• Nov 24 2020 | २०७७, मंसिर ९गते

२०७७, मंसिर ९गते

यो साता चर्चामा:

भारतले नेपालको सिमा मिचेको विषयमा वर्षौ देखि कराईरहे तर मेरो आवाज कसैले सुनेनन्

कार्तिक २३ २०७६
  • 1.6K
    SHARES
  • भारतले नेपालको सिमा मिचेको विषयमा वर्षौ देखि कराईरहे तर मेरो आवाज कसैले सुनेनन्

    काठमाडौ । लिम्पियाधुरादेखि लिपुलेकसम्मको करिब ३ सय ७२ वर्ग किलोमिटरभन्दा बढी नेपाली भूभाग समेटेर भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा विरोध चलिरहेको छ । ग्रेटर नेपालका फणिन्द्र नेपाल पनि अहिले सडकमा ओर्लिएका छन् ।

    फणिन्द्र नेपाल जो दशकौ देखि भारतले नेपालको मिचेको भूमि विरुद्द चर्को आलोचना गरिरहेका छन् । फणिन्द्र नेपाल सयौ पटक जेल सम्म परिसकेका छन् तर उनको अभियान र आवाजलाई जनताले खासै चासो देखाएनन् जसका कारण फणिन्द्र नेपाल अहिले एक्लै लडिरहेका छन् । तर अहिले जब भारतले नेपालको भूमि राखेर आफ्नो नक्सा सार्वजनिक गर्यो, नेपालीहरु अहिले सडकमा ओर्लिएका छन् र फणिन्द्र नेपालको वर्षौ देखिको अभियानलाई आत्मसाथ गरेका छन् । 

    "मैले वर्षौ देखि चर्को स्वरमा कराईरहेको छु तर भारत विरुद्द मलाई कसैले साथ दिएनन् बरु उल्टै पन्छिएर हिँडे । भारतले हाम्रो भूमि मिचेको कुरा पुरानो हो तर कसैले मेरो कुरालाई चासो दिएनन् । म एक्लै कराईरहे, जेल गए र कयौ धम्किहरु सहे तर कोहि मेरो साथ आएनन् । तर ढिलो नै सहि मैले उठाएको मुद्दा बल्ल जनताले बुझे र सडकमा ओर्लिएका छन् । हामी सडकमा नओर्लिए सम्म सरकारले यो विषयलाई चासो दिदैन ।"


    कार्तिक २३, २०७६ शनिवार १६:१७:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    मिलन नेवार भक्कानिँदै भन्छिन्– डिभोर्सपछि पनि मेरो करियर सिध्याउन खोजिँदैछ

    मदन रिजाल

    आश्विन २१

  • 8.1K
    SHARES
  • मिलन नेवार भक्कानिँदै भन्छिन्– डिभोर्सपछि पनि मेरो करियर सिध्याउन खोजिँदैछ

    काठमाडौं । कलाको सिमाना हुँदैन । कुनै भूगोलको परिबन्धमा पनि बाँधिन सक्दैन । न त कलाको जात र थर नै हुन्छ । कलाले जीवन बोल्छ, प्रकृतिको अनुपम उपहारलाई वर्णन गर्छ । जगतलाई सचेत गराउँछ । तर, समाजको ऐना बनेका सबै कलाकारको जीवन भने रसपूर्ण हुँदैन । उनीहरुले गायका, अभिनय गरेका, लेखेका जस्तै केही दुःखदायी कथा आफ्नै जीवनमा भोगेका हुन्छन् । 

    भारत आसामकी गायिका मिलन नेवार गायनको कर्मभूमि बनाउन  नेपाल छिरिन्, नेपालीको मन पनि जितिन् । नेपालीमूलका धेरै भारतीय नागरिकले आफ्नो कलाको कर्मस्थल नेपाललाई बनाएका छन् । यस्तै धेरै नेपाली भारतमा पुगेर कलाको क्षमता उजागर गरेका छन् । यहीको निरन्तरतामा गायिका मिलन पनि नेपाल आइन् । 

    एकाएक गायकी क्षमता र सुमुधर स्वरकी धनी मिलनले नेपालीको मन जितिन्, सबैको मन मनमा बस्न सफल भइन् । यतिमात्रै होइन उनको कर्मभूमिमात्रैमा नेपाल समिति रहने, वैवाहिक सम्बन्ध पनि नेपालसँगै गाँसिन । नामजस्तै मिलनको नेपाली युवकसँग मिलन भयो अर्थात नेपाली युवक मेन्सन अमात्यसँग लगनगाँठो कसिन् । 

    जुन भूमिले माया दियो, जहाँ आफ्नो स्वरलाई मन पराइयो, उहीँ वैवाहिक सम्बन्ध कायम गर्दा मिलनमा अपार खुसी थियो । विवाहपछि महिलाले पतिको थर लेखाउने चलन नेपाल पनि छ, तर बाध्यात्मक छैन । मिलनलाई पनि पतिको थर ‘अमात्य’ लेखाउनु पर्ने भयो । तर, आफ्नो जन्मजातको थर ‘नेवार’लाई माथ गरेर अमात्य लेखाउन मन लागेन । आफ्नो कुरा परिवारमा राखिन् । परिवारमा आफूले चाहेजस्तै सबै कुरा हुँदैन ।

