• Jan 25 2021 | २०७७, माघ १२गते

२०७७, माघ १२गते

प्रधानमन्त्रीको कदमबिरुद्ध ब्यंग्यात्मक कार्टुन प्रदर्शन

क्यानाडानेपाल पौष २९ २०७७
  • 410
    SHARES
  • प्रधानमन्त्रीको कदमबिरुद्ध ब्यंग्यात्मक कार्टुन प्रदर्शन

    काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्ष निकट अनेरास्ववियूले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमबिरुद्ध ब्यंग्यात्मक कार्टुन प्रदर्शन गरेको छ । 

    संसद बिघटनबिरुद्धको दोश्रो चरणको आन्दोलन अन्र्तगत अनेरास्ववियूले बुधबार प्रज्ञा प्रतिष्ठानको डवलीमा ब्यंग्यात्मक कार्टुन प्रदर्शन गरेको हो ।

    प्रधानमन्त्रीको कदमलाई व्यंग्य गर्दै विभिन्न संचारमाध्यमहरुमा विभिन्न मितिमा प्रकाशित गरिएका कार्टुनहरुलाई संकलन गरी प्रदर्शन गरिएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताएका छन् ।

    प्रधानमन्त्रीको कदम नसच्चिएसम्म आन्दोलन जारी रहने भन्दै उहाले आन्दोलनका अन्य कार्यक्रम तय गरिने जानकारी दिएका छन् ।

    प्रदर्शनमा सहभागीहरुले संसद बिघटन गर्ने कार्य असंवैधानिक भएको भन्दै प्रधानमन्त्रीबिरुद्ध नारा लगाएका थिए । 


    पौष २९, २०७७ बुधवार १९:१६:०५ बजे : प्रकाशित


    क्यानाडा नेपाल / संवाददाता

    अर्कोसमाचार

    नागरिक समाजका अगुवामाथि बल प्रयोग भएकामा निन्दा

    क्यानाडानेपाल

    माघ १२

  • 102
    SHARES
  • नागरिक समाजका अगुवामाथि बल प्रयोग भएकामा निन्दा

    काठमाडौं । शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका नागरिक समाजका अगुवामाथि भएको बल प्रयोगको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले विरोध गरेको छ । 

    प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नागरिक समाजका अगुवाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नागरिक समाजका अगुवामाथि पानीको फोहरा हानेको थियो । पानीको फोहराका कारण प्रदर्शनमा सहभागी भएकाहरुमध्ये केही घाइते भएका थिए । 

    fohora.PNG

    प्रदर्शनमा नागरिक समाजका अगुवा कृष्ण पहाडी, खगेन्द्र सङ्ग्रौला,  पत्रकार नारायण वाग्ले, लेखक युग पाठक, सञ्जीव उप्रेतीलगायत सहभागी हुनुहुन्थ्यो । 

    नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज साँझ विज्ञप्ति प्रकाशित गर्दै नागरिक समाजले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारका तर्फबाट भएको बल प्रयोगको निन्दा गर्नुभएको छ । उहाँले लोकतन्त्रको स्थापना र संविधान निर्माणमा नेपाली नागरिक समाजको ऐतिहासिक भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै आज भएको बल प्रयोगले सरकारको निरङ्कुश चरित्र उदाङ्गो भएको आरोप लगाउनुभयो । 

    उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “संविधान र लोकतन्त्रको रक्षाको निमित्त सङ्घर्षमा उत्रँदा गरिएको घोर दमनबाट सरकारको चरम अलोकतान्त्रिक चरित्र उदाङ्गो भएको छ ।” नागरिक आन्दोलनले सञ्चालन गरेको सङ्घर्षप्रति आफ्नो पार्टीले सम्मान व्यक्त गर्दै घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस


    माघ १२, २०७७ सोमवार २२:२०:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नागरिक समाजका अगुवा

  • क्यानाडानेपाल डेस्क

    १६ जना डीएसपीको एसपीमा बढुवा सिफारिस, को को हुँदैछन् ? हेर्नुहोस् 

    क्यानाडानेपाल

    माघ १२

  • 198
    SHARES
  • १६ जना डीएसपीको एसपीमा बढुवा सिफारिस, को को हुँदैछन् ? हेर्नुहोस् 

    काठमाडौं - नेपाल प्रहरीका १६ जना डीएसपीलाई एसपीमा बढुवाको सिफारिस गरिएको छ ।

    सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई एसपीमा बढुवाको सिफारिस गरेको हो।

    बढुवाको लागि सिफारिस भएका १६ जना डीएसपीको नामावली प्रहरी प्रधान कार्यालयले सूचनामार्फत प्रकाशित गरेको छ ।  तलको सूचीमा हेर्नुहोस् 

    dsp1.jpg

    dsp2.jpg

     

     


    माघ १२, २०७७ सोमवार २१:१४:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डीएसपीको एसपीमा बढुवा

  • क्यानाडानेपाल डेस्क

    नेपालमा एकैदिन ४ सय १ जनाले जिते कोरोना, सक्रिय संक्रमित कति ?

