आइतबार
१ मङ्सिर
२०७६

यस फिल्ममा बलिउडका यी तीन खान एकसाथ देखिदै

शनिबार कार्तिक २३, २०७६/ Saturday 11-09-19

एजेन्सी - बलिउडमा सदाबहार चर्चामा आइरहने अभिनेता हुन् सलमान, शाहरुख र आमिर खान । पछिल्लो समय एक नयाँ खबर बाहिरिएको छ । भारतिय मिडियाका अनुसार अब यी तिनै खान एउटै फिल्ममा खेल्ने भएका छन् । लामो समयदेखी दर्शकले इच्छा गरेको यो कुरा अब पुरा हुने भएको छ । यी तिनै जनालाई एउटै फिल्ममा देख्न पाइने भएको छ ।

अभिनेता सलमान खान र शाहरुख खान हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक ‘लाल सिंह चड्ढा’ मा विशेष भूमिकामा देखिने बताइएको छ । आमिर खान र करीना कपूरको मुख्य भूमिका रहने उक्त फिल्ममा सलमान र शाहरुख देखिने भएपछी धेरै दर्शकहरु खुशि भएका छन् । बलिउडका तीन खान एकसाथ पर्दामा देखिने यस फिल्ममा सलमान र शाहरुखले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।