आइतबार
१ मङ्सिर
२०७६

अयोध्याको विवादास्पद जमिन हिन्दू पक्षले पाए, मुस्लिम समुदायले छुट्टै जमिन पाउने

शनिबार कार्तिक २३, २०७६/ Saturday 11-09-19

एजेन्सी - अयोध्याको विवादास्पद जमिन हिन्दू पक्षले पाएका छन् । शनिबार भारतको सर्वोच्च अदालतले अयोध्याको विवादास्पद जमिन हिन्दू पक्षले पाउने फैसला गरेको हो । अयोध्याको हिन्दु र मुसलमानबीचको उक्त विवादास्पद जमिन हिन्दू पक्षले पाउने भन्दै शनिबार बिहान अदालतले ऐतिहासिक फैसला सुनाएको हो । अब उक्त जमिनमा राम मन्दिर बन्ने भएको छ । अदालतले शनिबारको फैसालामा मुस्लिम पक्षलाई वैकल्पिक स्थानमा जग्गा दिइने पनि बताएको छ । अदालतले मस्जिद बनाउनका लागि पाँच एकड जमिन दिन केन्द्र सरकारलाई आदेश पनि दिएको  छ ।

 सन् १९९२ मा हिन्दुहरुले राम मन्दिर भएको स्थानमा बाबरी मस्जिद निर्माण गरिएको भन्दै  पुरानो मस्जिद भत्काइदिएका थिए । हिन्दुहरुले पुरानो मस्जिद भत्काइदिएपछी जमिनका बारे अदालतमा मुद्दा परेको थियो । यसअघि सन् २०१० मा अलाहावाद उच्च अदालतले तीन समूहलाई बाँड्ने फैसला गरेको थियो । उक्त २।७७ एकर्ड जमिन तीन समूहले बाड्ने कुरा भएपछी त्यसविरुद्ध विभिन्न समूह सर्वोच्च अदालत पुगे ।