• Mar 02 2021 | २०७७, फाल्गुण १८गते

२०७७, फाल्गुण १८गते

विदेशबाट फर्किएर टेलरिङ्ग व्यवसायमा जमेका यी युवाका मनछुने कथा

क्यानाडानेपाल माघ ७ २०७७
  • 872
    SHARES
  • विदेशबाट फर्किएर टेलरिङ्ग व्यवसायमा जमेका यी युवाका मनछुने कथा

    काठमाडौं - लामोसमयदेखि टेलरिङ्ग व्यवसायमा जमेका युवा हुन् राज कार्की । आकर्षक व्यक्तित्व भएका राज कार्की बालकोट निवासी हुन् । 

    झट्ट हेर्दा मोडल जस्ता देखिने राजले गरेको टेलरिङ्ग व्यवसाय देखेर धेरै छक्क पर्छन् । हाम्रो समाजमा र मानसपटलमा टेलरिङ्ग व्यवसाय भन्ने बित्तिकै पिछडिएका जातले गर्ने पेशा हो भन्ने मान्यता वा भ्रम छ । 

    तर उनी त्यो भ्रमलाई चिर्नुछ, भन्दै अगाडि बढिरहेका छन् । नरदेवीमा रहेको श्रीराज कलेक्सनका प्रोपाइटर राज आफ्नो कामबाट उपभोक्तालाई सन्तुष्ट  दिइरहेका छन् । 

    उनले आफ्नो अनुभव बताउदै भने  ‘हाम्रो समाज र मानसपटलमा टेलरिङ्ग व्यवसाय भन्ने बित्तिकै पिछडिएका जातले गर्ने पेशा हो भन्ने मान्यता वा भ्रम छ । त्यसलाई चिरेर कसरी अगाडी बढ्न सकिन्छ भन्ने लाग्यो । त्यो भ्रमलाई चिर्नु छ भने, म आफैले शुरुवात गर्नुपर्छ भन्ने लाग्यो र यो पेसामा हात हाले ।’  

    राज कसरी यो व्यवसायमा आए भन्ने धेरैको मनमा हुनसक्छ । उनले नयाँ बानेश्वरमा डेढ दशक बोर्डिङ स्कुल सञ्चालन गरे ।  शिक्षा क्षेत्रमा डेढ दशक बिताएपछि विविध कारणले गर्दा उनले उक्त्त विद्यालय छाडे ।

    अब के गर्ने, कुन पेशामा आबद्ध हुने ? उनी केही समय भौतारिए,पछि भिजिट भिसामा दुबइ पुगे । एक महिना दुबइमा घुमेपछि आफ्नै जन्मभुमि राम्रो हुने सोचले नेपाल फर्किए ।

    नेपाल फर्किएपछि उनको मनमा २ वटा व्यवसायको सोच आयो । खाद्यान्न गर्ने की सर्टिङ सुटिङ । शिक्षा क्षेत्रमा हुँदा धेरै मानिससँग उनको चिनजान थियो । प्राय सबै प्रिन्सिपलहरुसँग उनको राम्रो चिनजान थियो । उनी अन्तिमा टेलरिङ् व्यवसाय गर्ने मनस्थितिमा पुगे ।

    राम्रा राम्रा लुगा लगाएर ठाटिएर हिड्न रुचाउने हाम्रो नेपाली समाज लुगा सिलाउनेहरुलाई नराम्रो नजरले हेर्छ । नेपाली भाषामा भन्नुपर्दा, पिछडिएको जातीले गर्ने काम क्षेत्रीले गर्नुपर्ने भयो ।

    टेलरिङ व्यवसाय हात हालेका राजलाई शुरुमा निकै कठिन भयो । कलम चलाईरहेका उनका हातले कैंची चलाउनु परेको थियो । उनले सहयोगी हात खोजे । तर बचन मात्र पाए ।

    निरन्तर आत्मवल र आत्मविश्वास कायम राखेपछि अहिले उनी यस्तो अवस्थामा पुगेका छन् । उनले व्यवसाय सुरु गर्दा ७५ हजार रुपैंयाँ थियो । उनले साथीहरुको सहयोगमा  ३८ लाख रुपैंयाँ जम्मा गरे र व्यवसाय शुरु गरे । भारतीय र इटालियन ब्राण्डका लुगा पाइने श्रीराज कलेक्सनमा अहिले ग्राहक फर्कि–फर्कि आउँने गर्छन् । 

    पसलमा हसिँलो अनुहारले स्वागत गर्ने उनको बानीलाई ग्राहकले निकै रुचाउछन् । अब राजले काठमाडौंका बिभिन्न स्थानमा  ब्राञ्चहरु खोल्दै छन् । उनी नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सचिव पनि हुन् ।
     


    माघ ७, २०७७ बुधवार २१:१०:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राज कार्की

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    कांग्रेस नेता गोपालमान श्रेष्ठ अस्पताल भर्ना

