• Jan 26 2021 | २०७७, माघ १३गते

२०७७, माघ १३गते

मनोज गुजरेलद्वारा ‘प्लाज्मा’ दान 

क्यानाडानेपाल पौष २९ २०७७
  • 1000
    SHARES
  • मनोज गुजरेलद्वारा ‘प्लाज्मा’ दान 

    काठमाडौं । हास्यव्यंग्य कलाकार मनोज गजुरेलले कोरोनाभाइरस संक्रमित (कोभिड १९ बिरामी)को उपचारमा महत्वपूर्ण मानिएको ‘प्लाज्मा’ दान गरेका छन् । 

    कोरोना संक्रमित भएर निको भई स्वास्थ्य लाभ गरेका कलाकार मनोजले बुधबार प्लाज्मा दान गरेका हुन् । कोरोना संक्रमणमुक्त भएकाहरुबाट लिइएको प्लाज्माबाट अर्काे संक्रमितको प्लाज्मा थेरापी उपचार पद्धति प्रभावकारी मानिएको छ । 

    प्लाज्मा दान भने सामान्य रक्तदान जस्तै भएको भन्दै कलाकार मनोजले ’प्लाज्मा दान’ गर्न पाउँदा अत्यन्तै भाग्यमानी महसुस गरेको जानकारी दिएका छन् । 

    यसबारे उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् :

    कोभिड उपचारमा ’प्लाज्मा थेरापी’को प्रयोग निकै प्रभावकारी मानिएको छ । यो पद्धतीमा  ’कोभिड विजेता’को रगतबाट निकालिएको ’प्लाज्मा’ प्रयोग गरि अन्य बिरामीको उपचार गरिन्छ । यसैका लागि आज ’प्लाज्मा डोनेट’ गर्न पाउँदा अत्यन्तै भाग्यमानी महसुस गरेको छु ।

    कोरोना संक्रमितलाई गरिने प्लाज्मा थेरापी भनेको के हो ? कोरोना संक्रमितलाई गरिने प्लाज्मा थेरापी भनेको के हो ?

    यसको लागि उत्प्रेरित गर्ने डा. बिपिन नेपाल लाई धेरै धन्यवाद । ’प्लाज्मा डोनेसन’ भनेको सामान्य रक्तदानजस्तै हो । ईच्छुकलाई डोनेशन गर्न अनुरोध गर्दछु । यो निःशुल्क सेवा हो । एबी प्लस रक्त समुहको मेरो प्लाज्माले कसै न कसैलाई पुनर्जिवन प्राप्तीका लागि सहयोग पुग्ने बिश्वास लिएको छु । सकेसम्म रोग नलागोस् । लागि हालेमा चाँडै निको होस् । 


    पौष २९, २०७७ बुधवार १८:१७:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # प्लाज्मा

  • क्यानाडानेपाल

    अर्कोसमाचार

    दुर्गेश थापाले किन लुकाए श्रीमती ? छोरा भएपछी आँखाभरि आँशु बोकी खोले सबै वास्तविकता

    क्यानाडानेपाल

    माघ १२

  • 470
    SHARES
  • दुर्गेश थापाले किन लुकाए श्रीमती ? छोरा भएपछी आँखाभरि आँशु बोकी खोले सबै वास्तविकता

    काठमाडौं । गायक दुर्गेश थापा छोराको बुवा बनेका छन् र यहि खुशियाली साट्दै आफ्नो विवाह भएको समेत दर्शक सामू खुलाएका छन् । श्रीमती प्राची लामाको नाम सहित आफ्नो छोराको तस्विर सार्वजनिक गरेका छन् ।

    दुर्गेश थापाले किन श्रीमतीलाई आज सम्म लुकाएर राखे भन्ने प्रश्न अहिले उब्जिन थालेको छ । दुर्गेश थापाले अहिले सम्म श्रीमतीलाई कतै पनि खुलाएका छैनन् साथै न त कुनै तस्विर नै राखेका छन् । धेरैलाई दुर्गेश सिंगल भन्ने थियो तर अचानक छोरा सहितको तस्विर राख्दा धेरै चखित परेका छन् ।

