• Feb 28 2021 | २०७७, फाल्गुण १६गते

२०७७, फाल्गुण १६गते

५५ बर्ष पुगेका सलमान खानले विवाह बारे यसो भने 

क्यानाडानेपाल माघ ३ २०७७
  • 570
    SHARES
  • ५५ बर्ष पुगेका सलमान खानले विवाह बारे यसो भने 

    काठमाडौं - बलिउडका चर्चित अभिनेता हुने सलमान खान । सन् १९८८ मा बिबी हो तो ऐसी मा अभिनय गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका सलमानले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेका छन् । 

    एक पछी अर्को फिल्ममा ब्यस्त सलमानका हरेक फिल्म दर्शकले रुचाइरहेका छन् । फिल्म क्षेत्रमै लामो समय गुजारी सकेका सलमान ५५ वर्ष पुग्दा पनि अहिलेसम्म विवाह गरेका छैनन् ।

    kp olii.jpg

    फ्यानहरुले उनलाई सोधिरहेका हुन्छन् कहिले विहे गर्ने ? तर सलमानको जवाफ सामान्य नै हुन्छ । उनको नाम बलिउडका धेरै अभिनेत्रीहरुसँग जोडिदै आयो । तर केही समय नाम जोडिन्छ, हराउछ । 

    कुनै अन्तवार्तामा सलमान गएमा विवाहकै बारे सोधिहाल्छन् । यस्तै फिल्मफेयर म्यागजिनका लागि दिएको अन्तवार्तामा सलमानले विवाह र प्रेमबारे कुरा खुलेका छन् । 

    kp olii.jpg

    उनले भने - म यस्ती युवतीसँग विवाह गर्न चाहन्छु जसलाई म त्यो दिन सकूँ जुन उससँग उसको घरमा अथवा उसका बाबुआमासँग नभएको होस् ।

    केही समयअघि सलमानको पछिल्लो फिल्म अन्तिमको टिजर सार्वजनिक भएको थियो । जसमा उनी आफ्ना ज्वाईसँग भीडन्त गरेको देखिएका थिए । उक्त टिजर दर्शकले निकै रुचाएका थिए । 

    kp olii.jpg


    माघ ३, २०७७ शनिवार १७:१७:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सलमान खान

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    अमिताभको स्वास्थ्यमा समस्या आएपछि सर्जरीको तयारी गरिदै

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 358
    SHARES
  • अमिताभको स्वास्थ्यमा समस्या आएपछि सर्जरीको तयारी गरिदै

    काठमाडौं - बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनको स्वास्थ्यमा समस्या आएको छ ।

    शनिवार राति अमिताभले ब्लगमार्फत आफ्नो स्वास्थ्यमा समस्या आएको बताएका छन् । उनले आफ्नो स्वास्थ्यमा समस्या आएको र सर्जरीको तयारी भइरहेको बताएका छन् । 

    तर आफुले के समस्या भएको भन्ने जानकारी गराएका छैनन् । उनले ट्वीटरमा पनि स्वास्थ्यमा समस्या आएको र केही काटेपछि सुधार हुने कुरा गरेका छन् । उनले भनेका छन् धेरै बढ्दै गयो, केही काटेपछि ठिक होला। जीवन मृत्यु भोली हो । भोली नै थाहा हुन्छ । 

    Capture.PNG

     


    फाल्गुण १६, २०७७ आइतवार १२:००:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमिताभ बच्चन

  • क्यानाडानेपाल डेस्क

    एकपछि अर्को फिल्ममा शाहिद, छत्रपति शिवाजीको बायोपिकमा देखिदै

    क्यानाडानेपाल

    फाल्गुण १५

  • 282
    SHARES
  • एकपछि अर्को फिल्ममा शाहिद, छत्रपति शिवाजीको बायोपिकमा देखिदै

    काठमाडौं - बलिउड अभिनेता शाहिद कपुर पछिल्लो समय निकै चर्चामा छन् । फिल्म ‘कबीर सिंह’ हिट भएपछि झन चर्चामा आएका शाहिद अहिले नयाँ फिल्ममा जोडिदै गइरहेका छन् । 

    sanchitaluitelphoto.jpg

    उनको नयाँ फिल्म  ‘जर्सी’को रिमेकको सुटिङ पनि सकिएको छ ।  यस फिल्ममा उनी एक क्रिकेटर बनेका छन् । 

    sanchitaluitelphoto.jpg

    भारतिय मिडियाका अनुसार शाहिद अब छत्रपति शिवाजीको बायोपिकमा देखिने भएका छन् । 

    छत्रपति शिवाजी महाराजमा आधारित रहने फिल्मको कथा पनि शाहिदले मन पराएका छन् । उनी फिल्ममा अनुबन्ध हुन सक्ने सम्भावना धेरै रहेको छ । 
      


    फाल्गुण १५, २०७७ शनिवार १७:१७:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शाहिद कपूर

  • क्यानाडानेपाल डेस्क

    अक्षयकुमारको दुई अभिनेत्रीसँग रोमान्स

    क्यानाडानेपाल

    फाल्गुण १५

  • 306
    SHARES
  • अक्षयकुमारको दुई अभिनेत्रीसँग रोमान्स

    काठमाडौं - फिल्म ‘बच्चन पाण्डे’ को छायांकन सकिएको छ । फरहाद शामजीको निर्देशनमा बनेको यस फिल्मको छायांकन सकिएपछि हालै फिल्म युनिट मुम्बई फर्किएको छ।

