• Jan 25 2021 | २०७७, माघ १२गते

२०७७, माघ १२गते

‘द गर्ल अन द ट्रेन’ मा टीजरमा परिणीतिको डरलाग्दो अवतार

क्यानाडानेपाल पौष २९ २०७७
  • 406
    SHARES
  • ‘द गर्ल अन द ट्रेन’ मा टीजरमा परिणीतिको डरलाग्दो अवतार

    काठमाडौं - बलिउड अभिनेत्री परिणीति चोपडाको फिल्म ‘द गर्ल अन द ट्रेन’ को टीजर सार्वजनिक भएको छ । रिभू दासगुप्ताले निर्देशन गरेको फिल्म द गर्ल अन द ट्रेन’ को टीजर मंगलबार सार्वजनिक भएको हो । 

    फिल्मको टीजरमा परिणीतिको डरलाग्दो लुक देखिएको छ । टीजरमा परिणीतिले खतरानाक लडाईँ लडिडरहेको देखिएको छ । उनी विभिन्न रुपमा देखिएकी छिन् । 

     फिल्ममा परिणीतिको यस्तो लुक पहिलोपटक हो । यो फिल्म जनवरी २६ मा नेटफ्लिक्समा रिलीज हुनेछ ।  यो फिल्म हलिउड ‘द गर्ल अन द ट्रेन’ को रिमेक हो। 


    पौष २९, २०७७ बुधवार १८:२७:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ट्रेलर
  • # द गर्ल अन द ट्रेन

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    अभिनेत्री जयश्री कोठामा मृत अवस्थामा फेला

    क्यानाडानेपाल

    माघ १२

  • 190
    SHARES
  • अभिनेत्री जयश्री कोठामा मृत अवस्थामा फेला

    काठमाडौं । कन्नड अभिनेत्री जयश्री रमैया मृत अवस्थामा फेला परेकी छिन् । 

    बिग बोस कन्नडकी पूर्व कन्टेस्टेन्ट समेत रहेकी जयश्री सोमबार दिउँसो बेंगलुरुमा वृद्धा आश्रमको कोठामा पासो लागेको अवस्थामा फेला परेको भारतिय मिडिया आजतकमा जनाइएको छ । 

    jaishree_6651243_835x547-m.jpg

    अहिले उनको शव पोस्टमार्टमको लागि नीलामंगला हस्पिटल लगिएको जनाइएको छ । अभिनेत्री जयश्री लामो समयदेखि डिप्रेसनको शिकार भएको र उनको बेंगुलरुमा उपचार भइरहेको थियो । 

    गएको साल जयश्रीले आफ्नो डिप्रेसनको बारेमा सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएकी थिइन् ।

      


    माघ १२, २०७७ सोमवार २१:००:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जयश्री रमैया

  • क्यानाडानेपाल डेस्क

    एसएस राजामौलीको 'आरआरआर' दशैँमा रिलिज हुने

    क्यानाडानेपाल

    माघ १२

  • 152
    SHARES
  • एसएस राजामौलीको 'आरआरआर' दशैँमा रिलिज हुने

    काठमाडौं - ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’को रिलीज डेट सार्वजनिक भएको छ । 

    साउथ फिल्मका चर्चित अभिनेता एनटिआर जुनियर र  राम चरणको मूख्य भूमिका रहेको यस फिल्म आगामी दशैंमा रिलिज हुने भएको हो । 

    rrr.jpg

    भारतिय मिडियाका अनुसार फिल्म ‘आरआरआर’ २०२१ अक्टोबर १३ मा रिलिज हुनेछ । यस फिल्मको नयाँ पोष्टर पनि सार्वजनिक भएको छ । 

    पोष्टरमा एनटिआर र राम चरण घोडा र बाइकमा दौडिएको देखिएको छ । फिल्ममा राम चरण र जूनियर एनटीआरसँगै अजय देवगण, आलिया भाट र श्रीया सरानको पनि मूख्य भुमिका रहेको छ ।

    rrr.jpg

    महँगो लगानीमा निर्माण भइरहेको यस फिल्मलाई महत्वका साथ हेरिएको छ । 
     


    माघ १२, २०७७ सोमवार १८:२२:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एसएस राजामौली
  • # आरआरआर

  • क्यानाडानेपाल डेस्क

    बन्द हुँदै 'द कपिल शर्मा शो'

    क्यानाडानेपाल

    माघ १२

  • 230
    SHARES
  • बन्द हुँदै 'द कपिल शर्मा शो'

    काठमाडौं - भारतकै चर्चित हाँस्य कार्यक्रम हो 'द कपिल शर्मा शो' । हाँस्य कलाकार कपिल शर्माले सञ्चालन गर्दै आइरहेको यस शोलाई धेरैले रुचाउने गर्दछन्। 

    भारतिय मिडियाका अनुसार यस शो फेरि बन्द गर्न लागिएको छ । यस शोका निर्माण पक्ष बन्द गर्ने पक्षमा रहेको बताइएको छ । 

    sikim.jpg

    यस शो बन्द भएपछि नयाँ सिजनमार्फत ल्याउने तयारी भइरहेको बताइएको छ । फेरिएर आउने यस शोमा धेरै परिवर्तन हुने बताइएको छ । 