    आज एक गितको शुटिङ्गको क्रममा दुर्गेश थापाले मिडियासँग कुराकानी गर्दै आफूले श्रीमती लुकाउनुको रहस्य बारे बोलेका छन् । आफ्नो चाहना भन्दा पनि श्रीमती कै चाहनाले गर्दा यो कुरा लुकाएको उल्लेख गरेका छन् ।

    दुर्गेशले भने, "खास मैले भन्दा श्रीमतीले यो कुरा नखुलाउन मलाई भनेकी हुन् । अहिले श्रीमतीको बारेमा खुलाउँदा फ्यानहरु घट्ने हुन् कि भनेर श्रीमतीले नै क्यारियरमा फोकस गर्नु भनेर यो कुरा गोप्य राखेका हौँ तर जब छोरालाई हातमा बोकें मेरो आँखाबाट आँशु झर्यो । अनि खुशी साथ मैले यो खुशी दर्शक सामू व्यक्त गरेको हुँ ।"


    माघ १२, २०७७ सोमवार २१:३०:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दुर्गेश थापा

  • मदन रिजाल

    अभिनेत्री रेनु योगीसँग जोडि बाध्दै प्रदीप खड्का

    क्यानाडानेपाल

    माघ १२

  • 160
    SHARES
  • अभिनेत्री रेनु योगीसँग जोडि बाध्दै प्रदीप खड्का

    काठमाडौं - निर्देशक दिनेश राउतको नयाँ फिल्म 'प्रकाश' मा नयाँ अभिनेत्री भित्रिएकी छिन् । यस फिल्म मार्फत रेनु योगीले फिल्ममा अभिनेत्रीको रुपमा डेब्यू गर्ने भएकी छिन् ।

    फिल्ममा चर्चित अभिनेता प्रदीप खड्काको मूख्य अभिनय रहने भएको छ । फिल्ममा प्रदिपले रेनुसँग जोडि बाध्ँनेछन् । 

    फिल्मको प्रस्तुति र क्यारेक्टरसँग मिल्ने भएकाले रेनुलाई यस फिल्ममा अनुबन्ध गरिएको हो । ‘मितज्यू’ नामक नाटक खेलेकी रेनुको अभिनय दर्शकले रुचाएका थिए । 

    फिल्मको छायांकन जुम्लामा गरिने भएको छ । फिल्ममा प्रदिपले गाउँले यूवकको भूमिका निर्वाह गर्दैछन् । बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् ।  


    माघ १२, २०७७ सोमवार १९:०९:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदीप खड्का
  • # रेनु योगी

  • क्यानाडानेपाल डेस्क

    रहेनन् ‘यो नानीको मिर्मिरे आँखा’का सर्जक धनबहादुर गायक

    क्यानाडानेपाल

    माघ १२

  • 206
    SHARES
  • रहेनन् ‘यो नानीको मिर्मिरे आँखा’का सर्जक धनबहादुर गायक

    पोखरा - यो दाजुको मिरमिरे आँखा
    कस्तो मेरो बिगा¥यो दिमाख
    नरोऊ मायालु... 
    (गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक) 

    गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक  निधन भएको छ । गायकको उपचारको क्रममा आज बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो । पोखरा–१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर–अमर गीतका सर्जक हुनुहुन्थ्यो । विसं २०२१ मा जन्मनुभएका गायक छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सघन उपचार कक्षमा उपचारत हुनुुहुन्थ्यो । गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशालासमेत चलाउँदै आउनु भएको थियो । उहाँ “लोक संस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छ”  भन्नेमा विश्वास गर्नुहुन्थ्यो ।  गन्धर्व गायनका चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बन्नुभएको थियो । 
     झलकमानले नेपाली मौलिक गीत सङ्गीतको सिर्जना र संरक्षणमा आफ्नो जीवन नै समर्पण गर्नुभयो तर उहाँको योगदानको कदर कहीँकतैबाट नभएकाले उहाँको स्मृति र सारङ्गी संरक्षणका लागि उक्त पाठशाला खोलिएको गायकले बताउँदै आउनुभएको थियो  ।  एक दशकअघि दुई सारङ्गीबाट शुरु गरिएको सो पाठशालामा संरक्षकका रुपमा लोककवि अलिमियाँ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ रहनुभएको छ । लोकगीतको संरक्षणमा सक्रिय मियाँले  दशकअघि धनबहादुरले जाहेर गरेको इच्छालाई मूर्तरुप दिन १० सारङ्गी प्रदान गरेर गायकलाई हौसला थप्नुभएको थियो । उक्त पाठशालामा आठ वर्षदेखि २५ वर्षसम्म उमेर समूहकाहरुले सारङ्गी रेट्न सिकिरहेका छन् । 

    सहपाठी, संस्कृतिकर्मी र लोकगायिकाका नजरमा धनबहादुर 
    कृष्ण थापा, सहपाठी एवम् गण्डकी प्रदेशसभा सदस्य )
    पोखरा– १६ बाटुलेचौरका धनबहादुर गायक र म स्कूले सहपाठी हौँ । सानैदेखि गीतसङ्गीतप्रति उहाँको रुचि जीवनका अन्तिम प्रहरसम्म उस्तै जीवन्त रह्यो ।  तत्कालीन समयमा म पोखराको मेयर हुँदा उहाँ कार्यालय सहयोगी हुनुहुन्थ्यो तर उहाँको सङ्गीतप्रतिको झुकाव  देखी विन्ध्यवासिनी सङ्गीत पाठशाला खोलेर त्यसको जिम्मा उहाँलाई सुम्पियो । उहाँ सारङ्गी र मादलका सम्राट् नै हुनुहुन्थ्यो । गन्धर्व समाजका संस्थापकसमेत रहनुभएका उहाँ राम्रो गायक, रचनाकार पनि हुनुहुन्थ्यो ।  एकदमै मिलनसार, मुदुभाषी र सामाजिक व्यक्तित्व गायकको निधनले यस क्षेत्रलाई अपूरणीय क्षति पु¥याएको छ । 
     

    मैले तत्कालीन समयमा  मातृशिशु मितेरी अस्पतालको शिशुस्याहार केन्द्रको सानो भवन उपलब्ध गराएर  सारङ्गी पाठशालाका सञ्चालनका लागि होस्टेमा हैँसे गरेको थिएँ । बाटुलेचौरसँगै झलकमान र  जनकविकेशरी धर्मराज थापा अनि  पछिल्लो समय धनबहादुर गायकसँग लोकसंस्कृतिको गौरवको गाथा जोडिएको थियो । लोकगीत र संस्कृतिको उर्वरभूमि बाटुलेचौरमा अहिले लोकबाजा सारङ्गी सिक्न नयाँ पुस्तालाई उहाँले नै आकर्षित गर्नुभएको थियो ।  उहाँको निधनले गन्धर्व संस्कृतिमा ठूलो क्षति पुगेको छ । 

