• Mar 02 2021 | २०७७, फाल्गुण १८गते

२०७७, फाल्गुण १८गते

अमेरिका राष्ट्रपति शपथः ट्रम्प बाहिरिए, बाइडनको आउँदो कार्यकालको स्वागत

क्यानाडानेपाल माघ ७ २०७७
  • 494
    SHARES
  • अमेरिका राष्ट्रपति शपथः ट्रम्प बाहिरिए, बाइडनको आउँदो कार्यकालको स्वागत

    राष्ट्रपति डोनल्ड ट्रम्पको विरासतलाई उल्टाउन चाहिरहेका जो बाइडनले कार्यभार सम्हाल्नासाथ थुप्रै कार्यकारी आदेश जारी गर्ने घोषणा गरेका छन्।

    बाइडनले पदभार सम्हालेपछि अमेरिका जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौतामा पुनः फर्किनेछ भने बाइडनले मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउने काम रोक्नेछन्।

    युरोपेली सङ्घले अमेरिकामा जो बाइडनले सुरु गर्न लागेको कार्यकालको स्वागत गरेको छ।

    युरोपेली आयोगकी प्रमुख उर्जुला फोनडेयर लायनले त्यसलाई लामो समयदेखि प्रतीक्षा गरिएको नयाँ बिहानी भनेकी छन्।

    उनले भनिन्, "माननीय सदस्यहरू! यो दिनले एउटा सुखद समाचार ल्याएको छ। संयुक्त राज्य अमेरिका पहिलाको अवस्थामा फर्केको छ र हाम्रो पुरानो एवम्‌ विश्वासिलो साझेदारसँग फेरि जोडिनका लागि युरोपेली सङ्घ तम्तयार छ।"

    साझेदारी
    युरोपेली आयोगकी प्रमुखले कोरोनाभाइरसमहामारीविरुद्ध लड्न वैश्विक साझेदारी आवश्यक रहेकोमा जोड दिँदै जलवायु परिवर्तनसँग जुझ्नका निम्ति गरिएको प्यारिस सम्झौतामा फर्कने बाइडनको निर्णयको प्रशंसा गरिन्।

    बाइडनले पदभार सम्हाल्न लागेको खबरले ठूलो राहतको अनुभूति गरेको जर्मन राष्ट्रपतिले प्रतिक्रिया दिएका छन्।आज कार्यभार सकिन लागेका राष्ट्रपति डोनल्ड ट्रम्प प्रथम महिला मेलानियासँगै ह्वाइट हाउसबाट केहीबेरअघि बाहिरिएका छन्।

    राष्ट्रपतिको हेलिकप्टरबाट एन्ड्र्युज एअर फोर्स बेस पुर्‍याइएका ट्रम्पले त्यहाँ सङ्क्षिप्त सम्बोधन गरे। त्यसक्रममा उनले आफ्नो कार्यकालमा भएका कामहरूको प्रशंसा गरे।

    त्यसमा ट्रम्पले सैन्य क्षेत्रमा गरिएका कामदेखि रोजगारी सिर्जना, कर कटौती र कोरोनाभाइरस महामारीसँग जुझ्न चालिएका कदमसम्मको फेहरिस्त सुनाए।

    सम्बोधन
    सम्बोधनका क्रममा उनले नयाँ प्रशासनलाई शुभकामना दिए पनि राष्ट्रपति निर्वाचित बाइडनको नाम चाहिँ उल्लेख गरेनन्।उनले अझैसम्म हार स्वीकारेका छैनन् र सन् १८६९ यता आफ्ना उत्तराधिकारीले पदभार सम्हाल्ने कार्यक्रममा उपस्थित नहुने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्।

    कुनै न कुनै रूपमा आफू पुनः फर्कने ट्रम्पले बताए। त्यहाँबाट उनी श्रीमतीसहित फ्लोरिडास्थित आफ्नो निजी क्लब जानेछन्।

    आफ्नो कार्यकाल सकिनुभन्दा केही घण्टाअगाडि ट्रम्पले करिब १४० जनालाई क्षमादान दिएका छन् अथवा उनीहरूले पाएको सजायमा कटौती गरेका छन्।

    तीमध्ये धेरैजना उनका समर्थक रहेको विवरणमा जनाइएको छ। त्यसमा उनका पूर्वप्रमुख रणनीतिकार स्टिभ बेनन छन्। बेननमाथि मेक्सिसँग सीमामा पर्खाल लगाउने अभियानका लागि गरिएको रकम सङ्कलनमा हिनाहिना गरेको आरोप छ।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    माघ ७, २०७७ बुधवार २०:४४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका राष्ट्रपति शपथ

