• Mar 02 2021 | २०७७, फाल्गुण १८गते

२०७७, फाल्गुण १८गते

काठमाडौँ उपत्यकाबाट खैरो हिरोइन कारोवार गर्ने नौ गिरोह पक्राउ

क्यानाडानेपाल माघ ७ २०७७
  • 602
    SHARES
  • काठमाडौँ उपत्यकाबाट खैरो हिरोइन कारोवार गर्ने नौ गिरोह पक्राउ

    काठमाडौँ – लागुऔषध खैरो हिरोइन कारोवार गर्ने नौ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    पक्राउपर्नेमा इलामका सन्दिप राई, दीपक राई, केसाङ्ग योल्मुले र सोनाम कागते, मनाङका टासी सन्डुप गुरुङ, पाँचथरका भीप्रसाद लोवा तथा झापाका दिनेश कुमाल, सन्तोष सापकोटा र राजेश श्रेष्ठ रहेका छन् ।

    सार्वजनिक कार्यक्रममा ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरीले लागुऔषध कारोवार गर्ने गिरोहलाई पक्राउ गरेको जानकारी दिनुभयो । “काठमाडौँ उपत्यकाभित्र लागुऔषध कारोवार गर्ने अन्य व्यक्तिको पनि खोजी भइरहेको छ”, उहाँले भन्नुभयो ।

    प्रहरीले पक्राउ परेकासँग ५३६ ग्राम खैरो हिरोइन, ७.५ ग्राम एमफेटाइमन आइस ड्रग र लागुऔषध तौल गर्ने मेसिनसमेत बरामद गरेको छ । यस्तै छ लाख ७१ हजार ५०० नेपाली रुपैयाँ, छ हजार १०० अमेरिकन डलर, तीन थान मोटरसाइकल तथा स्कुटरसमेत बरामद गरेको हो । पक्राउ व्यक्तिले खैरो हिरोइनको एक ग्रामको तीन हजारदेखि १० हजारसम्म बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ ।रासस 


    माघ ७, २०७७ बुधवार २१:२४:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    कांग्रेस नेता गोपालमान श्रेष्ठ अस्पताल भर्ना

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 390
    SHARES
  • कांग्रेस नेता गोपालमान श्रेष्ठ अस्पताल भर्ना

    काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ अस्पताल भर्ना भएका छन् । सास फेर्न समस्या भएपछि उनी नर्भिक अस्पताल भर्ना भएका हुन् । 

    मधुमेह र ग्याष्ट्राइटिसका बिरामी रहेका उनलाई सास फेर्न समस्या भएको बताइएको छ । उनको रगतमा अक्सिजनको मात्रा कमी देखिएको जनाइएको छ । 

    अस्पतालमा जाँच गर्दा उनमा निमोनिया र मुटुमा समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ।
     


    फाल्गुण १७, २०७७ सोमवार २१:५६:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गोपालमान श्रेष्ठ

  • क्यानाडानेपाल डेस्क

    विराटनगरमा सेनिटाइजर सेवन गर्दा २ जनाको ज्यान गयो

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 170
    SHARES
  • विराटनगरमा सेनिटाइजर सेवन गर्दा २ जनाको ज्यान गयो

    काठमाडौं - विराटनगरमा सेनिटाइजर सेवन गर्दा  दुई जनाको ज्यान गएको छ ।

    ज्यान जानेमा मोरङ जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल र झापा शिवसताक्षी नगरपालिका–४ की ६५ वर्षीया अम्बिका गिरी रहेका छन् । उनीहरुको सेनिटाइजर सेवनका कारण सोमबार अस्पतालमा ज्यान गएको हो । 

    सेनिटाइजर सेवन गरेका उनीहरुलाई विराटनगरस्थित कोसी अस्पतालमा उपचारका लागि लगिएको थियो । तर उनीहरुको अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 
     


    फाल्गुण १७, २०७७ सोमवार २०:४०:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सेनिटाइजर सेवन

  • क्यानाडानेपाल डेस्क

    माडीमा नीलगाईको आक्रमणबाट एक जनाको ज्यान गयो

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 332
    SHARES
  • माडीमा नीलगाईको आक्रमणबाट एक जनाको ज्यान गयो

    चितवन - चितवनको माडीमा नीलगाईको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेका छन् । 

    उनको सोमबार नीलगाईको आक्रमणबाट ज्यान गएको हो । स्थानीय कल्याणपुर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा तामाङलाई दिउँसो नीलगाईले आक्रमण गरेको थियो । 

    नीलगाईको आक्रमणबाट उनको घटनास्थलमै  ज्यान गएको प्रहरीले जनाएको छ । 


    फाल्गुण १७, २०७७ सोमवार १८:११:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माडी
  • # नीलगाई

  • क्यानाडानेपाल डेस्क

    पछिल्लो २४ घण्टामा मुलुकभर थप ७३ जनामा कोरोना संक्रमण, २ जनाले ज्यान गुमाए

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 294
    SHARES
  • पछिल्लो २४ घण्टामा मुलुकभर थप ७३ जनामा कोरोना संक्रमण, २ जनाले ज्यान गुमाए

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ हजार ४९ वटा पीसीआर परिक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण देखिएको हो ।  

    यससँगै कूल संक्रमितको संख्या २ लाख ७४ हजार २ सय १६ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ६४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ७० हजार ४ सय ७१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । 

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या २ रहेको छ। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ सय ७७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    फाल्गुण १७, २०७७ सोमवार १८:०२:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    प्रधानसेनापति पूर्णचन्द्र थापाले लगाए कोरोनाविरुद्धको खोप

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 226
    SHARES
  • प्रधानसेनापति पूर्णचन्द्र थापाले लगाए कोरोनाविरुद्धको खोप

    काठमाडौँ - प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।  प्रधानसेनापति थापाले छाउनीस्थित नेपाली सेनाको विरेन्द्र अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन्। 

    उनले पहिलो डोजको  कोरोनाविरुद्धको खोप लगाएका हुन् । नेपालमा हालसम्म ४ लाख भन्दा बढी मानिसले कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका छन् । 

    सरकारले माघ १४ गतेदेखि देशभर कोरोनाविरुद्धको खोप अभियान शुरु गरेको थियो । आउदो २३ गतेदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियान शुरु हुँदैन ।  


    फाल्गुण १७, २०७७ सोमवार १४:२८:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # पूर्णचन्द्र थापा

  • क्यानाडानेपाल डेस्क

    प्रि–मनसुन शुरु, आजदेखि यस वर्षको जाडोयाम समाप्त

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 326
    SHARES
  • प्रि–मनसुन शुरु, आजदेखि यस वर्षको जाडोयाम समाप्त

    काठमाडौँ। आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ ।

    यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघ गर्जन/चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

    मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ । जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय शुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । 

    “तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो”, उहाँले भन्नुभयो । पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्दछ ।रासस


    फाल्गुण १७, २०७७ सोमवार १४:१७:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडानेपाल डेस्क