    उनलाई अमात्य लखाउनुपर्ने दबाब सृजना भयो । परिवारको खुसी आफ्नै खुसी सम्झिन् । परिवार खुसी हुन्छ भने आफू खुसी भइन्छ भन्ने सोचिन् । र राजी भइन्, मिलन नेवारबाट मिलन अमात्य बन्न । ‘मलाई मिलन नेवारबाट अमात्य बनाउन मन थिएन, तर बनाउन बाध्य भएँ’, ती दिन सम्झँदै मिलनले बताइन् । 

    मिलन नेवार अब मिलन अमात्यले परिचित हुँदै गइन् । नेवार कम अमात्यबाट बढि चिनिन थालिन् मिलन । उनको गाएकी क्षमताले स्रोता र दर्शक मन्त्रमुग्ध भए । जताततै उनकै माग हुन थाल्यो । कामको संख्या बढ्दै गयो, समय पनि बढी खर्चनुपर्ने भयो । परिवारलाई भन्दा आफ्नो कर्मलाई बढी समय दिनुपर्ने भयो । कहिले बिहानै, कहिले राति, कहीँ न कहीँ गइरहनु पर्ने भयो । कन्सर्टदेखि स्टुडियोसम्मको यात्रामा कुनै निश्चित समय भएन । यो उनको कर्मको सुखद् फल थियो । यसमा उनी निकै खुसी थिइन् । तर, परिवार भने बेखुसी हुन थालेको उनी अहिले सम्झिन्छन् । परिवारमा खटपट सुरु हुन थाल्यो ।

    दर्शक र स्रोताको माग पूरा गर्न कन्सर्टदेखि स्टुडियोसम्म धाउनु पर्ने मिलनलाई समयको बेप्रवाह गरेको आरोप लागेको उनी बताउँछिन् । परिवारबाट पाउन थालेको व्यवहारले मिलनलाई दुखाउन थाल्यो । परिवारको खुसीका लागि आफ्नो थर परिवर्तन गरेकी मिलनलाई अब त्यही थर बोझ हुने स्थितिमा आइपुग्न थालेपछि बेचैन भयो । आफ्नो करियर र घरपरिवारमध्ये एक रोज्नुपर्ने अवस्था आएको अहिले सम्झिँदा मिलनको आँखाबाट बलिन्द्र आँशुका धारा बग्छन् । 

    उनी भन्छिन्, मेन्सनसँगको सम्बन्धलाई कायम राख्न निकै प्रयास र लचक भएँ । तर, केही लागेन ।’ मिलन र मेन्सनले आफ्नो सात वर्षे वैवाहिक सम्बन्धलाई २०७४ असोजमा अन्त्य गराएका थिए । वैवाहिक सम्बन्धबाट कायम गरेको नाता अर्थात परिवारबाट बिछोडिँदा मन भक्कानिएको उनले भनिन् । तर, आफ्नो बाल्यकालदेखिकै सपना र इच्छा गायन थियो । उनी गायन छाड्न सक्दिनथिइँन् । त्यसैले परिवार छाडिन्, गायन पेशालाई उर्वर बनाउने संकल्पलाई आत्मसाथ गरिन् । 

    सोचेकी थिइँन्, डिभोर्सपछि अमात्य परिवारबाट गायन पेशमा आफूमाथि अवरोध हुनेछैन । तर, त्यो गलत रहेछ । उनी भन्छिन्, ‘मेरो जीवनलाई मात्रै होइन करियरलाई नै सिध्याउन खोजेका रहेछन् ।’ चोटमाथि चोट, घाउमाथि नूनचुकले कुनै बेला जीवनप्रति मोह कम हुँदै गएको उनले सम्झिन् । तर, जन्मदिने बुवाआमाको साथ र मायाले आफूलाई बाँचेर गायनको कर्ममा रमाउन हिम्मत र साहस आएको मिलन बताउँछिन् ।

    ‘जसलाई मनमा सजाएँ, हिरो बनाएँ, ऊ नै पछि आफ्नो विरोधी होलान् भन्ने कल्पना गरेको थिइँन,’ भक्कानिँदै मिलन भन्छिन्, ‘तर, अहिले साहस र हिम्मतका साथ आफ्नो करियरमा अघि बढेको छु, जति नै छेकबार र तगारो हाले पनि पन्छाएर अघि बढिरहने तागतको विकास गरेको छु ।’


    आश्विन २१, २०७७ बुधवार २०:४९:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मिलन नेवार

  • मदन रिजाल

    प्रकाश सुवेदीले माफी मागेको भएन, सबैको अगाडी माफी माग्नु पर्छ अब (भिडियो)

    मदन रिजाल

    श्रावण २७

  • 1.3K
    SHARES
  • प्रकाश सुवेदीले माफी मागेको भएन, सबैको अगाडी माफी माग्नु पर्छ अब (भिडियो)

    काठमाडौ । नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदी बीचको विवाद बारे चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले आफ्नो धारणा व्यक्त गर्दै भने, "पत्रकारले प्रयोग गरेको शब्द अपाच्य नै थियो र वहाँले अब सबैको अगाडी माफी मागे मात्र यो विवाद सुल्झिन्छ ।"