    यस फिल्ममा अक्षयकुमार,  ज्याकलिन फर्नाडिन्ज र अभिनेत्री कृति सेनका अभिनय रहेको छ । फिल्ममा दुई अभिनेत्रीसग अक्षय कुमार रोमान्स गर्ने छिन् । 

    २०२२ को जनवरी २६ मा रिलीज हुने तयारीमा रहेको यस फिल्मलाई साजिद नादियाडवालाले निर्माण गर्ने भएका छन् । 

    फिल्ममा अक्षय दाह्री पालेको गेटअपमा देखिएका छन्। फिल्ममा ज्याकलिन र अक्षय कसरी अलग भए भन्ने देखाउने भारतिय मिडियाले जनाएको छ । 

     

     


    फाल्गुण १५, २०७७ शनिवार ११:४४:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षयकुमार

  • क्यानाडानेपाल डेस्क

    प्रभाष र आलियाको फिल्म एकैदिन प्रदर्शनमा आउदै 

    क्यानाडानेपाल

    फाल्गुण १३

  • 376
    SHARES
  • प्रभाष र आलियाको फिल्म एकैदिन प्रदर्शनमा आउदै 

    काठमाडौं - साउथ स्टार प्रभाषको फिल्म राधे श्याम र आलिया भट्ट अभिनित फिल्म ‘गांगुबाई काथियावाडी’ एक साथ प्रदर्शनमा आउने भएका छन् । 
     
     प्रभाषको मूख्य अभिनय रहेको फिल्म ‘राधे श्याम’ जुलाइको ३० तारिख रिलिज हुँदैछ भने आलियाको गांगुबाई काथियावाडी’को  रिलिज मिति पनि सोही दिन राखिएको छ । यी दुवै फिल्म एकैदिन भीड्ने भएका छन् ।  

    संजयलिला भन्सालीको निर्देशनमा बनेको फिल्म ‘गांगुबाई काथियावाडी’  ‘द माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि आधारित रहेको छ । 

    यस फिल्मको हालै टिजर सार्वजनिक गरिएको थियो । फिल्म राधे श्याम पनि राधाकृष्ण कुमार निर्देशन गरेका छन् । यस फिल्म हिन्दी, अंग्रेजी र तेलुगू भाषामा रिलिज हुँनेछ । फिल्ममा प्रभाष, पूजा लगायतका कलाकारको अभिनय रहेको छ ।  यी दुवै पिःल्म हेर्न दर्शक उत्साहित भएका छन् । 

     


    फाल्गुण १३, २०७७ बिहिवार १५:०५:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आलिया भट्ट
  • # प्रभाष

  • क्यानाडानेपाल डेस्क

    आलिया भट्टको फिल्म ‘गंगूबाई काठियावाडी’ को टिजर यस्तो बन्यो (भिडियो)

    क्यानाडानेपाल

    फाल्गुण १२

  • 472
    SHARES
  • आलिया भट्टको फिल्म ‘गंगूबाई काठियावाडी’ को टिजर यस्तो बन्यो (भिडियो)

    काठमाडौं - फिल्म ‘गंगूबाई काठियावाडी’ को टिजर सार्वजनिक भएको छ । संजय लीला भंसाली निर्देशित यस फिल्मको टिजर बुधबार युट्युबमा सार्वजनिक भएको हो । 

    टिजरमा अभिनेत्री आलिया भट्टलाई देखाइएको छ । उनी टिजरमा विभिन्न डाइलग बोलिरहेकी छिन् ।  ‘द माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि आधारित यस फिल्म ३० जुलाई २०२१ मा रिलिज हुने भएको छ । 

    alia 1.jpg

    बुधबार सार्वजनिक यस फिल्मको टिजर दर्शकले निकै रुचाएका छन् । यो समाचार तयार पर्दासम्म टिजरलाई २ लाख ८७ हजार बढीले हेरिसकेका छन् । फिल्म पनि दर्शकले रुचाउने अपेक्षा गरिएको छ । 


     


    फाल्गुण १२, २०७७ बुधवार १९:०६:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ट्रेलर

  • क्यानाडानेपाल डेस्क

    फिल्म 'मुम्बई सागा'मा  जोनलाई लखेट्दै इमरान, हेर्नुहोस् टिजर

    क्यानाडानेपाल

    फाल्गुण १२

  • 430
    SHARES
  • फिल्म 'मुम्बई सागा'मा  जोनलाई लखेट्दै इमरान, हेर्नुहोस् टिजर

    काठमाडौं । फिल्म 'मुम्बई सागा' को टिजर सार्वजनिक भएको छ । सञ्जय गुप्ताले निर्देशन गरेको यस फिल्मको टिजर बुधबार युट्युबमा सार्वजनिक भएको छ । टिजरमा अभिनेता इमरान हाश्मी, जोन अब्राहम र सुनील सेट्टी देखिएका छन् ।   

    २०२१ मार्च २१ मा रिलिज हुने तयारीमा रहेको यस फिल्म एक्सन क्राइममा आधारित रहेको छ । फिल्ममा इमरान एक प्रहरीको भूमिकामा देखिएका छन् भने जोन ग्याङस्टारको भूमिकामा देखिएका छन् । 

    हालै यस फिल्म अमेजन प्राइममा ६५ करोडमा  बिक्री भएको छ । फिल्ममा इमरान, जोन, सुनील सेट्टी, गुल्सन ग्रोबर, ज्याकी श्राफ, प्रतीक बब्बर लगायतका कलाकारको अभिनय रहेको छ । 


     


    फाल्गुण १२, २०७७ बुधवार १४:०७:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मुम्बई सागा
  • # ट्रेलर

  • क्यानाडानेपाल डेस्क

    images
    images
    ताजा खबर