• Nov 24 2020 | २०७७, मंसिर ९गते

२०७७, मंसिर ९गते

यो साता चर्चामा:

इमरान खानलाई धन्यवाद दिदै मोदीले यसो भने

कार्तिक २३ २०७६
  • 2.2K
    SHARES
  • इमरान खानलाई धन्यवाद दिदै मोदीले यसो भने

    डेरा बाबा नानक, एएफपी - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन् ।भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनकालागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिए ।

    पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएको जनाइएको छ ।  सञ्चार माध्यमलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीले भने, “पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको संवेदनशीलतालाई बुझिदिनु भएको छ र सहयोग गर्नुभएको छ, त्यसैले म उहालाई धन्यवाद दिन चाहन्छु ।”


    कार्तिक २३, २०७६ शनिवार १५:१३:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका चिकित्सकको मृत्यु भएपछि… 

  • 38
    SHARES
  • अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका चिकित्सकको मृत्यु भएपछि… 

    काठमाडौँ।  साउदी अरबस्थित एउटा सरकारी अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका एक चिकित्सकको मृत्यु भएको छ। साउदी सञ्चारमाध्यमहरूले जनाएअनुसार हाडजोर्नीसम्बन्धी शल्यक्रिया गर्न गएका बेला ती चिकित्सकको आफैँ अस्वस्थ भएका थिए।

    अल वतन दैनिक वेवसाइटले खामिस मुशैट सिभिल हस्पिटलमा डा. महदी अल इमारीलाई हृदयाघात भएको उल्लेख गरेको छ। शल्यकक्षमा असहज भएको देखेपछि सहकर्मीहरूले ती चिकित्सकको मुटु जाँच्न लगाएका थिए ।

    शल्यक्रिया गर्ने अडान

    इलेक्ट्रोकार्डियोग्राम गरिएपछि उनले बिरामीको अपरेशन गरे कि गरेनन् भन्ने स्पष्ट भएको छैन। अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा. मजिद अल शहरीलाई उद्धृत गर्दै अल वतनले लेखेको छ, "एक बिरामीको शल्यक्रिया गर्न उपस्थित भएका इमरीलाई हामीले थकित भएको र पेटको पीडाले सताएको सङ्केत देख्यौँ।"

    इमरीले सुरुमा आफ्नो परीक्षण गर्न अस्वीकार गरेको र बिरामीको शल्यक्रिया गर्ने कुरामा जोड दिएको कुरा विभाग प्रमुख शहरीले बताएका छन्। अन्तत: उनलाई इलेक्ट्रोकार्डियोग्राम गर्न मनाइयो। त्यसमा उनलाई हृदयाघात भएको देखिएको अस्पतालले जनाएको छ।

    "आफ्नो कर्तव्य निर्वाहका क्रममा उनको मृत्यु भयो," गल्फ न्यूज वेवसाइटका अनुसार डा. शहरीले भनेका छन्। यो समाचार बीबीसी नेपाली सेवाबाट साभार गरिएको हो। 


    मंसिर ९, २०७७ मंगलवार ११:३७:०५ बजे : प्रकाशित

    कानुनी लडाइँ यथावत राख्दै सत्ता हस्तान्तरण गर्न ट्रम्प सहमत 

    कानुनी लडाइँ यथावत राख्दै सत्ता हस्तान्तरण गर्न ट्रम्प सहमत 

    बीबीसी।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुनसक्ने स्वीकार गरेका छन्। उनले त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जिएसए) लाई 'गर्नुपर्ने आवश्यक काम गर्न' सिफारिस गरेको बताए।

    तर चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ जारी रहने ट्रम्पको भनाइ छ। जिएसएले पनि बाइडनलाई 'स्पष्ट विजेता'को रूपमा आफूले स्वीकार गरेको जनाएको छ। अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै मत परिणामलाई चुनौती दिने डोनल्ड ट्रम्पको प्रयासमा गम्भीर धक्का लागेको छ।

