शनिबार
७ मङ्सिर
२०७६

भारतीय नयाँ नक्साको विषयमा परामर्श लिन उपप्रधानमन्त्री पोखरेल पुगे भैरव रिसालको निवास

शुक्रबार कार्तिक २२, २०७६/ Friday 11-08-19

काठमाडौं । भारतले जारी गरेको नया नक्सामा नेपालको भुमि पनि परेपछि सरकारले यस विषयमा भारतसंग संवाद गर्न आफ्नो तयारी सुरु गरेको छ । शनिवार सरकारले बोलाएको सर्वपक्षीय बैठक हुनुअघि सरकारका तर्फबाट उपप्रधानमन्त्री इश्वर पोखरेल वरिष्ठ पत्रकार भैरव रिसालको निवास पुगेर भारतीय नक्साको विषयमा परामर्श  लिएका छन् ।

शनिवार सरकारले बोलाएको सर्वपक्षीय बैठकमा भैरव रिसाललाई निम्तो गर्दै मन्त्रि पोखरेलले भारतीय नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियधुरा समावेश गरेको विषयमा पत्रकार रिसालसंग उनको धारणा बुझेका छन् । साथै विस २०१८ को त्यहाँ गरिएको जनगणना बारे पनि भैरव रिसालसंग बुझेका छन् । पत्रकार रिसालले मन्त्रि सामु आफुले त्योबेला नेपाल कै जनगणना गरेको र उक्त भुमि नेपाल कै हो भनेर जानकारी समेत दिएका छन् ।

मन्त्रि पोखरेल विवादित भारतीय नक्साको विषयमा बुझ्न भैरव रिसालको निवास पुगेका हुन् । पत्रकार रिसाल संगको अन्तरक्रिया पछि मन्त्रि पोखरेलले भैरव रिसालको स्वास्थ्य अवस्था बारे पनि बुझेका थिए । भैरव रिसालले गरेको योगदानको प्रशंशा गर्दै मन्त्रि पोखरेलले शनिवार बस्ने सर्वपक्षीय बैठकमा निमन्त्रणा समेत दिएका छन् ।