    पत्रकार प्रकाश सुवेदीको कार्यक्रममा पूजा शर्माले अन्तर्वार्ता दिएकी थिईन जुन अन्तर्वार्ता सामाजिक संजालमा विवादमा समेत तानिएको थियो । उक्त अन्तर्वार्तामा पूजा शर्माले नेपालको बारेमा सामान्य ज्ञान नजानेकोले उनको ब्यापक आलोचना भयो । उक्त अन्तर्वार्तामा सामान्य ज्ञानको अंश राम्रो नभएकोले हटाइदिन आग्रह गरेको तर प्रकाश सुवेदीले जस्ताको त्यस्तै प्रसारण गरेको पूजा शर्माले आरोप लाएकी थिईन । 

    प्रकाश सुवेदीले पनि पूजाको खण्डन गर्दै फेरी कार्यक्रममा भने, "कलाकार भनेको देशको 'ब्राण्ड एम्बेसेडर' जस्तै हो त्यसैले सामान्य ज्ञान भने जान्नुपर्छ नत्र विदेश जाँदा कसैले देशको बारेमा सोध्दा आएन भने के होला ?" प्रकाश सुवेदीले यसरी खण्डन गरे पश्चात पूजा शर्माले आफू अब फेरी पत्रकार सुवेदीसंग अन्तर्वार्ता नदिने कुरा सार्वजनिक रुपमा भनिन् । यस पश्चात प्रकाश सुवेदीले रजतपट कार्यक्रम मार्फत घुमाउरो तरिकाले 'दारा निस्किएकोलाई महानायिका भनिदिनु पर्ने' भन्दै अभिव्यक्ति दिए जसले गर्दा पूजा शर्मा मानसिक तनावमा पुगेकी थिईन ।

    यो पनि पढ्नुहोस : पूजा शर्मा रुँदै जब पुगिन् उजुरी दिन... (भिडियो)

    पूजा शर्मा मानसिक तनावमा पुगेको भन्दै चलचित्र कलाकारसंघ पुगेर प्रकाश सुवेदी विरुद्ध उजुरी दीइन । साथै 'एपी वान टिभी' मा समेत पुगेर प्रकाश सुवेदीको कार्यक्रमको बारेमा उजुरी दिईन । प्रकाश सुवेदीले भिडियो सार्वजनिक गर्दै माफी मागेका छन् ।

    चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले यहि विषयमा आफ्नो धारणा व्यक्त गर्दै क्यानाडा नेपालसंग भने, "प्रकाश सुवदीले प्रयोग गर्न नहुने शब्द टेलिभिजन कार्यक्रममा प्रयोग गरे पश्चात पूजा शर्मा मात्र होईन धेरै कलाकारहरु रिसाएका छन् । त्यसैले वहाँले त्यसरी माफी माग्दैमा मात्र हुदैन जस्तो लाग्छ । वहाँले सबै सामू बसेर माफी माग्नु भयो भने मात्र यो विवाद सहज तरिकाले सुल्झिनेछ ।"

    "मैले प्रकाश जीलाई फोन गरेर यस विषयमा सोध्दा आफू बोलाएको समयमा आएर विवाद सुल्झाउने भन्नु भएको छ । वहाँसंग अरु धेरै कलाकारहरु समेत रिसाउनु भएकोले वहाँले राम्रोसंग माफी मागेर यो विवाद सुल्झाए राम्रो देखिन्छ ।" अध्यक्ष खड्काले भने ।


    श्रावण २७, २०७७ मंगलवार ०१:३९:०० बजे : प्रकाशित

    विप्लवसँगकाे अन्तर्वार्ता : प्रधानमन्त्री कार्यालयको जग्गा बेचेर खाने मान्छेहरूको हातमा देश छ

    फाल्गुण १

  • 1.4K
    SHARES
  • विप्लवसँगकाे अन्तर्वार्ता : प्रधानमन्त्री कार्यालयको जग्गा बेचेर खाने मान्छेहरूको हातमा देश छ

    २५ औँ जनयुद्ध दिवस कसरी मनाउँदै हुनुहुन्छ ?

    जनयुद्ध दिवस गौरवपूर्ण दिन हो । यसैमा एकीकृत जनक्रान्तिको विकास थपिएको छ । सिद्धान्तमा व्यवहार, विचारमा भावना र बलिदानमा विजय मिसिएको दिवसलाई नयाँ भावमा मनाउँदैछौँ ।

    पार्टी प्रतिबन्धभित्रको दिवसको अनुभूति कस्तो गर्नुभएको छ ?

    एकदमै फरक अनुभूति भएको छ । जनयुद्धका महान् सहिद तथा बेपत्ता योद्धा र घाइते योद्धाहरूको बलिदानमा एकीकृत जनक्रान्तिको रगत, सपना र मेहनत मिसिएको छ । यति गह्रुङ्गो अनुभूति विरलै हुन्छ ।

    सहिद तथा बेपत्ता योद्धा परिवार, घाइतेहरूसँग यो दिवसको सम्बन्ध विशेष छ । कसरी सम्झिनुहुन्छ ?

