• Feb 28 2021 | २०७७, फाल्गुण १६गते

२०७७, फाल्गुण १६गते

प्रचण्डलाई तीन वर्षसम्म कम्युनिष्ट तालमा हिँड्न सिकाए तर जस्ताको त्यस्तै : अध्यक्ष ओली

क्यानाडानेपाल माघ ३ २०७७
  • 478
    SHARES
  • प्रचण्डलाई तीन वर्षसम्म कम्युनिष्ट तालमा हिँड्न सिकाए तर जस्ताको त्यस्तै : अध्यक्ष ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई फर्किन सुझाव दिएका छन् ।

    शनिबार काठमाडौंमा प्रदेश नम्बर १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाले कसैको पनि पद नखोसेको भन्दै पार्टीमा फर्किन प्रचण्ड र नेपाललाई सुझाव दिएका हुन् । त्यस्तै, ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई पार्टीमा नफर्किए चुनावमा सहभागी हुन समेत आग्रह गरेका छन् ।

    उनले प्रचण्डलाई तीन वर्षसम्म प्रचण्डलाई कम्युनिष्ट तालमा हिँड्न सिकाए पनि नसकेको भन्दै कटाक्ष गरेका छन् ।

    भारत देखी नेपाल सम्म प्रचण्ड माथी विश्वास गरेनन् ! भारत देखी नेपाल सम्म प्रचण्ड माथी विश्वास गरेनन् ! सुवासचन्द्र नेम्वाङले मौनता तोड्दै भने : जनतामा जान्छु भन्दा कहाँ गल्ती भयो ? सुवासचन्द्र नेम्वाङले मौनता तोड्दै भने : जनतामा जान्छु भन्दा कहाँ गल्ती भयो ?

    प्रधानमन्त्री ओलीले देशका राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत, निर्वाचन आयोग लगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेको आरोप लगाएका छन् । पार्टी अध्यक्षविरुद्ध अराजक, अनुशासनहीन ढंगले सडक, सञ्‍चारमाध्यमहरुमा गएर असभ्य बोल्ने काम भएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा कि बृहत् इजलासमा भन्नेमा विवाद गरेर अड्को थापिएको उनको आरोप छ ।

    त्यस्तै उनले प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन अवस्थामा रहेका बेला कुनै न्यायाधीशलाई नभेटेको भन्दै  न्यायाधीशहरुलाई भेटेको प्रमाण देखाउन चूनौती दिएका छन् । ओलीले केही विषय नपाएपछि मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णयमा धारा खुलाइएको छैन भनेर टिप्पणी गरेको तर्क गरेका छन् ।

    भेलामा नेकपा (ओली पक्ष)का नेता सुवासचन्द्र नेम्वाङले संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा चलिरहेकाले आफू बोल्न नमिल्ने बताएका थिए । आफुले यसअघि बोलेको भिडियोप्रति टिकाटिप्पणी उठेको भन्दै उनले संसद बिघटन प्रधानमन्त्रीको अधिकार भएको धारणा व्यक्त गरेका थिए। संसद् विघटनको मुद्दा सर्वोच्च अदालतले टुंगो लगाउने भनेपनि संसद् विघ‍टन गरेर घोषणा गरिएको निर्वाचन भने हुने ठोकुवा गरेका छन् ।

    उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव बिष्णुप्रसाद पौडेल रहेको पार्टीले नै आधिकारिकता पाउने बताएका छन् ।


    माघ ३, २०७७ शनिवार १९:१३:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # नेकपा विवाद

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    अविश्वासको प्रस्ताव पास गरेर हटाउन प्रधानमन्त्री ओलीको चुनौती

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 8
    SHARES
  • अविश्वासको प्रस्ताव पास गरेर हटाउन प्रधानमन्त्री ओलीको चुनौती