    जिएसएले बाइडन समूहलाई प्रक्रिया सुरु गर्ने भनी जानकारी दिएपछि ट्रम्पले ट्वीट गरेका छन्। ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका निम्ति ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छन्। उनले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाव नआएको जनाएकी छन्।

    मिशिगनमा धक्का

    बाइडनको समूहले पनि महामारी र राष्ट्रिय सुरक्षाका मुद्दामा सरकारी अधिकारीहरू सँगको बैठकहरूपछि सत्ता हस्तान्तरण सुरु हुने कुरा वक्तव्यमार्फत् जनाएको छ। उसले मर्फीको पत्रको स्वागत गरेको छ।

    ट्रम्पलाई धक्का लागेको मिशिगन राज्यको मत परिणाम घोषणालाई अन्तिम रूप दिन त्यहाँको दुईमध्ये एक रिपब्लिकनले दुईजना डेमोक्र्याटलाई साथ दिएका थिए। अर्का रिपब्लिकन भने त्यसबाट अलग्गिएका थिए। ट्रम्पको कानुनी समूहले अझै पनि मिशिगनको परिणामलाई चुनौती दिने बताएका छन्। ट्रम्पकी कानुनी सल्लाहकार जेना एल्लिसले प्रमाणीकरणलाई समान्य प्रक्रियागत कदम भनेकी छन्।

    उनले भनिन्, "अन्तिम परिणाम वैध र स्वच्छ भएको कुरामा अमेरिकीहरू सुनिश्चित हुनुपर्छ।" तर समय घर्किँदै गइरहेको छ। डिसेम्बर १४ मा बाइडनको जित अमेरिकी इलेक्टरल कलेजबाट प्रमाणित हुँदैछ।

    बाइडनका भावी सहकर्मीको अनुहार

    बाइडनले ज्यानुअरी २० मा शपथ लिएपछि आफूले सरकारमा प्रमुख भूमिका दिने चाहेका व्यक्तिहरूको नाम चयन गर्न सुरु गरेका छन्। पूर्वविदेश मन्त्री जोन केरीले जलवायुसम्बन्धी विशेष दूतको भूमिका निर्वाह गर्ने छन्।

    चार वर्षअघि अमेरिकाको तर्फबाट उनैले प्यारिस सम्झौतामा हस्ताक्षर गरेका थिए। तर ट्रम्प उक्त सम्झौताबाट पछि हटेका थिए। यसअघि सशक्त रूपमा अन्तर्राष्ट्रियवादमा विश्वास गर्ने एन्टोनी ब्लिङ्केनको नाम विदेशमन्त्रीको रूपमा प्रस्तुत गरिसकिएको छ।


    मंसिर ९, २०७७ मंगलवार ११:२४:३६ बजे : प्रकाशित

    भारतमा कोरोना संक्रमित घट्दै 

    भारतमा कोरोना संक्रमित घट्दै 

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण घट्दै गइरहेको छ भने निको हुनेको संख्या बढ्दै गइरहेको छ । 
     
    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ४ सय १० जना कोरोना संक्रमित फेला परेका छन् ।  यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ९१ लाख ७७ हजार ७ सय २२ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४ सय ८१  जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार २ सय ५४ पुगेको छ ।  पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार १ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् । 

    त्यस्तै हालसम्म ८६ लाख ३ हजार ५ सय ७५ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।  भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतका ठुला शहरहरुमा कोरोना सक्रमितको संख्या बढी रहेका छन् । 


    मंसिर ९, २०७७ मंगलवार ०९:३४:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ लाख नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ?

    विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ लाख नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ?