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 172
    SHARES
  • जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई

    सोल - दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताउनुभएको छ । 

    राष्ट्रपति मुनले दक्षिण कोरिया यी दुई देशबीचका कैयौँ ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न तयार रहेको बताउनुभएको समाचारमा उल्लेख गरिएको छ । 

    ‘‘हाम्रो सरकार जापानसँग कुनै पनि बेला वार्ताको टेबलमा बस्न तयार रहेको छ, मलाई लाग्छ सबै किसिमका असमझदारीहरु यो वार्ताबाट हट्न सक्नेछ’’ दक्षिण कोरियाका राष्ट्रपति मुनले भन्नुभयो । 

    दक्षिण कोरियाको १०२ औँ स्वतन्त्रता दिवसका अवसरमा उहाँले राष्ट्रिय टेलिभिजनबाट गर्नुभएको सम्बोधनका क्रममा सो धारणा राख्नुभएको हो । आजकै दिन कोरियाली प्रायःद्वीप जापानी उपनिवेशबाट स्वतन्त्र भएको थियो । 

    राष्ट्रपति मुन जाय–इनले भन्नुभयो– मलाई यति विश्वास छ कि हामी दुवै देशले वार्ताको टेबलमा बसेर हाम्रा अनेक समस्याको समाधानमा प्रयास गर्यौँ भने आपसका हाम्रा असमझदारीहरु हट्नेछन् र हामी हरेक समस्याको समाधानका लागि तयार हुनेछौँ । 

    दक्षिण कोरिया र जापानबीचको सम्बन्ध विगतका केही मुद्दाहरुका कारण राम्रो हुन सकेको छैन । जापानले कोरियाली महिलाहरुलाई यौ नदाशीका रुपमा राख्नुका साथै अरु पनि केही ऐतिहासिक र व्यापारिक मु द्दाका कारण विगतदेखि नै यी दुई देशबीचमा असमझदारीहरु बढ्दै आएको छ । 

    यी विषयहरुमा समय समयमा दक्षिण कोरिया र जापानले वार्ताका माध्यमबाट नै समस्या समाधानका प्रयास गरेको भए पनि त्यो सम्भव हुन सकेको छैन । 

    पछिल्ला केही वर्षयता यी दुई देशबीचको कूट नीतिक सम्बन्धमा दरार उत्पन्न भएको छ । त्यसैले दक्षिण कोरियाली राष्ट्रपति मुनले यो आह्वान गर्नुभएको हो । सिन्ह्वा 


    फाल्गुण १७, २०७७ सोमवार १९:२४:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जापान
  • # दक्षिण कोरिया
  • # मुन जाय–इन

  • क्यानाडानेपाल डेस्क

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 210
    SHARES
  • अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने


     वासिङ्टन – अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ । 

    अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गत शनिबार जोन्सनको खोप प्रभावकारी देखिएको भन्दै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । अमेरिकामा जोन्सन समेत तीन कम्पनीका खोपले प्रयोगको अनुमति पाएका छन् । यसअघि नै अमेरिकाले फाइजर र मोडर्नाका खोपलाई स्वीकृत गरिसकेको छ ।

    अमेरिकामा हालसम्म पाँच लाखभन्दा बढी व्यक्तिको कोरोनाको संक्रमणबाट मृत्यु भइसकेको छ । राष्ट्रपति जो बाइडेनले कोभिड–१९ लाई परास्त गर्न खोप र अन्य सचेतनामूलक कार्यक्रमलाई व्यापक बनाउनु भएको छ । 

    एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले कोभिड–१९ को नयाँ स्वरुपलाई पनि रोकथाम गर्न जोन्सनको खोप प्रभावकारी देखिएको जनाएको छ । 

    अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको बताउँदै कोभिड–१९ विरुद्धको सङ्घर्ष अझै समाप्त भइनसकेको बताउनुभयो । अमेरिकाले यसअघि फाइजर र मोडर्नाले विकास गरेका खोप प्रयोगमा ल्याइसकेको छ । 

    राष्ट्रपति बाइडेनले जारी गर्नु भएको विज्ञप्तिमा जोन्सन कम्पनीले विकास गरेको खोप सफल देखिएकोमा सबै अमेरिकी खुशी भएको बताउँदै कोरोनाले सिर्जना गरेको सङ्कट समाधान गर्न हामी सबैलाई यस समाचारले उत्साहित गरेको उल्लेख छ । 

