• Mar 02 2021 | २०७७, फाल्गुण १८गते

२०७७, फाल्गुण १८गते

सभापति देउवाद्वारा वडामा आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन आग्रह

क्यानाडानेपाल माघ ७ २०७७
  • 566
    SHARES
  • सभापति देउवाद्वारा वडामा आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन आग्रह

    काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेका छन् । 

    उनले बुधबार विज्ञप्तिमार्फत छ हजार ७४३ वडामा बिहिबार आयोजना गरिने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका हुन् । उनले घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन भनेका छन् । 

    विघटनको कदमविरुद्ध काँग्रेसले गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा यही माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।  

    140313169_868498697319652_4222666789575021492_n.jpg


    माघ ७, २०७७ बुधवार २०:२५:०० बजे : प्रकाशित

    अर्कोसमाचार

    भ्रममा पर्नुपर्दैन, आधिकारिक नेकपा र सूर्य चिह्न हामीले नै पाउछौं - प्रचण्ड

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 186
    SHARES
  • भ्रममा पर्नुपर्दैन, आधिकारिक नेकपा र सूर्य चिह्न हामीले नै पाउछौं - प्रचण्ड

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आधिकारिक नेकपा र सूर्य चिह्न आफुहरुले पाउने बताएका छन् । 

    शनिवार काठमाडौंमा आयोजित पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघ एकता कार्यक्रममा प्रचण्डले सो कुरा दाबी गरेका हुन् । 

    उनले निर्वाचन आयोगले आधिकारिक नेकपा पार्टी र सूर्य चिह्न आफुहरुलाई दिने बताए । उनले भने - 'कोही भ्रममा पर्नु पर्दैन, नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ'

    प्रचण्ड–नेपाल समूहको निर्णय : निर्वाचन आयोगलाई पार्टीको आधिकारिता टुंगाउन आग्रह गर्ने,  स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड–नेपाल समूहको निर्णय : निर्वाचन आयोगलाई पार्टीको आधिकारिता टुंगाउन आग्रह गर्ने, स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने

    संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलाले ओली समूहलाई पछारेको बताउदै उनले हारेको झोकमा जे पायो त्यो बोल्दै हिडेको बताए । ओलीले अदालतमा सेटिङ गर्न खोजे पनि सर्वोच्चले असफल बनाइदिएको उनले बताए । 

    ममाथि कुनै शारीरिक हमला भएमा कुनै अनौठो नमान्नुहोला - प्रधानमन्त्री ओली ममाथि कुनै शारीरिक हमला भएमा कुनै अनौठो नमान्नुहोला - प्रधानमन्त्री ओली

     


    फाल्गुण १७, २०७७ सोमवार १९:४१:३४ बजे : प्रकाशित

    कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन - मन्त्री श्रेष्ठ   

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 208
    SHARES
  • कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन - मन्त्री श्रेष्ठ   

    दहचोक (चन्द्रागिरि)। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने प्रष्ट पार्नुभएको छ । चन्द्रागिरि नगरपालिका¬–१ दहचोकस्थित बाहुनडाँडामा गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालयको आज शिलान्यास गर्दै उहाँले कसैले परबाट राजीनामा दे भन्दा प्रधानमन्त्रीले राजीनामा दिने हो भनी प्रश्न गर्नुभयो ।    
        
    वर्तमान सरकारले नै मुलुकमा निर्वाचन गराउनेमा ढुक्क हुन आग्रह गर्दै उहाँले संसद्मा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न पनि चुनौती दिनुभयो । प्रधानमन्त्री ओलीले चालेको राजनीतिक कदमको संवैधानिक निरुपण हुँदा मुलुक अप्ठयारो अवस्थामा पुगेको जिकिर गर्दै उहाँले यद्यपि सरकारले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाएको बताउनुभयो ।    
        
     “नसोचेको घटनामा मुलुक फसेको छ, यसबाट मुलुकले निकास पाउनुपर्छ, देश, जनता, लोकतन्त्र र संविधानले जित्नुपर्छ”, उहाँले भन्नुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यही फागुन ११ गते १३ दिनभित्र संसद् बैठक बोलाउन सरकारका नाममा परमादेश दिएको थियो । मन्त्रिपरिषद् बैठकले यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभा बैठक बोलाउन राष्टपतिसमक्ष सिफारिश गरेको छ ।

