• Apr 11 2021 | २०७७, चैत्र २९गते

२०७७, चैत्र २९गते

भोलि माघे सङ्क्रान्ति, यस्तो छ महत्व र विश्वास

क्यानाडानेपाल पौष २९ २०७७
  • 964
    SHARES
  • भोलि माघे सङ्क्रान्ति, यस्तो छ महत्व र विश्वास

    काठमाडौँ।   थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । 

    बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले यस दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ । 

    तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।

    धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनौट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

    विशेषगरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराईका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ । सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाइन्छ ।  

    मकर सङ्क्रान्ति - सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले   माघ १ गते दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा   माघ १ गते विशेष मेलासमेत लाग्ने गर्छ ।

    तराईवासीले माघ १ लाई नहान अर्थात नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउने तराईवासीले माघ १ गते भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । 

    धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ। उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । माघ १ मा  स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

    माघे सङ्क्रान्तिका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मानिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए ।  माघे सङ्क्रान्तिका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।

    माघ महिनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि नै शुरु भइसकेको छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । रासस 


    पौष २९, २०७७ बुधवार १८:१६:०६ बजे : प्रकाशित

    अर्कोसमाचार

    हेर्नुहोस् यस्तो छ आजको मौसम पूर्वानुमान

    क्यानाडानेपाल

    चैत्र २९

  • 96
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं । आइतबार पहाडी भू-भागहरूमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकि भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।
     
    मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको देखिन्छ ।   

    आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

    देशको पहाडी भू-भागका एक-दुई स्थानमाअपरान्ह पछि मेघगर्जन र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ।  

    त्यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 
     
      


    चैत्र २९, २०७७ आइतवार ०७:२१:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडानेपाल डेस्क

    कोरोना संक्रमण फैलन सक्ने भन्दै सतर्कता अपनाउन सीसीएमसीको अपिल 

    क्यानाडानेपाल

    चैत्र २८

  • 202
    SHARES
  • कोरोना संक्रमण फैलन सक्ने भन्दै सतर्कता अपनाउन सीसीएमसीको अपिल 

    काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमण फैलन सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा तिव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । भारतमा संक्रमण बढ्दा नेपालमा पनि संक्रमण बढ्न थालेको छ । 

    यस्तो अवस्थामा सीसीएमसीको शनिबार बसेको बैठकले सबैलाई सतर्कता अपनाउन अपिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय नेपालमा पनि संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखा परेकोले सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपिल गर्ने आजको बैठकले निर्णय गरेको हो । 

    बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भएको र आम रुपमा सतर्कता अपनाउन अपिल गर्ने निर्णय भएको बताए ।
     
    यस्तै बैठकमा सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरूलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोरोनाको लक्षण देखिएका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने काम गर्ने निर्णय गरिएको बरालले बताए । 


    चैत्र २८, २०७७ शनिवार २०:५५:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # सीसीएमसी

  • क्यानाडानेपाल डेस्क

    यस्तो छ पत्रकार महासङ्घको नवनिर्वाचित समितिको मतपरिणाम, कसले कहाँ जिते ?

    क्यानाडानेपाल

    चैत्र २८

  • 198
    SHARES
  • यस्तो छ पत्रकार महासङ्घको नवनिर्वाचित समितिको मतपरिणाम, कसले कहाँ जिते ?

    काठमाडौं - नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । आज साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा लोकतान्त्रिक प्रगतिशील प्यानलका विपुल पोख्रेल छ हजार ९४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्माले तीन हजार ९१५ मत प्राप्त गर्नुभएको छ । यस्तै अध्यक्ष पदका अर्का प्रत्याशी गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत प्राप्त गर्दा रामप्रसाद दाहालले १५६ मत प्राप्त गर्नुभएको छ ।

    नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल भारी मतले निर्वाचित नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल भारी मतले निर्वाचित

    वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले छ हजार ७४१ मत प्राप्त गरी विजयी हुनुभएको छ । सोही पदमा माधव नेपालले तीन हजार ७८१ र रामजी दाहालले ६०५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष (महिला)का बाला अधिकारीले सात हजार २२६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निटकतम प्रतिद्वन्द्वी अवधेश झाले तीन हजार ५६१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष (समावेशी)मा उदय जिएमले छ हजार ११७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी मोहनकुमार सिंहले ९८१ मत प्राप्त गर्नुभएको छ ।

