काठमाडौं - बलिउडका चर्चित अभिनेता बबी देओलले आज आफ्नो जन्मदिन मनाउदैछन् । जनवरी २७ का दिन जन्मिएका उनी आज ५२ वर्ष पुरा भएका छन् ।
सन् १९७७ मा फिल्म ‘धरम वीर’बाट बलिउडमा डेब्यु गरेका उनले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेका छन् । उनले फिल्म ‘धरम वीर’मा बाल कलाकारको भूमिका निभाएका थिए ।

त्यसपछि उनले अभिनेताको रुपमा फिल्म ‘बरसात’ बाट शुरु गरे । उक्त फिल्ममा उनले अभिनेत्री ट्विंकल खन्नासग् अभिनय गरेका थिए । जुन फिल्म दर्शकले निकै रुचाएका थिए ।
उनले हालसम्म और प्यार हो गया, करीब, सोल्जर, दिललगी, अपने, यमला पगला दीवाना, बादल, अजनबी, हमराज, किस्मत, बर्दाश्त, अब तुम्हारे हवाले वत साथियो लगायतका धेरै फिल्ममा अभिनय गरे । उनका दाजु सनी देओल र बुवा धर्मेन्द्र पनि बलिउडकै सफल कलाकार हुन् ।
पछिल्लो केहि बर्षअघि अर्थात सन् २०१८ मा बबी देओल सलमान खानसँग फिल्म रेस(३ मा देखिएका थिए । त्यस्तै उनको पछिल्लो फिल्म हाउसफुल ४ पनि दर्शकले रुचाए । २०२० मा प्रदर्शन भएको वेब सीरीज ‘आश्रम’ पनि दर्शकले रुचाए ।
माघ १४, २०७७ बुधवार
१४:२२:४९ बजे : प्रकाशित