    अधुरो क्रान्तिको मार्गलाई पकडेर नयाँ क्रान्तिमा लम्किरहेको समयमा महान् सहिद तथा बेपत्ता योद्धाहरूप्रति विशेष श्रद्धा गर्दै स्मरण गर्न चाहन्छु । सहिद तथा बेपत्ता परिवार र घाइते योद्धाहरूलाई जनयुद्ध दिवसको शुभकामना व्यक्त गर्न चाहन्छु । साथै पार्टीका नेता–कार्यकर्ता, आमश्रमिक जनता, मित्रशक्तिहरूप्रति जनयुद्ध दिवसको शुभकामना व्यक्त गर्दछु ।

    माओवादी आन्दोलनबारे कस्तो महसुस गर्नुहुन्छ ?

    क्रान्तिले नकारात्मक पात्रहरूलाई इतिहासको पर्दाभित्र पटाक्षेप गरिदिन्छ र आफ्नो कार्यभार नयाँ उत्तराधिकारीहरूलाई जिम्मा लगाइदिन्छ । हामी त्यही युगीन कार्यभार पूरा गर्ने गहन जिम्मेवारीमा जुटिरहेका छौँ ।

    \"\"

    देशमा जनअधिकार र राष्ट्रियताको विषय जटिल भएको छ । कसरी सोचिरहनुभएको छ ?

    जनतालाई हराइएपछि जनअधिकार र राष्ट्रियता निकै कमजोर बिन्दुमा पुगेका छन् । जनतामाथि फासिवाद लादिएको छ । केपी वलीको सामाजिक दलाल सरकार झूट्टा मुद्दा, व्यापक गिरफ्तारी, हत्या–आतङ्कमा उत्रिएको छ । केपी सरकार देशलाई बेचेर खाने, दलाली गर्ने र कुर्सी बचाउने अनैतिक खेलमा लागेको छ । हाम्रो पार्टीले सबै मोर्चामा प्रतिरोध गरिरहेको छ । जनताले सत्य बुझ्दै गएका छन् र प्रतिरोध शक्तिशाली बन्दै गएको छ ।

    नेकपामाथिको प्रतिबन्ध यथावतै छ । तपाईंहरूलाई कस्तो प्रभाव परेको छ ?

    प्रतिबन्ध नेपालका फासिस्ट शासकहरूको नकारात्मक इतिहासको भद्दा रूप हो । सारा राजनीतिक शक्तिहरूको विरोध–प्रतिरोधका कारण प्रतिबन्ध औचित्यहीन एवम् प्रभावहीन बन्दै गएको छ । तथापि जनतालाई सहज ढङ्गले विचार राख्ने, न्यायपूर्ण सङ्घर्ष गर्ने र पार्टीको नेतृत्वमा सडकमा आउन गाह्रो भएको छ । यसतर्फ सबैको ध्यान जानुपर्छ ।

    नेकपालाई शान्तिपूर्ण कार्यक्रम पनि गर्न नदिएपछि सङ्घर्ष हिंसात्मक नै गर्नुपर्ने बाध्यता आएको हो ?

    केपी वली सरकारले हिंसाको विषयलाई त केवल बहाना मात्र बनाएको हो । वास्तविक रूपमा यो सरकार हाम्रो पार्टीको लोकप्रियता, जनआकर्षण, जनसङ्घर्षबाट अत्तालिएको छ । हामीले त सबैसामु खुलेआम राखेका छौँ– केपी सरकारले राजनीतिक कार्यक्रम गर्न दिनुपर्छ । हामी जनताको आवाज शान्तिपूर्ण तरिकाले बुलन्द गर्न तयार छौँ । यसो भनेर अहिले नगरेको होइन, देशमा खुला कार्यक्रमहरू पनि भइरहेकै छन् । तर केपी सरकार हिंसा मच्चाएर जनताको न्यायपूर्ण सङ्घर्षलाई बन्दुकको बलमा दबाउन चाहन्छ । दमनको समाधान विद्रोह हो । यो त हामीले प्रस्टै भनेका छौँ ।

    पार्टी नेताहरूको हत्या, गिरफ्तारी, जेलनेलले कतिको समस्या पारेको छ ? क्षति हेर्दा कठिनाइ परेको हो कि भन्ने पनि अनुमान गरिन्छ बाहिर ।

    हो, प्रतिबन्धपछि हाम्रोतर्फ केही गम्भीर क्षति भए । कमरेड कुमार पौडेल, कमरेड महान, कमरेड नीरकुमारलगायत एक दर्जन नेता–कार्यकर्ता, कमान्डर र सदस्यहरूको सहादत भएको छ । केन्द्रीय नेताहरू कमरेड सुदर्शन, कमरेड वीरजङ्ग, शिलु, रणवीर, आदर्श, माइला, प्रज्वलन, हितमान, सुवास, बन्धु, दीपेशलगायत पार्टीका सयौँजना कमरेडहरू हिरासत र जेलमा हुनुहुन्छ । तर हामीले आफूलाई समाल्दै, सुदृढ गर्दै र रूपान्तरण गर्दै एकीकृत जनक्रान्तिलाई माथि उठाउँदै गएका छाैँ । बलिदान र क्षतिले पार्टीमा केही कठिनाइ स्वाभाविक रूपमा आउँछन् तर बलिदान र क्षतिले पार्टीलाई खार्ने र ऊर्जा भर्ने काम पनि गर्दछन् । हाम्रो विजयलाई कसैले पनि रोक्न सक्नेछैन ।

    केही क्षतिले पार्टीलाई धक्का दिएकै देखिन्छ नि, होइन र ?