    क्यानाडानेपाल

    माघ १२

  • 296
    SHARES
  • नेपालमा एकैदिन ४ सय १ जनाले जिते कोरोना, सक्रिय संक्रमित कति ?

    काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ४ सय १ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४ सय १ जनाले कोरोनालाई जितेको जानकारी दिएको हो ।

    यससँगै नेपालमा कोरोना जित्नेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ५८ जनाको परिक्षण गर्दा मुलुकभर ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १ सय ३३ महिला र २ सय ६ पुरुष रहेका छन् ।   

    यससँगै कोरोना संक्रमितको कूल संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ । हालसम्म ३ हजार २ सय ४० सक्रिय संक्रमित रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा १० जना कोरोनाभाइरस संक्रमितले ज्यान गुमाएका छन् । योसँगै कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


    माघ १२, २०७७ सोमवार १७:५६:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    उखु किसानको वक्यौता रकम नदिने उद्योगीलाई कारबाही गर्न गृह मन्त्रालयको ताकेता 

    क्यानाडानेपाल

    माघ १२

  • 150
    SHARES
  • उखु किसानको वक्यौता रकम नदिने उद्योगीलाई कारबाही गर्न गृह मन्त्रालयको ताकेता 

    काठमाडौं । सरकारले उखु किसानको वक्यौता दिन आनाकानी गर्ने चिनी उद्योगीहरुलाई कारबाही गर्न मातहतका निकायलाई ताकेता गरेको छ । 

    गृहमन्त्रालले भुक्तानी गर्न अटेर गर्ने उद्योगका सञ्चालकहरुलाई कानून बमोजिम कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन भएको र ती निर्देशन कार्यान्वयन हेतु निरन्तर ताकेता भइरहेको जानकारी दिएको हो । 

    सोमबार गृहमन्त्रालयले विज्ञप्ति जारी गरेर उखु किसानको भुक्तानी दिन अटेर गर्ने चिनी उद्योगका सञ्चालकहरुलाईलाई कानुनअनुसार कारबाही गर्न यसअघि मन्त्रालययले दिएको निर्देशन कार्यान्वयन गर्न मातहतका निकायलाई ताकेता गरेको जानकारी दिएको हो । 

    गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिको पूर्णपाठ :

    रौतहट, सर्लाही र पश्चिम नवलपरासी लगायत विभिन्न जिल्लामा सञ्चालित चिनी उद्योगहरूले किसानबाट उखु खरिद गरे बापतको रकम भुक्तानी नदिएको सम्बन्धमा उखु किसानहरूले पाउनुपर्ने बक्यौता रकम भुक्तानीका लागि विगत देखि नै गृह मन्त्रालय र मातहत निकायबाट आवश्यक समन्वय एवं प्रयास हुँदै आएको व्यहोरा विदितै छ ।

    लामो समयसम्म पनि उखु किसानहरुको बक्यौता रकम भुक्तानी नगर्ने ती उद्योगका सञ्चालकहरू उपर आवश्यक कारबाही गरिदिन भनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट गृह मन्त्रालयलाई अनुरोध भएअनुसार माननीय गृहमन्त्री रामबहादुर थापा “बादल“को अध्यक्षतामा मिति २०७७ मंसिर ३० गते सम्पन्न बैठकको निर्णयानुसार उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने इन्दिरा सुगर एण्ड इण्डष्ट्रिज प्रा.लि. नवलपरासी, लुम्बिनी चिनी उद्योग प्रा.लि. सुनील नवलपरासी, अन्नपूर्ण सुगर एण्ड जेनेरल इण्डष्ट्रिज प्रा.लि. सर्लाही र श्रीराम सुगर मिल्स लि. महम्मदपुर रौतहटका सञ्चालकहरूलाई तत्काल कानून बमोजिम कारबाही गर्न प्रहरी प्रधान कार्यालय र सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकिएको छ । 

    उक्त निर्देशन बमोजिम प्रमुख जिल्ला अधिकारीहरूबाट बक्यौता रकम भुक्तानीको लागि थप पहल भइरहेको छ । बक्यौता रकम नतिर्ने उद्योगका सञ्चालकहरूको नाममा पक्राउ पुर्जी जारी भई कानूनी कारबाही प्रक्रिया सुरू भएको छ । सोको फलस्वरूप हालसम्म श्रीराम सुगर मिल्स लि.बाट भुक्तानी गर्नुपर्ने सम्पूर्ण रकम रू. ४० करोड उद्योगको खातामा जम्मा गरी हालसम्म रू. ३५ करोड ७५ लाख ४४ हजार रूपैया कृषकहरुलाई भुक्तानी भईसकेको छ । 