    तीर्थ श्रेष्ठ, साहित्यकार तथा संस्कृतिकर्मी 
    धनबहादुर गायक लोकसंस्कृति एक सशक्त धरोहर हुनुहुन्थ्यो । लामो समयदेखि म उहाँसँग परिचित छु, डाँफे कला मन्दिर आरम्भदेखि हामी सँगै भयौंँ । बहुप्रतिभाशाली उहाँ गायन, वाद्यवादन, नृत्य  तीनै कुरामा पोख्त हुनुहुन्थ्यो । उहाँको गायक सरोजगोपालसँग पनि निकै राम्रो सम्बन्ध थियो । पोखराको कुनै पनि साङ्गीतिक गतिविधिमा धनबहादुर भएनन् भने के भएन जस्तो लाग्थ्यो । पछिल्लो समय झलकमान गन्धर्व सारङ्गी संरक्षण पाठशाला खोलेर उहाँले नयाँ पुस्तालाई सारङ्गी र मादल सिकाई संस्कृति हस्तान्तरण गर्नुभयो ।  यो उहाँको निकै महत्पूर्ण योगदान हो । उहाँले क्रिश्चियन धर्म अपनाए तापनि हिन्दूधर्ममा उस्तै आस्था र श्रद्धा थियो । विन्ध्यवासिनी मन्दिरमा दशैँका समयमा  सारङ्गी र मादलको धुनबाट मादलबाट मालश्री धुन बजाउन उहाँले सहयोग गर्नुभयोे । पोखराको महत्वपूर्ण साङ्गीतिक सङ्घसंस्थामा उहाँको संलग्नता थियो, उहाँ जस्तो कर्मठ सर्जक सम्भवतः अब यस क्षेत्रमा पाउन निकै मुश्किल पर्नेछ । 

    हरिदेवी कोइराला, प्राज्ञ एवम् लोकगायिका
    बाटुलेचौरको माटो लोकसंस्कृतिले सिञ्चित छ । गन्धर्व समुदायको बस्ती  पनि यस क्षेत्रको एउटा विशेषता हो । सामाजिक मूल्यमान्यता, रहनसहन, संस्कृति र संस्कारको प्रतिविम्ब लोकगीतको मौलिकतामा भेटिने यस क्षेत्रका सर्जक धनबहादुर गायकको निधनले अपूरणीय क्षति पु¥याएको छ । उहाँ अजर –अमर गीतका सर्जक मात्र नभई कुशल वाद्यवादक पनि हुनुहुन्थ्यो  ।  उहाँ पोखरेली सङ्गीतका क्षेत्रमा मात्र नभई नेपालको सङ्गीत क्षेत्रको एउटा असल सङ्गीतकर्मी पनि हुनुहुन्थ्यो ।  उहाँ पुर्खाको चिनोलाई जर्गेना गर्न तल्लीन हुनुभयो । उहाँले पछिल्लो पुस्तालाई सारङ्गीको संरक्षणमा सहभागी गराउनुभयो । लोकसंस्कृति विशेष गरी सारङ्गी संरक्षणमा उहाँले पु¥याएको योगदान निकै महत्वपूर्ण छ । रासस


    माघ १२, २०७७ सोमवार १३:३४:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # धनबहादुर गायक

  • क्यानाडानेपाल डेस्क

    दुर्गेश थापा बुवा बन्दा शुभचिन्तक चकित

    क्यानाडानेपाल

    माघ ११

  • 640
    SHARES
  • दुर्गेश थापा बुवा बन्दा शुभचिन्तक चकित

    काठमाडौं - चर्चित गायक तथा मोडल दुर्गेश थापा बुबा बनेका छन् । आइतबार सामाजिक सञ्जाल फसबुकमार्फत गायक थापाले आफु बुबा बनेको जानकारी गराएका हुन् । 

    durgesh.jpg

    प्राची लामासँग प्रेम विवाह गरेका थापाले आफु बुबा बनेको भन्दै फेसबुकमा तस्बिर शेयर गरेका छन् । उनले "नयाँ मान्छेलाई सुनौलो संसारमा स्वागत छ" लेख्दै प्राचीलाई पनि ट्याग गरेका छन् । 

