शनिबार
७ मङ्सिर
२०७६

पूर्वयुवराज पारस शाहको ‘मुक्तिनाथ स्नान’

शुक्रबार कार्तिक २२, २०७६/ Friday 11-08-19

काठमाडौं । पूर्वयुवराज पारस शाहले मुस्ताङस्थित मुक्तिनाथनाको दर्शन गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले मुक्तिनाथको दर्शन गरेको तस्विर सार्वजनिक गरेका छन् । साथै टाउको नुहाएकोदेखि घोडा सवार भएको तस्विर पनि सार्वजनिक गरेका छन् । पछिल्लो समय विभिन्न विषयले चर्चामा आइरहेका बेला पारसले मुक्तिनाथ पुगेको तस्विर सार्वजनिक गरेका हुन् । धार्मिक भ्रमण गर्न रुचाउने पारस काठमाडौं उपत्यकाका विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुने गरेका छन् ।