    “सरकार गठन भएदेखि नै जनताको पक्षमा काम हुँदै आएको छ, तर आफ्नै पार्टीबाट असहयोग भएको छ”, मन्त्री श्रेष्ठले भन्नुभयो । मुलुक पुनःनिर्माण र नवनिर्माणको चरणमा तीव्र गतिमा अगाडि बढेको उल्लेख गर्दै उहाँले यही सरकारले नै रानीपोखरीलगायत संरचनाको निर्माण सम्पन्न गरेको र धरहरा तथा काष्ठमण्डपको छिट्टै निर्माण सम्पन्न गरिने बताउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “आगामी वैशाख १२ गते मध्याह्न १२ बजे काष्ठमण्डपको उद्घाटन गरिन्छ ।”    
        
     प्रत्येक पालिकामा एक प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको उद्देश्य रहेको बताउँदै उहाँले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले त्यसको तयारी गरिरहेको र छिट्टै घोषणा गरिने जानकारी दिनुभयो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले आर्थिक, सामाजिक, धार्मिक तथा साँस्कृतिक दृष्टिले नगरपालिकालाई समृद्ध बनाउन लागि परेको बताउनुभयो । चन्द्रागिरि नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गरिने प्रतिबद्धता पनि उहाँले बताउनुभयो । सिटिइभिटीका सदस्यसचिव डा पुष्परमण वाग्लेले प्राविधिक शिक्षामा सबैको पुहँच पुर्याउने उद्देश्यसहित देशभर प्राविधिक शिक्षालय विस्तार गर्न लागिएको बताउनुभयो ।    
        
     शिक्षालयका लािग जग्गा प्राप्ति भएलगत्तै निर्माण थालनी गरिने सिटिइभिटीले जनाएको छ । शिक्षालयको विस्तृत परियोजना निर्माण (डिपिआर)को निर्माणको काम भइरहेको छ । प्राविधिक शिक्षालयको सम्पूर्ण लागत डिपिआरले तय गर्नेछ ।रासस 


    फाल्गुण १७, २०७७ सोमवार १९:१२:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कृष्णगोपाल श्रेष्ठ

  • क्यानाडानेपाल डेस्क

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (पूर्णपाठसहित)

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 1.2K
    SHARES
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (पूर्णपाठसहित)

    काठमाडौं ।  फाल्गुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । सोमवार सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका छन् । 

    प्रवक्ता गुरुङले ३ दिनको बैठकले गरेको ३२ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् । फाल्गुन ११ बसेको मन्त्रिपरिषद् बैठकले  जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्धकमा अनिल कुमार झालाई नियुक्त गर्ने निर्णय गरेको छ । 

    यस्तै सहसचिव सरहका कृष्ण प्रसाद पुडासैनीलाई राजपत्रांकित प्रथम श्रेणीमा पदस्थापना, सरुवा गर्ने निर्णय गरेको छ।

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ को मस्यौदा स्वीकृती गर्ने, जीबीकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि २०७७ स्वीकृती गर्ने लगायतका विभिन्न निर्णय उक्त बैठकले गरेको छ । 

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु 


    फाल्गुण १७, २०७७ सोमवार १८:५४:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् बैठकका निर्णय

  • क्यानाडानेपाल डेस्क

    पार्वत गुरुङले भने - प्रधानमन्त्री ओलीले राजीनामा दिन मिल्दैन  

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 176
    SHARES
  • पार्वत गुरुङले भने - प्रधानमन्त्री ओलीले राजीनामा दिन मिल्दैन  

    काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नमिल्ने बताएका छन् ।

    सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री ओलीलाई राजीनामा दिनबाट रोकेको बताए । 

    अदालतले नै राजीनामा दिनबाट रोकेकाले दिन नमिल्ने बताउदै उनले भने - 'निर्वाचनको माध्यमबाट बहुमत पाएको र त्यसको संसदीय दलको नेतासँग सरकार बनाउने र राज्य सञ्‍चालन गर्ने बाहेक अन्य कुनै संवैधानिक विकल्प नै रहँदैन । अदालतले नै राजीनामा दिनबाट रोकेकाले प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन ।’