    यसअघि पनि विभिन्न कारणले यस शो बन्द हुँने र केही समयपछि सञ्चालन हुने भइरहेको छ । अब भने पिल चाँडै नयाँ शैलीमा शोसँगै फर्किने बतायएको छ । 


    माघ १२, २०७७ सोमवार १४:१९:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # द कपिल शर्मा शो

  • क्यानाडानेपाल डेस्क

    विवाह बन्धनमा बाधिँए बलिउड अभिनेता वरुण धवन (तस्बिरसहित)

    क्यानाडानेपाल

    माघ १२

  • 198
    SHARES
  • विवाह बन्धनमा बाधिँए बलिउड अभिनेता वरुण धवन (तस्बिरसहित)

    काठमाडौं - बलिउड अभिनेता वरुण धवनको विवाह बन्धनमा बाधिँएका छन् । उनले फेसन डिजाइनर नताशा दलालसँग आइतबार मुम्बईमा विवाह गरेका हुन् । वरुण र नताशाले लामो समयदेखि प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

    barun.PNG

    अहिले उनीहरुको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । विवाह कार्यक्रम २६ जनवरीसम्म चल्ने बताइएको छ । 

    Screenshot_20210125_090731.jpg

    विवाहमा बलिउडका कलाकारहरु सहभागी भएका थिए । विवाह कार्यक्रम सकिएपछि वरुण र नताशा हनिमूनका लागि टर्की जान सक्ने बताइएको छ । 

    photo_2021-01-25_10-11-34_6650878_835x547-m.jpg

     वरुणले विवाह गरेकी नताशा फेसन डिजाइनर हुन् ।  उनले आफ्नो विवाहका लागि आफैंले डिजाइन गरेर पहिरिएकी छिन् ।

    barun natasa.PNG

    barun.jpg 
      


    माघ १२, २०७७ सोमवार १२:३९:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वरुण धवन

  • क्यानाडानेपाल डेस्क

    'थ्यांक गड' मा यमराजको भूमिकामा निभाउदै अजय देवगन

    क्यानाडानेपाल

    माघ १०

  • 422
    SHARES
  • 'थ्यांक गड' मा यमराजको भूमिकामा निभाउदै अजय देवगन

    काठमाडौं - बलिउड अभिनेता अजय देवगनको नयाँ फिल्म 'थ्यांक गड' को पछिल्लो समय निकै चर्चा छ । यस फिल्ममा अजयले यमराजको भूमिका निभाउने भएका छन् । 

    इन्द्र कुमारले  निर्देशन गर्ने यस फिल्ममा छायांकन पनि शुक्रबारदेखि शुरु गरिएको छ । छायांकन दिल्लीमा हुने बताइएको छ । 

    यस फिल्ममा अजय मात्र नभई सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंहको पनि अभिनय रहनेछ ।  यो एक कमेडी फिल्म हुने भारतिय मिडियामा बताइएको छ । फिल्ममा मानिस र यमराज बीचको कथा हुने बताइएको छ । 

    भुषण कुमारले निर्माण गर्न लागेको यस फिल्मलाई लिएर दर्शकहरु अहिले उत्साहित भएका छन् ।  

    यसअघि 'इस्क' मा एकसाथ सहकार्य गरेका अजय र इन्द्र कुमारले अब यस फिल्ममा पनि सहकार्य गर्दैछन् ।

     


    माघ १०, २०७७ शनिवार १३:३०:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अजय  देवगन

  • क्यानाडानेपाल डेस्क

    'बच्चन पाण्डे' मा नौलो अवतारमा देखिए अक्षयकुमार, कहिले रिलीज हुन्छ ?

    क्यानाडानेपाल

    माघ १०

  • 516
    SHARES
  • 'बच्चन पाण्डे' मा नौलो अवतारमा देखिए अक्षयकुमार, कहिले रिलीज हुन्छ ?

    काठमाडौं - बलिउड अभिनेता अक्षय कुमारको नयाँ फिल्म 'बच्चन पाण्डे' को रिलीज मिती र फस्ट लुक सार्वजनिक भएको छ । फस्टलुकमा अक्षयकुमार नौलो अवतारमा देखिएका छन् । 

    उनले मज्जाको दाह्री र निधारमा सल लगाएर गह्रौं सुनको सिक्री  लगाएका छन् । फरहाद शामजीको निर्देशनमा बन्ने यस फिल्ममा अक्षयको एक आँखा फरक खालको देखिएको छ । 

    akchya.PNG

    यस फिल्म २०२२ को जनवरी २६ मा रिलीज हुने भएको छ । अहिले अक्षय यसै फिल्मको सुटिङमा व्यस्त छन् । साजिद नादियाडवालाले निर्माण गर्ने यस फिल्ममा अक्षयसँगै अभिनेत्री कृति सेननको पनि अभिनय रहनेछ ।

    यस फिल्म बाहेक अक्षय कुमार फिल्म पृथ्वीराज, अत्रंगी रे र बेल बोटम मा पनि देखिनेछन् । 


    माघ १०, २०७७ शनिवार १२:४४:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बच्चन पाण्डे

  • क्यानाडानेपाल डेस्क