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाएर देखाउन चौनति दिएका छन् । आफूलाई कसैले मुद्दा जितादिएर कसैले प्रधानमन्त्री नबनाइ नेपाली जनताले मतदान गरेर बनाएकाले जनातको आषिर्वाद रहिन्जेल कसैले हटाउन नसक्ने बताए ।

    संसद पुर्नस्थापना भइसकेपछि प्रधामन्त्री हटाउन बिभिन्न नेताका घर ढोका चाहार्न थालेको उल्लेख गर्दै संसदीय दलको नेता केपी हो, पार्टी अध्यक्ष केपी हो, प्राधानमन्त्री केपी ओली नै हो अब कुन प्रक्रिया र कुन बाटोबाट प्रधानमन्त्री हटाउने हो हटाएर देखाउन चुनौति छ उनले भने ।

    संसाद पुर्नस्थापना गरी अदालतबाट जितेर ल्याएको हो भने अविश्वासको प्रस्ताव राख्नु होस् पास गर्नुहोस् । पहिला पनि अविश्वासको प्रस्तावबाट नै हटाइएको हो । पछि जनताले चुनेर पाठाएको हो त्यस कारण अब पनि हहटाउन प्रकृया बिधिबाट आउन सुझाव दिएका छन् ।

    आइतबार झापाको दमक, कमल र गौरादह क्षेत्रमा स्थापना गर्न लागिएको चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुर्नस्थापना भयो राम्रो भएको भएको छ । पुर्नस्थापना हुनासाथ केही नेता नयाँ प्रधानमन्त्री खोज्दै हिडेको बताए ।

    यसअर्थमा आफूले पञ्चायतदेखि नै केही गल्ति नगर्दा पनि मुद्दा खेप्दै हार्दै आएको प्रसंग उल्लेख गर्दै अदालतले हराएपनि जनताले जिताइन्जेल कसैको केही नलाग्ने बताए । उनले लामो सर्घष र बलिदानबाट ल्याइएको लोकतन्त्रलाई तलमाथि हुन नदिने बताएका छन्। 

    प्रधानमन्त्रीले अगाडि भने, मुलुकमा तीब्र गतिले चौतर्फी रुपमा भएको बिकासबाट अतालिएर केही नेता छटपटटाउन थालेका छन् । प्रत्येक प्रदेशमा एक हजार बिगाहा भन्दा ठूलो क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट बिनियोजन भइसकेको छ । नेपालकै सबैभन्दा ठूलो झापाको दमकमा निर्माण हुने चीन नेपाल मैत्री औद्योगिक पार्कले आगामी दुइ बर्षभित्रमा उत्पादन सुरु गर्ने बताए ।

     नेपाल अब चाँडै बस्तु निर्यात गर्ने मुलुकको रुपमा चिनिने बताएका छन् । त्यस्तै पूर्वमा काँकभिट्टादेखि पश्चिम गड्डाचौकीसम्म तिब्रगतिमा चल्ने आधुनिक बिद्युतीय रेल मार्ग निर्माणकालागि काम अधि बढिरहेको छ । यस्तै तुलाना गर्दै अहिले अहिले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मदनभण्डारी राजमार्ग जस्ता पूर्वपश्चिम जोड्ने राजमार्गको काम धमाधम अघि बढिरहेको छ । त्यतिमात्र होइन काठ र वाँसका पुल पुर्ण रुपमा बिस्तापित गरेर पक्की पुल निर्माण गरिएका छन् र गरिदै छन् । पहाडी जिल्लामा जोखिम युक्त तुइन पूर्ण रुपमा बिस्तापित गरिएको छ र हजारौको सख्यामा झोलुङ्गे पुल निर्माण गरिएका छन् केही निर्माण प्रक्रियामा छन् ।

    पछिल्लो तीन बर्षमा भएको बिकासको गति अस्वभाविक भएको छ । विश्वमा नै दुर्लभ होला एकै दिन देशभरी ३०९ वटा स्वास्थ्य चौकीको शिलान्यास भएको छ । ९१५ वटा पक्की मोटरेवल पुल निर्माण भइसकेका छन् । नेपालमा हाल दैनिक ५ दशमलव ७ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । जस्ता महत्वकाक्षी योजनाकाले गर्दा बिकास बिरोधी केही शक्ती बिदेशीलाई खुशी बनाउन प्रधानमन्त्री परिवर्तन गर्ने खेलमा लागेको प्रधानमन्त्री ओलीको दावी छ । 