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 386
    SHARES
  • कांग्रेस नेता गोपालमान श्रेष्ठ अस्पताल भर्ना

    काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ अस्पताल भर्ना भएका छन् । सास फेर्न समस्या भएपछि उनी नर्भिक अस्पताल भर्ना भएका हुन् । 

    मधुमेह र ग्याष्ट्राइटिसका बिरामी रहेका उनलाई सास फेर्न समस्या भएको बताइएको छ । उनको रगतमा अक्सिजनको मात्रा कमी देखिएको जनाइएको छ । 

    अस्पतालमा जाँच गर्दा उनमा निमोनिया र मुटुमा समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ।
     


    फाल्गुण १७, २०७७ सोमवार २१:५६:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गोपालमान श्रेष्ठ

  • क्यानाडानेपाल डेस्क

    विराटनगरमा सेनिटाइजर सेवन गर्दा २ जनाको ज्यान गयो

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 170
    SHARES
  • विराटनगरमा सेनिटाइजर सेवन गर्दा २ जनाको ज्यान गयो

    काठमाडौं - विराटनगरमा सेनिटाइजर सेवन गर्दा  दुई जनाको ज्यान गएको छ ।

    ज्यान जानेमा मोरङ जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल र झापा शिवसताक्षी नगरपालिका–४ की ६५ वर्षीया अम्बिका गिरी रहेका छन् । उनीहरुको सेनिटाइजर सेवनका कारण सोमबार अस्पतालमा ज्यान गएको हो । 

    सेनिटाइजर सेवन गरेका उनीहरुलाई विराटनगरस्थित कोसी अस्पतालमा उपचारका लागि लगिएको थियो । तर उनीहरुको अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 
     


    फाल्गुण १७, २०७७ सोमवार २०:४०:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सेनिटाइजर सेवन

  • क्यानाडानेपाल डेस्क

    माडीमा नीलगाईको आक्रमणबाट एक जनाको ज्यान गयो

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 332
    SHARES
  • माडीमा नीलगाईको आक्रमणबाट एक जनाको ज्यान गयो

    चितवन - चितवनको माडीमा नीलगाईको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेका छन् । 

    उनको सोमबार नीलगाईको आक्रमणबाट ज्यान गएको हो । स्थानीय कल्याणपुर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा तामाङलाई दिउँसो नीलगाईले आक्रमण गरेको थियो । 

    नीलगाईको आक्रमणबाट उनको घटनास्थलमै  ज्यान गएको प्रहरीले जनाएको छ । 


    फाल्गुण १७, २०७७ सोमवार १८:११:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माडी
  • # नीलगाई

  • क्यानाडानेपाल डेस्क

    पछिल्लो २४ घण्टामा मुलुकभर थप ७३ जनामा कोरोना संक्रमण, २ जनाले ज्यान गुमाए

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 294
    SHARES
  • पछिल्लो २४ घण्टामा मुलुकभर थप ७३ जनामा कोरोना संक्रमण, २ जनाले ज्यान गुमाए

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ हजार ४९ वटा पीसीआर परिक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण देखिएको हो ।  

    यससँगै कूल संक्रमितको संख्या २ लाख ७४ हजार २ सय १६ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ६४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ७० हजार ४ सय ७१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । 

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या २ रहेको छ। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ सय ७७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    फाल्गुण १७, २०७७ सोमवार १८:०२:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    प्रधानसेनापति पूर्णचन्द्र थापाले लगाए कोरोनाविरुद्धको खोप

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 226
    SHARES
  • प्रधानसेनापति पूर्णचन्द्र थापाले लगाए कोरोनाविरुद्धको खोप

    काठमाडौँ - प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।  प्रधानसेनापति थापाले छाउनीस्थित नेपाली सेनाको विरेन्द्र अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन्। 

    उनले पहिलो डोजको  कोरोनाविरुद्धको खोप लगाएका हुन् । नेपालमा हालसम्म ४ लाख भन्दा बढी मानिसले कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका छन् । 

    सरकारले माघ १४ गतेदेखि देशभर कोरोनाविरुद्धको खोप अभियान शुरु गरेको थियो । आउदो २३ गतेदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियान शुरु हुँदैन ।  


    फाल्गुण १७, २०७७ सोमवार १४:२८:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # पूर्णचन्द्र थापा

  • क्यानाडानेपाल डेस्क

    प्रि–मनसुन शुरु, आजदेखि यस वर्षको जाडोयाम समाप्त

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 326
    SHARES
  • प्रि–मनसुन शुरु, आजदेखि यस वर्षको जाडोयाम समाप्त

    काठमाडौँ। आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ ।

    यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघ गर्जन/चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

    मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ । जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय शुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । 

    “तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो”, उहाँले भन्नुभयो । पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्दछ ।रासस


    फाल्गुण १७, २०७७ सोमवार १४:१७:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडानेपाल डेस्क