    बाइडेन प्रशासनका एक अधिकारीका अनुसार जोन्सनको खोप सबै राज्य, जातजाति, भूगोल तथा फार्मेसी र सामुदायिक स्वास्थ्य केन्द्रबाट उपलब्ध हुनेछ । उनले जोन्सनका खोपहरु मङ्गलबार बिहानैदेखि देशका विभिन्न भागमा आपूर्ति गर्न थालिने जानकारी दिए ।

    अमेरिकामा हालसम्म ६ करोड ५० लाख व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लिइसकेका छन् । जोन्सनको खोपलाई कम तापक्रममा पनि भण्डार गर्न सकिने र एक डोज मात्र लगाए हुने भएकाले यसको आपूर्ति व्यवस्था मिलाउन निकै सहज हुनेछ । 

    क्लिनिकल ट्रायल (नमुना परीक्षण) मा जोन्सनको खोप संयुक्तराज्य अमेरिकामा ८५.९ प्रतिशत प्रभावकारी देखिएको थियो भने दक्षिण अफ्रिकामा ८१.७ र ब्राजिलमा ८७.६ प्रतिशत सफल पाइएको थियो । 

    जोन्सनले यसअघि मार्चको अन्त्यसम्ममा दुई करोड तथा जुन महिनाको अन्त्यसम्ममा १० करोड डोज आपूर्ति गर्ने लक्ष्य राखेको थियो । एएफपी  


    फाल्गुण १७, २०७७ सोमवार १८:३१:१३ बजे : प्रकाशित

    एक महिनामा पहिलो पटक देखिइन् सू ची 

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 418
    SHARES
  • एक महिनामा पहिलो पटक देखिइन् सू ची 

    म्यान्मारमा सैनिक कू भएको एक महिनापछि पहिलो पटक नेत्री आङ सान सू ची देखिएकी छन्।

    उनी सोमवार भिडिओ लिङ्कमार्फत राजधानीको एक अदालतमा उपस्थित भएकी हुन्।

    उनीमाथि विनाअनुमति वाकीटकी सेट आयात गरेको, कोभिडसम्बन्धी प्रतिबन्धहरू पालना नगरेको र डर पैदा गर्न सक्ने सूचना प्रकाशित गरेको आरोप लगाइएको छ।

    याङ्गुनमा रहेका बीबीसी सम्वाददाताले ती अभियोगहरू सामान्य देखिए पनि त्यसले उनलाई कुनै पदभार ग्रहण गर्न रोक लगाउन सक्छ।

    आइतवार मात्रै म्यान्मारमा हिंसात्मक बनेको प्रदर्शनमा प्रहरीको गोलीबाट १८ जनाको मृत्यु भएको थियो।

    याङ्गुनमा सोमवार पनि प्रदर्शन भइरहेका छन्।बीबीसीबाट


    फाल्गुण १७, २०७७ सोमवार १३:२६:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # म्यान्मार

  • विश्वभर ९ करोड बढी कोरोना संक्रमित निको भए, कुन देशमा कति संक्रमित र मृत्यु ?

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 230
    SHARES
  • विश्वभर ९ करोड बढी कोरोना संक्रमित निको भए, कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं - कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन्। कोरोनाका कारण विश्वका विभिन्न देशका नागरिकले ज्यान गुमाइरहेको छन् भने निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ । अहिले विश्वका विभिन्न देशमा कोरोनो खोप पनि लगाउन शुरु गरिएको छ । 

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड ४६ लाख ८६ हजार ९ सय ३३ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ लाख ४३ हजार २ सय ८५ पुगेको छ ।

    त्यस्तै हालसम्म विश्वमा ९ करोड २ लाख ४२ हजार ३३ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । 

    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ५ लाख २५ हजार ७ सय ७६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड ९२ लाख ५५ हजार ३ सय ४४ पुगेको छ ।  त्यसैगरी निको हुनेको संख्या एक करोड ९६ लाख ९४ हजार ३ सय ६ पुगेको छ ।

    त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख ५५ हजार १८ पुगेको छ भने संक्रमितको संख्या १ करोड ५ लाख ५१ हजार २ सय ५९ पुगेको छ ।

    त्यस्तै भारतमा हालसम्म एक करोड ११ लाख १२ हजार ५६ कोरोना संक्रमित छन् भने एक लाख ५७ हजार १ सय ९५ ले ज्यान गुमाइसकेका छन् । 