    उनले नेकपाका नेता पुस्पकमल दाहाल प्रचण्ड र माधव नेपाल र झलनाथ खनाललाई लक्षित गर्दै प्रधानमन्त्री बनिदिनुहोस् भन्दै बिभिन्न राजनीतिक दलका नेताको घरमा धाउन थालेको बताए । कार्यक्रममा सबिधानसभाका अध्यक्ष तथा नेकपाका नेता सुवाचन्द नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टा लगायतले सरकारका कामको चर्चा गरेका थिए ।

    एकैदिन पाँचवटा उद्घाट ३१ पुलको शिलान्यास

    प्रधानमन्त्री केपी ओलीले आइतबार गृह जिल्ला झापामा एकै दिन बिभिन्न खोलामा निर्माण गरिएका पाँच वटा पक्की पुल उद्घाटन तथा मदन भण्डारी राजमार्गमा पर्ने ३१ वटा पुल शिलान्यस गरेका छन्। विभिन्न उद्घाटन र शिलान्यास कार्यक्रममा सहभागी झापा आएका प्रधानमन्त्री ओलीले कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुर मंगलबारे जोड्ने पक्की पुलको उद्घाटन गरेका छन् । त्यसलगत्तै उहाँले झापा र मोरङ जोड्ने दमक नगरपालिका–१० मा रहेको मावा खोलाको दुइर् सय मिटर लामो पक्की पुल उद्घाटन गरे  ।

    त्यस लगत्तै दमक र गौरादह जोड्ने सेतुमारी स्थित रतुवा खोलाको ३ सय मिटर लोमो औद्योगिक क्षेत्र भित्रको पुल उद्घाटन गरेका छन् । यसपछि दमक, कमल र गौरादह नगरपालिका क्षत्रे भित्र २२ सय बिगाहा क्षेत्रफलमा निर्माण गर्न लागिएको चीन नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास गरेका हुन्। 

    प्रधानमन्त्री ओलीले सोही दिन झापाको दमकबाट उत्तरमा इलामको चुलाचुली जोड्ने पुलको पक्की पुलको उद्घाटन गरे  । त्यस पछि मदनभण्डारी राजमार्ग अन्र्तगत दमकको वेलगाँडीबाट इलामको बुकुवा जोड्ने रतुवा खोलामा निर्माण सु्रु गरिएको पुलको शिलान्यसा गरेका छन् । यहाँ सनुसरीको धरान देखि पश्चिम झापाको बाहुनगाँडी भित्र पर्ने ३१ वटा नदीमा निर्माण गर्नु पर्ने पक्की पुलको एकै स्थानबाट शिलान्यास गरेका हुन्  । समाचार : गोरखापत्र अनलाइन 


    फाल्गुण १६, २०७७ आइतवार १९:०८:४८ बजे : प्रकाशित

    एमसीसी पास गर्ने बारे कुनै नेताले अहिले नसोचे हुन्छ : भीम रावल

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 148
    SHARES
  • एमसीसी पास गर्ने बारे कुनै नेताले अहिले नसोचे हुन्छ : भीम रावल

    काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका नेता भीम बहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको दावी गरेका छन् ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरिसक्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उनको टिप्पणी रहेको छ ।

    आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको बताएका छन् । उनले आफूहरको मुख्य लडाई भनेको लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाको लागि भएको प्रतिक्रिया दिएका छन् । 

    उनले नेकपाको विधान र संसदीय दलको विधानअनुसार आफूहरु अघि बढेको पनि स्पष्ट पारेका छन् । रावलले अब को प्रधानमन्त्री हुन्छ ? भन्ने कुरा आफूहरुको लागि ठूलो कुरा नभएको पनि बताएका छन् ।