    महासचिवमा रोशन पुरीले छ हजार २४२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी बालकृष्ण बस्नेतले तीन हजार ८६० मत र सुबोध गौतमले ८९९ मत प्राप्त गर्नुभएको छ । सचिव खुलामा गोविन्दप्रसाद चौलागाईँले छ हजार ७१ मत प्राप्त गरेर विजयी हुँदा रामकृष्ण ज्ञवालीले तीन हजार २१ मत, जन्मदेव जैशीले एक हजार १२७ र यम विरहीले ७५७ मत प्राप्त गर्नुभएको छ । सचिव (महिला)मा सिर्जना अर्यालले पाँच हजार ५८० मत प्राप्त गर्दा निमा काफ्लेले चार हजार ८९ मत प्राप्त गर्नुभयो । आदिवासी जनजाति सचिवमा नारायणसुन्दर किलम्बूले छ हजार ३०० मत प्राप्त गर्दा शाहीमान राईले तीन हजार २८९ र रामकुमार श्रेष्ठले एक हजार ११३ मत प्राप्त गर्नुभयो ।

    सचिव (मधेशी)मा दीपेन्द्र चौहानले पाँच हजार ६९६, स्वेता सिन्हाले चार हजार ४६१ र देवकुमार यादवले ६४७ मत प्राप्त गर्नुभयो । सचिव दलितमा हेमकर्ण विकले पाँच हजार ९५८ मत प्राप्त गर्दा मधु शाही चार हजार ६४६ मा सीमित हुनुभयो । सचिव एशोसिएटमा पवन आचार्यले पाँच हजार ७३५, रामेश्वर कार्की दुई हजार ८००, राधेश्याम दाहाल ३४९ र विनय देवकोटाले २५७ मत प्राप्त गर्नुभयो ।

    कोषाध्यक्षमा कलेन्द्र सेजुवालले पाँच हजार ६७८ मत पाउँदा कृष्ण गिरीले तीन हजार २७८, प्रकाश थापाले ६१८, माधव दुलालले एक हजार आठ मत पाउनुभयो । लेखा समिति संयोजकमा लेखनाथ न्यौपानेले पाँच हजार ६८८, द्वारिकाप्रसाद काफ्लेले तीन हजार १९१ र लक्ष्मण कार्कीले एक हजार ७१४ मत पाउनुभयो । 

    सदस्य खुलामा छविलाल तिवारीले चार हजार ९०० मत र वासुदेव शर्माले पाँच हजार ९१ मत प्राप्त गरी विजयी हुनुभयो । यस्तै माधव पौडेल पाँच हजार ९४, रमेश खतिवडा चार हजार ६५९ र शिवराज खत्रीले चार हजार ३५९ मत प्राप्त गरी खुला सदस्यमा जित निकाल्न सफल हुनुभयो । सदस्य (महिला) खस–आर्यमा सरिता तिम्सिनाले चार हजार ८९१, सदस्य (महिला) मधेशीमा ललिताकुमारी साहले पाँच हजार ७८६, सदस्य (महिला) आदिवासी जनजातिमा शान्ता आङबुहाङले पाँच हजार ५८८, सदस्य आदिवासी जनजातिमा भिसन राईले चार हजार ८६८ मत प्राप्त गर्दा आदिवासी जनजाति महिला सदस्यमा सन्चकुमारी लामा तामाङले पाँच हजार ५०२ मत प्राप्त गरी विजयी हुनुभयो ।

    निर्वाचन समितिले प्रकाशित गरेको विवरणअनुसार दलित सदस्यमा प्रकाश धौलाकोटीले छ हजार ८२, दलित महिला सदस्यमा राधा नेपालीले पाँच हजार ७३४, मधेशी सदस्यमा सुभाषप्रसाद साहले चार हजार ६७८, मधेशी महिला सदस्यमा रिङ्कुकुमारी मिश्रले पाँच हजार ६६३, अपाङ्गता सदस्यमा नवीन रिजालले पाँच हजार १९२ मत प्राप्त गरी विजयी हुनुभयो । 

    त्यस्तै अल्पसङ्ख्यक सदस्यमा इफ्तार हसनले पाँच हजार १३९, प्रदेश नं १ को सदस्यमा अमर खड्का ८५९ र दीपेन्द्र रुम्दाली राईले ५०१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रदेश नं २ मा केसी लामिछाने २७१ र शिव पुरीले ३१९ मत प्राप्त गरी जित निकाल्दा, वाग्मती प्रदेशमा ध्रवकुमार रावलले ६२५ र सुनिल खड्काले ६२६ मत प्राप्त गरी विजयी हुनुभयो । गण्डकी प्रदेशको सदस्यमा त्रिभुवन पौडेलले ६३८ र प्रदीप काफ्लेले ५५३ मत प्राप्त गरी विजयी हुनुभयो ।