    उनले शेयर गरेको पोष्टमा धेरैले बधाई तथा शुभकामना दिएका छन् । धेरै शुभचिन्तकहरूले विवाह नगरी कसरी बुबा भन्दै चकित पर्दै कमेन्ट गरेका छन् । 

    durg.PNG

    केही समयअघि पनि दुर्गेशले आफ्नी प्रेमिका प्राचीलाई सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएका थिए । बिच्च बिच्च बाट चर्चामा आएका दुर्गेश  लोकप्रिय गायकको रुपमा परिचित छन् । 
     


    माघ ११, २०७७ आइतवार १४:०१:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दुर्गेश थापा

  • क्यानाडानेपाल डेस्क

    सन्तु थापा र समिक्षा अधिकारीको पञ्चेबाजा गीत 'लाहुरे दाईलाई' सार्वजनिक (भिडियो)

    क्यानाडानेपाल

    माघ ११

  • 390
    SHARES
  • सन्तु थापा र  समिक्षा अधिकारीको पञ्चेबाजा गीत 'लाहुरे दाईलाई' सार्वजनिक (भिडियो)

    काठमाडौं - गायक सन्तु थापाको नयाँ मौलिक पञ्चेबाजा गीत सार्वजनिक भएको छ । गायक थापा र गायिका समिक्षा अधिकारीको सुमधुर स्वरमा सजिएको 'लाहुरे दाईलाई' बोलको गीतको भिडियो शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । 

    भिडियोलाई गायक थापाको आफ्नै आधीकारीक युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो । गीतमा अनिश दवाडीको शब्द रहेको छ भने संगित संयोजन विश्वाश नेपालको रहेको छ । 

    गीतको स्वरमा प्रेमा राना मगर, रुपी सिंजाली मगर, ओम सेन्चुरी र अमित सुनारले पनि साथ दिएका छन् । त्यस्तै गीतको अडियो मिक्सिङ कुमार रानाले गरेका छन् । 

    भिडियोमा सुमित्रा गुरुङ, सन्तोष मगर, टहलसिंह फुङ्जेली, गितु पुन, अमृता गुरुङ, कपिल मगर, मनिष सेवाल लगायतका कलाकारको अभिनय रहेको छ । भिडियोलाई सन्तु थापा आफैले निर्देशन गरेका छन् भने मधुर बस्नेतले खिचेका छन् ।  


    माघ ११, २०७७ आइतवार १३:४५:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सन्तु थापा

  • क्यानाडानेपाल डेस्क

    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सार्वजनिक गर्दै ‘सत्यम’को अडिशन कल

    क्यानाडानेपाल

    माघ ११

  • 402
    SHARES
  • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सार्वजनिक गर्दै ‘सत्यम’को अडिशन कल

    काठमाण्डौ। अभिनेता राजेश हमालले अभिनय गर्ने नयाँ चलचित्र ‘सत्यम’को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक गर्दै अडिशन कल गरिएको छ । पोस्टरमा हमाललाई महानायक लेख्दै उनको स्केच फोटो राखिएको छ । ‘सत्यम’ शिर्षकसँगै ‘राईजिंग अफ दि हिरोज्’ लेख्दै चलचित्रको शिर्षकलाई परिभाषित पनि गरिएको छ ।

    हमालसँगै अभिनय गर्ने अनुप बिक्रम शाहीको भने नाम मात्र उल्लेख गरिएको छ । ‘ह्यान्डसम भिलेन’ को रुपमा परिचित अनुपको चरित्रको लुक्स सहित छिट्टै पोस्टर सार्वजनिक गरिने निर्देशक शंकर कार्कीले बताए । यो चलचित्रमा हमाल र शाहीसँगै नायक पल शाह र नायिका उपासना सिंह ठकुरीले पनि काम गर्न सहमती जनाएको निर्माता रेशम सापकोटाले बताए ।

    ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको यो चलचित्रमा काम गर्न सहमती जनाउनको लागि अभिनेता हमालले आठ महिना लामो समय लिएका थिए । निर्देशक कार्कीका अनुसार हमालकै अनुरोधमा पुरै चलचित्र टुडि (2D) प्रविधिमा बनिरहेको छ । फ्लोरमा जानुअघि 2D मा हेरेर आवश्यक सुधार गरिने निर्देशक कार्कीले बताए ।