    रावलले अहिले आफूहरुको मुख्य विषय प्रधानमन्त्री ओलीमाथि भएकोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कारबाही नगर्ने जिकिर गरेका छन् ।

    एमसीसी पास गर्ने बारे अहिले गाईगुई चलेको विषयमा प्रश्न गर्दा नेता रावलले भने, "अहिले हाम्रो पार्टीले यस विषयमा बोलेको छैन र कुनै नेताले नबोले नि हुन्छ । एमसीसीको विषय अहिले मूल विषय होईन । यस बारे छलफल गर्न छ त्यसैले अहिले पास गर्ने बारे कसैले नसोचे नि हुन्छ ।" 


    फाल्गुण १६, २०७७ आइतवार १८:०२:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीम रावल

  • क्यानाडानेपाल डेस्क

    प्रतिनिधिसभा विघटन अघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 306
    SHARES
  • प्रतिनिधिसभा विघटन अघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

    काठमाडौँ । संसदीय इतिहासमा हालसम्म पाँच पटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएका थिए  । 

    पहिलोपटक विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए ।  विसं २०५१ असार २७ गते तत्कालीन राजाबाट सो सिफारिस सदर गरिएको थियो ।  

    आर्थिक वर्ष २०५१/०५२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल पश्चात्  पारित गर्न विसं २०५१ असार २६ गते प्रतिनिधिसभाको बैठक बसेको थियो । सो बैठकमा  नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव हुँदा  पक्षमा ७४ र विपक्षमा ८६ मत परी  अस्वीकृत भएको सङ्घीय संसद् सचिवालयद्वारा प्रकाशित ‘संसद् दर्पण’मा उल्लेख छ । 

    त्यसपछि तत्कालीन प्रधानमन्त्री कोइरालाले पदबाट राजीनामा दिनुका साथै नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम प्रतिनिधिसभा विघटन गरी विसं २०५१ कात्तिक २७ गते आमनिर्वाचनका लागि मिति तोक्न सिफारिस भएबमोजिम प्रतिनिधिसभा विघटन भएको थियो । 

    विसं २०५१ मङ्सिर १३ गते तत्कालीन नेकपा (एमाले) संसदीय दलका नेता मनमोहन अधिकारी सबैभन्दा बढी सदस्य भएको दलको नेताको हैसियतले प्रधानमन्त्रीमा नियुक्त भएका थिए । विकसित राजनीतिक घटनाक्रमसँगै विसं २०५२ जेठ २६ गते तत्कालीन प्रधानमन्त्री अधिकारीले प्रतिनिधिसभा विघटन गर्न तत्कालीन राजा समक्ष सिफारिस गरेपछि जेठ ३० गते प्रतिनिधिसभा विघटन भएको थियो ।  सर्वोच्च अदालतबाट विसं २०५२ भदौ १२ गते विघटनलाई बदर गरी प्रतिनिधिसभा पुनःस्थापना गरिएको थियो । 

    नेपालमा तेस्रोपटक प्रतिनिधिसभाको बैठक चालू रहेको १५ औँ अधिवेशनको बीचमै विसं २०५५ माघ १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम प्रतिनिधिसभा पुनः विघटन गरी विसं २०५६ वैशाख २० गते निर्वाचनको मिति तोक्ने सिफारिस गरेका थिए । सो सिफारिसअनुसार राजाबाट सोही दिन प्रतिनिधिसभा विघटन भएको थियो । 

    विसं २०५४ पुसमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले प्रतिनिधिसभा विघटनका लागि तत्कालीन राजा वीरेन्द्रलाई सिफारिस गरेका थिए । राजाले सो सिफारिसलाई कार्यान्वयन नगरी सर्वोच्च अदालतसँग राय मागेका थिए । सर्वोच्चले विघटन नगर्ने राय दिएको थियो ।

