• Feb 28 2021 | २०७७, फाल्गुण १६गते

२०७७, फाल्गुण १६गते

सीमा समस्या समाधान गर्न दुई देश सहमत - परराष्ट्रमन्त्री ज्ञवाली

क्यानाडानेपाल माघ ३ २०७७
  • 630
    SHARES
  • सीमा समस्या समाधान गर्न दुई देश सहमत  - परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौं - परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली स्वदेश फर्किएका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन  भारत भ्रमणमा गएका उनी शनिवार स्वदेश फर्किएका हुन् । 

    भारत भ्रमण सकेर स्वदेश आएका ज्ञवालीले पत्रकारसँग कुरा गर्दै नेपाल र भारतबीचको सीमा सम्वन्धि समस्या छिट्टै टुंग्याउन दुई देश सहमत भएको बताए । 

    उनले भ्रमण्णबाट दुई देशबीचको घनिष्ठ, मैत्रिपूर्ण सम्बन्धलाई थप मजबुत पार्न योगदान पुगेको बताए । उनले कोरोना भ्याक्सिनको तत्कालको आवश्यक्ता आपूर्ति गर्न दुई देशबीच छलफल भएको बताउदै उनले यसमा भारतले नेपाललाई प्राथमिकतामा राखेको बताए । 

    उनले दुई देशबीच पारवहन रेल सम्वन्धि सन्धि समझौताहरु पुनरावलोकनको प्रकृया छिटो सम्पन्न गर्न र वाणिज्य सन्धिको पुनरावलोकनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा सहमति जुटेको बताए । 

    त्यस्तै कोरोनाभाइरसको संक्रमणका कारण बन्द रहेका हवाई तथा स्थल मार्गहरु क्रमशः खोल्दै जाने बिषयमा कुराकानी भएको बताए । 


    माघ ३, २०७७ शनिवार १९:२१:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदिपकुमार ज्ञवाली

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    विप्लव नेतृत्वको समूहसँग छिट्टै वार्ता हुन्छ – प्रधानमन्त्री ओली

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 58
    SHARES
  • विप्लव नेतृत्वको समूहसँग छिट्टै वार्ता हुन्छ – प्रधानमन्त्री ओली

    काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुने र त्यो वार्ता सफल हुने बताउएका छन् । ‘तपाईंहरुले केही दिनमा नै टेलिभिजनको पर्दाबाट समस्या समाधान भएर खुशी साटासाट गरेको देख्न सक्नुहुनेछ’, ओलीले भने ।

    आइतबार झापाको कमल गाउँपालिका ६ झर्कामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै ओलीले विप्लवसँग वार्ता हुने र त्यो वार्ता सकारात्मक हुने बताउएका हुन्। 

    दीगो शान्ति स्थापनाका लागि सरकार दृढ रहेको जनाउँदै केही समस्याहरु भएको भए त्यो पनि समाधान हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जानकारी दिए । समाचार : गोरखापत्र अनलाइन 


    फाल्गुण १६, २०७७ आइतवार १७:३८:४६ बजे : प्रकाशित

    कोमल वलीले रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्ने

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 450
    SHARES
  • कोमल वलीले रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्ने


    काठमाडौँ । राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा प्रचण्ड नेपाल समूहका नेता रघुजी पन्तविरुद्ध अदालतमा मुद्दा दायर गर्ने भएकी छिन् । 

    उनले पन्तविरुद्ध अदालतमा मानहानी मुद्दाको लागि कानुनी प्रक्रिया शुरु गर्ने बताइएको छ । एक कार्यक्रममा पन्तले पिडौला देखाउँदै पोइला जान पाम भनेपछि प्रधानमन्त्रीले सांसद् बनाएको बताएका थिए ।

    उनको उक्त अभिव्यक्तिलाई लिएर वलीले उनीविरुद्ध अदालतमा मानहानी मुद्दा दायर गर्ने भएकी हुन् । 

    पन्तको अभिव्यक्तिलाई लिएर आलोचना पनि भइरहेको बेला वलीले यस्तो कदम चाल्न लागेकी हुन् । अहिले दाङमा रहेकी वली मंगलबार काठमाडौं आएपछि पन्तविरुद्ध कानुनी प्रक्रिया थाल्ने बताइएको छ । 
     


    फाल्गुण १६, २०७७ आइतवार १४:५९:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोमल वली

  • क्यानाडानेपाल डेस्क

    सर्वोच्च अदालत पुगेर यस्तो जवाफ दिए प्रचण्डले (पूर्णपाठसहित)

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 372
    SHARES
  • सर्वोच्च अदालत पुगेर यस्तो जवाफ दिए प्रचण्डले (पूर्णपाठसहित)

    काठमाडौं - सत्तारुढ नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सर्वोच्च अदालत पुगेर आफ्नो लिखित जवाफ पेश गरेका छन् । 