    लुम्बिनी प्रदेशमा भवानीप्रसाद पाण्डे ७९२ र सुशील पोखरेलले ६३६ मत प्राप्त गरी विजयी हुनुभयो । कर्णाली प्रदेश सदस्यमा दीपेन्द्र शर्मा ५४१ र भीमबहादुर सिंह ३३३ मत तथा सुदूरपश्चिम प्रदेश सदस्यमा उत्तरसिंह विष्ट ७७१ र भरतबहादुर शाहले ७०३ मत प्राप्त गरी विजयी हुनुभयो । उपत्यका सदस्यमा शन्तराम बिडारीले एक हजार २०८ र ज्ञानप्रसाद पौडेलले ८२७ मत प्राप्त गर्दा, प्रतिष्ठान सदस्यमा मणि दाहाल ४९१ र रामकृष्ण अधिकारीले ५८६ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

    एशोसिएट सदस्यमा कृति भट्टराई २७४ र विकास कार्कीले ३०१ मत प्राप्त गरी जित निकाल्नुभयो । यस्तै लेखा समिति सदस्य खुलामा मुकुन्दप्रसाद भण्डारी पाँच हजार ५३७ र देवी सापकोटाले पाँच हजार ४४३ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

    अधिकांश सदस्यमा लोकतान्त्रिक प्रगतिशील प्यानल विजयी भएको छ । सो प्यानलमा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार सङ्घलगायतका संस्था आबद्ध थिए ।

    विजयी भएपछि नवनिर्वाचित अध्यक्ष पोख्रेलले पत्रकारको साझा संस्थाका रूपमा रहेको महासङ्घको मर्यादालाई थप विस्तारित गर्ने दृढता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सङ्गठनका अध्यक्ष महेश्वर दाहाललगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । महासङ्घको निर्वाचन यही चैत २५ गते भएको थियो ।रासस
     


    चैत्र २८, २०७७ शनिवार २०:१७:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल पत्रकार महासङ्घ

  • क्यानाडानेपाल डेस्क

    राजकुमार फिलिपको निधनमा राष्ट्रपति भण्डारीद्वारा समवेदना व्यक्त

    क्यानाडानेपाल

    चैत्र २८

  • 194
    SHARES
  • राजकुमार फिलिपको निधनमा राष्ट्रपति भण्डारीद्वारा समवेदना व्यक्त

    काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गरेकी छिन् । 

    सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट नेपालले पुरानो मित्र गुमाएको बताएकी छिन् ।

    यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजकुमार फिलिपको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै आफ्ना बेलायती समकक्षी बोरिस जोनसनमा हार्दिक सहानुभूति प्रकट गरेकी छिन् ।

    सन्देशमा उनले राजकुमार फिलिपले मानवताका लागि गरेको सत्कार्यको भावी पुस्ताले सम्झिरहने बताएकी छिन् ।रासस


    चैत्र २८, २०७७ शनिवार १७:५१:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फिलिप

  • क्यानाडानेपाल डेस्क

    नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३७ जनामा कोरोना संक्रमण 

    क्यानाडानेपाल

    चैत्र २८

  • 176
    SHARES
  • नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३७ जनामा कोरोना संक्रमण 

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ३ सय ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३५ सय ३२ वटा पीसीआर परिक्षण गर्दा ३ सय ३७जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा १ सय ५१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ७३ हजार ८ सय ८६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या एक रहेको छ। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     


    चैत्र २८, २०७७ शनिवार १६:२४:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल भारी मतले निर्वाचित

    क्यानाडानेपाल

    चैत्र २८

  • 382
    SHARES
  • नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल भारी मतले निर्वाचित

    काठमाडौँ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् ।  बुधबार भएको २६ औं महाधिवेशनबाट प्रतिस्पर्धी निर्मला शर्मा र गजेन्द्र बुढाथोकीलाई पछाडी पार्दै पोखरेल विजयी भएका हुन् ।

    महासंघकाअनुसार अध्यक्षमा पोखरेल भारी मतले निर्वाचित भएका हुन् । विजयी भएपछि  पोखरेल प्यानलले विजय जुलुस निकाल्न थालेका छन् ।

    मतदानको मतगणना सकिए पनि केही जिल्लाको मत भने आउन बाकीँ रहेको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, महासचिवमा रोशन पुरी, उपाध्यक्ष समावेशीमा उदय जिएम निर्वाचित भएको महासङ्घले जनाएको छ ।  
     
    त्यस्तै, खुला सचिवमा गोविन्द चौलागाई, सचिव आदिवासीमा नारायण सुन्दर किलम्बु, सचिव दलितमा हेमकर्ण विक, सचिव एशोसियटसमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएको महासङ्घले जनाएको छ ।

     त्यस्तै खुला सचिवमा गोविन्द चौलागाई, सचिव आदिवासीमा नारायण सुन्दर किलम्बु, सचिव दलितमा हेमकर्ण विक, सचिव एशोसियटसमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् । 
     


    चैत्र २८, २०७७ शनिवार १५:५२:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल पत्रकार महासङ्घ
  • # विपुल पोखरेल

  • क्यानाडानेपाल डेस्क

    images
    images
    ताजा खबर