    निश्चय नै । तर मैले भनेँ नि क्रान्तिमा घेरा–प्रतिघेरा, दमन र प्रतिरोध, क्षति र उपलब्धि, पराजय र विजय अनिवार्य कुरा हुन् । कहिलेकहीँ अनावश्यक क्षति हुँदा गम्भीर पनि बनाउँछ परन्तु धक्कालाई शिक्षामा बदल्न सके विजयहरू आइपुग्छन् । हामीले त्यस्तो सफलता प्राप्त पनि गरेका छाैँ ।

    नेकपाका नेता–कार्यकर्ताहरूले अवस्था कस्तो पाउनुहुन्छ ?

    कुनै पनि क्रान्ति सत्तासीन वर्गसँग भीषण टक्कर नलिएसम्म पूरा हुँदैन । जुन वर्गले आफ्नो विचारअनुरूप सत्ताका लागि लड्ने असल, इमानदार, सङ्घर्षशील, त्यागी नेता–कार्यकर्ता तयार गर्न सक्छ उसैले विजय हासिल गर्छ । आजको नेपालमा त्यस्ता नेता–कार्यकर्ता हामीसँग हुनुहुन्छ । हाम्रा नेता–कार्यकर्तासामु अनेकौँ कठिनाइ र प्रतिकूलताहरू छन् तर हाम्रा कमरेडहरू तिनलाई पचाउँदै, झेल्दै सानदारसँग अगाडि बढिरहनुभएको छ । त्यसैले यो क्रान्ति र प्रतिक्रान्तिको लडाइँमा हाम्रो विजय हुनेछ ।

    तर पार्टीका केही नेताहरू आत्मसमर्पण गरी पार्टी छोडेर सरकारी नेकपामा प्रवेश गरिरहेका छन् । उनीहरूले पार्टीले युद्धको बाटोमा मात्र जोड दिएको प्रचार पनि गरिरहेका छन् त ?

    हो, केही कमरेडहरू एउटा अवधिसम्म हामीसँग रहे । उनीहरूले एक चरण आत्मसमर्पणवाद, विसर्जनवाद, संशोधनवादका विरुद्ध विद्रोह गरे । त्यसले उनीहरूलाई पनि राम्रै भएको थियो, पार्टीलाई पनि राम्रै गरेको थियो तर क्रान्तिले नयाँ जोड पकड्न थालेपछि उनीहरूको विद्रोहले थेग्न सकेन । उनीहरू सैद्धान्तिक, राजनीतिक, सङ्गठनात्मक विद्रोह गर्नसम्म सक्षम थिए तर सत्ताका विरुद्ध क्रान्ति गर्ने, विद्रोह गर्ने स्तरमा तयार रहेनछन् । उनीहरू तर्सिए, गले र जसका विरुद्ध विद्रोह गरेर क्रान्तिकारी प्रतिष्ठा बनाएका थिए उतै गएर लम्पसार परे । यस्तो प्रवृत्तिबाट कुनै पनि क्रान्ति अपवाद हुनसक्दैन । यसलाई पचाएर नै पार्टीले आफूलाई परिपक्व र अपराजेय बनाउने हो । तर क्रान्तिमा आत्मसमर्पण गर्ने मात्र देखिएनन् अन्य पार्टीबाट विद्रोह गरेर क्रान्तिको मोर्चामा आबद्ध हुन आइपुग्ने कमरेडहरू पनि प्रसस्त छन् । जहाँसम्म पछि फर्किने साथीहरूले गर्ने प्रचार छ त्यसको कुनै तुक छैन । एउटा सपाट र सोझो सत्य के हो भने रत्नपार्क, खुलामञ्च, राष्ट्रिय सभागृहमा भाषण, नाराजुलुस र नाचगान गरेर जनताले राज्यसत्ता प्राप्त गर्न सक्दैनन् । क्रान्ति हाँक्ने कार्य जति गौरवपूर्ण छ त्यत्तिकै चुनौतीपूर्ण पनि छ । चुनौती उठाउन नसक्नेले बढी बोल्नु आफैँलाई दुःख दिनु मात्र हो ।

    केही नेता–कार्यकर्ताले पार्टीभित्र आर्थिक हिनामिना गरेको र कारबाही गर्नुपरेका समाचार पनि आए नि, के होला ? के आर्थिक विचलनका समस्या बढेका हुन् ?

    हो, पार्टीभित्र केही गम्भीर खालका आर्थिक समस्याहरू देखिने गरेका छन् । तर पहिलेभन्दा बढेको भन्ने होइन । पार्टीले निकै राम्रो आर्थिक प्रणाली विकास गरेको छ । यसको विकास पनि तीव्रतामा भइरहेको छ । समस्याहरू पत्ता लाग्नु पनि पार्टी बन्दै गएको चिह्न हो । जसले जे गरे पनि पच्ने अवस्था छैन । तर द्रव्यमोह निकै शक्तिशाली हुन्छ । आफैँले लिएको विचार, सिद्धान्त र लक्ष्यभन्दा द्रव्यमोह माथि भयो भने नेता–कार्यकर्ताहरू विचलनमा भासिन पुग्छन् । यसले पार्टीलाई क्षति पनि गर्छ । केही यस्ता दृश्यमा आएका छन् । केही अदृश्य पनि हुनसक्छन् तर पार्टीले समाधान गर्दै जान्छ । ठूलाठूला शुद्धीकरण गरेर समस्याहरूलाई समाधान गर्न सकिन्छ ।

    सरकारले त बेलाबखत पार्टीलाई कमजोर बनायौँ पनि भन्ने गरेको छ नि ?

