काठमाडौँ। स्वस्थ रहनाका लागि दौडनु निकै फाइदाजनक हुन्छ । यसबाट शारीरिक मात्र होइन, मानसिक रोग पनि निको हुन्छ । साथै, रक्तसञ्चार र इम्युन सिस्टम पनि मजबुत हुन्छ । दिनहुँ दौडनाले मांसपेशी र हड्डी बलियो हुन्छ । कतिपय अवस्थामा मानिसले केही दिन दौडेर बीचमै छोड्छन् । यो सरासर गलत हो ।
कसरी गर्ने दौडको सुरुवात ?
दौडनुअघि त्यसको तयारी गर्नु पनि जरुरी हुन्छ । यदि तपाई दिनहुँ दौडने हो भने जुत्ता, स्ट्राइडस र सर्टको प्रयोग गर्नुहोस । सुरुमा तीव्र ढंगले दौडनोस् । चार मिनेट दौडेपछि एक मिनेट आराम गर्नुहोस् । यो प्रक्रिया चार पटकसम्म गर्नुपर्छ ।
दौडनुअघि वार्मअप
एकैचोटि दौडनु हुन्न । सुरुमा वार्मअप गर्नु आवश्यक हुन्छ । यसले शरीरमा गर्मी हुन्छ । थाई मजबुत हुन्छ । जसका कारण तपाई धेरै समय दौडन सक्नु हुन्छ । दौडनुअघि स्ट्रैचिङ, स्किपिङ, हाइजम्प तथा वैकडर्स जस्ता वार्मअप उपयुक्त हुन्छ ।
डाइटको ध्यान राख्नुपर्छ
दौडका साथै स्वस्थ डाइटको पनि जरुरी हुन्छ । फलफूल, सब्जी, दूध, मासु र माछा खाने गर्नुपर्छ । यसले शरीरमा ऊर्जा प्राप्त गर्छ । फास्टफुडबाट भने टाढै रहनुपर्छ किनभने यसले स्टामिनामा असर गर्छ ।
साथीहरूसँग दौडिने
यदि तपाईलाई एक्लै दौडन मन लागेन, बोर लाग्यो भने साथीभाइसँग दौडने गर्नुस् । यसबाट तपाईको दौडने कलामा विकास हुन्छ ।
दौडदा कति क्यालोरी नष्ट हुन्छ ?
दौडनु शरीरलाई निकै फाइदाजनक हुन्छ । एक घन्टा दौडँदा ६ सय ग्राम क्यालोरी नष्ट हुन्छ । जसबाट तौल तीव्र रूपमा कम हुँदै जान्छ ।
के के फाइदा हुन्छ त ?
इम्युन सिस्टम मजबुत
दिनहुँ दौडदा इम्युन सिस्टम मजबुत हुन्छ । जसबाट सामान्य विरामी जस्तै एलर्जी, ठण्डी, खोकीबाट बचाउँछ ।
मधुमेहमा नियन्त्रण
मधुमेहबाट नियन्त्रण पाउन दिनहुँ कम्तीमा १५–२० मिनेट दौडनु जरुरी हुन्छ । दौडदा इन्सुलिन बन्ने प्रक्रियामा सुधार आउँछ र रगत सञ्चारमा नियन्त्रित गर्छ ।
हार्ट अट्याकको सम्भावना कम गराउँछ
एक अध्ययनअनुसार दिनहुँ १० मिनेट दौडदा हार्ट अट्याकको सम्भावना कम हुनेछ । दौडने बेला मुटुको धड्न बढ्छ, जसले गर्दा मुटुले धेरै रगत पम्प गर्छ । त्यसबेला रक्तनलीमा लचिलोपन हुने भएकाले मुटुका रोगीलाई हर्ट अट्याकको सम्भावना निकै कम हुन्छ ।
तनावबाट टाढा राख्छ
दौडनाले मातसिक तनावबाट मुक्त राख्छ । दौडनाले शरीरमा एन्डार्फिन नामक केमिकल बग्ने गर्छ । जसले मानिसलाई तनावमुक्त राख्न सहयोग गर्छ ।
कोलेस्ट्रोल कम गर्छ
दौडनाले शरीरमा कोलेस्ट्रोलको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ । यसले मानिसलाई धेरै रोग लाग्नबाट बचाउँछ ।
पाचनसम्बन्धी समस्या हटाउँछ
दौडनाले अत्यधिक पसिना निस्किन्छ । पसिना निकाल्ने मेटावालिज्मको दर धेरै उत्सर्जन गराउँछ । यसबाट धेरै भोक लाग्छ । भोक लाग्न थालेमा पाचन क्रिया सन्तुलित रहन्छ ।
फाल्गुण १०, २०७७ सोमवार
१२:४७:१२ बजे : प्रकाशित