    त्यसैगरी इन्दिरा सुगर एण्ड इण्डष्ट्रिज प्रा.लि.बाट रू. ३० लाख, लुम्बिनी चिनी उद्योग प्रा.लि.बाट रू. ४ करोड ९५ लाख र अन्नपूर्ण सुगर एण्ड जेनेरल इण्डष्ट्रिज प्रा.लि.बाट रू.१० करोड ८८ लाख रकम भुक्तानी भएको छ । साथै ती उद्योगहरुबाट भुक्तानी हुन बाँकी रकम यथासक्य छिटो वितरण गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई पुनः निर्देशन दिइएको, भुक्तानी गर्न अटेर गर्ने उद्योगका सञ्चालकहरुलाई कानून बमोजिम कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन भएको र गृह मन्त्रालयबाट ती निर्देशन कार्यान्वयन हेतु निरन्तर ताकेता भईरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

    press note.jpg


    माघ १२, २०७७ सोमवार १७:४६:४३ बजे : प्रकाशित

     कोटेश्वर–कलङ्की सडकखण्डमा ट्राफिक बत्ती जडान गरिने 

    क्यानाडानेपाल

    माघ १२

  • 252
    SHARES
  •  कोटेश्वर–कलङ्की सडकखण्डमा ट्राफिक बत्ती जडान गरिने 

    काठमाडौँ।  सडक विभागले चक्रपथको विस्तार भइसकेको खण्डमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । विभागले दुई वर्ष पहिले चीन सरकारका आर्थिक सहयोगमा विस्तार भएको कोटेश्वर–कलङ्की सडकमा सात स्थानमा बत्ती राख्न लागेको हो । विभागले सवारीसाधनको चाप बढी भएका र पैदलयात्रु बढी भएका सडकमा ट्राफिक बत्ती जडान गर्दै आएको छ । यस सडकमा चालू आवभित्रै सम्झौता गर्ने योजना रहेको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए ।

    चक्रपथका विभिन्न खण्डमा बत्ती राख्न चालू आवमा बजेट नभए पनि अर्को वर्ष निरन्तर हुने गरी सम्झौता गरिने उनको भनाइ छ । उनले भने, “यो वर्ष ठेक्का सम्झौता भइसकेर अर्को वर्ष बनिसक्नेछ ।”   सरकारले दुई वर्ष पहिलेदेखि उपत्यकाका विभिन्न सडकमा र जेब्राक्रसिङमा ट्राफिक बत्ती जडान गर्दै आएको छ । बढी सवारी चाप भएका ठाउँमा बत्तीका कारण सवारीसाधन व्यवस्थापन गर्न सजिलो भएको देख्न सकिन्छ । विभागले चालू आवभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गर्दैछ । 

    उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । पाँच चोक र त्यहाँका आठ जेब्राक्रसिङमा बत्ती जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख ओझाले जानकारी दिए । ती बत्ती जडानका लागि रु एक करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ ।

    विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेका थिए । पहिले थापाथलीमा एउटा निजी सस्ंथाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो । सो प्रविधि सफल नभएपछि संस्थाले बत्ती निकालेर लगेको उनले जानकारी दिए । 

    तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले जडीबुटीमा बत्ती जडान गरेको थियो । बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको उनले बताए । रासस 

     


    माघ १२, २०७७ सोमवार १५:३०:५५ बजे : प्रकाशित

    अझै हिउँदे वर्षा हुने सम्भावना देखिएन  : मौसमविद्

    क्यानाडानेपाल

    माघ १२

  • 170
    SHARES
  • अझै हिउँदे वर्षा हुने सम्भावना देखिएन  : मौसमविद्

    काठमाडौँ।  यस वर्ष हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्ने भएको छ । गत वर्षको मङ्सिर, पुस र माघमा वर्षा भएको थियो ।  यस वर्ष एकपटक पनि पानी परेको छैन ।

    पश्चिमका केही स्थानमा हल्का पानी परेको भए पनि अन्य ठाउँमा तीन महिनादेखि पानी नपरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । “हाल कायम रहेको पश्चिमी वायुको प्रभावले पानी पर्ने सम्भावना कमै रहेको छ”, उनले भने ।


    वर्षा हुन्का लागि पश्चिमी वायु सक्रिय भई प्राप्त मात्रामा जलवाष्पयुक्त हावा बहनु पर्दछ । अझै एक साता वर्षा हुने सम्भावना नरहेको मौसमविद्को अनुमान  छ । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    हिउँदयाममा पानी नपरेकाले गहुँ, तोरी, फापरलागयतका बालीमा सुख्खा लागेकाले ५० देखि ७० प्रतिशत उत्पादन घट्ने सम्भावना रहेको वरिष्ठ कृषि विज्ञ डा केदार बूढाथोकीले बताए ।“

    माघ महिनाभित्र पानी परे केही राहत मिल्छ ।  धेरै नोक्सानी हुँदैन”, उनले भने । हिउँदे बालीलाई कात्तिक र मङ्सिरमा पानी पर्दा हिउँदे बालीको उत्पादन वृद्धि हुने जनाइएको छ । रासस 


    माघ १२, २०७७ सोमवार १५:००:५० बजे : प्रकाशित