    को कमजोर र को बलियो भन्ने विषय क्रान्ति बढ्दै जाँदा थाहा हुन्छ । सैद्धान्तिक रूपले भन्दा आत्मसमर्पणवाद, संशोधनवाद, सामाजिक दलाल चरित्र कमजोर प्रवृत्ति हो । आज जुन व्यवस्था छ भोलि त्यो हुनेछैन । आज जुन छैन भोलि त्यो हुनेछ । केपी सरकार र सरकारी नेकपा दिन–प्रतिदिन कमजोर बन्दै गएको देखिँदैछ ।

    अमेरिकी एमसीसी परियोजनाको विरोध गर्नुभएको छ, किन ? अनि अब कसरी बढ्नुहुन्छ ?

    एमसीसी देशमा सङ्कट हुल्ने परियोजना हो । यसले अमेरिकासँगको सम्बन्धलाई मात्र बिगार्दैन, चीन र भारतसँगको सम्बन्धलाई पनि बाधा हाल्छ । नेपाली सेना, नेपाली अदालत, प्रशासन र जनतालाई पङ्गु बनाउँछ । यसर्थ यो राष्ट्रघाती छ । केहीले यसलाई चीन घेर्ने अमेरिकी योजना मात्र भनेका छन्, यो सत्य होइन । यसका राष्ट्रिय आयाम पनि छन् जसको दीर्घकालिक मारमा सरकारी नेकपा पनि पर्ने नै हो । त्यसैले यसलाई रोक्नुपर्छ ।

    भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा मिचेको विषय छायामा परेजस्तो भयो नि ?

    होइन, हाम्रो पार्टीले भारतीय साम्राज्यवादी अतिक्रमणका विरुद्ध देशव्यापी जागरण अभियान चलाइरहेको छ । जनताको साथ–सहयोग पनि राम्रो छ तर दलाल केपी सकरकार त राष्ट्र बचाउने सङ्घर्षमा आउनुको साटो हामीमाथि दमन गरेर भारतलाई रिझाउने अनैतिक कार्यमा लागेको छ । हेर्नुस्, साम्राज्यवादी शक्तिहरूले कमजोर देशमाथि अतिक्रमण गर्दा कहिलकहीँ मोर्चा बनाएर संयुक्त रूपले अतिक्रमण गरेका दृष्टान्तहरू पनि छन् । यतिबेला कालापानी क्षेत्रको भारतीय हस्तक्षेप र अमेरिकी एमसीसी (सहस्राब्दी चुनौती परियोजना) को कानुन पारित गर्ने विषय भित्री साँठगाँठमा भएका छन्–छैनन् भनेर हेर्नुपर्ने भएको छ । हामीले जागरणमा यसलाई पनि जोडेका छाैँ ।

    सरकारी नेकपाभित्र एमसीसीका विरुद्ध लड्ने केही नेताहरू पनि देखिएका छन् नि, कसरी हेर्नुहुन्छ ?

    यो खुसीको कुरा हो । राष्ट्रिय स्वाधीनताका पक्षमा उभिने नेता–कार्यकर्ताहरू धन्यवादका पात्र छन् । उनीहरू अन्तिमसम्म लड्न सक्छन् कि सक्दैनन् भन्ने कुराले अरू महत्व राख्छ । उनीहरू आफ्नो अडानमा उभिऊन्, हामी सहकार्य गर्न तयार छौँ ।

    ललिता निवासकाण्डमा अख्तियारले गरेको निर्णयबारे वक्तव्य दिएर विरोध गर्नुभयो नि, किन ?

    ललिता निवासले अनेकौँ अनुहारहरू देखाइदिएको छ । पहिलो त यो ललिता निवासकाण्ड देशकै बेइज्जत गर्ने परिघटना हो । प्रधानमन्त्री कार्यालयको जग्गासमेत बेचेर खाने मान्छेहरूको हातमा देश छ । चाहे पहिलेका होऊन्, चाहे अहिलेका । अर्को कुरा, अख्तियारले जुन निर्णय ग¥यो त्यसमा सरकारी पार्टी, विशेषतः केपी वली पक्षको प्रभाव प्रस्ट देखिन्छ । केपीले यो काण्डलाई काङ्ग्रेस र आफैँभित्रका विरोधीहरूलाई समाप्त पार्ने हतियारका रूपमा प्रयोग गरेको देखिन्छ । भ्रष्टहरूलाई त कडाभन्दा कडा कारबाही गर्नैपर्छ तर पक्षपात नगरेर ।

    एनसेललाई निरन्तर कारबाही गर्नुभएको छ तर उसले त कर तिर्ने भनेको सुनिन्छ नि ?

