आइतबार
१ मङ्सिर
२०७६

९० किलोकी मोटी साराले कसरी घटाइन् तौल, तस्बिर बन्यो भाइरल

शनिबार कार्तिक २३, २०७६/ Saturday 11-09-19

एजेन्सी – बलिउडकी चर्चित नायिका हुन् सारा अली खान । बेलाबेलामा बिभिन्न कारणले चर्चामा आइरहने सारा पछिल्लो समय उनको एक फोटोको कारण चर्चामा छिन् । २०१८ मा फिल्म केदारनाथबाट बलिउडमा डेब्यू गरेकी उनले केहि समय अघि आफ्नी आमासँगको एक तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेकी थिइन् ।

उक्त तस्बिरमा उनी निकै मोटी देखिएकी छिन् । उनले इन्स्टाग्राममा शेयर गरेको उक्त तस्बिरले सबैको ध्यान तानेको थियो ।  उक्त तस्बिर उनी ९० किलो हुँदाको हो । पहिले निकै मोटी रहेकी उनले आफ्नो तौल अहिले कम गरेकी छिन् ।अहिलेकी हट नायिका सारा पुरानो तस्बिर हेर्दा सबै चकित नै परे । हिलेकी हट र स्लिम साराले कसरी आफ्नो त्यो शरिर घटाइन भन्दा सबै चकित पर्ने गर्छन् ।

उनले शेयर गरेको उक्त पुरानो फोटोमा नायिका श्रद्धा कपुरले लेखेकी छिन्, ‘तिमीले कस्तो उत्कृष्ट यात्रा तय गर्‍यौ । सलाम छ ।’अहिले सारा निकै फिट देखिन्छिन् । उनी दैनिक जीममा वर्कआउट पनि गर्छिन् । नायिका साराले एक कुराकानीमा भनिन् म पहिला पिज्जा खाने गर्थे, अहिले म पिज्जा खान्न, बिहान उठेर तातो पानी खान्छु , अण्डा र चिकन पनि मनपर्छ,