शुक्रबार
२९ कार्तिक
२०७६

नेपालीको बुद्धि हुदैन भन्दै रन्किए ज्ञानेन्द्र शाही जब माईतिघरमा १०० जना मात्र देखे (भिडियो)

शनिबार कार्तिक २३, २०७६/ Saturday 11-09-19

काठमाडौ । लिम्पियाधुरादेखि लिपुलेकसम्मको करिब ३ सय ७२ वर्ग किलोमिटरभन्दा बढी नेपाली भूभाग समेटेर भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा विरोध भइरहेको छ । 

यहि विरोध गर्न आज नेपालका लागि नेपालीले माईतिघर मण्डलामा विरोध कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा सहभागीहरु एक देखि दुइ सयमात्र भएकोमा नेपालका नेपालीका अभियन्ताहरु निराश भएका थिए र आफ्नो तर्कहरु राखेका थिए । अभियन्ता ज्ञानेन्द्र शाहीले पनि कार्यक्रममा बोल्दै गर्दा निराशता पोख्दै नेपालीहरु लाई बुद्धि नभएको भन्दै जिकिर गरेका छन् । ज्ञानेन्द्र शाहीले जम्मा सय जना विरोध गर्न आएको देख्दा रन्किदै भाषण गरेका छन् ।

 

"हामी नेपालीहरुको बुद्धि पछाडी हुन्छ भन्थे हो रहेछ । भारतले हाम्रो भुमि खोसेर लागिसक्यो तर हामी भने सडकमा नओर्लिएर घरमा चुप लागेर बसेको देख्दा दुख लाग्छ । भारतलाई गालि गर्ने होईन हामी सडकमा आएर सरकारलाई नेपालको झण्डा बोकेर झकझकाउनु पर्ने छ तर हामी चुप लागेर बसेका छौ । हामीले 'ब्याक अफ ईण्डिया' भन्दैमा नरेन्द्र मोदीलाई केही फरक पर्दैन भन्ने हामी नेपालीले किन बुझ्दैनौ  "