काठमाडौं - विश्वमा धेरै जाति, समुदाय र वर्गका मानिसहरु छन् । उनीहरुको आफ्नै रीति रिवाज र परम्परा हुन्छन् । यस्तै विश्वमा यस्तो परम्परा पनि छ, जुन निकै आश्चर्यजनक छन् ।
भारतमा यस्तो अनौठो परम्परा भएको समुदाय पनि छ, जहाँ बच्चा जन्माएपछि मात्रै विवाह गर्ने गरिन्छ । भारतको राजस्थानमा गरासिया ट्राइबका मानिसहरु विवाह अघि नै श्रीमान श्रीमतीको सम्बन्धमा रहदै आउने गर्छन् ।
यहाँका मानिसहरु पछिल्लो एक हजार बर्षदेखि यसरि नै बस्दै आइरहेका छन् । उनीहरुको परम्परामा विवाह अघि बच्चा जन्माउने गरिन्छ ।
यो चलन एक हजार वर्ष पहिलादेखि चल्दै आएको जनाइएको छ । गरासिया जातका मानिस राजस्थान र गुजरातमा केही स्थानमा बस्ने गर्छन् । उनीहरुको कयौ कैयौ पिढीदेखि केही परिवारमा कसैको पनि विवाह भएको छैन ।
यो परिवारमा पहिले विहे गरेमा सन्तान नहुने बताइन्छ । त्यसैले बच्चा जन्माएपछि मात्र विवाह गरिन्छ । राजस्थान र गुजरातमा लाग्ने विवाह मेलामा युवा युवतीहरु एक अर्कासँग भेट गर्ने वा भाग्ने गर्छन् ।
माघ ४, २०७७ आइतवार
२१:३०:२० बजे : प्रकाशित