    उनले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीतिमा आउने पक्रियामा रहेको बताए । कुनै पनि हिंसात्मक गतिविधि नगरौ भन्ने सरकार रहेको बताउदै उनले भने - 'विप्लव पार्टी पनि शान्तिपूर्ण राजनीतिमा आउने प्रक्रियामा छ।'

     
     


    फाल्गुण १७, २०७७ सोमवार १८:२४:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पार्वत गुरुङ

  • क्यानाडानेपाल डेस्क

    ममाथि कुनै शारीरिक हमला भएमा कुनै अनौठो नमान्नुहोला - प्रधानमन्त्री ओली

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 282
    SHARES
  • ममाथि कुनै शारीरिक हमला भएमा कुनै अनौठो नमान्नुहोला - प्रधानमन्त्री ओली

    काठमाडौं - नेकपा ओली समूहमा अध्यक्ष तथा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रहार भइरहेको बताएका छन् । 

    सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । उनले आफुमाथि शारीरिक हमला हुनसक्ने बताउदै आफूमाथि ज्यान मार्नेसम्मको प्रयास भएको संकेत गरे । 

    ज्यान नै तल माथि भएमा अनौठो नमान्न भन्दै उनले भने - 'सम्पूर्णरूपमा ममाथि प्रहार अत्यन्तै तीव्र गतिले केन्द्रित छ। ममाथि कुनै शारीरिक हमला नै भयो, मेरो ज्यान नै तल-माथि भयो भने पनि अनौठो नमान्नुहोला।  तर त्यस्तो हुन दिइने छैन। म नभएपछि देश अघि बढ्छ मेरो पार्टी रहन्छ। '

    देशमा तीन वर्षमा धेरै विकास भएको बताउदै ओलीले देश विकासको बाटोमा तिव्र गतिमा अघि बढेको बताए । राष्ट्रियताको सवालमा एकजुट हुन खोज्दा केही देशका श​त्रुहरु यसविरुद्ध लागिपरेको बताउदै उनले श​त्रुहरुले जनताबीचको एकता र उन्नती देख्न नचाहेको बताए । 


    फाल्गुण १७, २०७७ सोमवार १५:००:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • क्यानाडानेपाल डेस्क

    नेकपाका दुवै समूहको नजर 'पर्ख र हेर'को रणनीतिमा रहेका कांग्रेस र जसपातिर

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 226
    SHARES
  • नेकपाका दुवै समूहको नजर 'पर्ख र हेर'को रणनीतिमा रहेका कांग्रेस र जसपातिर

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरेसँगै छिट्टै राजनीतिक गतिरोध अन्त्य हुने कतिपयले आशा गरे पनि अवस्था त्यति सहज नरहेको प्रतीत हुन थालेको छ।

    नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले 'नैतिकता'का आधारमा राजीनामा दिनुपर्ने बताइरहँदा प्रधानमन्त्रीले राजीनामा नदिने अडान लिएका छन्।

    आइतवार झापामा एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन सार्वजनिक रूपमा चुनौती पनि दिए।

    हिमालय टेलिभिजनलाई दिएको एउटा अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले आफूले अहिले राजीनामा दिए स्थिति झन् बिग्रन सक्ने दाबी गरेका छन्।

    कांग्रेस र जसपाको साथ पाउने आशा
    यसबीचमा नेकपाका दुवै समूहले प्रधानमन्त्रीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव पेश हुने र त्यसमाथि मतदान हुने अवस्था आएमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको साथ पाउने आशा व्यक्त गर्दै आएका छन्।

    तर के उनीहरूले आशा गरेझैँ कांग्रेस र जसपा कुनै समूहको पक्षमा उभिन तयार छन् त?

