आइतबार
१ मङ्सिर
२०७६

वाटफोर्डले निकाल्यो पहिलो जित 

शनिबार कार्तिक २३, २०७६/ Saturday 11-09-19

एजेन्सी - शुक्रबार राति प्रिमियर लिग अन्तर्गत भएको खेलमा वाटफोर्डले पहिलो जित हासिल गरेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा वाटफोर्डले नर्विच सिटीलाई २–० गोलले पराजित गर्यो । उक्त खेलको दोस्रो मिनेटमै वाटफोर्डले अग्रता पायो । उक्त गोल वाटफोर्डका जेरार्ड देउलोफ्युले गोल गरे ।

त्यसपछी खेलको ५२ औ मिनेटमा वाटफोर्डका आन्द्रे ग्रेले गरी टिमलाई अग्रता दोब्बर बनाए । त्यसपछी दुबै टिमले मौका पाएपािन गोल गर्न सकेनन् । जितसंगै वाटफोर्डले ११ खेलबाट ८ अंक जोडेको छ । भने नर्विचको ७ अंक  छ।