शुक्रबार
२९ कार्तिक
२०७६

जापानमा ट्रकको ठक्करबाट एक नेपालीको ज्यानगयो

शनिबार कार्तिक २३, २०७६/ Saturday 11-09-19

काठमाडौँ - जापानमा एक नेपालीको ज्यानगएको छ । ज्यानजानेमा कास्की हेम्जाका २६ वर्षीय चिरञ्जिवी गिरी रहेका छन् । उनको जापानको सेन्दाइको मियागिनो वार्डमा  ट्रकको ठक्करबाट ज्यानगएको हो । साइकलमा जेब्रा क्रसिङ गरिरहेका उनलाई  ट्रकले ठक्कर दिएको बताइएको छ । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको अस्पताल लादै गर्दा ज्यान गएको हो । ठक्कर दिने ट्रक ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । चिरञ्जिवी तीन महिनाअघि  अध्ययनका लागि जापान गएका थिए ।