    काठमाडौं । विश्वका विभिन्न देशमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ । कोरोना संक्रमणकै कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् ।

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ९५ लाख १३ हजार १ सय ६७ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ लाख १ हजार ८ सय ७७ पुगेको छ । 

    त्यस्तै हालसम्म विश्वमा ४ करोड ११ लाख ५३ हजार ९ सय कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।

    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट २ लाख ६३ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक करोड २७ लाख ७७ हजार १ सय ७४ पुगेको छ ।  त्यसैगरी निको हुनेको संख्या ७५ लाख ४८ हजार ९ सय ४० पुगेको छ । 

    त्यस्तै भारतमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ३४ हजार २ सय ५४ पुगेको छ भने संक्रमितको संख्या ९१ लाख ७७ हजार ७ सय २२ पुगेको छ । 

    त्यस्तै अर्को देश ब्रजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६९ हजार ५ सय ४१ पुगेको छ भने संक्रमितको संख्या ६० लाख ८८ हजार ४ पुगेको छ । 

    Capture.PNG


    मंसिर ९, २०७७ मंगलवार ०८:५२:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    कोरोन संक्रमितको संख्या बढ्दै गएपछि पाकिस्तानमा फेरी शैक्षिक संस्थाहरु बन्द

    कोरोन संक्रमितको संख्या बढ्दै गएपछि पाकिस्तानमा फेरी शैक्षिक संस्थाहरु बन्द

    हङ्कङ् – कोरोनभाइरसका सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएपछि पाकिस्तानमा फेरी शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ ।

    सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुनेभएका हुन् । घोषणामा शैक्षिक संस्था अर्को बर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ ।

    शैक्षिक संस्थाहरु बन्द हुनेभएपछि अहिले तय गरिएका सवै परीक्षाहरु पनि स्थगित गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    यसैगरी इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले इन्डोनेसियामा थप चार हजार ४४२ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ । पछिल्लो पटक थपिएकाहरुसँगै इन्डोनेसियामा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख दुई हजार ११० पुगेको छ ।

    इन्डोनेसियामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको संख्या १६ हजार दुई पुगेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

    मलेसियामा एक हजार ८८४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कुल सङ्क्रमितहरु ५६ हजार ६५९ जना रहेका छन् ।

    बङ्लादेशमा अहिलेसम्म चार लाख ४९ हजार ७६० जना सङ्क्रमित भएका छन । तीमध्ये दुई हजार ४१९ जना अहिले थपिएका हुन् ।सिन्ह्वा


    मंसिर ८, २०७७ सोमवार २१:०५:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # पाकिस्तान

  • क्यानाडानेपाल डेस्क

    बेलायती प्रधानमन्त्री जोनसनद्वारा सामुहिक कोरोना परीक्षणको घोषणा

    बेलायती प्रधानमन्त्री जोनसनद्वारा सामुहिक कोरोना परीक्षणको घोषणा

    लन्डन - बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामुहिक परीक्षण गर्ने योजना घोषणा गरेका छन् । कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएकोजस्तो देखिएका क्षेत्रलाई केन्द्रित गरेर आम परीक्षण गरिने उनले सोमबार घोषणा गरेका हुन् ।

    सरकारको ‘कोभिड विन्टर प्लान’ अन्तर्गत सेनाको सहयोगमा परीक्षणलाई व्यापक बनाइन लागिएको पनि उनले जानकारी दिए । अत्यधिक धेरै कोरोना सङ्क्रमितहरु रहेको लिभरपुलमा यसै महिना व्यापक परीक्षण गरिएको र कोरोनाभाइरसको सङ्क्रमण न्युनिकरण गर्न सफलता मिलेपछि प्रधानमन्त्री जोनसोनले यस्तो घोषणा रेका हुन् ।

    देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सहरमा सरकारले कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई दैनिकरूपमा परीक्षण गराउने र सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई तत्काल ‘क्वारेन्टाइन’मा पठाउने योजना बनाएको उनले बताए ।

    यो अभियान र प्रयोग सफल र प्रभावकारी भएमा देशव्यापी बनाउने योजना रहेको राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस०ले जनाएको छ । यस्तो अभियान जनवरीदेखि देशव्यापी हुनसक्ने बताइएको छ । त्यसैगरी सरकारले घरमै रहेकाहरुलाई हेरचाह गर्ने मापदण्ड पनि नयाँ बनाउने अधिकारीहरुले जानकारी दिएका छन् ।रासस


    मंसिर ८, २०७७ सोमवार १९:५५:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बोरिस जोनसन

  • क्यानाडानेपाल डेस्क