    यो चलचित्रमा हमाल नै मूख्य पात्र (सत्यम) हुन् भने अनुप बिक्रम शाही भिलियनको रुपमा रहनेछन् । स्केच फोटोबाट चलचित्रमा हमालको चरित्र अनुमान गर्न सकिन्छ । यसअघि चलचित्र ‘सौर्य’मा एकसाथ देखिएका राजेश र अनुपको अभिनयलाई लिएर अहिले व्यापक चर्चा छ । लामो समयपछि चलचित्रमा फर्केका हमाल र भिलियनको रुपमा अत्याधिक रुचाईएका अनुपको भिडन्तको दर्शकमाझ व्यग्र प्रतिक्षा रहेको छ ।

    यो चलचित्रमा काम गर्न राजी भएका पल र उपासनाको भूमिका भने खुलाईएको छैन । छिट्टै पत्रकार सम्मेलनको आयोजना गरी अडिशनबाट छनौट भएका अन्य कलाकारहरु तथा बाँकी जानकारी सार्वजनिक गरिने बताईएको छ ।

    अडिशनबाट अन्य दुई मूख्य पुरुष तथा दुई मूख्य महिला कलाकारहरु छनौट गरिने बताईएको छ भने अन्य २२ कलाकारहरु पनि अडिशनबाट नै छानिनेछन् । चार जना मूख्य चरित्र अभिनेता, दुई जना मूख्य चरित्र अभिनेत्री, तीन सहायक चरित्र अभिनेता, दुई सहायक चरित्र अभिनेत्री, सहायक कलाकार दुई पुरुष तथा दुई महिला साथै दुई जना बाल कलाकार र अन्य छोटो भूमिकाका कलाकारहरु पाँच जनाको लागि अडिशन हुनेछ ।

    satyamaudition.jpg

    काठमाण्डौमा यहि माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिशन हुनेछ । अडिशनमा सहभागि हुन चलचित्र निर्माता कम्पनी नवयुग सिनेमा प्रा.लि.को इमेल ठेगाना [email protected] मा आफ्नो सम्पर्क नम्बर सहित प्रोफाईल तथा शोरिल पठाउनुपर्नेछ ।

    शंकर कार्कीले निर्देशन गर्ने ‘सत्यम’लाई रेशम सापकोटाले लेखेका हुन् । यो चलचित्रमा निर्माता समेत सापकोटा नै हुन् भने एशोसियट निर्माता श्याम मल्ल र गणेश पौडेल हुन् । सह निर्माताहरु रेशम गौतम र कृष्ण अधिकारी हुन् । चलचित्रमा कुटुम्ब ब्याण्डसँगै योगेश काजी र गणेश पौडेलले संगीत दिएका छन् भने दुई गीतमा रेशम सापकोटा र एक गीतमा बिष्णु निरिशको शब्द रचना रहेको छ ।

    satyamcasting2.jpg

    चलचित्रको डिओपीमा बिदुर पाण्डे ‘नबिन’, प्रडक्शन हेड दिनेश प्रकाश महरा, प्रडक्शन म्यानेजर प्रकाश हमाल, एशोसियट निर्देशक सुबास सुबेदी, सह निर्देशकहरु राम कुमार श्रेष्ठ र शान्ती तामांग रहनेछन् । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्ट मान महर्जनको द्वन्द्व रहनेछ । सार्वजनिक स्केच पोईन्टब्रेक मिडियाले बनाएको हो भने पोस्टर विजय बश्यालले बनाएका हुन् । 


    माघ ११, २०७७ आइतवार १३:३४:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राजेश हमाल
  • # सत्यम

  • क्यानाडानेपाल डेस्क