फिल्म ‘द पावर’ को ट्रेलरमा विद्युत र श्रुतिको एक्सन अवतार
क्यानाडानेपाल
पौष २९ २०७७
444
SHARES
काठमाडौं - बलिउड अभिनेता विद्युत जामवाल र अभिनेत्री श्रुति हासनको फिल्म ‘द पावर’ को ट्रेलर सार्वजनिक भएको छ ।
महेश मांजरेकरले निर्देशन गरेको फिल्म ‘द पावर’ को ट्रेलर २ दिनअघि युट्युबमा सार्वजनिक भएको हो । ट्रेलरमा विद्युत र श्रुति दुवैको एक्सन देखाइएको छ ।
हालसम्म फिल्मको ट्रेलरलाई २१ लाख बढीले हेरिसकमेका छन् । दुवैको मुख्य भूमिका रहेको यस फिल्म जनवरी १४ मा रिलीज हुनेछ । यो फिल्म ४ भाषा हिन्दी, तमिल, तेलगु र कन्नडमा रिलिज हुनेछ ।
काठमाडौं । कन्नड अभिनेत्री जयश्री रमैया मृत अवस्थामा फेला परेकी छिन् ।
बिग बोस कन्नडकी पूर्व कन्टेस्टेन्ट समेत रहेकी जयश्री सोमबार दिउँसो बेंगलुरुमा वृद्धा आश्रमको कोठामा पासो लागेको अवस्थामा फेला परेको भारतिय मिडिया आजतकमा जनाइएको छ ।
अहिले उनको शव पोस्टमार्टमको लागि नीलामंगला हस्पिटल लगिएको जनाइएको छ । अभिनेत्री जयश्री लामो समयदेखि डिप्रेसनको शिकार भएको र उनको बेंगुलरुमा उपचार भइरहेको थियो ।
गएको साल जयश्रीले आफ्नो डिप्रेसनको बारेमा सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएकी थिइन् ।
काठमाडौं - ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’को रिलीज डेट सार्वजनिक भएको छ ।
साउथ फिल्मका चर्चित अभिनेता एनटिआर जुनियर र राम चरणको मूख्य भूमिका रहेको यस फिल्म आगामी दशैंमा रिलिज हुने भएको हो ।
भारतिय मिडियाका अनुसार फिल्म ‘आरआरआर’ २०२१ अक्टोबर १३ मा रिलिज हुनेछ । यस फिल्मको नयाँ पोष्टर पनि सार्वजनिक भएको छ ।
पोष्टरमा एनटिआर र राम चरण घोडा र बाइकमा दौडिएको देखिएको छ । फिल्ममा राम चरण र जूनियर एनटीआरसँगै अजय देवगण, आलिया भाट र श्रीया सरानको पनि मूख्य भुमिका रहेको छ ।
महँगो लगानीमा निर्माण भइरहेको यस फिल्मलाई महत्वका साथ हेरिएको छ ।
विवाह बन्धनमा बाधिँए बलिउड अभिनेता वरुण धवन (तस्बिरसहित)
क्यानाडानेपाल
माघ १२
196
SHARES
काठमाडौं - बलिउड अभिनेता वरुण धवनको विवाह बन्धनमा बाधिँएका छन् । उनले फेसन डिजाइनर नताशा दलालसँग आइतबार मुम्बईमा विवाह गरेका हुन् । वरुण र नताशाले लामो समयदेखि प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
अहिले उनीहरुको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । विवाह कार्यक्रम २६ जनवरीसम्म चल्ने बताइएको छ ।
विवाहमा बलिउडका कलाकारहरु सहभागी भएका थिए । विवाह कार्यक्रम सकिएपछि वरुण र नताशा हनिमूनका लागि टर्की जान सक्ने बताइएको छ ।
वरुणले विवाह गरेकी नताशा फेसन डिजाइनर हुन् । उनले आफ्नो विवाहका लागि आफैंले डिजाइन गरेर पहिरिएकी छिन् ।
काठमाडौं - बलिउड अभिनेता अजय देवगनको नयाँ फिल्म 'थ्यांक गड' को पछिल्लो समय निकै चर्चा छ । यस फिल्ममा अजयले यमराजको भूमिका निभाउने भएका छन् ।
इन्द्र कुमारले निर्देशन गर्ने यस फिल्ममा छायांकन पनि शुक्रबारदेखि शुरु गरिएको छ । छायांकन दिल्लीमा हुने बताइएको छ ।
यस फिल्ममा अजय मात्र नभई सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंहको पनि अभिनय रहनेछ । यो एक कमेडी फिल्म हुने भारतिय मिडियामा बताइएको छ । फिल्ममा मानिस र यमराज बीचको कथा हुने बताइएको छ ।
भुषण कुमारले निर्माण गर्न लागेको यस फिल्मलाई लिएर दर्शकहरु अहिले उत्साहित भएका छन् ।
यसअघि 'इस्क' मा एकसाथ सहकार्य गरेका अजय र इन्द्र कुमारले अब यस फिल्ममा पनि सहकार्य गर्दैछन् ।
'बच्चन पाण्डे' मा नौलो अवतारमा देखिए अक्षयकुमार, कहिले रिलीज हुन्छ ?
क्यानाडानेपाल
माघ १०
514
SHARES
काठमाडौं - बलिउड अभिनेता अक्षय कुमारको नयाँ फिल्म 'बच्चन पाण्डे' को रिलीज मिती र फस्ट लुक सार्वजनिक भएको छ । फस्टलुकमा अक्षयकुमार नौलो अवतारमा देखिएका छन् ।
उनले मज्जाको दाह्री र निधारमा सल लगाएर गह्रौं सुनको सिक्री लगाएका छन् । फरहाद शामजीको निर्देशनमा बन्ने यस फिल्ममा अक्षयको एक आँखा फरक खालको देखिएको छ ।
यस फिल्म २०२२ को जनवरी २६ मा रिलीज हुने भएको छ । अहिले अक्षय यसै फिल्मको सुटिङमा व्यस्त छन् । साजिद नादियाडवालाले निर्माण गर्ने यस फिल्ममा अक्षयसँगै अभिनेत्री कृति सेननको पनि अभिनय रहनेछ ।
यस फिल्म बाहेक अक्षय कुमार फिल्म पृथ्वीराज, अत्रंगी रे र बेल बोटम मा पनि देखिनेछन् ।