुकले स्वतन्त्र व्यापार सम्झौताको कार्यान्वयनलाई सहज तुल्याउन देशभित्रका कानुनी र अन्य नीति नियममा तत्काल सुधार गर्न लागेको पनि वाणिज्य मन्त्री वाङले जानकारी दिनुभएको छ । सिन्ह्वा
     


    माघ १३, २०७७ मंगलवार १९:४१:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # व्यापार सम्झौता
  • # चीन र न्यूजील्यान्ड

  • क्यानाडानेपाल डेस्क