शनिबार
७ मङ्सिर
२०७६

प्रधानमन्त्री उत्रिए एक्सनमा: आफ्नै सचिवालयका कर्मचारी र सल्लाहकारलाई राजीनामा दिन लाए

शनिबार कार्तिक २३, २०७६/ Saturday 11-09-19

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम कारवाहीमाथि अहिले आफ्नै भोटरहरुबाट चर्को आलोचना खेपिरहेका छन् । अहिले भारतले सिमाना मिचेको विषयले गर्दा झन् जनताहरु सामाजिक संजालमा सरकार प्रति रुष्ट हुदै गएको देखिन्छ जसका कारण प्रधानमन्त्री अहिले एक्सनमा उत्रिएका छन् ।

प्रधानमन्त्रीले आफ्नो सचिवालयसँग जोडिएका सल्लाहकार र सहयोगीहरुलाई राजीनामा दिन निर्देशन दिएका छन् । प्राय सबैलाई राजिनामा दिन आग्रह गरेका छन् । आफ्नो राजनीतिक सल्लाहकार देखि प्रेस सल्लाहकार सम्म परिवर्तन गर्ने मुडमा पुगेका ओलीले राजीनामा दिन अल्टिमेटम दिएका छन् । प्रधानमन्त्री ओलीमा विश्वास गरेर भोट दिएको तर ओलीलाई आफ्नै सचिवालयमा जोडिएका कर्मचारीद्वारा काममा वाधा पुर्याएको भान जनता र राजनीतिक विश्लेषकहरुले दिएपछि यो कदम चालिएको हो । नेकपा भित्रै पनि प्रधानमन्त्रीको सचिवालयको विरोध चलिरहेकोले प्रधानमन्त्रीले राजीनामा दिन लाएका हुन् ।


   यो पनि पढ्नुहोस: प्रधानमन्त्री ओलीका किचन क्याबिनेटका सल्लाहकारहरु ‘भूमिगत’
                               रवि लामिछाने र गगन थापा सडकमा ओर्लिए, आफ्नो भूमि मिच्न पाईदैन भन्दै दिए चेतावनी (भिडीयो)

 

प्रधानमन्त्री सचिवालयको निकट श्रोतका अनुसार राजेश बज्राचार्य बाहेक प्राय सबैलाई राजीनामा दिन प्रधानमन्त्रीले अल्टिमेटम दिई सकेका छन् । श्रोतका अनुसार प्रधानमन्त्रीको प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री सामु राजीनामा पत्र बुझाईसकेका छन् भने अरुले पनि यहि हप्ता भित्र राजीनामा पत्र बुझाउने तयारीमा छन् ।

प्रधानमन्त्री अहिले आफ्नो काम प्रति कडा रुपमा प्रस्तुत भएको कुरा श्रोतले उल्लेख गरेको छ । बुझिए अनुसार प्रधानमन्त्रिले सचिवालयका कर्मचारी परिवर्तन गरेसंगे मन्त्रि मण्डल पनि परिवर्तन गर्ने तयारी रहेको छ । प्रधानमन्त्रीले अर्थमन्त्रि र स्वास्थ्यमन्त्रिलाई पनि परिवर्तन गर्ने निधो गरिसकेको बुझिएको छ ।