शनिबार
७ मङ्सिर
२०७६

१८ लाख नगद सहित तीन हुण्डी कारोवारी पक्राउ 

शुक्रबार कार्तिक २२, २०७६/ Friday 11-08-19

काठमाडौँ ।  विरगञ्ज नगरपालिमा तीन हुण्डी कारोवारी पक्राउ परेका छन्।  विरगञ्जको रजतजयन्ती चौकको सडकमा सवारी साधन तथा पैदल यात्रुहरु चेकजाँच गर्ने क्रममा प्रहरीले तीन हुण्डी कारोवारी पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरुसंग नगद १८ लाख रहेको र उनीहरुलाइ भारतको रक्सौल तर्फबाट बीरगंज तर्फ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आइरहेको बेला पक्राउ गरेको हो।  पक्राउ पर्नेमा भारत बिहार सुगौली बजार बस्ने बिक्की कुमार, भारत रक्सौल नागा रोड बस्ने  सुधिर कुमार र सोहि स्थान बस्ने सहिद आलमलाई पक्राउ गरको हो।