    एनसेलले राज्यलाई पौने एक खर्ब तिर्नुपर्छ भनेर त प्रधानन्यायाधीशको नेतृत्वमै फैसला सुनाइएको हो । अनि किन अहिले बाईस अर्बको कुरा मात्र आएको छ ? यो निकै गम्भीर छ । यसमा वली सरकारकै साँठगाँठ देखिन्छ । एनसेलले जनतालाई ठगेसम्म कारबाही रोकिँदैन ।

    यतीकाण्डबारे के सोचिरहनुभएको छ नि ?

    केपी सरकार त काण्डे सरकार भइसक्यो । एनसेलकाण्ड, निर्मलाकाण्ड, वाइडबडीकाण्ड, सुनकाण्ड, चिनीकाण्ड, यतीकाण्ड सबै वली सरकारका रकम कमाउने खेती बनेका छन् । यिनको समाधान वलीको आदेशमा चल्ने सरकारी संस्थाबाट सम्भव छैन । जनताको अदालतबाट समाधान गर्नुपर्छ ।

    महँगीले जनतालाई सास फेर्नै गाह्रो भइसक्यो । के सोचिरहनुभएको छ नि ?

    हाम्रो पार्टी लगातार महँगी, कालोबजारी, तस्करी, लागूपदार्थ दुव्र्यसनजस्ता समस्याका विरुद्ध सङ्घर्षमा छ । यी समस्याले जनता चल्नै नसक्ने बन्दै गएका छन् । केपी सरकार चलिरहेमा देशको अवस्था वर्बाद हुँदै जानेमा कुनै शङ्का नगरे हुन्छ ।

    आजको परिस्थितिमा सेना–प्रहरीले कसरी सोच्नुपर्छ भन्ने ठान्नुहुन्छ ?

    देशको स्वाधीनता धरापमा छ । जनता कुशासनबाट प्र्रताडित छन् । भ्रष्टहरूको रजाइँ गाउँदेखि केन्द्रसम्म चलेको छ । जनतामाथि खुलेआम लूट छ । एनसेललगायतले ब्रह्मलूट मच्चाएका छन् । यस्तो अवस्थामा सेना–प्रहरीहरूले कसरी सोचिरहेका होलान् भन्ने गम्भीर उत्सुकता सबैमा छ । हामी चाहन्छौँ– दलाल, राष्ट्रघाती, भ्रष्ट, माफिया, तस्करहरूविरुद्ध सेना–प्रहरीले पनि लड्न तयार हुनुपर्छ ।

    मित्रशक्तिहरूसँगको सम्बन्ध र सहकार्य कसरी अघि बढिरहेको छ ?

    दिन–प्रतिदिन मित्रशक्ति र मित्र पार्टीहरू बढ्दै गएका छन् । उहाँहरूसँग विभिन्न स्तरमा सहकार्य भइरहेकै छ । यसलाई अरू सुदृढ गर्नमा हामी तयार नै छौँ । यस दिशमा राम्रो सम्भावना देखिएका छन् ।

    सर्लाहीका जुझारु नेता कमरेड कुमार पौडेलको मुद्दामा राष्ट्रिय मानवअधिकार आयोग र अधिकारवादी संस्थाले हत्याराहरूलाई कारबाही गर्न सरकारलाई दबाब दिइराखेका छन् । यसलाई कसरी लिनुभएको छ ?

    कमरेड कुमार पौडेललाई सीधा सर्वेन्द्र खनालको आदेशमा इन्स्पेक्टर कृष्णदेव साहको टोलीले योजनाबद्ध रूपले गोली हानी हत्या गरेको हो भन्ने त छ्याङ्छ्याङ्ती देखिसकियो । मानवधिकारवाद आयोग र अधिकारवादी संस्थाले समेत उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही गर भनिसके । यस हदसम्म मानवअधिकार आयोग र संस्थालाई धन्यवाद नै दिनुपर्छ । तर हत्याका पछाडि दुईखाले अनुहार छन् : एउटा कृष्णदेव साहहरूको हत्यारो अनुहार, अर्को भित्र बसेर पुलिसलाई गोली हान्ने योजना बनाउने र उक्साउने योजनकारहरूको अनुहार । हामीसँग तथ्यहरू आइरहेका छन् । यिनीहरूलाई कारबाही हुनुपर्छ ।

    यतिबेला पार्टीको योजना के छ ?

    हाम्रो पार्टी देशको स्वाधीनता र जनताका अधिकारका लागि सारा वामपन्थी, देशभक्त, लोकतान्त्रिक र कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध पारेर दलाल पुँजीवादी सत्ताको जरो उखेल्ने र वैज्ञानिक समाजवादको स्थापना गर्ने उद्देश्यमा केन्द्रित छ । पार्टीका समग्र कामहरू उत्साहपूर्वक अगाडि बढिरहेका छन् । केपी वली सरकारका राष्ट्रघाती, जनघाती कार्यले गर्दा क्रान्तिकारी परिस्थिति अनुकूल बन्दै गएको छ ।

    अन्त्यमा केही भन्नुहुन्छ कि ?

