आइतबार
१ मङ्सिर
२०७६

हलिउड फिल्म खेल्ने तयारीमा अभिनेत्री आलिया भट्ट

शनिबार कार्तिक २३, २०७६/ Saturday 11-09-19

एजेन्सी - बलिउडकी निकै चर्चित अभिनेत्री हुन् आलिया भट्ट । धेरैजसो आफ्ना नयाँ फिल्म र प्रेम सम्बन्धका कारण चर्चामा आइरहने आलिया पछिल्लो समय फिल्मकै कारण चर्चामा छिन् । भारतिय मिडियाका अनुसार अभिनेत्री आलिया अब हलिउड फिल्ममा काम गर्ने भएकी छिन् ।

यसअघि बलिउड अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणले पनि हलिउड फिल्ममा काम गरिसकका छन् । अभिनेता रणबिर कपुरसंग विवाह बन्धनमा बाधिने तयारीमा रहेकी आलिया हलिउड फिल्ममा खेल्ने भन्ने खबरले उनको खबर निकै उत्साहित भएका छन् । आलिया हलिउडको कुन फिल्ममा खेल्ने भन्ने बारे आधिकारीक खबर भने आइसकेको छैन तर उनी हलिउड फिल्ममा खेल्ने पक्का भएको छ ।