    ती दुवै दलका नेताका कुरा सुन्दा उनीहरू तत्काल कसैको पक्षमा खुल्न चाहेका छैनन् अर्थात्‌ उनीहरूले 'पर्ख र हेर' को नीति अवलम्बन गरेको देखिन्छ। नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल कुनै पार्टी विशेषको आन्तरिक विवादमा कांग्रेस नफस्ने तर्क गर्छन्।

    नेकपा आधिकारिक रूपमै विभाजित भए कांग्रेसले प्रधानमन्त्री ओलीको पार्टी अथवा प्रचण्ड-नेपालको पार्टीलाई प्रधानमन्त्रीमा सघाउँछ भन्ने जिज्ञासमा रिजालले कम्युनिस्ट पार्टीकै एक जनाको विकल्पमा अर्कालाई कांग्रेसले नसघाउने दाबी गरे।

    "अंशबण्डा गर्ने हो भने उहाँहरूले अहिले प्रस्ट रूपमा के बुझ्नुपर्‍यो भने ओलीको विकल्पमा अर्का कम्युनिस्ट नेता प्रधानमन्त्री हुने अवस्था हुँदैन," सोमवार बीबीसी न्यूज नेपालीसित उनले भने।

    "त्यस्तो अवस्थामा उहाँहरूले कांग्रेसबाटै प्रधानमन्त्री बनाउने मानसिकता राख्नुपर्छ।" गत साता नेकपाका नेताद्वय प्रचण्ड र माधवकुमार नेपालले 'मिलेर जान' प्रस्ताव गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसबारे पार्टीभित्र छलफल गर्ने जबाफ दिएका थिए।

    "हामीले जनताको भावना, संविधानको मर्म, पार्टी र लोकतन्त्रको बृहत्तर हितलाई हेरेर मात्रै निर्णय गर्छौँ। प्रक्रिया [अविश्वास प्रस्ताव] मा नगई हामी निर्णय गर्दैनौँ," कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।

    सहकार्यबारे केही दिनअघि नेकपाका नेताद्वय प्रचण्ड र नेपालले जसपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठसँग पनि पेरिसडाँडामा छलफल गरेका थिए।

    'जसपा आफ्नै मुद्दासँग'
    सो क्रममा महतोले तपाईँको पार्टी कुन हो भन्ने प्रश्न प्रचण्डतर्फ तेर्स्याएको बताएका थिए।

    नेता महतोले लोकप्रियताका लागि त्यो अभिव्यक्ति दिएको भन्ने कतिपयले टिप्पणी गरिरहँदा सहकार्यबारे जसपा पनि नेपाली कांग्रेसजस्तै समयको पर्खाइमा रहेको देखिन्छ।

    "हामी कोहीसँग हुँदैनौँ, हामी हाम्रो मुद्दासँग हुन्छौँ। हाम्रो मुद्दासँग को आउँछ त्यो हामीले हेर्ने हो," महतोले सोमवार बीबीसी न्यूज नेपालीसित भने।यसो हेर्दा तपाईँहरूका मुद्दासँग नजिक कुन समूह देखिन्छ भन्ने जिज्ञासामा उनले थपे, "अनुमानको भरमा भन्न मिल्दैन। संविधान जारी गरे बेला उहाँहरू सबैले हामीलाई धोका दिएकै हुन्।"

    जसपाका अर्का नेता अनिलकुमार झा आफूहरूको नजरमा प्रधानमन्त्री ओली, प्रचण्ड र नेपाल एउटै पार्टीका नेता भएको बताउँछन्।

    "हाम्रो कामना छ कि उहाँहरूको पार्टी नफुटोस्। यदि फुट्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ। तर त्यो अवस्था आयो भने हामीले केही न केही निर्णय गर्नुपर्ने हुन्छ।" यद्यपि त्यो बेला जसपाको निर्णय के हुन्छ भन्नेबारे नेता झाले केही बताउन चाहेनन्।

    सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गर्दै त्यसको १३ दिनभित्र अधिवेशन बोलाउन आदेश दिएको थियो।

    यस अनुसार राष्ट्रपतिले सोमवार नै मन्त्रिपरिषद्को सिफारिसमा फागुन २३ गते आइतवार दिउँसो ४ बजेलाई प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    फाल्गुण १७, २०७७ सोमवार १४:४३:०० बजे : प्रकाशित