    आफूमाथि परेको अवहेलना सम्बन्धी मुद्दामा प्रचण्ड आज अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गरेका हुन् । उनले लिखित जवाफ पेश गर्दै आफुले अवहेलना हुने केही कुरा नबोलेको बताएका छन् । उनले अदालतको अपहेलनाको निवेदन खारेज गरी पाउँ भनी लिखित जवाफ पेश गरेका छन् । 

    154871991_2892399604330882_1590885265518822670_n.jpg

    उनले जवाफमा भनेका छन् - 'वर्तमान प्रधानमन्त्रीले यो संवैधानिक संसदीय सुनुवाइको व्यवस्था निष्क्रिय पार्न नै संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस एकैदिन गरेको कुरालाई सम्मानित अदालतमा निवेदन परिसकेको छ । यसको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको छ । यसबारेमा म यहाँ केही बोल्न चाहन्न । सम्मानित अदालतबाटै छिनोफानो हुनेछ । यसबारेमा म यहाँ केहि बोल्न चाहान्ँन । '


     


    फाल्गुण १६, २०७७ आइतवार १२:३२:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल 'प्रचण्ड'

  • क्यानाडानेपाल डेस्क

    सर्वोच्च अदालत पुगे प्रचण्ड

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 278
    SHARES
  • सर्वोच्च अदालत पुगे प्रचण्ड

    काठमाडौं - सत्तारुढ नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सर्वोच्च अदालत पुगेका छन् । 

    उनी आफूमाथि परेको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ दिन अदालत पुगेका हुन् । गएको माघमा  विराटनगरको सभामा उनले दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले अदालतमा मुद्दा दर्ता गरेका थिए । 

    154871991_2892399604330882_1590885265518822670_n.jpg

    उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा। मनोजकुमार शर्माको इजलासले प्रचण्डलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो । सोही आदेशको जवाफ बोकेर प्रचण्ड आज अदालत पुगेका हुन् ।  

    155108959_2892400147664161_5899788304009830034_n.jpg


    फाल्गुण १६, २०७७ आइतवार ११:३४:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल 'प्रचण्ड'

  • क्यानाडानेपाल डेस्क

    प्रधानमन्त्री ओली आज झापा जाँदै 

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 290
    SHARES
  • प्रधानमन्त्री ओली आज झापा जाँदै 

    काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जादैछन् ।

    झापामा विकास–आयोजनाहरू शिलान्यास गर्नुपर्ने भएकाले प्रधानमन्त्री ओली त्यहाँ जान लागेका हुन् ।

    उनले झापाको कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने 'चीन नेपाल मैत्री औद्योगिक पार्क' शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।  

    चिनियाँ लगानीमा बन्न लागेको उक्त पार्कमा ६४ अर्ब लगानी रहेको छ। कमल गाउँपालिकाको झर्काहामा आयोजना गरिएको कार्यक्रममा विभिन्न कलाकारहरु पनि पुग्ने बताइएको छ । ओली कार्यक्रम सकेर आज बेलुका नै काठमाडौं फर्कने बताइएको छ । 
     


    फाल्गुण १६, २०७७ आइतवार ०८:२१:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • क्यानाडानेपाल डेस्क

    प्रधानमन्त्री ओलीका पक्षमा सय बढी सांसद छन् - मुख्य सचेतक भट्टराई

    क्यानाडानेपाल

    फाल्गुण १५

  • 354
    SHARES
  • प्रधानमन्त्री ओलीका पक्षमा सय बढी सांसद छन् - मुख्य सचेतक भट्टराई

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका पक्षमा अहिलेपनि सयभन्दा बढी सय प्रतिनिधिसभा सदस्य रहेको जिकिर गरेका छन् । 

    रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा भट्टराईले प्रधानमन्त्री ओली अल्पमतमा नरहनुभएको र आवश्यक पर्दा बहुमत सिद्ध गरेर देखाइदिन सकिने बताउँदै प्रधानमन्त्रीलाई बीचैमा हटाउन खोजिएपछि मध्यावधी निर्वाचनको घोषणा भएकामा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट गरे ।

    प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बस्नेछ । संसद्मा अविश्वासको प्रस्ताव पेश भएमा र पार्टीको ह्विपविरुद्ध कुनै सदस्य लागेमा विधानबमोजिम कारबाही गरिने उनको उद्घोष थियो ।

    नेता भट्राईले प्रधानमन्त्रीविरुद्ध नेकपाको सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत आरोपत्र फिर्ता, प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई कार्याकाल पूरा गर्न दिने सहमति भएमा नेकपाको एकता कायम रहने पनि बताए । 

    उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रुपमा प्रधानमन्त्रीको राजीनामा नमागेको पनि स्मरण गराए । प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीले शुक्रबार मुख्य सचेतक देवप्रसाद गुरुङलाई हटाएर भट्टराईलाई नियुक्त गरेका थिए।रासस


    फाल्गुण १५, २०७७ शनिवार २०:०८:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विशाल भट्टराई
  • # प्रतिनिधि सभा पुनःस्थापना

  • क्यानाडानेपाल डेस्क