आइतबार
१ मङ्सिर
२०७६

भिटेनको नयाँ र्‍याप गीत सार्वजनिक, देखिइन् ‘सरौतो’की सुमी मोक्तान (भिडियो)

शनिबार कार्तिक २३, २०७६/ Saturday 11-09-19

काठमाडौं - चर्चित र्यापर समिर घिसिङ भिटेन को नयाँ र्‍याप गीत सार्वजनिक भएको छ । उनले चलचित्र सरौतो’का लागी नयाँ र्‍याप गीत गएका हुन् । मंसिर १३ गतेबाट देशभर रिलिज हुने तयारीमा रहेको यस चलचित्रका र्‍याप गीतमा र्यापर समिर घिसिङ  भिटेन को स्वर रहेको छ । केहि समय अघि अश्लील गीत गाएको आरोपमा पक्राउ परेका भिटेनको यस गीतमा सम्भावित विवादबाट बच्न  विप राखिएको छ। 

यस गीतको भिडियोमा चलचित्र  ‘सरौतो’ की अभिनेत्री सुमी मोक्तान देखिएकी छिन् । यस गीतले चलचित्रको प्रचारलाई सहयोग पुग्ने बताइएको छ ।  हरी हुमागाईंले निर्देशन गरेको यस चलचित्रमा अभिनेत्री सुमी मोक्तानसँगै सन्नी सिंह, विजय लामा,आमिर गौतम, युवराज लामा लगायतका कलाकारको अभिनय रहेको छ ।