    चौथौपटक विसं २०५९ जेठ ९ गते प्रतिनिधिसभाको बैठक बस्ने गरी संसद्को २२ औँ अधिवेशन आह्वान भएकामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरेका थिए ।  निर्वाचनको लागि मिति तोक्न सिफारिस गरेबमोजिम सोही दिन प्रतिनिधिसभा विघटन भएको थियो ।

    विघटन भएको प्रतिनिधिसभा जनआन्दोलनको बलबाट तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट विसं २०६३ वैशाख ११ गते राति ११ बजे पुनःस्थापना गरी २०६३ साल १५ गते बैठक बस्ने गरी मितिसमेत तोकिएको थियो । पाँचौँ पटक विसं २०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को सिफारिससहित नेपालको संविधानबमोजिम र संसदीय प्रणालीको आधारभूत मर्म एवं अभ्यास बमोजिम गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरियोस् भनी सिफारिस गरेका थिए। 
    सो सिफारिसबमोजिम राष्ट्रपतिबाट वर्तमान प्रतिनिधिसभा विघटन गरी विसं २०७८  वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी मिति तोकिएको थियो । सर्वोच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइपछि पुनःस्थापना गर्ने फैसला गरेको थियो । 

    फैसला सुनाउँदै अदालतले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश समेत जारी गरेको छ । अदालतको फैसलापछि सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । 

    प्रतिनिधिसभामा ३२ विधेयक प्रक्रियामा

    नेपालको संविधान जारी भएपश्चात् विसं २०७४ को आमनिर्वाचन सम्पन्न भई विसं २०७४ फागुन २१ गतेदेखि सङ्घीय संसद्को पहिलो अधिवेशन शुरुआत भएको थियो । सो समयदेखि हालसम्म विधेयक शाखा (प्रतिनिधिसभा) मा दर्ता भएका विधेयक ८७ रहेका छन् । तीमध्ये प्रमाणीकरण भएका विधेयक जम्मा ५३ रहेका छन् भने दर्ता भएपश्चात् तीन विधेयक सरकारले फिर्ता लिएको थियो । 

    हाल प्रतिनिधिसभामा प्रक्रियामा ३२ विधेयक रहेका छन् । तीमध्ये दर्ता भएर वितरण गरिएका आठ, समितिमा विचाराधीन १०, सभामा विचाराधीन १२ र राष्ट्रियसभाबाट प्राप्त सन्देश पेश हुन बाँकी दुई विधेयक रहेको सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

    सङ्घीय संसद्को पहिलो अधिवेशन विसं २०७४ फागुन २१ गतेदेखि चैत २० गतेसम्म भएको थियो । संसद्को दोस्रो अधिवेशन विसं २०७५ वैशाख २३ गतेदेखि असोज ११ गतेसम्म, तेस्रो अधिवेशन विसं २०७५ पुस ११ गतेदेखि चैत १० गतेसम्म, चौथो अधिवेशन विसं २०७६ वैशाख १६ गतेदेखि असोज २ गतेसम्म भएको थियो । 

    त्यस्तै संसद्को पाँचौं अधिवेशन विसं २०७६ पुस ४ गतेदेखि चैत २४ गतेसम्म र छैटौँ अधिवेशन विसं २०७७ वैशाख २६ गतेदेखि असार १८ गतेसम्म चलेको थियो । सङ्घीय संसद्मा दुवै सभातर्फ दर्ता भएका सन्धी÷सम्झौताको सङ्ख्या १४ छ । उक्त छ सन्धी÷सम्झौता दुवै सभाबाट अनुमोदन भएका छन् भने आठ सन्धी÷सम्झौता सदस्यलाई वितरण मात्र भएका छन् । 


    फाल्गुण १६, २०७७ आइतवार १७:५९:३५ बजे : प्रकाशित

    विप्लव नेतृत्वको समूहसँग छिट्टै वार्ता हुन्छ – प्रधानमन्त्री ओली

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 122
    SHARES
  • विप्लव नेतृत्वको समूहसँग छिट्टै वार्ता हुन्छ – प्रधानमन्त्री ओली

    काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुने र त्यो वार्ता सफल हुने बताउएका छन् । ‘तपाईंहरुले केही दिनमा नै टेलिभिजनको पर्दाबाट समस्या समाधान भएर खुशी साटासाट गरेको देख्न सक्नुहुनेछ’, ओलीले भने ।

    आइतबार झापाको कमल गाउँपालिका ६ झर्कामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै ओलीले विप्लवसँग वार्ता हुने र त्यो वार्ता सकारात्मक हुने बताउएका हुन्। 

    दीगो शान्ति स्थापनाका लागि सरकार दृढ रहेको जनाउँदै केही समस्याहरु भएको भए त्यो पनि समाधान हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जानकारी दिए । समाचार : गोरखापत्र अनलाइन 


    फाल्गुण १६, २०७७ आइतवार १७:३८:४६ बजे : प्रकाशित

    कोमल वलीले रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्ने

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 532
    SHARES
  • कोमल वलीले रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्ने


    काठमाडौँ । राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा प्रचण्ड नेपाल समूहका नेता रघुजी पन्तविरुद्ध अदालतमा मुद्दा दायर गर्ने भएकी छिन् । 

    उनले पन्तविरुद्ध अदालतमा मानहानी मुद्दाको लागि कानुनी प्रक्रिया शुरु गर्ने बताइएको छ । एक कार्यक्रममा पन्तले पिडौला देखाउँदै पोइला जान पाम भनेपछि प्रधानमन्त्रीले सांसद् बनाएको बताएका थिए ।

    उनको उक्त अभिव्यक्तिलाई लिएर वलीले उनीविरुद्ध अदालतमा मानहानी मुद्दा दायर गर्ने भएकी हुन् । 

    पन्तको अभिव्यक्तिलाई लिएर आलोचना पनि भइरहेको बेला वलीले यस्तो कदम चाल्न लागेकी हुन् । अहिले दाङमा रहेकी वली मंगलबार काठमाडौं आएपछि पन्तविरुद्ध कानुनी प्रक्रिया थाल्ने बताइएको छ । 
     


    फाल्गुण १६, २०७७ आइतवार १४:५९:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोमल वली

  • क्यानाडानेपाल डेस्क

    सर्वोच्च अदालत पुगेर यस्तो जवाफ दिए प्रचण्डले (पूर्णपाठसहित)

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 396
    SHARES
  • सर्वोच्च अदालत पुगेर यस्तो जवाफ दिए प्रचण्डले (पूर्णपाठसहित)

    काठमाडौं - सत्तारुढ नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सर्वोच्च अदालत पुगेर आफ्नो लिखित जवाफ पेश गरेका छन् । 

    आफूमाथि परेको अवहेलना सम्बन्धी मुद्दामा प्रचण्ड आज अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गरेका हुन् । उनले लिखित जवाफ पेश गर्दै आफुले अवहेलना हुने केही कुरा नबोलेको बताएका छन् । उनले अदालतको अपहेलनाको निवेदन खारेज गरी पाउँ भनी लिखित जवाफ पेश गरेका छन् । 

    154871991_2892399604330882_1590885265518822670_n.jpg

    उनले जवाफमा भनेका छन् - 'वर्तमान प्रधानमन्त्रीले यो संवैधानिक संसदीय सुनुवाइको व्यवस्था निष्क्रिय पार्न नै संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस एकैदिन गरेको कुरालाई सम्मानित अदालतमा निवेदन परिसकेको छ । यसको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको छ । यसबारेमा म यहाँ केही बोल्न चाहन्न । सम्मानित अदालतबाटै छिनोफानो हुनेछ । यसबारेमा म यहाँ केहि बोल्न चाहान्ँन । '


     


    फाल्गुण १६, २०७७ आइतवार १२:३२:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल 'प्रचण्ड'

  • क्यानाडानेपाल डेस्क