आइतबार
१ मङ्सिर
२०७६

क्यान्सरबाट बच्न खानुहोस् यी खानेकुरा 

शनिबार कार्तिक २३, २०७६/ Saturday 11-09-19

काठमाडों - अहिले धेरैजसो मानिसहरु क्यान्सरको जोखिममा पर्न थालेका छन् । खासमा दूषित पानी र खानपानले नै मानिसहरुलाई रोग लाग्ने गर्छ । पछिल्लो समय यस्तै कारणले नै मानिसमा क्यान्सको जोखिम बढिरहेको छ । दूषित पर्यावरण र खानपानले नै क्यान्सर लाग्ने गर्छ । त्यसैले खानपानमा नै हामिले बिशेष ध्यान दिनुपर्दछ । क्यान्सरको जोखिम कम गर्न हामिले यी खानेकुराहरु खानु निकै आवश्यक छ । क्यान्सरको जोखम कम गर्न ओखर  खानु निकै आवश्यक छ । त्यस्तै क्यान्सरको जोखिम कम गर्न यी खानेकुरा खानुपर्दछ । 

लसुन – लसुन हाम्रो शरिरको लागी निकै फाइदाजनक चिज हो । यसमा पाइने फाइटो केमिकलले क्यान्सरसँग लड्न सहयोग गर्छ । यसले महिलामा हुने पाठेघरसम्बन्धी क्यान्सरको जोखिम पनि कम हुन्छ । ब्रोकाउली –  ब्रोकाउली पाि हाम्रो शरिरको लागी निकै फाइदाजनक तरकारी हो । यसमा सल्फोराफेनको मात्रा अधिक हुनाले  यो तरकारी खाने गर्नाले स्तन, कलेजो, फोक्सो, प्रोस्टेट, छाला, पेट लगायतका क्यान्सर लाग्न कम हुन्छ ।

फलफूल – क्यान्सरको जोखिम कम गर्न स्ट्रबेरी, किम्बु, काफल लगायतका फलफूल खानु निकै आवश्यक छ । यसमा क्यान्सरविरुद्ध लड्ने फाइट्रोन्युट्रियन्ट्स तत्व हुने हुनाले शरीरका अंगमा क्यान्सरका कोषिकाहरूको विकास गर्न रोक्ने काम गर्छ । यी फलफुलको सेबनले आमाशय, मुख र छालामा हुने क्यान्सरबाट बच्न सकिन्छ । 

गोलभेँडा – गोलभेँडामा क्यारोटेनोइड नामक तत्व  पाइने हुनाले गर्भाशयमा हुने क्यान्सरका कोषिकाहरूको विकास गर्न रोक्छ । यसले फोक्सो, प्रोस्टेट र पेटको क्यान्सरको जोखिममा कम गरिदिन्छ ।सिमी –  गेडागुडी खानु निकै राम्रो कुरा हो । हामिले सिमीजस्ता गेडागुडीखाइरहेका स्तन र पाठेघरसम्बन्धी क्यान्सर लाग्नबाट बच्न सकिन्छ ।