    Capture.PNG


    फाल्गुण १७, २०७७ सोमवार ०९:१९:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    म्यान्मार सैन्य कू : सुरक्षाकर्मीहरू प्रदर्शनविरुद्ध कडा रूपमा प्रस्तुत, गोली प्रहारमा १८ जनाको ज्यान गयो

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 250
    SHARES
  • म्यान्मार सैन्य कू : सुरक्षाकर्मीहरू प्रदर्शनविरुद्ध कडा रूपमा प्रस्तुत, गोली प्रहारमा १८ जनाको ज्यान गयो

    संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले कम्तीमा १८ जना मारिएको म्यान्मारको घटनालाई 'अहिलेसम्मकै घातक' भनेको छ।

    प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा उक्त घटना भएको हो। प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुन लगायतका सहरमा मानिसहरू मारिएको विवरणहरूमा जनाइएको छ।

    सुरक्षाकर्मीहरू प्रदर्शनविरुद्ध शनिवारदेखि कडा रूपमा प्रस्तुत हुन थालेका छन्।फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएयता म्यान्मारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन्।

    रगताम्य प्रदर्शनकारी
    आङ सान सू ची लगायत तत्कालीन सरकारका नेताहरूलाई अपदस्थ गरिनुका साथै उनीहरूलाई बन्दी बनाइएको छ।सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ।

    बाटो छेक्न अवरोधहरू खडा गरिएको र मानिसहरू रगतमा लतपतिएको देखिन्छ।सैनिक कूका नेताहरूले प्रदर्शन रोक्न आग्रह गरे पनि त्यसको कुनै सङ्केत नदेखिएपछि प्रहरी कारबाही आइतवार विस्तार गरिएको हो।

    संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ। उसले आइतवारको घटनामा कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको विश्वसनीय सूचना रहेको जनाएको छ।

    "म्यान्मारका जनतालाई शान्तिपूर्ण रूपमा भेला हुन पाउने र प्रजातन्त्रको पुनर्बहालीको माग गर्न पाउने अधिकार छ," प्रवक्ता रविना शमदासनीले भनिन्, "अहिंसक प्रदर्शनकारीविरुद्ध घातक हतियारको प्रयोगको औचित्य अन्तर्राष्ट्रिय मानवअधिकार मान्यता अन्तर्गत कहिल्यै पुष्टि हुन सक्दैन।"

    एकजना प्रदर्शनकारीले प्रहरी दमनबाट आन्दोलन नरोकिने बताए। समाचार संस्था रोयटर्ससँग गरेको कुराकानीमा न्यान वीन शेनको दृढता छ, "उनीहरूले दबाउन खोजे हामी उठ्छौँ, उनीहरूले आक्रमण गरे हामीले प्रतिरक्षा गर्छौँ, सेनाको बुटका अगाडि हामीले कहिल्यै घुँडा टेक्दैनौँ।"

    प्रदर्शन सुरु भएयता कैयौँ मानिस पक्राउ परेका छन्। तर त्यसबारे पुष्टि गरिएको छैन। राजनीतिक बन्दीहरूको अनुगमन गर्ने एउटा संस्थाका अनुसार त्यो सङ्ख्या ८५० रहेको बताएको छ। तर यो हप्ता थप सयौँ गिरफ्तार भएको देखिएको छ।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    फाल्गुण १७, २०७७ सोमवार ०८:३८:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # म्यान्मार

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाए कोरोनाविरुद्धको खोप  

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 224
    SHARES
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाए कोरोनाविरुद्धको खोप  

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । 

    उनले सोमबार बिहान कोरोनाविरुद्धको खोपको पहिलो डोज लागएका हुन् । आफुले कोरोना खोप लगाएको बारे सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका छन् । 

    आफुले कोरोना खोप लगाएको तस्बिर शेयर गर्दै मोदीले सबैलाई खोप लगाउन भनेका छन् । 

    यस्तै भारतमा आजदेखि कोरोनाविरुद्धको खोप अभियानको दोस्रो चरण पनि शुरु भएको छ । 

    भारत बायोटेकले बनाएको कोभ्याक्सीन र अक्सफोर्ड विश्वविद्यालयसँग एस्ट्राजेनेका कम्पनीले बनाएको कोभिशिल्ड प्रयोग गरिएको छ । 

    mo.PNG


    फाल्गुण १७, २०७७ सोमवार ०८:३४:४७ बजे : प्रकाशित