    रातो खबरलाई धेरैधेरै धन्यवाद । महान् जनयुद्धको २५ औँ दिवस भव्य रूपले मनाउँदै एकीकृत जनक्रान्तिको महान् यात्रालाई अरू प्रज्वलित बनाऔँ ।

    इराताेखबरबाट साभार


    फाल्गुण १, २०७६ बिहिवार १०:४४:०० बजे : प्रकाशित


    पूर्वमन्त्रि लालबाबु पण्डितको यसरी बित्दैछ दिनचर्या

    पौष २७

  • 9.3K
    SHARES
  • पूर्वमन्त्रि लालबाबु पण्डितको यसरी बित्दैछ दिनचर्या

    काठमाडौ । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको अहिलेको दिनचर्या सामान्य रहेको छ । श्रीमती र एक छोरीसंग डेरामा बस्दै आएका पण्डित अहिले घर कै काममा व्यस्त रहेका छन् ।

    पूर्वमन्त्रि लालबाबु पण्डित र श्रीमती बिमला महत पण्डितलाई कोटेश्वर स्थित डेरामा घाम ताप्दै गरेको बेला भेटिएका थिए । लालबाबु पण्डित अहिले मन्त्रि पदबाट हटाईए पश्चात प्राय घर कै काममा व्यस्त हुने गरेको बताएका छन् । पार्टीको कामहरु हुँदा पार्टी कार्यालयमा जाने वा कार्यक्रममा जाने गरेको श्रीमती पण्डितले श्रीमानको समय तालिका उल्लेख गरेकी छिन् । पार्टीको छलफलमा निम्तो आउँदा जाने गरेको नत्र घर मै अध्ययन गर्दै दिन चर्या बिताउने गरेको श्रीमतीको जिकिर छ ।

    लालबाबु पण्डित र बिमला महत पण्डितले आफ्नो विवाह र सम्बन्धको विषयमा फुर्सदमा खुलेर बताएका छन् । सामान्य जीवन बिताएको र कुनै ठुलो सपना नरहेकोले यी दुईको विवाह देखि माया प्रेममा राजनीतिले रंगिएको छ । अहिले कलाकारहरु बीच बढ्दै गएको डिभोर्स बारे पण्डित दम्पतिले आफ्नो धारणा समेत सुनाएका छन् । विवाह र सम्बन्ध भनेको धेरै धैर्य गर्नुपर्ने हुँदा अहिलेको पिडि आफ्नो स्वार्थलाई सम्बन्ध जोड्ने देखि तोड्ने गरेकाले अहिले डिभोर्स बढ्दो गरेको पण्डित दम्पतिको बुझाई रहेको छ ।

     


    पौष २७, २०७६ आइतवार २३:३२:०० बजे : प्रकाशित


    श्रीमतीलाई कसले धेरै मन्त्रि बनाए भन्दै कांग्रेस र नेकपाका नेता बीच पोल खोलाखोल

    पौष ७

  • 2.4K
    SHARES
  • श्रीमतीलाई कसले धेरै मन्त्रि बनाए भन्दै कांग्रेस र नेकपाका नेता बीच पोल खोलाखोल

    काठमाडौ । नेकपाका नेता तथा सांसद डा. सुर्य पाठक र नेपाली कांग्रेसका नेता रामहरि खतिवडा बीच सरकारको काम कार्यलाई लिएर बहस गरेका छन् ।

    क्यानाडा नेपालको स्टुडियोमा यी दुई नेताहरुले सरकारले सिमानाको विषयमा कसरी समाधान गर्ने बाटो रोजेको छ र किन चुकेको छ भन्ने मूल विषयमा केन्द्रित भएर बहस गरेका छन् । रामहरि खतिवडाले सरकारको काम कार्यले गति लिएन भन्दै आलोचना गरे भने डा. पाठकले सरकारले वाधा अवरोधहरु बीच कामलाई तिब्र रुपमा लिएर गएको भन्ने उल्लेख गरेका छन् । डा. पाठकका अनुसार सरकारले सिमानाको सुरक्षा गर्ने भन्दै बन्दुक बोकेर सेना पठाउने होईन बरु कुटनीतिक तरिकाले कुरा अघि बढेको भन्दै सिमानाको विषयमा प्रष्टाएका छन् ।

    नेपाली राजनीतिमा नेता र मन्त्रीका श्रीमतीहरुलाई पनि सांसद देखि मन्त्रि बनाउने परम्पराको विषयमा पनि यी दुई नेता बीच चर्काचर्की परेको छ । डा. पाठकका अनुसार नेकपाले सधै राजनीति र सरकारमा महिलाको सहभागितालाई प्राथमिकता दिने तर्क दिएका छन् भने रामहरि खतिवडाको तर्क अनुसार कांग्रेसले मन्त्रीको श्रीमतीलाई भन्दै सक्षम महिलालाई राजनीतिमा मौका दिने गरेको उल्लेख गरेका छन् ।

     


    पौष ७, २०७६ सोमवार ११:३५:०० बजे : प्रकाशित


    भुवन केसी र जिया केसीको प्रेम खुल्दै, जिया लाई लिएर उडे जापान तर्फ (भिडियो)

    मंसिर ३

  • 1.1K
    SHARES
  • भुवन केसी र जिया केसीको प्रेम खुल्दै, जिया लाई लिएर उडे जापान तर्फ (भिडियो)


    मंसिर ३, २०७६ मंगलवार २०:३२:०० बजे : प्रकाशित